झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सान नेपाल गौरादह, १७ साउन । गौरादह भन्ने बित्तिकै कलाकार जन्माउने सहर भनेर चिनिँदै आएको कुरामा दुर्इमत नरहला । सिताराम ताजपुरियाले गाएको गौरादहको बजारैमा… बोलको गितले कालजयी गित बनेर सबैको कानमा गुन्जी रहेकोे छ । राष्ट्रिय कलाकारको रूपमा एकाएक देखापरेका सिताराम कट्टेल धुर्मुस गौरादह हांसखोराबासी हुन् । उनले गौरादहलार्इ देश भरी मात्र होइन अन्तरास्ट्रिय क्षेत्रमा परिचित गराएका छन् । कलाकारले सपना देख्नुपर्छ भनेजस्तो धुर्मुसले सांच्चैको सपना देखेका रहेछन् । मुसहर बस्ती, एकीकृत वस्ती आदि निर्माण गरेर दुनियाँलाई चकित पारेका उनले क्रिकेट खेलको विकासका लागि राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्दै छन् । पछिल्लो पटक एक÷एक चर्चामा रहेका छन्, हरी बस्नेत डिके…

Read More

तेह्रथुम, १७ साउन । दश वर्षीया एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा आठराई गाउँपालिका–२, खाम्लालुङका ५४ वर्षीय घिमिरे साइला भनिने चक्रबहादुर लिम्बू पक्राउ परेका छन् । उनलाई प्रहरीले यही साउन १३ गते पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । गोठाला गएकी बालिकालाई लिम्बूले साउन ५ गते नै करणी गरे पनि घटनाबारे बालिकाले कसैलाई थाहा नदिएपछि साउन ११ गतेसम्म पनि घटना गुपचुप भएको थियो । घटनालाई गाउँमै मिलाउन प्रयत्न भइरहेको थाहा पाएर स्थानीय अधिकारकर्मीको अगुवाइमा प्रहरीमा जाहेरी दिएपछि संक्रान्तिबजार इलाका प्रहरी कार्यालयको रोहबरमा बालिकाको स्वास्थ्य परीक्षण गरी साउन १४ गते मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बासुदेव यादवले…

Read More

जाजरकोट, १७ साउन । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ रल्लीमा रहेको महाकवि आधारभूत विद्यालयको कक्षा पाँचमा एक विद्यार्थीलाई पढाउन पाँच शिक्षक खटिएका छन् । उक्त विद्यालयको कक्षा एकमा पाँच, कक्षा दुईमा नौँ, कक्षा तीनमा १०, कक्षा चारमा पाँच र कक्षा पाँचमा एक जना विद्यार्थी पढ्दै आएका छन् । विद्यालयमा पनि पाँचै शिक्षकको दरबन्दी छ । स्थापनाकालदेखि उक्त विद्यालयमा कक्षा कोठा, खानेपानी र शौचालय नहुँदा दैनिक समस्य पर्दै आएको छ । आधारभूत आवश्यकता नहुँदा बर्सेनि विद्यार्थीको संख्या घट्दै गएको छ । विद्यालयको समस्या समाधान नभएको भन्दै विद्यालय छोडेर एक घण्टा बाटो हिँडेर त्रिपुराकोट बगरमा रहेको फोक्सुन्डो मदरल्यान्ड बोर्डिङ स्कुलमा अधिकांश विद्यार्थी जाने…

Read More

काठमाडौँ, १७ साउन । देशभित्र सञ्चालित ठूला, मझौला तथा साना उद्योगले अब अनलाइनमार्फत् औद्योगिक विवरण पेश गर्नुपर्ने भएको छ । विभागले सेवाग्राहीसँग छलफल गरेर अनलाइनमार्फत् विवरण पेश गर्नुपर्ने प्रावधान अगाडि बढाएकाले उद्योगले वार्षिकरुपमा गरेको कारोबार र नाफा–नोक्सानबारे तोकिए बमोजिम विवरण पेश गर्नुपर्ने भएको हो । औधोगिक व्यवसाय ऐन, २०७३ को दफा १२ को उपदफा २ बमोजिम उद्योग दर्ता भएको स्थानमा वार्षिकरुपमा कारोबारको विवरण अनलाइनमार्फत् पेश गर्न सकिने प्रावधानअनुसार विभागले सबैलाई वेभसाइटमा रहेको फारम भरेर अनलाइनमार्फत् विवरण पेश गर्न आग्रह समेत गरिसकेको छ । विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले भन्नुभयो, “अनलाइनमार्फत उद्योग विवरण पेश गर्दा कति उद्योग सञ्चालनमा आएका छन्, के कस्ता…

Read More

विराटनगर, १६ साउन । प्रदेश नं १ को प्रदेश सभाको आज बसेको बैठकले दुई वटा विधेयक पारित गरेको छ । बैठकले जिल्ला सभाको काम कर्तव्य र अधिकारसम्बन्धी विधेयक २०७५ र अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित गरेको हो । आन्तरिक मामिला तथा कानूनमन्त्रीले उक्त वियधेक सभामा पेश गर्नुभएको थियो । जिल्ला सभाको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकबारे सभासद्बीच विमति भएपछि न्याय प्रशासन तथा विधायन समितिमा छलफल गरी प्रतिवेदन तयार पारेर विधेयकमा समावेश गरिएको थियो ।

Read More

पाँचथर, १७ साउन । साहसिक पर्यटनको विकास गर्ने उद्देश्यले पाँचथर सदरमुुकाम फिदिममा प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । फिदिमका युुवा व्यवसायीको अगुुवाइमा पहिलोपटक प्याराग्लाइडिङको परीक्षण उडान गरिएको हो । सिक्किमको ओ एड्भेन्चर कम्पनीमा कार्यरत पाइलट केशव अधिकारीले फिदिमको आकाशमा पहिलोपटक सोलो ग्लाइडर (एक जना मात्र उड्न मिल्ने) सफल रूपमा उडाएका हुुन् । फिदिम–३ स्थित लब्रेकुुटी डाँडाबाट पहिलो पटक परीक्षण उडान भरिएको हो । पाइलट अधिकारीले लब्रेकुुटीबाट आठ मिनेटको परीक्षण उडान भरेका थिए । लब्रेकुुटीबाट उडाएको सोलो ग्लाइडर बतासे भन्ने स्थानमा अवतरण गराइको हो । जमिनदेखि चार सय ५० फिट उचाइमा उडान भरिएको हो । दोस्रो चरणमा १७ मिनेटको परीक्षण उडान…

Read More

झापा, १७ साउन । झापाको बुद्धशान्ति गाउँपालिका–४ का प्रशान्त लिम्बू वैदेशिक रोजगारीका सिलसिलामा विसं २०७३ साउन २६ मा साउदी अरब पुगे । रोभ इन्टरनेशनल मेनपावर प्रालिमार्फत हेभी ड्राइभर प्रवेशाज्ञामा साउदी पुगेका उनि त्यहाँको कारम अल खालिज फर ब्लक एण्ड प्रिकास्टिङ कम्पनीमा काम गर्दै थिए तर काम लागेको नौ महिना नबित्दै उनले चलाएकोे गाडीको पछाडिको चक्कामा त्यहाँका बासिन्दाले चलाइरहेको गाडी ठोकिँदा घटनास्थलमा नै तिनको मृत्यु भयो । पीडित लिम्बू भन्छन्, नेपालमा सवारी लाइसेन्स नलिई नै साउदी पुगेको थिएँ । नेपालबाट लाइसेन्स बनिनसक्दै साउदीको भिसा लागेपछि म यता आइहालेँ, उनी थप्छन् यता आएर लामो समय रोजगारदाता कम्पनीलाई लाइसेन्सका लागि प्रक्रिया अघि बढाउन…

Read More

भद्रपुर, १७ साउन । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह भद्रपुर ९ ले आफ्नो हाता भित्र पुस्तकालय निमार्ण गरी सञ्चालनमा ल्याएको छ । एक कार्यक्रमका बीच वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले सो पुस्तकालयको उद्घाटन गरेपछि सञ्चालनमा आएको हो । समूहका अध्यक्ष हिराप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विष्णु शिवाकोटी र नवराज घिमिरेलाई सम्मान समेत गरिएको थियो । त्यसैगरी प्रमुख अतिथि प्रश्रितको ७७ औं जन्मोत्सव समेत मनाइएको थियो । भने कार्यक्रममा राजेन्द्र सुवेदी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Read More

हल्दिबारी, १७ साउन । झापाको हल्दिबारी गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ का लागि रू ४४ करोड ४८ लाख ८५ हजार बराबरको अनुमानित बजेट पारित गरेको छ । गत आव २०७४÷०७५ मा प्रस्तावित उक्त बजेट संशोधनसहित आगामी आर्थिक वर्ष २०७५÷०७६ का लागि गाउँपालिकाको बुधबार बसेको दोस्रो गाउँसभाबाट पारित गरिएको हो । ‘हल्दिबारीको दृष्टि, कृषि र पर्यटन मार्फत समृद्धि’ भन्ने मूल नाराका साथ एकीकृत गाउँ विकासको अवधारणासहित बजेट तयार पारिएको गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिनुभयो । हल्दिबारीको जलथल जंगललाई चारकोशे जंगल पर्यटन केन्द्र बनाउने गरी प्राकृतिक चिडियाघर, जंगल अवलोकनका लागि केवलकार, होम स्टे, भूकम्प प्रतिरोधी एकैखाले घर निर्माण, उज्यालो गाउँपालिका, प्राविधिक शिक्षा…

Read More

बिर्तामोड, १७ साउन । छ वर्ष अघि देखि झापाको बिर्तामोड क्षेत्रमा रिक्सा कुदाउँदै आएका बुट्टाबारीका सुकुलाल राजबंशीले व्याट्रिबाट चल्ने ई–रिक्सा बजारमा आउनसाथ दई वर्ष अघिमात्र ऋण गरेरनै ई–रिक्सा किने । समय सापेक्ष खुट्टाले पेल्नुपर्ने रिक्सामा यात्रु चढ्न छाडेपछी ई–रिक्सा किन्नुपर्ने उनको बाध्यता थियो । करिब एक वर्ष त यसबाट राम्रै कमाई भयो । तर अहिले पुन बजारमा पेट्रोलबाट चल्ने अटो रिक्सा आएपछि उनको व्यवसाय संकटमा पर्न लागेको छ । अटो रिक्सा जति ई–रिक्सा दौडन नसक्ने, चार्ज कम भए ढिलो दौडने, उकालोमा नतान्ने जस्ता कारणले वातावरण मैत्री भनिएको ई–रिक्सालाई अटो रिक्साले बिस्थापन गर्न थालेको छ । ‘अटो रिक्सा उकालो ओरालो जहाँ…

Read More