झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

उदयपुर, १७ चैत । बैङ्कमा राखेको खाताको रकम हिनामिना गरेको आरोपमा नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क गाईघाट शाखामा कार्यरत एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। बैङ्ककै कर्मचारीको निवेदनका आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । यसरी पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका–५ की सुनिता बानियाँ रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार बैङ्ककै औपचारिक उजुरीका आधारमा बानियाँलाई नियन्त्रणमा लिएर बैङ्किङ कसुरमा अनुसन्धान अघि बढाइएको हो। उहाँले भन्नु भयो, “बैङ्क व्यवस्थापनबाट आएको उजुरीपछि बानियाँलाई पक्राउ गरिएको हो, हाल घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।” प्रारम्भिक अनुसन्धानका क्रममा बानियाँले बैङ्कमा रहेको रकम दुरुपयोग गरेको…

Read More

झापा, १७ चैत । देशका विभिन्न प्रदेशमा मेघगर्जन तथा चट्याङसहित वर्षा र हिमपात भइरहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो २ बजे जारी गरेको सूचनाअनुसार हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू(भागमा पानी पार्ने बादल विकसित भएको छ । महाशाखाका अनुसार कास्की, लमजुङ, म्याग्दी, मनाङ लगायत आसपासका क्षेत्रमा मेघगर्जन–चट्याङ र हावाहुरीसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ । थप वर्षा तथा हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । उक्त मौसमी प्रणाली पूर्वतर्फ सर्ने क्रममा रहेकाले अन्य क्षेत्रमा पनि यसको प्रभाव देखिन सक्ने जनाइएको छ ।…

Read More

दार्चुला, १७ चैत । दार्चुलाको शैल्यशिखर नगरपालिका–४ ओसिलामा आज बिहान जीप दुर्घटना हुँदा सिँचाइ कार्यालयका दुई जना कर्मचारीको ज्यान गएको छ । सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६४१ नम्बरको जीप दुर्घटना हुँदा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत सब–इन्जिनियर मालिकार्जुन गाउँपालिका–७ की मनिषा पाल र अर्का कर्मचारी शैल्यशिखर–१ का भरतबहादुर तितराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दुर्घटनामा जीप चालकसहित चार जना घाइते भएका छन् । शैल्यशिखर नगरपालिका–४ का जीप चालक प्रकाश ठगुन्ना, विक्रम महर, अकबर महरा र मीनबहादुर पाल घाइते हुनुहुन्छ । उहाँहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । जीप दुर्घटना हुनुको कारण नखुलेको जिल्ला…

Read More

झापा, १७ चैत । हिजो घटेको सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा ६ हजार ७०० रुपैयाँले बढेर तोलाको २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदी तोलाको ४ हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Read More

काठमाडौं, १७ चैत । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा अन्तर्गतका सेवामा ढिलासुस्ती गर्नुका साथै बिरामीलाई आवश्यक सुविधा दिन आनाकानी गरेको गुनासो बढेपछि स्वास्थ्य बीमा बोर्डले कडाइ गर्ने संकेत दिएको छ। बोर्डका अनुसार केही सेवा प्रदायक संस्थाले बीमित सेवाग्राहीलाई सहज रूपमा सेवा नदिएको, अनावश्यक झन्झट दिने तथा उपचार प्रक्रियामा अवरोध सिर्जना गर्ने अवस्था देखिएको छ। यस्तो प्रवृत्ति रोक्न सबै स्वास्थ्य संस्थालाई जिम्मेवार बन्न बोर्डले आग्रह गरेको छ। बीमा सेवा लिन अग्रिम समय लिनुपर्ने बाध्यता, बीमितप्रति विभेदपूर्ण व्यवहार तथा आवश्यक औषधि र सेवामा कमी भएको विषयमा बोर्डको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य बीमा ऐन, २०७४ र स्वास्थ्य बीमा नियमावली,…

Read More

झापा, १६ चैत । झापाको मेचीनगर नगरपालिका–१४ पाथिभरा टोलमा बसोबास गर्ने एक महिलाले आफूलाई जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएको घटनामा संलग्न अभियुक्त पक्राउ परेका छन् ।   चैत ३ गते पीडित महिलाले बिर्तामोड नगरपालिका–२ का ६२ वर्षीय प्रदिप मित्तलविरुद्ध इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी दर्ता गरेकी थिइन्। जाहेरीपछि प्रहरीले अभियुक्तको खोजतलास जारी राखेको थियो। आज बिहान अभियुक्त प्रदिप मित्तल आफैं इलाका प्रहरी कार्यालय धुलाबारीमा उपस्थित भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस घटनामा मुलुकी अपराध संहिता २०७४ अन्तर्गत जबरजस्ती करणी उद्योग कसूरमा जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद लिइ अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, १६ चैत । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा २ हजार ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज भाउ घटेर सुन तोलाको २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । कारोबार हुने हप्ताको पहिलो दिन हिजो आइतबार सुनको भाउ तोलामा ५ हजार रुपैयाँले बढेको थियो । हिजो सुन तोलाको २ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ७२० रुपैयाँ रहेको…

Read More

काठमाडौँ, १६ चैत । राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले पदबाट राजीनामा दिएका छन् । उनले आजका मितिदेखि लागू हुने गरी राजीनामा दिएका हुन् । ‘हालको देशको परिवर्तित राजनीतिक परिवेशलाई मैले आत्मसात् गरेको छु । नवगठित सरकारले आफ्नो अनुकूलताका आधारमा कार्य सञ्चालन गर्नुपर्छ भन्ने मान्यता राख्छु र सरकारको सफलताको कामना गर्दछु,’ झाले राजीनामामा लेखेका छन्, ‘यस पृष्ठभूमिमा नैतिकताका दृष्टिले मार्ग प्रशस्त गर्नु उचित हुने ठानी आजैका मितिदेखि लागू हुने गरी पदबाट राजीनामा गर्दछु ।’ झालाई २०७९ असार ७ गते मन्त्रिपरिषद्ले राससको अध्यक्षमा नियुक्त गरेको थियो ।

Read More

नेपालगञ्ज, १६ चैत । खुला सीमा रहेको बाँकेको नेपालगञ्जलगायत स्थानमा बर्ड फ्लुको जोखिम देखिएपछि यहाँ उच्च सतर्कता अपनाइएको छ । जिल्लासँग जोडिएका नाकाबाट अवैध रूपमा भारतबाट ल्याउन लागिएका चल्ला दैनिकजसो नष्ट गरिएको पशु क्वारेन्टाइन कार्यालय, बाँकेका प्रमुख डा हरेराम यादवले जानकारी दिनुभयो । उहाँले यस क्षेत्रमा बर्ड फ्लु नदेखिएको उल्लेख गर्दै कुखुराका चल्ला र सेतो अण्डा ल्याउन रोक लगाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “खुला सीमा क्षेत्रका कुखुराका चल्ला र अण्डा ल्याउँछन् तर प्रहरी देखेपछि छाडेर भाग्छन् ।” सरकारले भारतबाट कुखुराका चल्ला वा सेतो अण्डा नेपाल ल्याउन प्रतिबन्ध लगाएको छ । डा यादवले आन्तरिक ढुवानीमा कडाइ र निगरानी गरिएको जानकारी दिँदै…

Read More

चन्द्र पन्दाकताप्लेजुङ, १६ चैत । ताप्लेजुङमा सडेगलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार जिल्ला फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमस्थित मेथेम खोला किनारमा उक्त शव फेला परेको हो ।उक्त शव तेह्रथुमको म्याङ्लुङ नगरपालिका–१ गैरीगाउँका ४० वर्षीय यमराज लिम्बूको रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिनुभयो । प्रहरी निरीक्षक यावदका अनुसार निकै सडेको अवस्थामा फेला परेको शव हातमा खोपेको ट्याटुका आधारमा लिम्बूको रहेको पहिचान भएको हो । लिम्बू फक्ताङ्लुङ गाउँपालिका–५ मा निर्माणाधीन माथिल्लो तमोर जलविद्युत आयोजनामा काम गर्दै आएका बुझिएको छ ।गत फागुन ८ गते घर जान्छु भनी काम गर्दै आएको आयोजना स्थलबाट…

Read More