झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १७ जेठ । झापाको कनकाई नगरपालिका–५ चप्रामारी क्षेत्रमा प्रहरीले बेवारिसे अवस्थामा रहेको अवैध माछा बरामद गरी नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी नायब निरीक्षक रवि राईको कमाण्डमा खटिएको टोलीले आइतबार बिहान करिब १०ः३० बजे विभिन्न जातका करिब १४० केजी माछा फेला पारेको थियो । प्रहरीका अनुसार बरामद माछाको अनुमानित मूल्य ५६ हजार रुपैयाँ बराबर रहेको छ । बेवारिसे अवस्थामा फेला परेको उक्त माछा इलाका प्रहरी कार्यालय सुरुङ्गामा ल्याइएपछि स्थानीय जनप्रतिनिधिको रोहवरमा कनकाई नगरपालिका–३ स्थित एक खाली जग्गामा खाल्डो खनी नष्ट गरिएको प्रहरीले जनाएको छ ।

Read More

झापा, १७ जेठ । झापाको काँकरभिट्टाबाट लागुऔषध खैरो हेरोइनसहित काठमाडौंका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं शंखरापुर नगरपालिका–८ का ३२ वर्षीय रोशन कार्की रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले मेचीनगर नगरपालिका–६ मेचीडाँडा क्षेत्रमा आज दिउँसो करिब १ः३० बजे कार्कीलाई पक्राउ गरेको हो । भारतबाट मेची खोलाको बाटो हुँदै पैदल नेपाल प्रवेश गर्दै गरेका कार्कीमाथि शंका लागेर जाँच गर्दा उनले लगाएको पाइन्टको गोजीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको थियो । बरामद पदार्थको तौल गर्दा प्लास्टिकसहित ५३ ग्राम ८०० मिलिग्राम र प्लास्टिकबाहेक ४८ ग्राम ६० मिलिग्राम रहेको प्रहरीले…

Read More

झापा, १६ जेठ । झापाको दमक नगरपालिका–१० स्थित सेतुमारी क्षेत्रमा रहेको रतुवा खोलाको पुलमुनि फेला परेको शवको पहिचान भएको छ । उक्त शव दमक–८ की रमा तिवारी रहेको उनका बुबाआमाले पुष्टि गरेका छन् । दमक–८ बसन्त टोलका नारायण तिवारीको छोरी वर्ष २१ की रोमा भन्ने रमा तिवारी रहेको भन्ने उनको बुवा र आमा मुना तिवारीले मृतकको शव समेत हेरेर पहिचान गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रमा जेठ १३ गते राति करिब ९ः३० बजे घरबाट आफूखुसी हिँडेको र घर नफर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । बगिरहेको पानीमा शनिबार बिहान करिब ११ बजे रमाको शव फेला परेको…

Read More

झापा, १७ जेठ । झापाको बिर्तामोड–२ चारपानेस्थित जेम्स फिट्नेस सेन्टरले बुद्धशान्ति गाउँपालिका–४ बर्ने क्षेत्रमा रहेको भाइरल सिरिस आसपास सरसफाइ अभियान सञ्चालन गरेको छ। फिट्नेस सेन्टरका सञ्चालक जिम्स उप्रेतीको नेतृत्वमा आइतबार आयोजित अभियानमा सेन्टरका सदस्य तथा स्थानीय युवाहरूको सहभागिता रहेको थियो। केही दिनअघि उक्त क्षेत्रमा घुम्न जाँदा फोहोरको अवस्था देखिएपछि सरसफाइ कार्यक्रम आयोजना गरिएको उप्रेतीले बताए। उनका अनुसार बाह्य तथा आन्तरिक पर्यटकले जथाभावी फोहोर फाल्दा क्षेत्रको वातावरण अस्वस्थ बन्दै गएको छ। स्थानीय तह र सरोकारवालाले यस विषयमा थप चासो दिनुपर्ने उनको भनाइ छ। जेम्स फिट्नेस सेन्टरले स्थापनाकालदेखि नै लागूऔषधविरुद्धको अभियान, सरसफाइ, रक्तदान तथा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।…

Read More

झापा, १७ जेठ । बिर्तामोडमा सडक किनारमा घाइते अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा इलामको फाकफोकथुम गाउँपालिका–३ घर भई हाल बिर्तामोड नगरपालिका–१ बस्दै आएका अन्दाजी ४५ वर्षीय राजकुमार थेगिम रहेका छन् । प्रहरीका अनुसार थेगिम घरबाट कसैलाई जानकारी नगराई हिँडेका थिए । खोजतलासका क्रममा शनिबार राति करिब ८ः४५ बजे बिर्तामोड–३ आदर्शचोकस्थित सडक किनारमा चिउँडोमा सामान्य चोट लागेको अवस्थामा लडिरहेको देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । सूचना पाएपछि इलाका प्रहरी कार्यालय बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले उनको उद्धार गरी उपचारका लागि बिर्तामोड नगर अस्पताल पठाएको थियो । उपचारकै क्रममा राति ९ः३० बजे उनको मृत्यु…

Read More

सन्तोष शर्माकनकाई, १७ जेठ । झापाको कनकाई नगरपालिकामा ‘कनकाई बहुउद्देश्य भवन’ निर्माणका लागि ठेक्का लागेको छ । तीन तले बहुउद्देश्यीय भवनको ३० करोड ३७ लाख ९२ हजार १८६ रुपैयाँ ५४ पैसा बराबरको डीपीआर तयार गरी पहिलो चरणमा भुइँ तला निर्माणका लागि ठेक्का लागेको हो । डीपीआरको विस्तृत अध्ययन पछि बहुउद्देश्यीय भवन निर्माणको चरणमा प्रवेश गरेको कनकाई नगरपालिकाका प्रमुख प्रकाशकीय अधिकृत नारायण न्यौपानेले जानकारी दिनुभयो । “पहिलो चरणमा भुइँ तला निर्माण सक्ने योजना छ”, उहाँले भन्नुभयो, “पहिलो तलाका लागि ठेक्का लागेको छ ।” पहिलो तलाको करिब ६ करोड ४२ लाख रुपैयाँ लाग्ने अनुमान गरिए पनि भ्याट र पीएससहित ५ करोड ४…

Read More

झापा, १७ जेठ । चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म मुस्ताङमा लेक लागेर नौ विदेशीसहित १३ पर्यटकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मृत्यु हुनेमा चार नेपाली र नौ विदेशी पर्यटक रहेका छन्। उनीहरू मुक्तिनाथ दर्शनका लागि मुस्ताङ पुगेका बेला उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमीका कारण लेक लागेर बिरामी भएका थिए। प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार मृत्यु भएका सबै पर्यटकको उपचारका क्रममा प्रदेश अस्पताल जोमसोममा ज्यान गएको हो। लेक लागेर मृत्यु हुनेमध्ये अधिकांश भारतीय पर्यटक रहेका छन्। समुद्री सतहबाट तीन हजार मिटरभन्दा माथिको क्षेत्रमा अक्सिजनको मात्रा कम हुने भएकाले पर्याप्त सावधानी नअपनाउँदा पर्यटकहरूमा लेक लाग्ने समस्या देखिने…

Read More

झापा, १७ जेठ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ५९ पैसा र बिक्रीदर २०४ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०७…

Read More

झापा, १७ जेठ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विभिन्न देशमा चेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ। हरेक वर्ष मे ३१ मा मनाइने यो दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिमबारे जनचेतना फैलाउनु, सुर्ती उद्योगका रणनीतिबारे जानकारी गराउनु तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्नु हो। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) सदस्य राष्ट्रहरूले सन् १९८७ मा सुर्तीजन्य पदार्थका कारण विश्वव्यापी रूपमा बढ्दो रोग र रोक्न सकिने मृत्युदरप्रति ध्यानाकर्षण गराउन यो दिवसको सुरुआत गरेका हुन्। सन् १९८८ देखि हरेक वर्ष मे ३१ मा विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाउन थालिएको हो। डब्ल्युएचओका अनुसार विश्वभर करिब १ अर्ब ३० करोड मानिसले कुनै न कुनै रूपमा सुर्तीजन्य…

Read More

द्रोण अधिकारी गुयेलीयो वर्ष फागुनदेखि नेपालका अधिकाम्स क्षेत्रमा निरन्तर पानी परिरहेको छ । आकाशे पानीको भर पर्ने नेपाली कृषि क्षेत्रका लागि केही राहत भए पनि यस वर्षादले फाइदाभन्दा बढी हानी नै गरिरहेको छ । पूर्वी तथा मध्य क्षेत्रमा वर्षादको चरण सहज भए पनि पश्चिम तथा सुदुर पश्चिमका अधिकाम्स क्षेत्रमा तुलनात्मक रूपमा वर्षाद नहुँदा समस्या मै कृषि क्षेत्र अलमल परिरहेको छ । विशेष गरी पश्चिम नेपालका चुरे आसपास सुख्खापन घट्न नसक्दा पानीको समस्या यथावत छ । पछिल्ला केही वर्षयता नेपालको तराईका अधिकांश जिल्लामा भूमिगत पानीको तह घट्दा सुक्खा याममा चापकलबाट पानी आउन छाडेको निकै भयो । सामान्यतया तराईका अधिकांंश स्थानमा ३०…

Read More