
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १३ जेठ । मोरङ विराटनगर महानगरपालिका–६ स्थायी घर भई हाल जिल्ला झापा दमक नगरपालिका–८ बस्ने वर्ष ३५ का भोला भन्ने भगवान लाल राय पक्राउ परेका छन् । उनी लागूऔषध सम्बन्धी मुद्दामा फरार प्रतिवादी रहेका थिए । प्रहरीले उनको साथबाट यसअघि प्लाष्टिक बाहेक ५ ग्राम १७ मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार मिति २०८२/०५/१९ गते साँझ करिब ७ बजे झापाको कमल गाउँपालिका–५ पाँडार्जुगीबाट लागूऔषध कसुरमा पक्राउ परेका रायलाई जिल्ला अदालत झापाबाट म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर अनुसन्धान भइरहेको थियो । यसैबीच, २०८२/०५/२४ गते भएको जेन्जी आन्दोलनका क्रममा उनी इलाका प्रहरी कार्यालय…
बिर्तामोड, १३ जेठ । बिर्तामोड नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायक सामग्री तथा व्यावसायिक प्रविधि हस्तान्तरण गरेको छ। कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसन नेपालसँगको साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको सहकार्यमा १ सय १७ जना व्यक्तिलाई सहायक सामग्री तथा प्रविधि हस्तान्तरण गरिएको हो। नगरपालिकामा आयोजित एक विशेष कार्यक्रमका बीच नगर प्रमुख पवित्रा महतारा प्रसाईँले लक्षित वर्गका व्यक्तिहरूलाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो। नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवनयापन सहज बनाउन सिपी ह्विलचियर, साधारण ह्विलचियर, हियरिङ एड (श्रवण यन्त्र), कमोड चियर, रोलेटर वाकर, ट्राइपड स्टिक, एल्बो क्रच, वैशाखी, सेतो छडी र ट्राइसिकल जस्ता आवश्यक सामग्रीहरू वितरण गरेको छ। यसैगरी…
काठमाण्डौ, ९ जेठ । काठमाण्डौ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक गाडीमा अबदेखि यात्रुको लगेज (झोला)मा ट्याग प्रणाली लागू गरिने भएको छ । यात्रुको सामान हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित यो प्रणाली लागू गर्न लागिएको हो । यसबारे हिजो काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासङ्घबीच औपचारिक सम्झौता भएको छ । सम्झौताअनुसार अब लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको लगेजमा यही जेठ १५ गतेदेखि विशेष ट्याग लगाइने भएको छ । यात्रुले पाउने ट्याग नम्बर र बसमा राखिने सामानको ट्याग नम्बर मिलाएर मात्रै गन्तव्यमा सामान बुझाइने व्यवस्था गरिनेछ । यसले…
गोरखा, ९ जेठ । यार्सागुम्बा टिप्न गएका गोरखाका एक जना युवाको भिरबाट लडेर मृत्यु भएको छ । आफ्ना दाजुभाइसँग यार्सा टिप्न गएका चुमनुब्री गाउँपालिका–३ पाङसिङका २५ वर्षीय प्रकाश गुरुङको भिरबाट लडेर मृत्यु भएको हो । बुद्ध हिमालको फेदबाट यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा गत बुधबार भिरबाट लडेर मृत्यु भएको वडासदस्य विकास गुरुङले जानकारी दिनुभयो । प्रकाशको शव गाउँमा ल्याएर शुक्रबार गुरुङ परम्पराअनुसार अन्त्येष्टि गरिएको उहाँले बताउनुभयो । “आफ्नै चार दाजुभाई यार्सागुम्बा टिप्न गएका थिए । प्रकाश अघिअघि हिँडेका रहेछन्”, वडासदस्य गुरुङले भन्नुभयो, “तर, साँझमा बास बस्ने ठाउँमा नभेटेपछि खोज्ने क्रममा राति ग्ल्यासियरमा शव फेला परेको हो ।”
हरिप्रसाद कोइरालाउर्लाबारी, ९ जेठ । चौँतिस वर्षको प्रतीक्षापछि मोरङको रतुवामाई नगरपालिका–३ स्थित मिर्चाडाँगी गाउँलाई पिँढाली बजारसँग जोड्ने रतुवाखोलामा झोलुङ्गे पुल बनेको छ । मिर्चाडाँगी र पिँढालीका बासिन्दाले ३४ वर्षदेखि रतुवाखोलामा झोलुङ्गे पुल बनाउन माग गर्दै आएका थिए । वारिपारिका दुई गाउँ जोड्ने झोलुङ्गे पुल नहुँदा पुलपारिका बासिन्दा वर्षायाममा भारत हुँदै वडा र नगरपालिका कार्यालय आउने जाने गर्थे । सहरी विकास मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विकास विभागले ‘मिर्चाडाँगी–महादेवा मल्टिस्प्यान ट्रेल ब्रिज’ निर्माण गर्न थानी निर्माण सेवालाई ठेक्का दिएको थियो । ७४७ मिटर लम्बाइको झोलुङ्गे पुल भ्याटसहित १९ करोड ८२ लाख ४४ हजार ६६२ रुपियाँमा निर्माण सम्पन्न भएको हो । सम्झौता अनुसार दुई वर्षमा पुल निर्माण गरिसक्नुपर्ने…
पाँचथर, ९ जेठ । अविरल वर्षापछि गए राति आएको बाढीपहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो क्षति पुर्याएको छ । याङवरक गाउँपालिका वडा नं १, २ र ३ मा बाढी पहिरोले घरगोठहरु, सडक, झोलुङ्गे पुल, जलविद्युत् आयोजनालगायतमा क्षति पुर्याएको हो । याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोका अनुसार बाढी पहिरोले हालसम्म वडा नं १ मा दुई वटा घर र वडा नं १ र २ मा गरी तीन वटा झोलुङ्गे पुल बगाएको छ । हालसम्म मानवीय क्षतिको विवरण नआएको र वर्षा रोकिएको उपाध्यक्ष मेन्याङ्बोले जानकारी दिए । बाढी पहिरोले याङवरक–१ च्याङथापु बजार आसपासको क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । निरन्तरको वर्षाका कारण मध्यपहाडी लोकमार्गको…
झापा, ९ जेठ । जिल्ला कारागार झापामा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ । पाँचथरको साविक नागी गाविस–९ घर भएका ६४ वर्षीय चन्द्रकुमार घिमिरेको आज बिहान बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जबर्जस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय भुक्तान गरिरहेका घिमिरेलाई जेठ ७ गते साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि सोही रात ओमसाई पाथीभरा अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ । अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा राखेर उपचार भइरहेका बेला स्वास्थ्य अवस्था थप…
काठमाडौं, ८ जेठ । देशभर नयाँ सवारी साधनको दर्ता रोक्का भएको छ । पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले देशभर नयाँ सवारी साधनको दर्ता रोक्का गरेको हो । सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसकेका कारण वायु प्रदूषण, सवारीको चाप र ट्राफिक जाम बढ्न गई आवागमनमा कठिनाइ उत्पन्न भएको साथै इन्धनको बढ्दो मूल्यका कारण सार्वजनिक यातायातमा पर्न गएको असहजता र कठिनाइलाई मध्यनजर गर्दै नयाँ सवारी साधनको दर्ता रोक्का गरिएको जनाइएको छ । विभागका निर्देशक मणिराम भुसालले जेठ ७ गते जारी गरेको परिपत्र सात वटै प्रदेशका सम्बन्धित मन्त्रालय (भौतिक पूर्वाधार, श्रम तथा यातायात व्यवस्था मन्त्रालयहरू) र देशैभरका सबै स्थानीय तहलाई पठाइएको…
भद्रपुर, ८ जेठ । भद्रपुर नगर क्षेत्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीका लागि ३० दिने आधारभूत कम्प्युटर तालिम तथा डिजिटल शैक्षिक सामग्री निर्माण तालिम सुरु गरिएको छ । भद्रपुर नगरपालिकाको आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयका सबै शिक्षकलाई अनिवार्य कम्प्युटर तालिमको अवसर प्रदान गर्ने उद्देश्यसहित ११० जना शिक्षकलाई तालिममा सहभागी गराइएको नगर शिक्षा शाखाका योगेन्द्र पौडेलले जानकारी दिए शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भइरहेको तालिमका लागि वीरेन्द्र माध्यमिक विद्यालय, हिमाली माध्यमिक विद्यालय र भद्रपुर माध्यमिक विद्यालय लाई केन्द्र तोकिएको छ । प्रशिक्षक शिक्षकमार्फत तालिम सञ्चालन भइरहेको जनाइएको छ । बदलिँदो समयमा शैक्षिक गतिविधि डिजिटल…
फिदिम, ८ जेठ । पाँचथरको याङवरक गाउँपालिकामा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । याङवरक ६ अर्चले भन्ने स्थानमा च्याङथापुदेखि फलैंचा हिँडेको प्रदेश ०१–००२च १५६९ नम्बरको सिङ्गल क्याप पिकअप दुर्घटना हुँदा झापाको बाह्रदशी गाउँपालिका वडा ५ निवासी ३५ वर्षीय चालक गोपाल भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पाँचथरका प्रहरी नायव उपरिक्षक अनिषकुमार कर्णका अनुसार पिकअपमा चालक सहित २ जना यात्रु थिए । ओरालो बाटोमा यात्रु पिसाव फेर्न ओर्लिएका बखत पिअकप भित्रै रहेका चालकको अचालनक गाडी गुडेर भीरदेखि खस्दा घटनास्थलमै निधन भएको हो । दुर्घटनामा ज्यान गुमाएका चालक भट्टराईको शव पोष्टमार्टमका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको कर्णले बताउनुभयो…