झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, २४ फागुन । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाका पाँचै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् । झापा १ बाट रास्वपाकी निशा डाँगी ४५ हजार ६८० मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गर्नुभएको छ । झापा २ मा रास्वपाकी इन्दिरा रानामगर ६० हजार ११० मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का देवराज घिमिरेले ११ हजार ३६८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी, झापा ३ बाट रास्वपाका प्रकाश पाठक ३८ हजार ६७४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम…

Read More

झापा, २३ फागुन । प्रतिनिधिसभा सदस्य चुनावमा भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजीव खत्री ३१ हजार ३३८ मतान्तरले विजयी हुनुभएको छ । निर्वाचन आयोगका अनुसार खत्रीले ४२ हजार ३३४ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका महेश बस्नेतले १० हजार ९९६ मत प्राप्त गर्नुभएको छ । यस्तै नेपाली कांग्रेसका कविर राणाले ८ हजार ४०१ मत प्राप्त गर्नुभएको छ ।

Read More

झापा, २३ फागुन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतम विजयी भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेणु दाहाललाई पछि पर्दै जित हासिल गरेकी हुन् । सोविता गौतमले अहिलेसम्मकै सर्वाधिक मतको जित निकालेकी छन् । गौतमले ५९ हजार २ सय ७७ मत ल्याएर जित हात पारेकी हुन् । दाहालले भने २० हजार ६ सय १५ मत ल्याइन् । गौतम र दाहाल बिचको मतान्तर ३८ हजार ६ सय ६२ रहेको छ । गौतमलाई रेणुले सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस पोस्ट गर्दै सोवितालाई शुभकामना दिएकी छन् ।

Read More

कोकिला ढकालइलाम, २३ फागुन । इलाम–१ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा -एमाले) का उम्मेदवार काजीमान कागतेले अग्रता लिनुुभएको छ । कागतेले अहिलेसम्ममा दुुई हजार ३९७ मत प्राप्त गर्नुभएको छ । श्रम संस्कृति पार्टीका विनोद नेम्वाङले दुुई हजार ३२६ मत प्राप्त गर्नुभएको छ । यस्तै, नेपाली कांग्रेसका निश्कल राईले दुुई हजार २९५, रास्वपाका विमल गदालले एक हजार १८१ मत प्राप्त गर्नुभयो । नेपाली कम्युुनिस्ट पार्टीका रणबहादुुर राईले ८२५ मत प्राप्त गर्नुभएको छ । इलाम–१ मा हालसम्म १० हजार ५६७ मत गणना भएको छ । इलाम–१ मा ६३ हजार ६९५ मत खसेको छ ।

Read More

झापा, २३ फागुन । झापा–४ मा हालसम्मको मतगणनाले निकै रोचक तस्वीर देखाएको छ । ४३ हजार ९११ मत गणना भइसकेको अवस्थामा स्वतन्त्र उम्मेदवार शम्भु ढकाल सुस्केरा घण्टी चिन्हबाट २२ हजार ६९ मतसहित फराकिलो अग्रतामा छन्। एमालेका एलपी साँवा लिम्बू ६ हजार ७२६ मतसहित दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका देउमान थेवे ४ हजार ४३७ मतसहित तेस्रो स्थानमा छन्। अन्य उम्मेदवारमध्ये श्रम संस्कृति पार्टीकी अमृता देवी राईले ५ हजार ४०९ मत पाएकी छन्। राप्रपाका भक्ति सिटौला, नेकपाका पुरुषोत्तम चुडाल, उज्यालो नेपालका सन्तोष तामाङ लगायतका उम्मेदवारले सयौं मत प्राप्त गरेका छन्। कुल १ लाख ३० हजार ७१२ मतदाता रहेको यस क्षेत्रमा ८३…

Read More

झापा, २३ फागुन । झापा क्षेत्र नम्बर ५ मा रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले जितेका छन् । औपचारिक घोषणा मात्र बाँकी रहेको छ । निर्वाचन आयोगको वेभसाइटमा उल्लेख भए अनुसार यस्तो छ हालसम्मको मतपरिणाम झापा ५ मा बालेनको जीत । औपचारिक घोषणा मात्र बाँकी । वालेन्द्र शाह(३६ )राष्ट्रिय स्वतन्त्र पार्टी५२,०९६ के.पी शर्मा ओली(७४ )नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)१४,०३१ समिर तामाङ्ग(३३ )श्रम संस्कृति पार्टी८,००८ मंधरा चिमरिया(६३ )नेपाली काँग्रेस१,४१७ रन्जित तामाङ(४३ )नेपाली कम्युनिष्ट पार्टी१,१७६ लक्ष्मी प्रसाद संग्रौला(५४ )राष्ट्रिय प्रजातन्त्र पार्टी१,१३३ अमृतलाल महतो(४३ )जनमत पार्टी२२६ सविन राई(३५ )राष्ट्रिय परिवर्तन पार्टी१७९ सान बहादुर मेचे(४२ )मंगोल नेशनल अर्गनाइजेसन१३८ शोभा भण्डारी(५१ )स्वतन्त्र६५ सुशान्त साम्पङ…

Read More

झापा, २३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन निर्वाचन क्षेत्र नम्बर २ का सांसद रवि लामिछानेले आफूहरूले नागरिक समक्ष गरेका बाचालाई पालना गरेर अगाडि बढ्ने बताउनुभएको छ । चितवन क्षेत्र नम्बर २ बाट ५४ हजार ४०२ मत ल्याएर विजयी हुनुभएका लामिछानेले निर्वाचन कार्यालयबाट प्रमाणपत्र लिएरपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै इतिहासले नै आफूहरुलाई ठूलो जिम्मेवारी प्रदान गरेकाले आगामी दिनमा सम्हालिएर नआत्तिकन अगाडि बढ्ने बताउनुभयो । सभापति लामिछानेले नागरिकका आम अपेक्षाका बारेमा आफू जानकार रहेको भन्दै सबैलाई समेटेर अगाडि जाने बताउनुभयो । उहाँले यो तहको नतिजा आफूहरूको पक्षमा आएकोमा खुसी भएको भन्दै जनताले चाहेका विषयबारे सम्वादमै रहेको बताउनुभयो । उहाँले जनताको…

Read More

झापा, २३ फागुन । हालसम्मको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २५ जितसहित कुल ११७ सिटमा प्रतिस्पर्धा गर्दै अग्रस्थानमा देखिएको छ। यस्तै, नेपाली कांग्रेस ५ जितसहित १४ सिटमा सीमित रहँदै दोस्रो स्थानमा देखिएको छ। एमाले १ जितसहित १२ सिटमा प्रतिस्पर्धा गरिरहेको छ भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले २ जितसहित १२ स्थानमा अग्रता देखिएको छ । श्रम संस्कृति पार्टी ५ सिटमा प्रतिस्पर्धा गरिरहेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी १ सिटमा प्रतिस्पर्धारत देखिएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टीले भने हालसम्म उल्लेखनीय उपस्थिति देखाउन सकेको छैन । स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता लिइरहेका छन् ।

Read More

तेह्रथुम, २३ फागुन । प्रतिनिधिसभा सदस्यको निर्वानमा तेह्रथुमबाट नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी हुनुभएको छ । सुब्बाले ११ हजार ५६१ मत प्राप्त गर्दै विजयी हासिल गर्नुभएको मुख्य निर्वाचन अधिकृत दीलकुमार वर्देवाले जानकारी दिनुभयो । उहाँका अनुसार निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का भानुभक्त ढकाललाई ८७९ मतान्तरले पछि पार्दै सुब्बा प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको हो । एमालेका केन्द्रीय सचिव ढकालले १० हजार ६८२ मत प्राप्त गर्नुभयो । प्रतिनिधिसभाका लागि एकमात्रै निर्वाचन क्षेत्र रहेको तेह्रथुममा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्कीले ७ हजार ७३७ र श्रम संस्कृति पार्टीका सुविन्द्रकुमार लिम्बूले ५ हजार २०० मत प्राप्त गर्नुभएको छ ।

Read More

वीरगन्ज, २३ फागुन । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत पर्सा क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार बुद्धि प्रसाद पन्त (हरि पन्त) विजयी भएका छन्। उनले एमालेका प्रदीप यादवलाई १४ हजारभन्दा बढी मतान्तरले पछि पार्दै विजय हासिल गरेका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पन्तले २७ हजार २७४ मत प्राप्त गरे भने यादवले १३ हजार ३० मत पाए । नेपाली कांग्रेसका अनिल रुंग्टाले ११ हजार ८८५ मत प्राप्त गरेका छन् । पर्सा–१ मा कुल ८९ हजार ६३८ मतदाता रहेकोमा ६१ हजार ३०६ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Read More