झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

हल्दिबारी, ३ फागुन । काफ्ले बन्धु समाज नेपाल हल्दिबारीको साधारण सभा तथा तेस्रो अधिवेशन ११ सदस्यीय गाउँ कार्यसमिति सर्वसम्मत चयन गर्दै शनिबार सम्पन्न गरिएको छ ।  काफ्ले समाजका केन्द्रीय सचिव तथा झापा जिल्ला अध्यक्ष गोपाल काफ्लेको प्रमुख आतिथ्यमा शनिबार भएको अधिवेशनबाट मन्तब्य राख्दै उहाँले भदौ १४ गते तीनवटा बन्धुहरुको संस्थाबीच कार्यगत एकता गरी अबका कार्यक्रमहरु काफ्ले बन्धु समाज नेपालको ब्यानरमा गर्ने निर्णय स्मरण गराउनु भयो । उहाँले झापामा सुरु गरिएको काफ्ले जनगणनाको प्रभाव मुलुकभर परेकोले केन्द्रीय समितिले देशैभर जनगणना तथा घरधुरी सर्वेक्षण गरी वंशावलीको दोस्रो संस्करण प्रकाशन गर्ने तयारी गरेको पनि जानकारी दिनुभयो । प्रमुख अतिथि काफ्लेले आफ्नो मन्तब्यमा बन्धु…

Read More

काठमाण्डौ, १ माघ । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाण्डौ फर्किँदा आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपरको अवस्था अस्तव्यस्त बनेको छ । विमानस्थल वरपर स्थानीय प्रशासनले यसअघि नै निषेधाज्ञा जारी गरेको थियो । विमानस्थल आसपासका सार्वजनिक सडक तथा क्षेत्रमा यातायात सञ्चालन र नागरिकको आवागमनमा अवरोध पुग्ने गरी कुनै पनि प्रकारका जुलुस, प्रदर्शन, हडल, घेराउ वा भेला नगर्न आग्रहसहित प्रशासनले निषेधित तथा संवेदनशील क्षेत्रमा कानून विपरीतका गतिविधिमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको थियो । तर विमानस्थल आसपासमा राप्रपा तथा राजावादी समूहका दुर्गा प्रसाईंसहितका समर्थक पुगेपछि ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुँदा यात्रु तथा सर्वसाधारण भने समस्यामा परेका हुन् । आज विमानस्थलदेखि निर्मल निवाससम्म तथा…

Read More

झापा, १ माघ । सुनको भाउ आज तोलामा ३ हजार रुपैयाँले घटेको छ । हिजो १ सय रुपैयाँले मात्रै घटेको सुनको भाउ आज ३ हजार रुपैयाँले घटेर तोलाको ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ६ हजार ५ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ तोलामा ३ सय ४० रुपैयाँले घटेको छ । चाँदी ३ सय ४० रुपैयाँले घटेर तोलाको ५ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ३ सय ४० रुपैयाँ थियो ।

Read More

राजकुमार भट्टराईखोटाङ, १ फागुन । खोटाङमा एक ब्यक्तिले आफैलाई छुरा प्रहार गरी गम्भीर घाइते भएका छन् । घरायसी विवादमा आफैले आफैलाई छुरा प्रहार गरेर गम्भीर घाइते भएका नुनथलाका मकरचन्द्र राईलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१३ नुनथलाका ५४ वर्षीय राईले शुक्रबार बिहान साढे ४ बजेको समयमा आफूले आफ्नै पेटमा छुरा प्रहार गरेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । पेटमा छुरा प्रहार गरेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको थियो । दिक्तेलमा उपचार सम्भव नभएपछि शुक्रबार दिउँसो १२…

Read More

विराटनगर, १ फागुन । मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधी र लागू औषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ २९ गते विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली मोरङबाट खटिएको प्रहरी टोलीले रंगेली नगरपालिका–४ चोप्राहाका २६ वर्षीय विपिन कुमार मण्डललाई ६ ग्राम ४ सय ३० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित रंगेली(७ स्थितबाट पक्राउ गरेको छ । यसैगरी इलाका प्रहरी कार्यालय तरहरा सुनसरीले इटहरी(२० स्थितबाट सोही स्थानका इमन याख्खा, सुजन राई र निमा घलेलाई प्रतिबन्धित औषधी ८० चक्की सहित, अस्थायी प्रहरी पोष्ट बस पार्क ईनरुवाले इटहरी–१८ का २४ बर्षीय परमेश्वर चौधरीलाई १ ग्राम ३०…

Read More

विराटनगर, २९ माघ । झापा र सुनसरीको विभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर र प्रतिबन्धितऔषधीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते झापाको इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले गौरीगंज–२ स्थितमा मे १ ह ५६६७ नम्बरको ओटो टेम्पुलाई संका लागि चेकजाँच गर्दा अटोको म्याट भित्र ६ ग्राम ०९ मिलि ग्राम ब्राउन सुगर फेला पारी चालक शिवसताक्षी–२ कादिल कुमार विश्वकर्मा, सवार गौरादह–८ का अमन ताजपुरिया, धरान–१६ का दिपा परियार र वेलबारी–९ की पार्वती चौधरीलाई नियन्त्रणमा लिएको छ । त्यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र–५ कालाबन्जार चोक स्थितबाट बराहक्षेत्र–६ का सुमित संजय गुप्तालाई प्रतिबन्धित…

Read More

झापा, २८ माघ । सुनको भाउ आज तोलामा १ हजार १ सय रुपैयाँले बढेको छ । भाउ बढेर सुन आज तोलाको ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ५ हजार ५ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी ५० रुपैयाँले बढेर तोलाको ५ हजार २ सय ९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार २ सय ४० रुपैयाँ थियो ।

Read More

एजेन्सी, २८ माघ । क्यानडाको एक विद्यालयमा गोली चल्दा कम्तिमा ९ जनाको ज्यान गएको छ । उत्तर–पूर्वी ब्रिटिश कोलम्बियाको टम्बलर रिज माध्यमिक विद्यालयमा अन्धाधुन्द गोली चल्दा ९ जनाको ज्यान गएको र कम्तिमा २५ जना घाइते भएका रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी)लाई उद्धृत गरी बीबीसीले जनाएको छ । गोली चलाउने व्यक्तिको पनि ज्यान गएको प्रहरीको प्रारम्भिक अनुमान छ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले टम्बलर रिजमा भएको घटनाबाट आफू स्तब्ध भएको बताउनुभएको छ । ब्रिटिश कोलम्बियाका सार्वजनिक सुरक्षा मन्त्री नीना क्रिगरले आफ्नो फेसबुक पेजमा यो घटनाले समुदाय र सम्पूर्ण प्रान्तलाई स्तब्ध पारेको उल्लेख गर्नुभएको छ । अन्धाधुन्द गोली चलेको घटनाको अनुसन्धान गर्न…

Read More

झापा, २८ माघ । भारतको राइनोल्याण्ड क्रिकेट क्लव आसाम भद्रपुर क्रिकेट क्लवको आयोजनामा झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट ग्राउण्डमा जारी कोशी–पाथीभरा इण्डो–नेपाल टी–२० च्यासिम्पयनसीपको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा नेपालको फ्रेण्डस् युथ क्लव डडेल्धुरालाई २ विकेटले पराजित गर्दै आसामले फाइनलमा स्थान सुरक्षित गरेको हो । टस जितेर पहिलो ब्याटिङ रोजेको डडेल्धुराले निर्धारित २० ओभरको खेलमा १९.१ ओभर खेल्दै सबै विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो । उसले टसको फाइदा उठाउन सकेन । बलरलाई साथ दिएको पिचमा डडेल्धुरालाई सस्तैमा समेट्न आसामका तर्फबाट गोकुल शर्माले ४ ओभरमा मात्र १७ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए…

Read More

झापा, २८ माघ । झापाको कमल गाउँपालिका–७, ठुलोबाह्रघरे पशुपति टोलमा आफ्नै मामाकोमा बस्दै आएका एक युवकको घरको सिढीबाट लडेर मृत्यु भएको छ । झापा बाह्रदशी घर भई कमल ७ मा मामाको घरमा बस्दै आएका २५ वर्षीय युस राजवंशीको सिढीबाट लडेर मृत्यु भएको हो । मङ्गलबार अपराह्न ४ः३० बजे घरको सिढीबाट लेडेर घाइते हुनुभएको उराजवंशीको उपचारका लागि मामा राजकुमार ताजपुरियाले दमकको निम्स अस्पतालमा लगेकोमा चिकित्सकले ५ः४० बजेको मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हाल उक्त घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको समेत प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक नविन राईको कमान्डमा प्रहरी टोली परिचालन गरिएको…

Read More