
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, ९ असार । झपाको भद्रपुर नगरपालिकाको बजेट ९९ करोड २ लाख १९ हजार प्रस्ताव गरिएको छ । नगरपालिकाको १४ औं नगर सभामा आज उपप्रमुख राधा कार्कीले उक्त बजेट प्रस्तुत गर्नु भएको हो ।
बिर्तामोड, ९ असार । सामुदायिक तथा संस्थागत विद्यालयहरूका विद्यार्थीहरूको प्रतिभा प्रदर्शन प्रतियोगिता बिर्तामोडमा सम्पन्न भएको छ । नगर शिक्षा शाखाको आयोजनामा महेन्द्ररत्न माध्यमिक विद्यालयमा बृहत बौद्धिक प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कक्षा ६ देखि ८ मा अध्ययनरत विद्यार्थीहरूले मादल बजाउने, कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरूको लागि गायन , कक्षा ४ र ५ का लागि दुना टपरी बनाउने प्रतियोगिता, कक्षा १,२,३ का लागि चित्रकला प्रतियोगिता र कक्षा ९ देखि १२ सम्मका विद्यार्थीका लागि आकस्मिक वकृत्वकला प्रतियोगिता सञ्चालन सञ्चालन गरिएको हो । प्रतियोगितामा चित्रकलातर्फ सेन्ट जेभियर्स माविका रिक्सन शेर्पा प्रथम नवोदय फनमिन स्कुलका सक्षम कार्की द्वितीय गोमेन्द्र बिर्तामोडल…
सन्तोष शर्माझापा, ९ असार । झापामा करिब ४७ हजार बालबालिकाले पोलियो रोगविरुद्धको आइपीभी खोप लगाएका छन् । पोलियो रोगविरुद्धको ‘राष्ट्रिय आईपीभी अभियान–२०८१’ अन्तरगत जिल्लाका १५ पालिकाका ४६ हजार आठ सय ८४ जना बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक प्रकाश पाठकले जानकारी दिनुभयो । २०७३ बैशाखदेखि २०७५ असोजसम्म जन्मिएर उक्त खोप लगाउन छुटेका बालबालिकालाई लक्षित गरेर गत जेठ १६ गतेदेखि २६ गतेसम्म अभियान सञ्चालन भएको थियो । जिल्लामा लक्ष्यभन्दा बढी बालबालिकालाई खोप लगाइएको छ । ४५ हजार छ सय ५० जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहे पनि एक हजार दुई सय ३४ जना बढी बालबालिकालाई खोप लगाइएको उहाँले बताउनुभयो…
झापा, ९ असार । झापाको अर्जुनधारा नगरपालिकामा पोलियो विरुद्धको खोप अभियानमा सफल भएको छ । नगरमा लक्ष्यभन्दा ९ प्रतिशत बढी बालबालिकाले खोप लगाएका छन् । नगरमा २ हजार ८ सय २३ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहे पनि ३ हजार ८५ (१०९ प्रतिशत)ले खोप लगाएको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षण प्रकाश पाठकले जानकारी दिनुभयो । २०७३ बैशाखदेखि २०७५ असोजसम्म जन्मिएर उक्त खोप लगाउन छुटेका बालबालिकालाई लक्षित गरेर नगरमा पोलियो रोगविरुद्धको ‘राष्ट्रिय आईपीभी अभियान–२०८१’ सञ्चालन भएको थियो । सरकारले सन् २०२६ सम्ममा नेपालबाट पोलियो उन्मुलन गर्ने लक्ष्य लिएको छ ।
झापा, ९ असार । झापाको कनकाई नगरपालिकामा पोलियो विरुद्धको खोप अभियानमा सफल भएको छ । नगरमा लक्ष्यभन्दा १० प्रतिशत बढी बालबालिकाले खोप लगाएका छन् । नगरमा २ हजार ३ सय ४६ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहे पनि कनकाई नगरपालिकामा दुई हजार पाँच सय ८६ (११० प्रतिशत)ले खोप लगाएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक नारायण अधिकारीले जानकारी दिनुभयो । २०७३ बैशाखदेखि २०७५ असोजसम्म जन्मिएर उक्त खोप लगाउन छुटेका बालबालिकालाई लक्षित गरेर नगरमा जेठ २० गतेदेखि २३ गतेसम्म सञ्चालन भएको पोलियो रोगविरुद्धको ‘राष्ट्रिय आईपीभी अभियान–२०८१’ मा १ हजार ३ सय ३५ बालक र १ हजार २ सय ४१ बालिकाले खोप लगाएको उहाँले बताउनुभयो…
बिर्तामोड, ९ असार । झापाको बिर्तामोड नगरपालिकाले पोलियो विरुद्धको आइपीभी खोप अभियानमा उल्लेख्य प्रगति हासिल गरेको छ । खोप लगाउने प्रगतिका आधारमा बिर्तामोड जिल्लाकै उत्कृष्ट देखिएको छ । पोलियो रोगविरुद्धको ‘राष्ट्रिय आईपीभी अभियान–२०८१’ मा नगरले १४५ प्रतिशत प्रगति हासिल गरेको हो । आइपीभी खोप अभियान अन्तरगत जिल्लाका पालिकामध्ये सबैभन्दा धेरै बिर्तामोड नगरपालिकामा १४५ प्रतिशत अर्थात् आठ हजार एक सय १७ जना बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षण प्रकाश पाठकले जानकारी दिनुभयो । बिर्तामोडमा पाँच हजार छ सय छ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको थियो । २०७३ बैशाखदेखि २०७५ असोजसम्म जन्मिएर उक्त खोप लगाउन छुटेका बालबालिकालाई लक्षित गरेर…
झापा, ९ असार । झापा अर्जुनधारा नगरपालिका–११ नयाँ बसपार्क स्थितमा पदम बडी निर्माण ग्यारेजमा अचानक विद्युत् सट भई आगलागी भएको छ । बिर्तामोड नगरपालिका–३ का कमल कालिकोटेले सञ्चालन गरेको उक्त ग्यारेज भित्र रहेको गाडीको पाटपुर्जा, ग्यारेजको टहरो पुर्ण रुपमा जली नष्ट भएको छ । आगलागीबाट ९ लाख रुपैयाँ बराबरको क्षेति जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगो स्थानिय मानिस, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो ।
झापा, ९ असार । झापाको कचनकवल गाउँपालिकामा ऐलानी जग्गामा रहेको आँपको रुखको विषयलाई लिएर दुई पक्षबीच कुटपिट भएको छ । शनिबार बेलुका कचनकबल गाउँपालिका–४ खुट्टामुनी जंगलटोलका मुस्ताक मिँयाले ऐलानी जग्गाको आँपको रुख सम्बन्धी विषयलाई लिएर सोही स्थानका महेदिन मिँयासँग झगडा र कुटपिट हुँदा दुई पक्षका सात जना घाइते भएका छन् । कुटाकुटबाट एउटा पक्षको कचनकवल–४ का ४१ वर्षीय मुस्ताक मिँया, २५ वर्षीय सम्सेर मिँया र अर्को पक्षको सोही स्थानका २२ वर्षीय मोहम्मद सेर, ३० वर्षीय लालबाबु मिँया, २० वर्षीय अर्फिन मिँया, ५० वर्षीया लेजिना मिँया र ३९ को सम्शोधिन मिँया घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि ओमसाई पाथीभारा…
झापा, ९ असार । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कार्वाइड प्रयोग गरेका फलफूल खरिद बिक्री नगर्न आग्रह गरेको छ । खाद्य नियमावली, २०२७ को नियम १९ (घ) बमोजिम कार्वाइड (एसिटिलिन ग्यास) को प्रयोग गरी कृत्रिम रुपमा फलफूल पकाउन तथा बिक्री वितरण गर्न निषेध गरिएको भन्दै विभागले कार्वाइड प्रयोग गरेका फलफूल खरिद बिक्री नगर्न आग्रह गरेको विभागकी महानिर्देशक डा मतिना जोशी वैद्यले जानकारी दिनुभयो । यसैगरी आँप, केरालगायत फलफूल खरिद गर्दा कार्टुन वा क्रेटमा कार्वाइड केमिकल राखिएको देखिएमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा मातहतका कार्यालयमा जानकारी गराउन विभागले अनुरोधसमेत गरेको छ । देशभरका कार्यालयहरुबाट अनुगमनलाई तीव्रता दिइएको जनाइएको…
सुर्खेत, ९ असार । भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ भने अन्य छजना घाइते भएका छन् । घाइतेको उद्धार पनि भएको छ । शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले जानकारी दिनुभयो । मृतक रोकाय सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक हुनुहुन्थ्यो । बाढीमा परी कुशे–४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे –१ तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने घाइते भएका उपाध्यक्ष सिंहले जानकारी दिनुभयो ।