
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, २५ वैशाख । झापाको बिर्तामोडमा आज आयोजित एक कार्यक्रमका सहभागीहरूले चलचित्र, पर्यटन र पत्रकारिताको त्रिकोणात्मक सम्बन्ध रहेको बताएका छन् । चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशको आयोजनामा र चलचित्र पत्रकार संघ नेपाल झापाको संयोजनमा भएको ‘चलचित्र, पर्यटन र पत्रकारिता विषयक अन्तरक्रिया’ कार्यक्रमका सहभागीहरूले त्यस्तो बताएका हुन् । सहभागीहरूले पर्यटन प्रवद्र्धनका लागि चलचित्रको भूमिका महत्वपूर्ण हुनुका साथै पत्रकारिता क्षेत्रको भूमिका समेत विशेष रहने बताए । कार्यक्रमका प्रमुख अतिथि पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले चलचित्रको माध्यमबाट पर्यटन प्रवद्र्धनमा उल्लेख्य टेवा पुगेको बताउनुभयो । नेपाली चलचित्रलाई अन्य विभिन्न भाषामा समेत निर्माण गर्न सके चलचित्रसँगै पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा थप मद्दत…
झापा, २५ बैशाख । झापाको दमक नगरपालिका–७ श्रीपाली चोकस्थित भित्रि सडक खण्डमा मोटरसाइलक आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा एक जना घाइते भएका छन् । गएराति १२ बजे दमक–७ श्रीपाली चोकस्थित भित्री सडक खण्डमा श्रीपाली चोकबाट पशुहाटतर्फ जाँदै गरेको प्र.१–०२–०५७ प ७९११ नम्बरको मोटरसाइलक आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइलक चालक भोजपुर ट्याम्के मयुँम–३ का ३९ वर्षीय रविचन्द्र गिरी घाइते भएका हुन् । उनको शरिरको विभिन्न भागमा चोट लागेको छ भने दमक अस्पताल दमकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको अवस्था मध्यम रहेको र मोटरसाइकल इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको जनाइएको छ ।
झापा, २५ बैशाख । पहिलोपटक स्वास्थ्य सेवा क्षेत्रमा ठूलो संख्यामा जनशक्ति थप गरिँदै छ। निशा मेहता स्वास्थ्यमन्त्री बनेपछि ३४ वर्षपछि स्वास्थ्य सेवामा ९७७ नयाँ स्थायी दरबन्दीका लागि अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त भएको हो । स्वास्थ्यमन्त्री मेहताको नेतृत्वमा अघि बढेको यो निर्णय अब मन्त्रिपरिषद्बाट स्वीकृत हुनासाथ लागु हुने उनको सचिवालयले जानकारी दिएको छ । देशको जनसंख्या ३ करोड पुग्दा पनि ३४ वर्षदेखि स्थायी दरबन्दीको ढाँचा पुरानै संयन्त्रमा खुम्चिएको थियो । तीन दशकको रिक्ततापछि अहिले ९७७ नयाँ प्राविधिक तथा विशेषज्ञ पद सिर्जना गरिनु नेपालको इतिहासमा पहिलोपटक स्वास्थ्य सेवालाई आधुनिक र जनमैत्री बनाउने जग बसाल्ने निर्णायक कदम भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।…
अर्जुनधारा, २५ बैशाख । झापाको अर्जुनधारा नगरपालिका–८ कदमगाछीस्थित शनिश्चरे–बिर्तामोड सडक खण्डमा मोटरसाइकलले एक साइकल यात्रीलाई ठक्कर दिएको छ । बिहीबार राति शनिश्चरेबाट बिर्तामोडतर्फ जाँदै गरेको प्र.१–०१–०१२प ८०२६ नम्बरको मोटरसाइकलले सोही दिशामा जाँदै गरेका ६१ वर्षीय साइकलयात्री राजकुमार चौधरीलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट चौधरीको टाउकोमा चोट लागेको छ भने हाल शंकर अस्पताल शनिश्चरेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको अवस्था हाल मध्यम रहेको छ । चालक र सवारी प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा, २५ बैशाख । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ११ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ८७ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९४ रुपैयाँ २३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर…
झापा, २५ बैशाख । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने बाँकी तराई भागमा आंशिक बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी र मधेश प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहने तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने…
झापा, २४ बैशाख । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–७ किसानपुरमा डेढ वर्षीय बालकसहित आमा मृत फेला परेकी छन् । किसानपुरकी २३ वर्षीया बबिता साह झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । उनका १८ महिने छोरा आरभ साह पूजा कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता गणेशबहादुर बमले जानकारी दिनुभयो । वैदेशिक रोजगारीमा रहेका मृतक बबिताका श्रीमान आएर २० दिनअघि पुनः विदेश फर्किएको स्थानीयबासीले बताएका छन् । प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान अघि बढाएको छ ।
झापा, २४ बैशाख । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुर हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित सडकमा आज दिउँसो ट्रकले स्कुटरलाई ठक्कर दिँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ। नवलपुरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बा प्र ०३–००५ प १४१५ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको ना ५ ख ५२५२ नम्बरको फलाम बोकेको ट्रकले पछाडिबाट ठक्कर दिँदा स्कुटर चालक नुवाकोटको ताँदी गाउँपालिका–६ घर भई नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटे मकवानपुर दरबन्दीमा कार्यरत ३६ वर्षीय प्रहरी सहायक हवल्दार किरण श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । ठक्कर दिने ट्रक र ट्रक चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ निवासी २४…
झापा, २४ बैशाख । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीका ३२ वर्षीय राजकुमार तामाङ, दाङका ३१ वर्षीय प्रकाश केसी, काभ्रेका ३३ वर्षीय डिल्लीमान तामाङ, पाँचथरका ४७ वर्षीय श्रीहाङ एकतिन र स्याङ्जाका २८ वर्षीय नमुना भण्डारीलाई पक्राउ गरिएको हो । अभियुक्त तामाङले जापान पठाइदिन्छु भन्दै एक जनाबाट ११ लाख ५५ हजार, केसीले अमेरिका पठाइदिन्छु भन्दै १२ जनाबाट ९३ लाख, डिल्लीमानले दुई जनाबाट १४ लाख ७५ हजार, श्रीहाङले दक्षिण कोरिया पठाइदिन्छु भन्दै एक जनाबाट १२ लाख २५ हजार र नमुनाले मकाउ…
झापा, २४ बैशाख । बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा एक हजार ८०० र चाँदी १०५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९८ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १५५ कायम भएको छ । हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९६ हजार ८०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ५० मा खरिदबिक्री भएको थियो । गत मङ्गलबार एक तोला छापावाल सुन रु दुई लाख ९१ हजार र त्यति नै परिमाणको चाँदी रु चार हजार ८८०…