
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ६ जेठ । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ ३ हजार ३०० रुपैयाँले घटेको हो । भाउ घटेर सुन तोलाको २ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९५ हजार ३०० रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ तोलामा १२५ रुपैयाँले घटेको छ । चाँदीको भाउ घटेर आज तोलाको ४ हजार ९६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
झापा, ६ जेठ । झापाको अर्जुनधारामा धकेलेर महिलाको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–५, कञ्चनबारी बस्ने २४ वर्षीय किरण गौतम रहनुभएको छ । उहाँले अर्जुनधारा नगरपालिका–८, कुशलचोक बस्ने यामबहादुर बस्नेतकी श्रीमती २९ वर्षीया काजल सुवेदी बस्नेतलाई धकेलेर हत्या गरेको आरोप छ । घटनाको विवरण अनुसार जेठ २ गते राति करिब ९ः १५ बजे अर्जुनधारा नगरपालिका–८, कुशलचोकस्थित एम्स सेकेन्डरी बोर्डिङ स्कुलको पश्चिमतर्फ रहेको खुला चौरमा गौतम र बस्नेत अत्यधिक मदिरा सेवन गरी बस्नुभएको थियो । सोही क्रममा उहाँहरूबिच विवाद भएको थियो । विवादका क्रममा गौतमले बस्नेतलाई धकेल्दा उहाँ खुला चौरको बिचमा सिमानाका लागि बनाइएको…
धरान, ६ जेठ । धरान उपमहानगरपालिकाबाट ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । धरान–१७ स्थित पशुपति चोकबाट मङ्गलबार राति बुद्धनारायण धामीको घरमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पिआइटी, इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त प्रहरी टोलीले चार जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानको प्रमुख प्रहरी नायब उपरीक्षक भिषणबाबु राईले जानकारी दिनुभयो । पक्राउ पर्नेमा धरान–१७ बस्ने ३३ वर्षीया जानकी धामी, ३२ वर्षीय किरण राई, ३५ वर्षीय समिर राई र २४ वर्षीय विशालराज धामी रहेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट बरामद गरिएको लागुऔषध ब्राउन सुगर नापतौल…
झापा, ६ जेठ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज मलेसियासँग भएको पहिलो टी–२० खेलमा विजयी भएको छ । घरेलु टोलीसँगको दुई वटा टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको हो । मलेसियाले दिएको ६८ रनको लक्ष्य नेपालले १७ ओभर ३ बलमा ८ विकेट गुमाएर भेट्टायो । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली मलेसिया १६ ओभर ५ बलमा ६७ रनमा अलआउट भएको थियो । नेपालकी पूजा महतोले ३, मनीषा उपाध्याय र रिया शर्माले दुई÷दुई र कविता कुँवर र सीता मगरले एकरएक विकेट लिए । अर्को खेल पर्सि शुक्रबार हुनेछ । एसिसी…
चितवन, ६ जेठ । चालु आर्थिक वर्षमा जिल्लामा १३ जनामा औलो (मलेरिया) रोगका बिरामी भेटिएका छन् । औलो रोग सङ्क्रमणको आशङ्कामा उपचारका लागि आएका ३ हजार ९३ जनाको नमूना परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएको हो । जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यसरी सङ्क्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएका छन् । एनोफिलिस जातको पोथी लामखुट्टेले टोक्दा औलो लाग्ने गर्दछ । रोग लाग्दा ज्वरो आइरहने वा दिन बिराएर ज्वरो आउने, टाउको बेस्सरी दुख्ने, वान्ता हुने, जाडो हुने, कम्पन छुट्ने, पसिना आएर ज्वरो घट्ने लक्षण देखिने गरेको छ । संक्रमितहरु सबै विदेशबाट आएका बिरामी हुन । नेपालमा मुख्य गरी दुई प्रजातिका औलोका…
शिवसताक्षी, ३ जेठ । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित श्री लक्ष्मी नारायण मन्दिर तथा जगतगुरु योगिराज श्री कमलनयनाचार्य आश्रमले दिव्यदेश प्रतिष्ठा (महासम्प्रोक्षण) महोत्सवको आय–व्यय विवरण सार्वजनिक गरेको छ। गत वैशाख ११ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको दिव्यदेश प्रतिष्ठा महासम्प्रोक्षण महोत्सवको आय–व्यय विवरण मन्दिर परिसरमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो। महोत्सवमा कुल ३ करोड ३२ लाख ३८ हजार ९५६ रुपैयाँ बराबरको आय–व्यय रहेको आश्रमका सचिव हरिनारायण बाँस्कोटाले बनाउनु भयो । उहाँका अनुसार हाल संस्थाको बैंक मौज्दातमा ७० लाख रुपैयाँ तथा नगद मौज्दातमा ४९ हजार ८२६ रुपैयाँ रहेको छ। जसमा कोशी प्रदेश सरकारबाट ९ लाख रुपैयाँ, शिवसताक्षी नगरपालिकाबाट २ लाख रुपैयाँ तथा…
बिर्तामोड, ३ जेठ । झापाको बिर्तामोडमा सञ्चालन भएको ’दोस्रो मेयर कप २०८३ अन्तर वडा कराँते तथा किक बक्सिङ प्रतियोगिता’ को उपाधि बिर्तामोड–५ ले जितेको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा बिर्तामोडस्थित अतिथि सदनको सभाहलमा शुक्रवार र शनिवार भएको प्रतियोगितामा दोस्रो बिर्तामोड–८ र तेस्रो बिर्तामोड–२ भएको थियो । प्रतियोगितामा प्रथम हुने वडा–५ ले नगद ५० हजार, दोस्रो हुने वडा नं. ८ ले नगद २५ हजार र तृतीय स्थान हासिल गर्ने वडा नं. २ ले नगद १५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यसैगरी, प्रतियोगिताबाट उत्कृष्ट खेल प्रदर्शन गर्ने महिला र पुरुषतर्फ एक÷एक जना ‘बेस्ट फाइटर’ लाई…
नेपालगञ्ज, २ जेठ । नेपालगञ्ज उपमहानगरपालिका ले नेपाल पत्रकार महासङ्घ सँगको सहकार्यमा १५ लाख रुपैयाँको पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ । जिल्लाका पत्रकारहरूका लागि आयोजित एआई सम्बन्धी चार दिने अभिमुखीकरण तालिम उद्घाटन गर्दै नगर प्रमुख प्रशान्त विष्टले चालु आर्थिक वर्षमै अक्षय कोष स्थापना गरिने र हरेक वर्ष पाँच लाख रुपैयाँ थप्दै लगिने जानकारी दिनुभयो । महासङ्घ बाँके शाखाका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंले पत्रकारितामा एआईको विवेकपूर्ण प्रयोग आवश्यक रहेको बताउनुभयो । तालिममा बाँकेका ४० जना पत्रकारको सहभागिता रहेको छ भने जीवन भण्डारी र उमङ्ग निरौलाले सहजीकरण गर्नेछन् ।
झापा, २ जेठ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु शृङ्खलामा नेपालले अमेरिकाविरुद्ध नौ विकेटले जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा आज भएको खेलमा अमेरिकाले दिएको १९५ रनको लक्ष्यमा नेपाल नौ विकेटले विजयी भएको हो । नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले १५४ रनको योगदान दिए । भुर्तेलको शतकसँगै नट आउट प्रदर्शनका कारण नेपालले १९६ रनको लक्ष्य सहजै भेट्टिएको हो । उनले १३ चौका र चार छक्काको मद्दतमा ११८ बल खेलेर १२० रन बनाएका हुन् । आशिफ ७२ बलमा आठ चौकाको मद्दतमा ५८ रन बनाएर आउट भए । यसअघि पहिला ब्याटिङ गरेको अमेरिकाले ४३…
झापा, २ जेठ । झापाको अर्जुनधारा नगरपालिकाले सडकपेटी अतिक्रमण गरी राखिएका सामग्री हटाउने भएको छ । नगरपालिकाले शनिश्चरे बजार क्षेत्रमा रहेका केही व्यवसायिक पसलहरूले व्यवसाय सञ्चालनका क्रममा फुटपाथमै विभिन्न सामग्री राखेर सडकपेटी अतिक्रमण गरेको पाइएकाले हटाउन लागिएको जनाएको छ । नगरपालिकाद्वारा जारी सूचनामा सडकपेटी अतिक्रमणका कारण सर्वसाधारण नागरिकको आवागमनमा बाधा पुगेको, बजार क्षेत्रको सौन्दर्यमा नकारात्मक असर परेको तथा दुर्घटनाको जोखिम समेत बढेको उल्लेख गरिएको छ । सार्वजनिक सडक तथा सडकपेटी नागरिकहरूको सुरक्षित आवतजावतका लागि प्रयोग हुने सार्वजनिक सम्पत्ति भएकाले कुनै पनि व्यक्ति वा व्यवसायीले सडकपेटी ओगटेर व्यवसाय सञ्चालन गर्न नपाइने नगरपालिकाले स्पष्ट पारेको छ । प्रमुख प्रशासकीय अधिकृत अनोज कुमार…