
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १६ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, पाउन्डसहितका विदेशी मुद्राको मूल्य घटेको छ। तर, अमेरिकी डलर, युरो, कुवेती र बहराइन दिनारसहितका मुद्राको मूल्य भने बढेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा थियो । गएको माघ १९ गते अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा पुगेको थियो…
झापा, १६ फागुन । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । देशका बाँकी हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लागेको छ । तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा बिहान हुस्सु रहनेछ । कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागसहित बाँकी हिमाली भू–भागमा साधरणतया बादल लाग्ने महाशाखाले जनाएको छ भने बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । तराई भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी,…
झापा, १५ फागुन । धनुषाको औरही गाउँपालिका–६ चक्करस्थित खेतमा फेला परेको शवको रहस्य प्रहरीले २४ घण्टाभित्रै खुलाएको छ । हंसपुर नगरपालिका–९ रुदौलीका १८ वर्षीय सुमित मण्डललाई प्रेमिकासँग भेट्न गएका बेला हत्या गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न प्रेमिका काजलकुमारी मण्डल, उनका काका परमेश्वर मण्डल र भाइ दिपेश मण्डललाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार सुमितलाई कुटपिटपछि हात बाँधेर खेतमा लगेर धारिलो हतियारले घाँटी रेटी हत्या गरिएको हो । मोटरसाइकल लुकाइएको र हतियार बरामद भएको समेत अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार मृतक सुमितको काजलकुमारीसँग प्रेम सम्बन्ध थियो । सुमित घरमा कोही नभएको मौका छोपी बुधबार बाइक लिएर काजललाई भेट्न…
झापा, १५ फागुन । हाल नेपालको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ र बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ। आज दिउसो तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ, बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका…
झापा, १५ फागुन । आगामी फागुन २१ गते हुने आम निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय अग्रगामी गठबन्धनका समानुपातिक उम्मेदवार लाखबहादुर पालुङ्वा (एलपी) ले पाँचथरबासी जनतालाई सम्बोधन गरेका छन् । उम्मेदवारले आफ्नो सम्बोधनमा गठबन्धनको साझा चुनाव चिन्ह जाँतोमा मतदान गर्न आग्रह गर्दै पहिचान, स्वायत्तता र स्वशासनको अधिकारलाई स्थापित गर्ने संकल्प व्यक्त गरे । उनले प्रदेश–१ को नाम ‘कोशी’ औपनिवेशिक भएको दाबी गर्दै पहिचानको आधारमा नयाँ नामकरण गर्नुपर्ने आवश्यकता औंल्याए । यस्ता छन् सम्बोधनका मुख्य बुँदाप्रदेशको नाम परिवर्तन गरी पहिचानअनुरूप नामकरण गर्नुपर्ने माग ।संविधान सभाको सिफारिसअनुसार प्रदेश पुनर्संरचना गरी जाति, भाषा, संस्कृति र भूगोललाई सम्मान गर्ने व्यवस्था ।लिम्बुवान प्रदेशको राजधानी पाँचथर फेदेनमा स्थापना…
झापा, १५ फागुन । झापाको दमक नगरपालिका–६ थाना रोडमा हरितयार फेला परेको छ । बिहीबार साँझ इलाका प्रहरी कार्यालय दमकबाट करिब २० मिटर उत्तर–पूर्वतर्फ रहेको याम्जि श्रेष्ठको खाली जग्गाको झाडीमा गस्ती टोलीले पुरानो र जलेको अवस्थामा रहेको एक राइफल फेला पारेको हो । प्रहरीका अनुसार Y13487 नम्बरको मार्क–४ राइफल काठको भाग पूर्ण रूपमा जलेको र सम्पूर्ण भागमा खिया लागेको अवस्थामा भेटिएको हो। उक्त हतियारलाई इलाका प्रहरी कार्यालय दमकमा ल्याई राखिएको छ। अनुसन्धान क्रममा उक्त राइफल २०८२ साल भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको थियो भन्ने तथ्य कार्यालयको अभिलेखबाट पुष्टि भएको छ।
झापा, १५ फागुन । पूर्वी नेपालको सङ्खुवासभामा आज बिहान भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ठिक ३ः१८ बजे ४.७ म्याग्निच्युडको यो भूकम्प गएको हो । केन्द्रबिन्दु सङ्खुवासभाको टोप्के गोला नजिकै रहेको बताइएको छ। यसको प्रभावले सङ्खुवासभा र ताप्लेजुङका विभिन्न गाउँ तथा बजार क्षेत्रमा कम्पन महसुस गरिएको थियो। जिल्लाका सुरक्षा अधिकारीहरूका प्रारम्भिक रिपोर्ट अनुसार अहिलेसम्म कुनै पनि मानवीय क्षति वा भौतिक संरचनामा क्षतिको सूचना प्राप्त भएको छैन ।
सन्तोष शर्माझापा, १५ फागुन । झापामा यतिबेला सर्ने रोगको पहिचानका लागि दुई महिने अभियान सञ्चालन भइरहेको छ । जिल्लाका १५ वटै पालिकामा नसर्ने रोगहरू मधुमेह, उच्च रक्तचाप, मृगौला सम्बन्धी रोग र मोटोपनको पहिचान भइरहेको हो । घरघरमा पुगेर नसर्ने रोगहरूको पहिचान भइरहेको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिनुभयो । माघ र फागुन महिनाभरि नसर्ने रोगको पहिचान गरिने उहाँले बताउनुभयो । जिल्लाका सबै स्वास्थ्य संस्थाबाट नसर्ने रोगको पहिचान हुने उहाँले बताउनुभयो । जिल्लाका सबै स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयम्सेविकाले अभियान अन्तरगत नसर्ने रोगको पहिचान गर्ने उहाँले बताउनुभयो । “सबै मानिस स्वास्थ्य संस्थामा आएर परीक्षण गराउन सक्दैनन्÷ गराउँदैनन्”, उहाँले भन्नुभयो,…
भद्रपुर, १५ फागुन । झापाका पत्रकारलाई बिहीबार निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता अभिमुखीकरण प्रदान गरिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको सहयोग, नेपाल पत्रकार महासंघ कोशी प्रदेशको सहकार्य र नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा जिल्लाका पत्रकारलाई अभिमुखीकरण प्रदान गरिएको हो । पत्रकार महासंघका पूर्व उपाध्यक्ष केशव भट्टराईले आचारसंहिता र पत्रकार गणेशमान मुखियाले निर्वाचन रिपोर्टिङका बारेमा अभिमुखीकरण प्रदान गर्नुभएको थियो । कार्यक्रममा अग्रज पत्रकार गोविन्दचन्द छेत्री, चिन्तामणि दाहाल, प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार र सञ्चारिका समूह नेपाल झापाकी अध्यक्ष लीला अनमोलले मन्तव्य राख्नुहुँदै आचारसंहिता सबैले पालना गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुहुँदै महासंघ झापा…
झापा, १५ फागुन । जिल्लामा चैते धानको रोपाइँ सुरु भएको छ । कचनकवल गाउँपालिका क्षेत्रबाट चैते धान रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । चैतको दोस्रो हप्तासम्ममा जिल्लाभरि रोपाइँ सकिने अनुमान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । उनले परम्परागत खेती प्रणालीको तुलनामा मेसिनको प्रयोगमा जिल्लामा धानखेती गर्ने प्रचलन बढ्दै गएकाले रोप्नका लागि कतै बीउ तयार भइसकेको त कतै बीउ राख्ने काम भइरहेको बताए । जिल्लाका विभिन्न स्थानमा १० वटा धान रोप्ने मेसिन ९ट्रान्सप्लान्टर०हरू रहेका छन् । प्रमुख विष्टका अनुसार गत वर्ष जिल्लामा करिब २० हजार हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएको भए तापनि यस वर्ष…