
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १३ फागुन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले झापा क्षेत्र नम्बर २ को मतदाता शिक्षा उपसमितिले आज पनि मतदाता शिक्षालाई निरन्तरता दिएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं. २ मा मतदातालाई शिक्षा दिने उद्देश्यले मतदाता शिक्षा अभियानलाई निरन्तरता दिइएको पार्टीका केन्द्रीय सदस्य तथा मतदाता शिक्षा उपसमिति संयोजक धनबहादुर पन्धाकले जानकारी दिए । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट झापा–२ मा उम्मेद्वार बनेकी धर्मशीला चापागाईंलाई मतदाता गर्न मतदातालाई शिक्षा प्रदान गरिएको हो । मतदाता शिक्षा उपसमितिका संयोजक धनबहादुर पन्धाकको टोलीले अर्जुनधारा नगरपालिकाका केही वडा र बिर्तामोड नगरपालिकाका प्रत्येक वडामा मतदाता शिक्षा प्रदान गरेको हो ।…
बिर्तामोड, १३ फागुन । झापाको बिर्तामोड र अर्जुनधारा नगरपालिका क्षेत्रमा रहेको ५१ बिगाह जग्गाको रोक्का फुकुवा गर्ने र आन्दोलनरत् पक्षले आफ्ना आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको छ । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको नेतृत्वमा अर्जुनधारा नगरपालिकाको कार्यालयमा भएको सर्वपक्षीय बैठकले ६ बुँदे समझदारी गर्दै लामो समयदेखिको विवादलाई निकास दिएको हो । सहमतिसँगै बसपार्कको ५१ विगाहा क्षेत्रमा राजनीतिक दल र उम्मेदवारहरुलाई ‘प्रवेश निषेध’ लेखिएका होर्डिङ बोर्ड तथा व्यानरहरु हटाइएको छ । बोर्ड हटाइएसँगै दल र उम्मेदवारहरुलाई अब उक्त क्षेत्रमा मत माग्न र राजनीतिक गतिविधि सञ्चालनका लागि प्रवेश खुल्ला भएको छ । त्यहाँ शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्ने गरी आन्दोलनरत्…
राजेश ढुंगानानेपालको राजनीतिक इतिहासमा आउँदो फागुन २१ गते हुने आम निर्वाचनले धेरै अर्थमा विशेष महŒव राखेको छ । यो नियमित निर्वाचन पनि होइन र मध्यावधि निर्वाचन पनि होइन । विशेष परिस्थितिको उपज हो– आसन्न आम निर्वाचन । महान जेन्–जेड बलिदानको माग शायद परम्परागत निर्वाचन प्रक्रिया पक्कै थिएन । तर, अन्तरिम सरकारले नै निर्वाचन गर्ने बाध्यकारी भूमिका स्वीकारेपछि नयाँ पुस्ता (जेन्–जेड) क्रान्तिको माग र चाहनामा केही ठूलो मात्राको चोट पक्कै परेको छ । जेन्–जेड विद्रोहले पुरानै ढर्राको चुनाव भएर पुरानै व्यक्ति र दलहरूलाई पुनः अनुमोदन गर्ने माग बोकेको थिएन । यदि त्यसो हुँदो हो त, न त यो विद्रोहको आवश्यकता थियो;…
झापा, १३ फागुन । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) ले आफ्नो उपचारको लागि आवश्यक खर्च जुटेको बताउनुभएको छ । कप्तान भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उपचारका लागि देश–विदेशबाट उल्लेखनीय आर्थिक सहयोग प्राप्त भएको भन्दै सबै समर्थकप्रति आभार व्यक्त गर्नुभएको छ । उहाँले पछिल्लो २४ घण्टामा पाएको साथ, विश्वास र मायाले आफूलाई थप बलियो बनाएको समेत उल्लेख गर्नुभएको छ । भण्डारीले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो घुँडाको एसिएल शल्यक्रिया गर्नुपर्ने भएकाले सहयोगको अपिल गर्नुभएको थियो । अपिल गरेको २४ घण्टाभित्र आवश्यक रकम उपलब्ध भएको छ । उहाँले आफ्नो उपचारका लागि नेपाली बैङ्क खातामा एक करोडभन्दा बढी तथा विदेशी…
नकुल काजी निर्वाचन आयोगले अह्राए बमोजिम आज्ञारत दलहरूले फागुन ३ गते, पूजाआजामा पुजारीको आदेशमा ‘मम’ भने झैं, आफ्ना ‘घोषणा–पत्र’ प्रकाशनको झारा टारिसकेका छन् । ती घोषणा–पत्रहरूमा के–के लेखिएका छन् भन्ने स्वयम् दलपति, तिनका कार्बारी, पटवारी–मुनिम–मुन्सीहरूदेखि उम्मेदवारहरू समेतले कतै सम्झनामा राख्नु पर्दैन भन्ने नै देखिँदै आएको छ । ‘चुनावको घोषणा–पत्र’ एउटा यस्तो रूढ परम्परा मात्र हो भन्ने र कतै–कतै त विप्रलाप नै हो भन्नेसम्म पनि जनबोधमा स्थापित छ – जसको पालना न त्यसका घोषणाकारले गर्ने गर्छन्; न त मतदाताले नै त्यसलाई पढेर–बुझेर सो बमोजिम दृष्टिकोण बनाएर मतदान गर्छन् । अर्थात्, त्यसकारण नै हुन सक्छ– यी अक्षर टङ्कन भइरहेका दिन समेत, १३…
झापा, १३ फागुन । सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाद प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीश डा.मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले व्यक्तिगत स्वतन्त्रताको हक, थुनाको औचित्य अभाव, गम्भीर खतरा नदेखिएको तथा पक्राउ प्रक्रियामा त्रुटि भएको आधारमा बन्दीप्रत्यक्षीकरण रिटमा फैसला सुनाएको हो । प्रसाईंलाई सार्वजनिक शान्ति भंग, अफवाह फैलाएको र निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा प्रहरीले हिरासतमा राखेको थियो । अदालतले अनुसन्धान भने कानुन बमोजिम जारी रहने स्पष्ट गरेको छ ।
झापा, १३ फागुन । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभाग तथा बाँकी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा…
झापा, १२ फागुन । हात्तीको आक्रमणबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ । गत फागुन ७ गते बाह्रदशी गाउँपालिका–१ बोक्राझारीमा जंगली हात्तीको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी थिइन् । आफ्नो पक्की घरमा पानी हाल्ने क्रममा लक्ष्मीनाथ सामुदायिक वन भागुडुब्बाबाट आएको जंगली हात्तीले ५० वर्षीया लिला राजवंशी आक्रमण गर्दा गम्भीर घाइते भएकी थिइन् । उनलाई तत्काल उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । तर, उपचारको क्रममा सोमबार राति लिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकको शव सोही अस्पतालमा राखिएको छ ।
झापा, १२ फागुन । पछिल्लो तीन महिनामा ६१४ जनाले नेपाली नागरिकता त्यागेका छन् । गृह मन्त्रालयले हालै प्रकाशन गरेको दोस्रो प्रगतिविवरण अनुसार ६१४ जनाले नागरिकता त्याग गरेका छन् । यस अवधिमा ५६ हजार १३४ जनाले आफ्नो नागरिकतामा रहेको डाटा सुधार वा विवरण संशोधन गरेका छन् । गृह मन्त्रालयका अनुसार विदेशमा स्थायी रुपमा नै बसोबास गर्नेगरी विदेश गएका र विदेशको नागरिकता लिन नेपालको नागरिकता त्याग गर्नेहरू छन् । वैदेशिक रोजगारी, उच्च शिक्षा र विकसित मुलुकमा स्थायी बसोबास गर्ने उद्देश्यले नेपाली नागरिकता त्याग्नेहरू छन् । एनआरएन (गैरआवासीय नेपाली) नागरिकता लिने प्रक्रिया र विदेशी नागरिकसँगको विवाहले गर्दा पनि नागरिकता परित्याग गर्नेहरू छन् ।…
काठमाण्डौ, १२ फागुन । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को घुँडाको उपचार काठमाण्डौ मेडिकल कलेज (केएमसी) ले निःशुल्क गर्ने जनाएको छ । महँगो उपचार खर्चका कारण समस्यामा परेको भन्दै साम्बाले हिजो सहयोगको अपील गरेपछि केएमसीको प्रशासन प्रमुख नारायणप्रसाद दाहालले उनी नेपालमै उपचार गर्न तयार भए अस्पतालले उपचारसहित सम्पूर्ण खर्च व्यहोर्ने घोषणा गर्नुभएको छ । कतारको अस्पेटार अस्पतालमा भएको अघिल्लो शल्यक्रियाको ग्राफ्ट र एमसीएलमा गम्भीर समस्यापछि साम्बालाई पुनः शल्यक्रिया गर्नुपर्ने भएको छ । हिजो सामाजिक सञ्जालमार्फत साम्बाले आफ्नो उपचारका लागि झन्डै ८० हजार अमेरिकी डलर खर्च लाग्ने भन्दै सहयोग आह्वान गरेकी थिइन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)…