झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २२ फागुन । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर–८ को अन्तिम नतिजा सार्वजनिक भएको छ । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विराजभक्त श्रेष्ठले २४ हजार ५९२ मत प्राप्त गर्दै सानदार विजय हासिल गरेका छन् । निकटतम प्रतिद्वन्द्वीलाई २१ हजारभन्दा बढी मतान्तरले पछि पार्दै विजयी भएका श्रेष्ठपछि दोस्रो स्थानमा रहेका नेकपाका सुमन सायमीले ३ हजार २१७ मत मात्र पाए । नेपाली कांग्रेसकी सपना राजभण्डारीले २ हजार ८३५ मत प्राप्त गरिन् । नेकपा एमालेका राजेश शाक्य र राप्रपाका नबिन शाहीले समान १ हजार ९०९ मत पाए भने उज्यालो नेपाल पार्टीका राजन खड्गीले १ हजार ३३ मत प्राप्त…

Read More

झापा, २२ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी हुनुभएको छ । काठमाडौँ क्षेत्र नं ६ को अन्तिम मतपरिणाम अनुसार रास्वपाका खनालले २७ हजार ७ सय १९ मत प्राप्त गर्दै विजयी हुनुभएको निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिनुभयो । यस्तै खनालको निकटतम प्रतिद्धन्द्धीमा नेपाली काँग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६ सय ४७ मत प्राप्त गर्नुभएको छ । काठमाडौँ क्षेत्र नं ६ मा कूल ४३ हजार ८ सय ६३ मत खसेको निर्वाचन अधिकृत पोखरेलले बताउनुभयो ।

Read More

झापा, २२ फागुन । झापा क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगरले ५ हजार ९ सय ९४ मत पाउँदा नेकपा एमालेका देवराज घिमिरेले ९६९ मत ल्याएका छन् । हालसम्म नौ हजार एक सय ४६ मत गणना हुँदा पहिलो र दोस्रो उम्मेदवार बीचको मतान्तर ५०२५ देखिएको छ । श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारी नौ सय २८ मतका साथ तेस्रो स्थानमा, नेपाली कांग्रेसकी सरिता प्रसाईं पाँच सय ९० मतका साथ चौथो, राप्रपाका भद्रप्रसाद नेपाल तीन सय ६६ मतका साथ पाँचौं र नेपाली कम्युनिष्ट पार्टीकी धर्मशीला चापागाईं एक सय १३ मतका साथ छैठौं स्थानमा हुनुहुन्छ । झापा क्षेत्र नम्बर २ मा…

Read More

झापा, २२ फागुन । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले ६ हजार ५ सय ५१ मत प्राप्त गरेका छन् भने एमाले अध्यक्ष केपी शर्मा ओलीले १ हजार ४ सय २८ मत पाएका छन् । हालसम्म ९ हजार ४१२ मतगणना हुँदासम्म पहिलो स्थानमा रहेका बालेनले ओलीलाई ५ हजार १२३ मतले पछाडि छाडेका छन् । यस्तै, श्रम संस्कृति पार्टीका शिवन मगरले तीन सय ८१, नेपाली कांग्रेसकी मन्धरा चिमरियाले दुई सय १२, नेपाली कम्युनिष्ट पार्टीका रञ्जित तामाङले एक सय ६५ मत र राप्रपाका लक्ष्मीप्रसाद संग्रौलाले एक सय ३६ मत प्राप्त गरेका छन् ।

Read More

भद्रपुर, २२ भदौ । झापा क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदबार प्रकाश पाठकले प्रारम्भिक अग्रता लिएका छन् । ६ हजार ४३७ मतगणना हुँदा रास्वपाका पाठकले २२८१ मत ल्याउँदै अग्रता लिएका छन् । राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन दोस्रो र श्रम, संस्कृति पार्टीका दिपक तिम्सिना तेस्रो स्थानमा रहेका छन् । लिङ्देनले १६०७ मत ल्याएका छन् भने तिम्सिनाले ७८८ मत ल्याएका छन् । त्यस्तै नेपाली काँग्रेसका राजेन्द्र घिमिरेले ५१०, एमालेका हरिबहादुर राजवंशीले ६२० र नेकपाका डिल्लीराम घिमिरेले ७७ मत ल्याएका छन् । क्षेत्र ३ मा १ लाख ४० हजार ८५७ मतदाता रहेकोमा ८८ हजार ५६१ मत खसेको छ । यस क्षेत्रको मतगणाना एउटै…

Read More

झापा, २२ फागुन । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । कांग्रेसका योगेश गौचनले एमालेका इन्द्र धारा विष्टलाई हराएर जित निकालेका हुन् । उनी अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि विजयी भएका थिए । नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा समेत रहेका उनले १ हजार ५ सय १ अन्तरले जित निकालेका हुन् । गौचनले ३ हजार ३ सय ७ मत ल्याउँदा निकटतम प्रतिश्पर्धी विष्टले १ हजार ८ सय ६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकालीले ७ सय ५९ मत पाउँदा अरु दल निकै कम अंकमा समेटिए । मुस्ताङबाट शेरचनले ०७९ को निर्वाचनमा पनि…

Read More

झापा, २२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ क्षेत्र नम्बर १ बाट विजयको सुरुवात गरेको छ । रास्वपाकी उम्मेदवार रञ्जु दर्शना १५ हजार ४५५ मतका साथ विजयी भएकी हुन् । विजयी भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै रञ्जुले यो जितलाई देश र परिवर्तन पक्षको जितका रूपमा व्याख्या गरेकी छिन् ।

Read More

झापा, २२ फागुन । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको बताएको छ । पहाडी भूभागमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ । यी प्रदेशका तराई क्षेत्रको मौसम भने मुख्यतया सफा रहने छ । मधेस प्रदेशको तराई भूभागमा आज दिनभर मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ । त्यसैगरी बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना…

Read More

झापा, २१ फागुन । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आज भएको मतदानको मतगणना तयारी सुरु भएको छ । सबै निर्वाचन क्षेत्रका कार्यालयहरुमा मतपेटिका ओसार्ने काम जारी छ । मतगणना आज राति सुरु गर्ने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालय झापाका अनुसार झापा क्षेत्र नं. १ को मतगणना मेचीनगर नगरपालिका कार्यालयमा हुनेछ । झापा क्षेत्र नं. २ को मतगणना अर्जुनधारा नगरपालिका कार्यालयमा, झापा क्षेत्र नं. ३ का लागि मतगणना जिल्ला समन्वय समिति भवनमा हुने निश्चित भएको छ। यस्तै झापा क्षेत्र नं. ४ को मतगणना कन्काई नगरपालिका कार्यालयमा सम्पन्न गरिनेछ भने, झापा क्षेत्र नं। ५ को…

Read More

झापा, २१ फागुन । झापामा करिब ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय झापाले जिल्लाभर ६५ प्रतिशत मत खसेको जनाएको छ । झापा ५ मा भने सबैभन्दा धेरै ७० प्रतिशत मत खसेको अनुमान गरिएको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए । यो निर्वाचन क्षेत्रमा प्रधानमन्त्रीका दुई फेस एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहसहित २४ जना चुनावी मैदानमा छन् । झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह प्रतिस्पर्धामा रहेकाले यो क्षेत्र इलेक्सन इपिसेन्टर बनेको छ । पाँचवटा निर्वाचन क्षेत्रका लागि ९० जना…

Read More