झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २६ फागुन । झापाको गौरादह नगरपालिका–५ स्थित स्कुलचन बजारमा आज बिहान यात्रुबाहक बस र टिफर एकआपसमा ठक्कर खाँदा १० जना घाइते भएका छन् । दमकबाट चप्रामारीतर्फ जाँदै गरेको मे.१ ख २४९९ नम्बरको बस र मधुमल्लाबाट दामुनातर्फ आउँदै गरेको प्र.न.२–०३–००१ ख ७१५३ नम्बरको टिफर भित्री सडक खण्डमा दुर्घटना हुँदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ​दुर्घटनामा बस चालक कृष्ण प्रसाद राजवंशी, यात्रुहरू योगमाया निरौला, कल्पना प्रसाद उराउ, शारदा देवी पौडेल, सलिना खत्री र उनकी ६ वर्षीया छोरी संरचना खत्री, सरोज राम, कल्पना सिक्देल, सृजना पराजुली र किस्मत खड्का घाइते भएका छन् । घाइतेहरुमध्ये योगमाया निरौलालाई…

Read More

बिर्तामोड, २६ बैशाख । झापाको बिर्तामोड नगरपालिकामा दोस्रो मेयर कप अन्तर वडा स्तरीय कराँते तथा किकबक्सिङ प्रतियोगिता हुने भएको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा यहि २०८३ जेठ १ र २ गते बिर्तामोडस्थित अतिथि सदनको सभाहलमा दोस्रो मेयर कप अन्तर वडा स्तरीय कराँते तथा किकबक्सिङ प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा बिर्तामोड नगरका १० वटै वडाबाट खेलाडीहरूको सहभागिता रहने प्रतियोगिताका संयोजक सुदिप खवासले जानकारी दिए ।उनका अनुसार नगरभित्र रहेका प्रतिभाशाली खेलाडीहरूको पहिचान, कराँते तथा किकबक्सिङ खेललाई अझ व्यवस्थित र सुदृढ, साथै नयाँ खेलाडी उत्पादन र खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने…

Read More

झापा, २६ बैशाख । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ । हिजो घटेका अधिकांश मुद्राको भाउ आज बढेको हो । आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ५१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ११ पैसा थियो । यही वैशाख २३ गते अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा पुगेको…

Read More

झापा, २६ बैशाख । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल मधेश, बागमती र गण्डकी प्रदेशलगायत कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भु–भागमा साधारणतया बादल लागेको छ । बाँकी तराई भू–भागमा आंशिक बादल लागेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मध्यम सम्मको वर्षा साथै मधेश, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी,…

Read More

झापा, २५ बैशाख । ​झापाको अर्जुनधारा नगरपालिका–११ स्थित बसपार्क क्षेत्रबाट प्रतिबन्धित औषधिसहित एक युवा पक्राउ परेका छन् । दमक नगरपालिका घर भएका २६ वर्षीय सुमन थापालाई प्रतिबन्धित औषधिसहित प्रहरीले पक्राउ गरेको हो । आज दिउँसो अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा थापाको साथबाट ३० पत्ता (२९४ पिस) ट्रामाडोल हाइड्रोक्लोराइड र ३० पत्तामा (२९५ पिस) डाइक्लोमिन हाइड्रोक्लोराइड ट्याब्लेट फेला पारेको थियो । प्रतिबन्धित औषधिसहित पक्राउ परेका थापालाई आवश्यक कानुनी कारबाही र थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, २५ बैशाख । सर्वोच्च अदालतले सुकुमबासी बस्ती हटाउने सरकारको निर्णयविरुद्ध पेस भएको रिटमा अन्तरिम आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले बस्ती नहटाउन भन्दै सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो। गोपाल रन पहलीसमेत ११ जनाले यही वैशाख ११ गते सुकुमवासी बस्ती खाली गर्न लागिएको विरूद्ध रिट निवेदन दर्ता गरेका थिए । काठमाडौंका नदी किनाराका सुकुमवासी बस्ती खाली गर्न जिल्ला प्रशासन कार्यालय र काठमाडौं महानगरपालिकाले सूचना जारी गरेको विरूद्ध रिट निवेदन दायर भएको थियो । रिट निवेदनमा काठमाडौं उपत्यका तथा देशभरिका नदी किनार वा जुनसुकै स्थानका सुकुम्वासी बस्तीका भूमिहीन परिवारको पहिचान, प्रमाणीकरण र वैकल्पिक…

Read More

बिर्तामोड, २५ वैशाख । झापाको बिर्तामोडमा आज आयोजित एक कार्यक्रमका सहभागीहरूले चलचित्र, पर्यटन र पत्रकारिताको त्रिकोणात्मक सम्बन्ध रहेको बताएका छन् । चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशको आयोजनामा र चलचित्र पत्रकार संघ नेपाल झापाको संयोजनमा भएको ‘चलचित्र, पर्यटन र पत्रकारिता विषयक अन्तरक्रिया’ कार्यक्रमका सहभागीहरूले त्यस्तो बताएका हुन् । सहभागीहरूले पर्यटन प्रवद्र्धनका लागि चलचित्रको भूमिका महत्वपूर्ण हुनुका साथै पत्रकारिता क्षेत्रको भूमिका समेत विशेष रहने बताए । कार्यक्रमका प्रमुख अतिथि पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले चलचित्रको माध्यमबाट पर्यटन प्रवद्र्धनमा उल्लेख्य टेवा पुगेको बताउनुभयो । नेपाली चलचित्रलाई अन्य विभिन्न भाषामा समेत निर्माण गर्न सके चलचित्रसँगै पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा थप मद्दत…

Read More

झापा, २५ बैशाख । झापाको दमक नगरपालिका–७ श्रीपाली चोकस्थित भित्रि सडक खण्डमा मोटरसाइलक आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा एक जना घाइते भएका छन् । गएराति १२ बजे दमक–७ श्रीपाली चोकस्थित भित्री सडक खण्डमा श्रीपाली चोकबाट पशुहाटतर्फ जाँदै गरेको प्र.१–०२–०५७ प ७९११ नम्बरको मोटरसाइलक आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइलक चालक भोजपुर ट्याम्के मयुँम–३ का ३९ वर्षीय रविचन्द्र गिरी घाइते भएका हुन् । उनको शरिरको विभिन्न भागमा चोट लागेको छ भने दमक अस्पताल दमकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको अवस्था मध्यम रहेको र मोटरसाइकल इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको जनाइएको छ ।

Read More

झापा, २५ बैशाख । पहिलोपटक स्वास्थ्य सेवा क्षेत्रमा ठूलो संख्यामा जनशक्ति थप गरिँदै छ। निशा मेहता स्वास्थ्यमन्त्री बनेपछि ३४ वर्षपछि स्वास्थ्य सेवामा ९७७ नयाँ स्थायी दरबन्दीका लागि अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त भएको हो । स्वास्थ्यमन्त्री मेहताको नेतृत्वमा अघि बढेको यो निर्णय अब मन्त्रिपरिषद्‌बाट स्वीकृत हुनासाथ लागु हुने उनको सचिवालयले जानकारी दिएको छ । देशको जनसंख्या ३ करोड पुग्दा पनि ३४ वर्षदेखि स्थायी दरबन्दीको ढाँचा पुरानै संयन्त्रमा खुम्चिएको थियो । तीन दशकको रिक्ततापछि अहिले ९७७ नयाँ प्राविधिक तथा विशेषज्ञ पद सिर्जना गरिनु नेपालको इतिहासमा पहिलोपटक स्वास्थ्य सेवालाई आधुनिक र जनमैत्री बनाउने जग बसाल्ने निर्णायक कदम भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।…

Read More

अर्जुनधारा, २५ बैशाख । झापाको अर्जुनधारा नगरपालिका–८ कदमगाछीस्थित शनिश्चरे–बिर्तामोड सडक खण्डमा मोटरसाइकलले एक साइकल यात्रीलाई ठक्कर दिएको छ । बिहीबार राति शनिश्चरेबाट बिर्तामोडतर्फ जाँदै गरेको प्र.१–०१–०१२प ८०२६ नम्बरको मोटरसाइकलले सोही दिशामा जाँदै गरेका ६१ वर्षीय साइकलयात्री राजकुमार चौधरीलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट चौधरीको टाउकोमा चोट लागेको छ भने हाल शंकर अस्पताल शनिश्चरेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको अवस्था हाल मध्यम रहेको छ । ​चालक र सवारी प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More