
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २० बैशाख । राष्ट्रिय सूचना प्रविधि दिवस (आईसिटी डे मे २)–को अवसरमा आज झापामा विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ । ‘सूचना प्रविधिको विस्तारः दिगो विकासको आधार’ नारा दिएर मनाइएको यस दिवसमा झापाका महिला उद्यमीहरुका लागि डिजिटल मार्केटिङ तथा एआई सम्बन्धी तालिम सञ्चालन गरिएको हो । फेडरेशन अफ कम्प्युटर एशोसिएसन नेपाल ९क्यान महासंघ० झापाको आयोजनामा अध्यक्ष शुभ कुमाई पाठकको अध्यक्षतामा आयोजित तालिममा तीन दर्जनभन्दा बढी उद्यमी महिलाहरुको सहभागिता थियो । तालिमको सहजीकरण पत्रकार उमाकान्त खनाल र प्रथम आईटीका विजनेश एक्जुकेटिभ सुरज चिमरियाले गर्नुभएको थियो । तालिम उद्घाटन शत्रमा क्यान महासंघ कोशी प्रदेशका सचिव कृष्णप्रसाद घिमिरे र क्यान महासंघ केन्द्रका…
झापा, २० चैत । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गर्नुभएको छ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल १,५९४ जना पदाधिकारीहरू एकमुष्ट रूपमा पदमुक्त हुने भएका छन्। सञ्चार, हवाई सेवा र मुद्रण क्षेत्रको पदमुक्तिनेपाल वायुसेवा निगम ऐन, २०१९ बमोजिम नियुक्त अध्यक्ष, उपाध्यक्ष, सञ्चालक र महाप्रबन्धकसहित सात जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन्। राष्ट्रिय समाचार समिति ऐन, २०१९ अन्तर्गतका दुई जना सञ्चालक र गोरखापत्र संस्थान ऐन, २०१९ बमोजिमका अध्यक्ष तथा सञ्चालक गरी तीन जनाको…
झापा, २० बैशाख । झापाको बिर्तामोड नगरपालिका–२ श्रीहरी टोलमा पैनी (नाला) खन्ने कार्यका क्रममा स्थानीयबीच विवाद उत्पन्न हुँदा कुटपिटको घटना भएको छ । शनिबार वडा अध्यक्षको उपस्थितिमा सडक किनारमा दुई वटा स्काभेटर प्रयोग गरी पैनी खन्ने काम सुरु गरिएको थियो । स्थानीय बासिन्दाले विरोध जनाएपछि काम तत्काल स्थगित गरी स्काभेटर फिर्ता गरिएको, स्थानीय र नगरपालिका बीच सहमति भएपछि मात्र बाँकी काम अघि बढाइने समझदारी बनेको बताइएको छ। यसैबीच, घटनास्थलमा करिब २०–३० जना स्थानीय भेला भई अर्को जेसीबी ल्याएर नाला पुर्ने प्रयास गर्दा बिर्तामोड–२ का ७३ वर्षीय नन्दकुमार उप्रेती र सोही स्थानका २२ वर्षीय निकेश मिश्रबीच विवाद भएको थियो । विवादका…
झापा, २० बैशाख । आज दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा देशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा मधेस प्रदेशलगायत कोशी प्रदेशको तराईको थोरै स्थानमा र बाँकी तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङ…
झापा, १९ बैशाख । झापामा चैत महिनामा मात्र १६२ वटा सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ७ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी २५३ जना सामान्य घाइते भएका छन् । चालू आर्थिक वर्ष २०८२÷०८३ को नौ महिनाको तथ्यांक हेनेर् हो भने चैत महिनामा सबैभन्दा बढी १६२ वटा सावरी दुर्घटना भएको देखिन्छ । ती दुर्घटनामा २४२ वटा सवारी साधान संलग्न छन् । जसमध्ये सबैभन्दा धेरै मोटरसाइलक १५० वटा रहेका छन् । जिल्लामा चालू आवको चैत मसान्तसम्म १ बालक, १० महिला र ४३ पुरुष गरी ५४ जनाको मृत्यु भएको झापा ट्राफिक प्रहरी प्रमुख सन्तोष राईले जानकारी दिनुभयो । जिल्लामा सवारी…
भद्रपुर, १९ बैशाख । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को चैत मसान्तसम्म १३ अर्ब १४ करोड ४५ लाख ८१ हजार राजश्व संकलन गरेको छ । उक्त रकम चालु आवका लागि निर्धारण गरिएको लक्ष्यको ६९ दशमलव ८३ प्रतिशत हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार चालु आवमा १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजश्व संकलन गर्ने लक्ष्य राखिएको छ । चैत महिनामा मात्रै एक अर्ब ६० करोड ६८ लाख ४७ हजार राजश्व संकलन भएको उहाँले जानकारी दिनुभयो । उक्त संकलन चैत महिनाको लक्ष्यको ९४ दशमलव ६९ प्रतिशत हो । कार्यालयको तथ्याङ्कअनुसार चालु आवको साउन महिनामा एक…
झापा, १९ बैशाख । झापाको बुद्धशान्ति गाउँपालिका–३ बुधबारे बजार क्षेत्रमा लागु औषधसहित एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार राति करिब ८ः३० बजे लागुऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको गस्ती टोलीले गस्ती गर्ने क्रममा मे.२प. २८३६ नम्बरको होण्डा साइन मोटरसाइकललाई रोकी चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालिका–१ बस्ने ३८ वर्षीय हरिप्रसाद ढकालले मलद्वारमा प्लास्टिकमा पोको पारी लुकाइछिपाइ राखेको अवस्थामा लागु औषध (ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ) फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको पदार्थ प्लास्टिकसहित ३ ग्राम २२० मिलिग्राम र प्लास्टिक बाहेक २ ग्राम ७२० मिलिग्राम रहेको छ।…
झापा, १९ बैशाख । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२–८३ को चैत मसान्तसम्ममा अलैँची निर्यात ४१.५८ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा १० अर्ब ७० करोड सात लाख १८ हजार बराबरको अलैँची निर्यात भएको हो । चालु आवको नौ महिनामा पाँच हजार २९५.२५० मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो । अघिल्लो आव २०८१–८२ को सोही अवधिमा रु छ अर्ब २५ करोड १२ लाख ६१ हजार बराबरको अलैँची निर्यात भएको उहाँले बताउनुभयो । कार्यालयको तथ्याङ्कअनुसार चालु आवको नौ महिनामा चियाको निर्यात २६.७३ प्रतिशतले घटेको छ । उक्त अवधिमा रु दुई…
झापा, १९ बैशाख । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मधेस प्रदेशलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ । आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा लुम्बिनी र…
झापा, १८ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेले फेरि अर्को अध्यादेश जारी गरेका छन् । आज राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तेस्रो संशोधन अध्यादेश–२०८३ जारी गरेका हुन् ।