झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १५ फागुन । झापाको दमक नगरपालिका–६ थाना रोडमा हरितयार फेला परेको छ । बिहीबार साँझ इलाका प्रहरी कार्यालय दमकबाट करिब २० मिटर उत्तर–पूर्वतर्फ रहेको याम्जि श्रेष्ठको खाली जग्गाको झाडीमा गस्ती टोलीले पुरानो र जलेको अवस्थामा रहेको एक राइफल फेला पारेको हो । प्रहरीका अनुसार Y13487 नम्बरको मार्क–४ राइफल काठको भाग पूर्ण रूपमा जलेको र सम्पूर्ण भागमा खिया लागेको अवस्थामा भेटिएको हो। उक्त हतियारलाई इलाका प्रहरी कार्यालय दमकमा ल्याई राखिएको छ। अनुसन्धान क्रममा उक्त राइफल २०८२ साल भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको थियो भन्ने तथ्य कार्यालयको अभिलेखबाट पुष्टि भएको छ।

Read More

झापा, १५ फागुन । पूर्वी नेपालको सङ्खुवासभामा आज बिहान भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ठिक ३ः१८ बजे ४.७ म्याग्निच्युडको यो भूकम्प गएको हो । केन्द्रबिन्दु सङ्खुवासभाको टोप्के गोला नजिकै रहेको बताइएको छ। यसको प्रभावले सङ्खुवासभा र ताप्लेजुङका विभिन्न गाउँ तथा बजार क्षेत्रमा कम्पन महसुस गरिएको थियो। जिल्लाका सुरक्षा अधिकारीहरूका प्रारम्भिक रिपोर्ट अनुसार अहिलेसम्म कुनै पनि मानवीय क्षति वा भौतिक संरचनामा क्षतिको सूचना प्राप्त भएको छैन ।

Read More

सन्तोष शर्माझापा, १५ फागुन । झापामा यतिबेला सर्ने रोगको पहिचानका लागि दुई महिने अभियान सञ्चालन भइरहेको छ । जिल्लाका १५ वटै पालिकामा नसर्ने रोगहरू मधुमेह, उच्च रक्तचाप, मृगौला सम्बन्धी रोग र मोटोपनको पहिचान भइरहेको हो । घरघरमा पुगेर नसर्ने रोगहरूको पहिचान भइरहेको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिनुभयो । माघ र फागुन महिनाभरि नसर्ने रोगको पहिचान गरिने उहाँले बताउनुभयो । जिल्लाका सबै स्वास्थ्य संस्थाबाट नसर्ने रोगको पहिचान हुने उहाँले बताउनुभयो । जिल्लाका सबै स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयम्सेविकाले अभियान अन्तरगत नसर्ने रोगको पहिचान गर्ने उहाँले बताउनुभयो । “सबै मानिस स्वास्थ्य संस्थामा आएर परीक्षण गराउन सक्दैनन्÷ गराउँदैनन्”, उहाँले भन्नुभयो,…

Read More

भद्रपुर, १५ फागुन । झापाका पत्रकारलाई बिहीबार निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता अभिमुखीकरण प्रदान गरिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको सहयोग, नेपाल पत्रकार महासंघ कोशी प्रदेशको सहकार्य र नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा जिल्लाका पत्रकारलाई अभिमुखीकरण प्रदान गरिएको हो । पत्रकार महासंघका पूर्व उपाध्यक्ष केशव भट्टराईले आचारसंहिता र पत्रकार गणेशमान मुखियाले निर्वाचन रिपोर्टिङका बारेमा अभिमुखीकरण प्रदान गर्नुभएको थियो । कार्यक्रममा अग्रज पत्रकार गोविन्दचन्द छेत्री, चिन्तामणि दाहाल, प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार र सञ्चारिका समूह नेपाल झापाकी अध्यक्ष लीला अनमोलले मन्तव्य राख्नुहुँदै आचारसंहिता सबैले पालना गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुहुँदै महासंघ झापा…

Read More

झापा, १५ फागुन । जिल्लामा चैते धानको रोपाइँ सुरु भएको छ । कचनकवल गाउँपालिका क्षेत्रबाट चैते धान रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । चैतको दोस्रो हप्तासम्ममा जिल्लाभरि रोपाइँ सकिने अनुमान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । उनले परम्परागत खेती प्रणालीको तुलनामा मेसिनको प्रयोगमा जिल्लामा धानखेती गर्ने प्रचलन बढ्दै गएकाले रोप्नका लागि कतै बीउ तयार भइसकेको त कतै बीउ राख्ने काम भइरहेको बताए । जिल्लाका विभिन्न स्थानमा १० वटा धान रोप्ने मेसिन ९ट्रान्सप्लान्टर०हरू रहेका छन् । प्रमुख विष्टका अनुसार गत वर्ष जिल्लामा करिब २० हजार हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएको भए तापनि यस वर्ष…

Read More

झापा, १४ फागुन । चुनावी रिपोर्टिङका क्रममा झापा पुगेका पत्रकार अर्जुन आचार्यमाथि नेकपा एमालेका कार्यकर्ताहरूले आक्रमण गरेका छन् । झापाको कमल गाउँपालिकास्थित जीवन चोकमा रिपोर्टिङ गरिरहेका आचार्यमाथि एमालेको भोलेन्टेयर फोर्सका सदस्यहरूले बिहीबार दिउँसो आक्रमण गरेका हुन् । २५६१ नम्बरको स्कर्पियोमा चढेका भोलिएन्टर फोर्सका सदस्यहरुले आचार्यमाथि आक्रमण गरेका रातोपाटीका अर्का पत्रकार रोहित दाहालले जानकारी दिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घरदैलो र सचिवालयको टोलीलाई पछ्याउने क्रममा उक्त घटना घटेको हो । सोही क्रममा स्थानीय महिलाहरूले ‘घण्टी’ (राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह) भन्दै साङ्केतिक विरोध जनाएपछि एमाले कार्यकर्ताहरूले ती महिलाहरूमाथि अश्लील शब्द र व्यवहार प्रदर्शन गरेका थिए । सोही दृश्यको…

Read More

झापा, १४ फागुन । झापाको बुद्धशान्ति गाउँपालिकाबाट नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा १ नम्बर ब्युरो इञ्चार्ज धमिल र झापा जिल्ला कमिटी सदस्य हेम अर्याललाई प्रहरी पक्राउ गरेको हो । बुधबार दिउँसो पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसैबीच सो पार्टीका कार्यालय सचिव अविरलले एक प्रेस विज्ञप्ति जारी गरी संगठनात्मक कामको सिलसिलामा भएको बेला न्यूनतम लोकतान्त्रिक अधिकारलाई समेत कुल्चेर गैरन्यायिक गिरफ्तारी गरिएको भन्दै तत्काल रिहाई गर्न माग गरेका छन् । नेकपा बहुमतले निर्वाचनविरोधी गतिविधि गर्दै आएको छ । उसले निर्वाचन बहिष्कार पनि…

Read More

झापा, १४ फागुन । जेनजी आन्दोलनका बेला लुटिएको थप म्यागजिन र गोली भेटिएको छ । बुधबार साँझ इलाका प्रहरी कार्यालय दमक परिसरमै फेला परेको हो । त्यहीँ कार्यरत प्रहरी जवान रमानन्दकुमार ठाकुरले इप्रका दमकको पछाडिपट्टि पर्खालको फेदमा सरसफाई गर्ने क्रममा इन्सासको म्यागजिन १ थान र ३ राउण्ड गोली फेला पारेका हुन् । उक्त म्यागजिन र राउण्ड इप्रका दमकबाटै गत भदौ २४ गते जेनजी आन्दोलनमा लुटिएको खुल्न आएको छ ।

Read More

इनरुवा, १४ फागुन । सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुहबी नगरपालिका–५ का ३२ वर्षीय विजय ऋषिदेव र सप्तरी छिन्नमस्ता गाउँपालिका–६ का ४७ वर्षीय गिरिजानन्द साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । आज बिहान वराहक्षेत्र नगरपालिका–११, गुप्ताटोलस्थित भित्रि सडकमा को। २५ प। १४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा ऋषिदेव गम्भीर घाइते हुनुभएको थियो । उहाँको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही दुर्घटनमा दुहबी–५ का दिपेन ऋषिदेव घाइते हुनुभएको छ । उहाँको उपचार भइरहेको प्रनाउ खड्काले बताउनुभयो । त्यसैगरी इटहरी उपमहानगरपालिका–१३ स्थित कोशी…

Read More

झापा, १४ फागुन । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ । सुन तोलामा ६०० रुपैयाँले बढेर ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख १४ हजार ८ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ । भाउ बढेर चाँदी आज तोलाको ५ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ७ सय १५ रुपैयाँ थियो ।

Read More