झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १३ फागुन । सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाद प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीश डा.मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले व्यक्तिगत स्वतन्त्रताको हक, थुनाको औचित्य अभाव, गम्भीर खतरा नदेखिएको तथा पक्राउ प्रक्रियामा त्रुटि भएको आधारमा बन्दीप्रत्यक्षीकरण रिटमा फैसला सुनाएको हो । प्रसाईंलाई सार्वजनिक शान्ति भंग, अफवाह फैलाएको र निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा प्रहरीले हिरासतमा राखेको थियो । अदालतले अनुसन्धान भने कानुन बमोजिम जारी रहने स्पष्ट गरेको छ ।

Read More

झापा, १३ फागुन । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभाग तथा बाँकी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा…

Read More

झापा, १२ फागुन । हात्तीको आक्रमणबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ । गत फागुन ७ गते बाह्रदशी गाउँपालिका–१ बोक्राझारीमा जंगली हात्तीको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी थिइन् । आफ्नो पक्की घरमा पानी हाल्ने क्रममा लक्ष्मीनाथ सामुदायिक वन भागुडुब्बाबाट आएको जंगली हात्तीले ५० वर्षीया लिला राजवंशी आक्रमण गर्दा गम्भीर घाइते भएकी थिइन् । उनलाई तत्काल उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । तर, उपचारको क्रममा सोमबार राति लिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकको शव सोही अस्पतालमा राखिएको छ ।

Read More

झापा, १२ फागुन । पछिल्लो तीन महिनामा ६१४ जनाले नेपाली नागरिकता त्यागेका छन् । गृह मन्त्रालयले हालै प्रकाशन गरेको दोस्रो प्रगतिविवरण अनुसार ६१४ जनाले नागरिकता त्याग गरेका छन् । यस अवधिमा ५६ हजार १३४ जनाले आफ्नो नागरिकतामा रहेको डाटा सुधार वा विवरण संशोधन गरेका छन् । गृह मन्त्रालयका अनुसार विदेशमा स्थायी रुपमा नै बसोबास गर्नेगरी विदेश गएका र विदेशको नागरिकता लिन नेपालको नागरिकता त्याग गर्नेहरू छन् । वैदेशिक रोजगारी, उच्च शिक्षा र विकसित मुलुकमा स्थायी बसोबास गर्ने उद्देश्यले नेपाली नागरिकता त्याग्नेहरू छन् । एनआरएन (गैरआवासीय नेपाली) नागरिकता लिने प्रक्रिया र विदेशी नागरिकसँगको विवाहले गर्दा पनि नागरिकता परित्याग गर्नेहरू छन् ।…

Read More

काठमाण्डौ, १२ फागुन । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को घुँडाको उपचार काठमाण्डौ मेडिकल कलेज (केएमसी) ले निःशुल्क गर्ने जनाएको छ । महँगो उपचार खर्चका कारण समस्यामा परेको भन्दै साम्बाले हिजो सहयोगको अपील गरेपछि केएमसीको प्रशासन प्रमुख नारायणप्रसाद दाहालले उनी नेपालमै उपचार गर्न तयार भए अस्पतालले उपचारसहित सम्पूर्ण खर्च व्यहोर्ने घोषणा गर्नुभएको छ । कतारको अस्पेटार अस्पतालमा भएको अघिल्लो शल्यक्रियाको ग्राफ्ट र एमसीएलमा गम्भीर समस्यापछि साम्बालाई पुनः शल्यक्रिया गर्नुपर्ने भएको छ । हिजो सामाजिक सञ्जालमार्फत साम्बाले आफ्नो उपचारका लागि झन्डै ८० हजार अमेरिकी डलर खर्च लाग्ने भन्दै सहयोग आह्वान गरेकी थिइन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)…

Read More

एजेन्सी, १२ फागुन । अमेरिकाको भर्जिनिया फेयरफ्याक्स काउन्टीमा आफ्नै परिवारका दुई सदस्यको हत्यामा संलग्न एक नेपालीको प्रहरीको गोली लागेर मृत्यु भएको छ । मान्टुआ नजिकैको अपार्टमेन्टभित्र श्रीमती र छोरीको हत्या गरेका छत्रबहादुर थापालाई फेयरफ्याक्स काउन्टीका प्रहरीले गोली हानेका हुन् । ५० वर्षीय थापाले श्रीमती ५१ वर्षीय बिन्दा र छोरी ३१ वर्षीय ममताको हत्या गरेका नेपयोर्क डट कमले उल्लेख गरेको छ । प्रहरीका अनुसार घटनास्थल पुग्दा थापाले ३५ वर्षीय ज्वाइँ सन्तोषकुमारलाई आक्रमण गर्दै थिए । उनीसँग भएको हतियार बुझाउन पटक–पटक दिइएको आदेश नमानेपछि एक प्रहरी अधिकारीले गोली चलाएका र थापाको ज्यान गएको खबरमा उल्लेख छ । अपार्टमेन्टभित्र एक बच्चा पनि रहेको…

Read More

झापा, १२ फागुन । जङ्गली हात्तीको आक्रमणबाट घाइते झापा बाह्रदशीकी महिलाको मृत्यु भएको छ । सोमबार राति १ बजे बिएन्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा बाह्रदशी १ बोक्राझारी बस्ने ५० वर्षीया लिला राजवंशीको मृत्यु भएको हो । गत फागुन ७ गते बिहान लखनलाल राजवंशीकी श्रीमती लीलाले बनाउँदै गरेको पक्की घरमा पानी हाल्ने क्रममा लक्ष्मीनाथ सामुदायिक वन भागुडुब्बाबाट एउटा जङ्गली हात्ती आई उहाँलाई अचानक आक्रमण गरेको थियो । आक्रमणबाट शरीरको विभिन्न भागमा चोट लागि लीला गम्भीर घाइते हुनुभएको थियो । घाइते राजवंशीको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापामा लामो समयदेखि मानव…

Read More

काठमाडौं, १२ फागुन । मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइका लागि पेसी तोकिएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने भएको हो । यसअघि सोमबार सर्वोच्च अदालतले महान्यायाधिवक्ताको कार्यालयबाट सम्बन्धित फाइल झिकाउन आदेश जारी गरेको थियो । प्रसाईंकातर्फबाट दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि प्रारम्भिक सुनुवाइका क्रममा जिल्ला प्रहरी परिसरले पठाएको लिखित जवाफका आधारमा अदालतले फाइल मगाउने आदेश दिएको हो । प्रसाईँको हकमा उमा प्रसाईले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंसमेतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । पक्राउ पर्नुअघि प्रसाईँले आफूमाथिको धरपकड रोक्न माग गर्दै फागुन १ गते रिट दिएका थिए…

Read More

झापा, १२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विधिको शासन स्थापनालाई प्रमुख विषयका रूपमा उठान गर्नुभएको छ । चन्द्रगढीमा आज आयोजित कोणसभामा सुशासन कायम नगरेसम्म राष्ट्रलाई समृद्धिको बाटो अग्रसर गराउन नसकिने भएकाले जनचाहनाअनुरूप राज्यसत्ता सञ्चालन गर्ने आफ्नो पार्टीको नीति रहेको स्पष्ट गर्नुभयो । जनतालाई सर्वोपरि मानेर उनीहरूका समस्या समाधान नै आफ्नो पार्टीको पहिलो प्राथमिकता भएको सभापति लामिछानेले बताउनुभयो । संसदीय अभ्यासलाई जनउत्तरदायी बनाउनुपर्नेमा जोड दिँदै उहाँले जनचाहनाअनुरूप काम गर्न नसक्ने नेतृत्वलाई जनताले मतका माध्यमबाट निर्णय गर्ने बताउनुभयो ।रासस

Read More

झापा, १२ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ १२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ चार पैसा र बिक्रीदर १७१ रुपैयाँ ७५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ दुई पैसा र बिक्रीदर १८७ रुपैयाँ ८० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०३ रुपैयाँ चार पैसा, क्यानेडियन डलर…

Read More