झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

चितवन, ६ जेठ । चालु आर्थिक वर्षमा जिल्लामा १३ जनामा औलो (मलेरिया) रोगका बिरामी भेटिएका छन् । औलो रोग सङ्क्रमणको आशङ्कामा उपचारका लागि आएका ३ हजार ९३ जनाको नमूना परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएको हो । जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यसरी सङ्क्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएका छन् । एनोफिलिस जातको पोथी लामखुट्टेले टोक्दा औलो लाग्ने गर्दछ । रोग लाग्दा ज्वरो आइरहने वा दिन बिराएर ज्वरो आउने, टाउको बेस्सरी दुख्ने, वान्ता हुने, जाडो हुने, कम्पन छुट्ने, पसिना आएर ज्वरो घट्ने लक्षण देखिने गरेको छ । संक्रमितहरु सबै विदेशबाट आएका बिरामी हुन । नेपालमा मुख्य गरी दुई प्रजातिका औलोका…

Read More

शिवसताक्षी, ३ जेठ । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित श्री लक्ष्मी नारायण मन्दिर तथा जगतगुरु योगिराज श्री कमलनयनाचार्य आश्रमले दिव्यदेश प्रतिष्ठा (महासम्प्रोक्षण) महोत्सवको आय–व्यय विवरण सार्वजनिक गरेको छ। गत वैशाख ११ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको दिव्यदेश प्रतिष्ठा महासम्प्रोक्षण महोत्सवको आय–व्यय विवरण मन्दिर परिसरमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो। महोत्सवमा कुल ३ करोड ३२ लाख ३८ हजार ९५६ रुपैयाँ बराबरको आय–व्यय रहेको आश्रमका सचिव हरिनारायण बाँस्कोटाले बनाउनु भयो । उहाँका अनुसार हाल संस्थाको बैंक मौज्दातमा ७० लाख रुपैयाँ तथा नगद मौज्दातमा ४९ हजार ८२६ रुपैयाँ रहेको छ। जसमा कोशी प्रदेश सरकारबाट ९ लाख रुपैयाँ, शिवसताक्षी नगरपालिकाबाट २ लाख रुपैयाँ तथा…

Read More

बिर्तामोड, ३ जेठ । झापाको बिर्तामोडमा सञ्चालन भएको ’दोस्रो मेयर कप २०८३ अन्तर वडा कराँते तथा किक बक्सिङ प्रतियोगिता’ को उपाधि बिर्तामोड–५ ले जितेको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा बिर्तामोडस्थित अतिथि सदनको सभाहलमा शुक्रवार र शनिवार भएको प्रतियोगितामा दोस्रो बिर्तामोड–८ र तेस्रो बिर्तामोड–२ भएको थियो । प्रतियोगितामा प्रथम हुने वडा–५ ले नगद ५० हजार, दोस्रो हुने वडा नं. ८ ले नगद २५ हजार र तृतीय स्थान हासिल गर्ने वडा नं. २ ले नगद १५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यसैगरी, प्रतियोगिताबाट उत्कृष्ट खेल प्रदर्शन गर्ने महिला र पुरुषतर्फ एक÷एक जना ‘बेस्ट फाइटर’ लाई…

Read More

नेपालगञ्ज, २ जेठ । नेपालगञ्ज उपमहानगरपालिका ले नेपाल पत्रकार महासङ्घ सँगको सहकार्यमा १५ लाख रुपैयाँको पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ । जिल्लाका पत्रकारहरूका लागि आयोजित एआई सम्बन्धी चार दिने अभिमुखीकरण तालिम उद्घाटन गर्दै नगर प्रमुख प्रशान्त विष्टले चालु आर्थिक वर्षमै अक्षय कोष स्थापना गरिने र हरेक वर्ष पाँच लाख रुपैयाँ थप्दै लगिने जानकारी दिनुभयो । महासङ्घ बाँके शाखाका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंले पत्रकारितामा एआईको विवेकपूर्ण प्रयोग आवश्यक रहेको बताउनुभयो । तालिममा बाँकेका ४० जना पत्रकारको सहभागिता रहेको छ भने जीवन भण्डारी र उमङ्ग निरौलाले सहजीकरण गर्नेछन् ।

Read More

झापा, २ जेठ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु शृङ्खलामा नेपालले अमेरिकाविरुद्ध नौ विकेटले जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा आज भएको खेलमा अमेरिकाले दिएको १९५ रनको लक्ष्यमा नेपाल नौ विकेटले विजयी भएको हो । नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले १५४ रनको योगदान दिए । भुर्तेलको शतकसँगै नट आउट प्रदर्शनका कारण नेपालले १९६ रनको लक्ष्य सहजै भेट्टिएको हो । उनले १३ चौका र चार छक्काको मद्दतमा ११८ बल खेलेर १२० रन बनाएका हुन् । आशिफ ७२ बलमा आठ चौकाको मद्दतमा ५८ रन बनाएर आउट भए । यसअघि पहिला ब्याटिङ गरेको अमेरिकाले ४३…

Read More

झापा, २ जेठ । झापाको अर्जुनधारा नगरपालिकाले सडकपेटी अतिक्रमण गरी राखिएका सामग्री हटाउने भएको छ । नगरपालिकाले शनिश्चरे बजार क्षेत्रमा रहेका केही व्यवसायिक पसलहरूले व्यवसाय सञ्चालनका क्रममा फुटपाथमै विभिन्न सामग्री राखेर सडकपेटी अतिक्रमण गरेको पाइएकाले हटाउन लागिएको जनाएको छ । नगरपालिकाद्वारा जारी सूचनामा सडकपेटी अतिक्रमणका कारण सर्वसाधारण नागरिकको आवागमनमा बाधा पुगेको, बजार क्षेत्रको सौन्दर्यमा नकारात्मक असर परेको तथा दुर्घटनाको जोखिम समेत बढेको उल्लेख गरिएको छ । सार्वजनिक सडक तथा सडकपेटी नागरिकहरूको सुरक्षित आवतजावतका लागि प्रयोग हुने सार्वजनिक सम्पत्ति भएकाले कुनै पनि व्यक्ति वा व्यवसायीले सडकपेटी ओगटेर व्यवसाय सञ्चालन गर्न नपाइने नगरपालिकाले स्पष्ट पारेको छ । प्रमुख प्रशासकीय अधिकृत अनोज कुमार…

Read More

कनकाई, २ जेठ । झापाको कनकाई नगरपालिका–५ चाप्रामारी क्षेत्रमा प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार शुक्रबार साँझ करिब ६ बजे अस्थायी प्रहरी बिट दुर्गापुरबाट प्रहरी सहायक निरीक्षक छत्र श्रेष्ठको कमाण्डमा खटिएको दुई सदस्यीय टोलीले शंकास्पद अवस्थामा रहेका दुई जनालाई चेकजाँच गरेको थियो । जाँचका क्रममा कमल गाउँपालिका–५ निवासी २६ वर्षीय जित बहादुर लिम्बु (काले) र दमक नगरपालिका–६ निवासी २० वर्षीय प्रदीप रसायलीको साथबाट ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बरामद पदार्थको तौल प्लास्टिकसहित १५ ग्राम २१० मिलिग्राम तथा प्लास्टिक बाहेक ११ ग्राम ९७० मिलिग्राम रहेको बताइएको छ…

Read More

सरोज भट्टराईशिवसताक्षी, २ जेठ । लामो समयदेखि शुद्ध खानेपानीको अभाव झेल्दै आएका झिलझिलेबासीले अब स्वच्छ र सुरक्षित खानेपानी उपभोग गर्न पाउने भएका छन्। झापाको शिवसताक्षी नगरपालिका वडा नं। ११ मा निर्माणाधीन झिलझिले खानेपानी तथा सरसफाइ आयोजनाको अधिकांश भौतिक पूर्वाधार निर्माण सम्पन्न भएसँगै खानेपानी वितरणको तयारी तीव्र पारिएको हो। वि।सं। २०७५ सालमा स्थापना गरिएको झिलझिले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले झिलझिले बजार तथा वडा नं। ११ को राजमार्ग उत्तर क्षेत्रका नागरिकलाई लक्षित गर्दै आयोजना सञ्चालनमा ल्याएको हो। स्थानीयवासीको सक्रिय सहयोग र जग्गा दानपछि आयोजना अघि बढाइएको समितिले जनाएको छ। परियोजनाका लागि स्थानीय गंगाधर तिम्सिनाले २ कठ्ठा तथा लीला तिम्सिना, विनोद तिम्सिना,…

Read More

बाँके, २ जेठ । बाँकेको राप्ती सोनारी गाउँपालिका–३ स्थित जंगल क्षेत्रमा बाख्रा चराउन गएका पाँच जना महिलामाथि लुटपाट तथा कुटपिट भएको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको जनाएको छ। शुक्रबार बिहान करिब साढे १० बजेतिर बैशा र नवलपुर गाउँ नजिकको जंगलमा भएको उक्त घटनामा ५५ वर्षीया बिसमति थारु, ५५ वर्षीया श्यामकुमारी थारु, ६५ वर्षीया मंगरी थारु, ५५ वर्षीया रामकलिया थारु र ४५ वर्षीया गौरी थारु घाइते भएका हुन्। घाइते महिलाहरूका अनुसार नेपाली भाषा बोल्ने मधेसी मूलका ३–४ जनाको समूहले जंगलमा एक्लै रहेको मौका पारेर उनीहरूमाथि आक्रमण गरेको थियो। आक्रमणकारीहरूले महिलाहरूले लगाएका डेढ तोलाभन्दा…

Read More

झापा, २ जेठ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल र बाँकी प्रदेशमा आंशिक बादल लागेको छ । गण्डकी प्रदेशका थोरै स्थानमा, लुम्बिनी र कोशी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी हिमाली, पहाडी र तराई भू–भागमा आंशिक बादल लाग्नेछ विभागको भनाइ छ । कोशी प्रदेशका केही स्थानहरूमा, बागमती, गण्डकी र कर्णाली…

Read More