
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ३० भदौ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीपरिषद् विस्तारका लागि तीन मन्त्रीको नाम सिफारिस गर्नुभएको छ । जेनजी अभियान र सरोकारवालासँगको परामर्शपछि उहाँले अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जा जलस्रोत एवं सिँचाइ तथा सहरी विकासमन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा अधिवक्ता ओमप्रकाश अर्याललाई नियुक्तिका लागि सिफारिस गरिएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ । प्रधानमन्त्री कार्कीले मन्त्रीपरिषद् विस्तारका सन्दर्भमा जेनजी अभियन्तासहित सरोकारवालासँग संवाद जारी राख्नुभएको छ । उहाँले आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेपछि मन्त्रीपरिषद् गठनका सन्दर्भमा संवाद अघि बढाउनुभएको थियो ।
झापा, ३० भदौ । दसैँसहित चाडपर्वको अवसरमा सरकारले आजदेखि काठमाडौँ उपत्यकासहित देशभर सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले संयुक्त रूपमा देशका विभिन्न स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गरेका हुन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४५ जिल्लाका १११ स्थानमा पसल सञ्चालन गरेको छ भने साल्ट ट्रेडिङ कर्पोरेसनले २९ जिल्लाका ४२ स्थानमा सेवा उपलब्ध गराएको छ। यसरी देशभर १५३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा आएको हो। सहुलियत मूल्य पसलबाट प्रतिकेजी वा प्रतिलिटरमा ५ देखि १० रुपैयाँसम्म छुट दिइनेछ। पसलहरूमा चामल, दाल, गेडागुडी, तेल, पिठो, मैदा, चिउरा, चिनी,…
झापा, ३० भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ ।अरब सागर तथा बङ्गालको खाडीबाट जलवापष्युक्त हावाकोसमेत प्रभाव रहेको । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अनुसार आज देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भागका केही तथा तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहनेछ…
शिवसताक्षी, २९ भदौ । जेनजी आन्दोलनले झापाका धेरै स्थानमा सरकारी र निजी सम्पत्तिमा आगजनी तथा तोडफोड गराए पनि शिवसताक्षी नगरपालिका भने तुलनात्मक रूपमा सुरक्षित रहेको छ । नगर क्षेत्रका सार्वजनिक सम्पत्ति, कार्यालय र भौतिक संरचनामा क्षति हुन पाएन । भदौ २४ गते आन्दोलनकारीले शिवसताक्षी नगरपालिका कार्यालय अगाडै प्रदर्शन गरे पनि संयम अपनाए । कार्यालयभित्र राखिएको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर मात्र बाहिर ल्याई जलाएका थिए । नगरपालिकाका ११ वडामध्ये वडा नं। १, २, ३, ४, ५, ६ र ७ का कार्यालयमा भने तोडफोड भएको छ । नगरपालिकाले दिएको जानकारीअनुसार ती वडामा राखिएका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, एसी, सीसी क्यामेरा…
झापा, २९ भदौ । एशिया कप टी–२० क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दैछन् । खेल दुबईमा नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुनेछ । समूह ‘ए’ मा समान दुई अङ्क भए पनि नेटरनरेटको आधारमा भारत शीर्ष र पाकिस्तान दोस्रो स्थानमा छ । भारत र पाकिस्तानबीच आन्तरीक राजनीतिको कारण पछिल्लो एक दशकदेखि आईसीसी र एसीसीको प्रतियोगितामा मात्रै प्रतिस्पर्धा गर्दै आएका छन् । केही महिना अघि जम्मु कश्मिरको पहलगाममा भएको आक्रमणपछि भारतले र पाकिस्तानबीच सम्बन्ध थप बिग्रिएको छ । एशिया कपमा आठ वटा टोली सहभागी छन् । प्रतियोगिताको समूह ‘ए’ मा भारत, यूएई, पाकिस्तान र ओमान तथा समूह ‘बी’ मा अफगानिस्तान,…
बहुप्रतिक्षित फिल्म ‘जारी २’ को प्रदर्शन मिति स्थगित गरिएको छ। आउँदो असोज ३ गतेको रिलिज हुने भएको यो फिल्म अब तोकिएको मितिमा रिलिज नहुने भएको हो। जेनजी आन्दोलनले पारेको प्रभावका कारण फिल्मको रिलिज मिति सारिएको निर्माणटिमले जनाएको छ। निर्माण कम्पनी बाँसुरी फिल्मस्ले विज्ञप्ति निकाल्दै जेन(जी आन्दोलन र त्यसपछि सिर्जित असहज परिस्थितिलाई मध्यनजर गर्दै सबैखाले मनोरञ्जनात्मक गतिविधिहरू अनिश्चितकालका लागि स्थगित गरिएको उल्लेख गरेको छ। फिल्मको ट्रेलर रिलिज पनि अन्तिम समयमा रोकेको थियो। निर्देशक तथा लेखक उपेन्द्र सुब्बा निर्देशित यो फिल्म हिट फिल्म ‘जारी’ को सिक्वेल हो। यस फिल्ममा दयाहाङ राई, मिरुना मगर र विजय बराल मुख्य भूमिकामा छन्। जेनजी आन्दोलनका कारण…
चितवन, २९ भदौ । कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा आएका छन् । गत बिहीबार सबै कैदीबन्दीको परिवार तथा आफन्तलाई सम्पर्क गरिएको थियो । सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका हुन् । कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार अहिलेसम्म २३५ जना कैदीबन्दी कारागार फर्किएका छन् । उहाँले भन्नुभयो, “बुधबार बिहान ७४० जना कैदी कारागारबाट फरार भएका थिए ।” कारागारमा रहेका ४६ महिला कैदीबन्दीमध्ये २७ जना आइसकेका छन् । कारागार कार्यालयमा कैद भुक्तान गर्दै आएका तथा बन्दी जीवन बिताएकामध्ये चार जना भैरहवा कारागारमा र एक जना दमौली कारागारको सम्पर्कमा आएको उहाँले बताउनुभयो । यस्तै अन्य कारागारका १४ कैदीबन्दी यस…
झापा, २९ भदौ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ। अहिले सम्म ५९ जना प्रदर्शनकारी, १० जना कैदी बन्दी र ३ जना सुरक्षाकर्मी गरी ७२ जनाको मृत्यु भएको मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिनु भयो । घटनामा १ हजार भन्दा बढी घाइते भएकोमा १३३ जना प्रदर्शनकारी र ५७ सुरक्षाकर्मी घाइतेको उपचार जारी रहेको छ।
झापा, २९ भदौ । दसैँको अवसरमा नयाँ नोट खोज्ने नागरिकलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले सुकिला नोट वितरण सुरु गरेको छ। राष्ट्र बैंकले भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट सटहीको व्यवस्था मिलाएको हो। राजनीतिक संक्रमणका कारण वितरणमा अन्योल देखिए पनि राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले बैंक तथा वित्तीय संस्थाहरूको भौतिक संरचना सुरक्षित रहेकाले तोकिएको मितिमा नै वितरण सुरु गरिएको जानकारी दिए। “हामीले नयाँ कुनै निर्णय गरेका छैनौँ, सहज रूपमै वितरण गर्न सकिन्छ भन्ने लाग्छ,” उनले भने। साना दरका नोट सटहीका लागि राष्ट्र बैंकको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग तथा प्रदेश कार्यालयहरू — विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र…
झापा, २९ भदौ । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरूलाई शहीद घोषणा गरेको छ । साथै, घाइतेहरूको निःशुल्क उपचार र मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरिएको छ । यो जानकारी मुख्यसचिव एकनारायण अर्यालले दिएका हुन् । मुख्यसचिव अर्यालका अनुसार नयाँ सरकारका लागि सेवा प्रवाह चुनौतीपूर्ण बनेको छ । आन्दोलनका क्रममा धेरैजसो सरकारी कार्यालयहरू ड्यामेज भएका छन्, जसमा मन्त्रालय, अदालत, सिडिओ कार्यालयहरूसमेत तोडफोड र आगजनीको शिकार भएका छन् । उनले बाँकी रहेका कार्यालयहरूबाट सेवा प्रवाह गर्न कार्ययोजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । साथै, सुरक्षा व्यवस्था सुदृढ गर्दै कर्मचारीको मनोबल उच्च राखेर काम गर्नुपर्ने वर्तमान आवश्यकता…