
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ५ चैत । संसद्का सहभागी साना राजनीतिक दलहरूले छुट्टै गठबन्धन गरेर जाने विषयमा छलफल चलाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत पार्टीसहितका सात दलले गठबन्धन अभ्यास शुरू गरेको नेताहरूले बताएका छन् । सत्ता गठबन्धन बाहिर रहेको रास्वपा, आम जनता पार्टी, हाम्रो नेपाली पार्टी, संघीय समाजवादी पार्टी र गठबन्धन सहयात्री दलहरू जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टीले गठबन्धन बनाउन लागेको जनमत पार्टीका नेता बीपी साहले जानकारी दिए । गठबन्धन बनाउने अन्तिम तयारीमा आफूहरू पुगेको उनको भनाइ छ । जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झालाई उम्मेदवार बनाएको थियो । तर, झालाई लोसपा, नागरिक उन्मुक्ति पार्टीलगायतले मत दिएनन् । यद्यपि, गठबन्धनका ठूला…
झापा, ५ चैत । बाजुराको बडिमालिका नगरपालिका–७ ढम्कनेलाई बाजुरा जिल्लाको आलुको राजधानी भनेर चिनिन्छ। ढम्कने गाउमा १ सय बढी घर परिवार छन्। ती सबैको आम्दानीको मुख्य स्रोत भनेको आलु हो। जिल्लाका उत्तरी क्षेत्रका बुढिनन्दा नगरपालिका, स्वामीकार्तिक खापर, जगन्नाथ र हिमाली गाउँपालिकालगायत कर्णाली प्रदेशका हुम्ला मुगु र कालीकोट जिल्लाका केही स्थानीय तहको आवत–जावत गर्ने मुख्य बाटोमा पर्ने ढम्कने गाउँका स्थानीय आलुका परिकार बेचेर आम्दानी गरिरहेका छन्। तर, परम्परागत रूपमा गरिएको आलु खेतीले उत्पादन नबढेपछि, त्यहाँ आलु पाठशाला सञ्चालन गरिएको छ। बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले ढम्कनेका स्थानीयलाई आलुमा आत्मनिर्भर बनाउन कृषि पाठशाला सञ्चालन गरेको बताए। गएको मंगलबार कृषि…
झापा, ४ चैत । नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव गिरिराजमणि पोखरेलले जनताको समस्याको साझेदारको रुपमा माओवादी केन्द्रले अभियान शुरु गरेको बताउनुभएको छ । झापा मेचीनगरमा झापा क्षेत्र नं. १ अन्तरगत ‘संगठन सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान’को उद्घाटन गर्दै उहाँले जनताको मुद्दा सडक र सदनलाई व्यवस्थित गर्ने अभियानका साथ पार्टी अघि बढेको बताउनुभयो । “पार्टी र जनताको बीचको सम्बन्धलाई थप सुधार गर्दै अघि बढ्ने अभियान शुरु भएको छ”, उहाँले भन्नुभयो, “नागरिक–नागरिकबीचको असमानताको खाडललाई पुर्नका लागि अभियान सार्थक हुनेछ, त्यसका लागि केन्द्र, प्रदेश, जिल्ला र वडास्तरका नेताको चरित्र सच्चिन जरुरी छ ।” उत्पीडन र विभेदमा रहेकालाई मात्र नभई आमनागरिकको दैनिक जीवनमा आइपर्ने…
झापा, ४ चैत । गायिका मिलन नेवार र रवि ओडको स्वरमा ‘पहरी फूल २’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा राजु सिंहको सङ्गीत र गिता गिरी शेरचन को शब्द रचना रहेको छ । प्रेमभाव रहेका गीतको भिडियोमा ले अभिनय देख्न सकिन्छ । पहरि फुलको बारेमा बर्णन गर्दै प्रेमका कोमल शब्दहरुलाई गीतमा समेटिएको छ । पहाडी भेगमा पाइने पहरी फूलको विषयमा आफूले आम दर्शक तथा स्रोता माझमा पुयाउन पाउँदा निकै खुशी लागेको गीतका प्रोडयुसर बसन्त घिमिरेले बताउनुभयो । आफ्नी प्रेमीकालाई गीतमा गायक ढकालले पहाडकी रानी फुलको रुपमा सुन्दरता भरेको पहरी फुललाई चित्रण गरिएको छ । पहरामा फुलेको पहरी फुलले जीवनमा…
बिर्तामोड, ४ चैत । झापाको बिर्तामोड–४ मा फागुन २० देखि २७ गतेसम्म आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आम्दानी खर्चको विवरण सार्वजनिक गरिएको छ । सिद्धिविनायक भजन किर्तन मण्डलीले आज एक कार्यक्रमको आयोजना गरी आयव्यव विवरण सार्वजनिक गरेको हो । अनुष्ठानमा एक हजार पाँच सय भक्तजनबाट बिल मार्फत ६९ लाख ५० लाख ७५७ रुपैँया जम्मा भएको आर्थिक समिति संयोजक तथा अनुष्ठान आयोजक समितिका कोषाध्यक्ष यामप्रसाद न्यौपानेले जानकारी दिए । त्यस्तै, चामल, चिनी र आँटा बिक्रीबाट २८ हजार ४ सय रुपैँया, दान पेटिकाबाट २ लाख ८० हजार ५९३ रुपैँया, मन्दिरको भेटिबापत ७ हजार ३६२ रुपैँया नगद आम्दानी भएको न्यौपानेले जानकारी दिए ।…
शरद् शर्माझापा, ४ चैत । करिब १४ वर्षपछि आइतबार त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । निर्वाचनका लागि त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसले तयारी पूरा गरिसकेका छन् । यसपटक सबै विद्यार्थी सङ्गठनको एकमात्र एजेन्डा स्ववियु निर्वाचन भएपछि निश्चित भएको हो । पटक पटक घोषणा भए पनि यसअघि स्ववियु निर्वाचन हुन सकेको थिएन । चैत ५ गते हुने स्ववियु निर्वाचनबाट राजनीतिक दलदेखि विद्यार्थी सङ्गठनसम्म उत्साही भएका छन् । उम्मेदवारी दर्तादेखि नै उत्साहपूर्ण रुपमा लागेका विद्यार्थी सङ्गठन आइतबार हुने निर्वाचनका लागि झनै उत्साही भएका छन् । उनीहरु अहिले आफ्नो पक्षमा माहोल बनाउन लागिपरेका छन् । देशभरिका त्रिविका ६२…
इलाम, ४ चैत । इलाममा पौडी खेल्ने क्रममा एक किशोरीको मृत्यु भएको छ । इलाम नगरपालिका–१० माई खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने देव बहादुर मगरको छोरी १४ वर्षीया प्रतिक्षा मगरको शुक्रबार दिउँसो मृत्यु भएको हो । यता धनकुटाको धनकुटा नगरपालिका–९ बस्ने ४६ वर्षीया मसिनी विकको तमोर खोलामा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाश उप्रेती मेचीनगर, ४ चैत । नेकपा माओवादी केन्द्रका केन्द्रिय उपमहासचिव गिरिराजमणि पोख्रेलले जनताको मुद्दा, सडक र सदनलाई ब्यवस्थित गर्ने अभियान लिएको आएको बताएका छ्न् । “संगठन सुदृढीकरण तथा जनसम्बन्ध बिस्तार अभियान” को उद्घाटनपछि सम्बोधन गर्दै स्कुल बिभाग प्रमुखसमेत रहेका नेता पोख्रेलले त्यस्तो बताएका हुन् । जनताको समस्याको साझेदारको रुपमा माओवादी केन्द्रले अभियान शुरु गरेको जानकारी दिदै जनताको बीचको टुटेको सम्बन्धलाई सुधार गर्दै अघि बढ्ने बताए । ‘प्रत्येक नागरिकको स्वतन्त्रता छ’, नेता नेता पोख्रेलले भने, ‘नागरिकबिचको असमानताको खाडललाई पुर्नका लागि अभियान सार्थक हुनेछ, त्यसका लागि केन्द्र, प्रदेश, जिल्ला र वडास्तरका नेताको चरीत्र सच्चिन जरुरी छ ।’ संबिधान सभा सदस्य पोख्रेलले…
सन्तोष शर्माकनकाई, ४ चैत । झापाको कनकाई नगरपालिका–३ मा महिला मार्ग निर्माण गरिएको छ । महिला सहभागितामा गठन भएको उपभोक्ता समितिले स्टिमेटभन्दा कम लागतमा ५८० मिटर कालोपत्रे सडक निर्माण गरेको हो । आज एक कार्यक्रमका बीच कनकाई नगरपालिका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले महिला मार्गको उद्घाटन गर्नुभयो । सडक उद्घाटन गर्दै कनकाई नगर प्रमुख पोखरेलले नगर क्षेत्रमा धेरै बाटो बने पनि महिलाको नेतृत्वमा बनेको यो पहिलो बाटो रहेको बताउनुभयो । “महिला दिदीबहिनीहरुले धेरै राम्रो काम गर्नुभएको छ”, उहाँले भन्नुभयो, “उहाँहरु बधाईको पात्र हुनुहुन्छ ।” लागत सहभागितामा धेरै कम योजना आउने गरेको र स्थानीयको विकास निर्माणमा उपभोक्ताको सहभागिता जरुरी रहेको उहाँको भनाइ छ…
झापा, ४ चैत । राष्ट्रपति रामचन्द्र पौडेललाई कुमारी घर वसन्तपुरका तर्फबाट कुमारी घरमा भएको पूजाको प्रसाद पु¥याइएको छ । सोही क्रममा कुमारी घरका तर्फबाट राष्ट्रपति पौडेललाई निर्वाचित भएको बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिइएको छ । कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवीत देवि कुमारीको पूजा हुने एकादशीका दिन राष्ट्रप्रमुख समक्ष सो पूजाको प्रसाद पु¥याउने परम्परा छ । सोही परम्परा अनुसार आज राष्ट्रपति निवास शितल निवासमा कुमारी घरका प्रतिनिधिले राष्ट्रपति पौडेल समक्ष पहिलो पल्ट कुमारी घरको प्रसाद पु¥याइएको हुन् ।