
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २८ कात्तिक । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । त्यसैगरी, आज राति देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने छभने केही स्थानमा आंशिक बदली हुनेछ ।
काठमाडौं, २७ । उदाउँदो मोडल मुकेस गुरुङले आफ्नो प्रतिभा र मेहनतको बलमा ६औं जीनियस अवार्ड २०८२ मा “बेस्ट डेब्यु मोडल”को उपाधि हात पारेका छन्। उनीले अभिनय गरेको गीत ‘तिमी बिना’ मा देखाएको दमदार प्रदर्शनका लागि यो अवार्ड प्रदान गरिएको हो। उक्त गीतमा गायिका रोजिना बस्नेत र गायक साउगात जंग खड्काको स्वर रहेको छ। कार्यक्रम राजधानीको नेपाल प्रहरी क्लब (Nepal Police Club) मा भव्य रूपमा सम्पन्न भएको थियो। यसअघि पनि मुकेस गुरुङले विभिन्न विधामा दुई वटा अवार्ड जितिसकेका छन्। छोटो समयमा नै मोडलिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल उनी अहिलेको मोडलिङ क्षेत्रका चर्चित अनुहारहरूमा गणना हुन थालेका छन्। साथै, उनी…
झापा, २७ कात्तिक । लोडसेडिङको समयमा ‘डेडिकेटेड’ तथा ‘ट्रङ्क लाइन’ संरचनाबाट विद्युत् उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता तिरेका छन् । यसअघि बक्यौता तिर्न सुरु गरी त्यसलाई निरन्तरता नदिएका १० उद्योगले किस्ताबन्दीलाई निरन्तरता दिएका हुन् । यसरी, नेपाल विद्युत् प्राधिकरणले ३५ उद्योगबाट २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ बक्यौता महसुल असुल गरेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको सचिवालयले जनाएको छ । ३५ उद्योगको कुल बक्यौता पाँच अर्ब ९४ करोड ५६ लाख रुपैयाँ थियो । अब पाँच अर्ब ७० करोड ६८ लाख रुपैयाँ बक्यौता असुल गर्न बाँकी छ । यो बक्यौता २०७२ माघदेखि २०७५…
बिर्तामोड, २७ कात्तिक । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट फरार भएका दुई जना थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । आज झापा बिर्तामोड–८ देउनिया स्थित अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले लागुऔषध कसुरमा अनुसन्धान रही भदौ २३–२४ गते जेनजी आन्दोलनको क्रममा हिरासतबाट फरार भएका सोही स्थानका ३३ को सरोज पौडेल र २५ वर्षीय पंकजराज मैनालीलाई पक्राउ गरेको हो ।
झापा, २७ कात्तिक । झापा र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागू औषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक २६ गते झापाको मेचीनगर नगरपालिका–६ स्थितमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा कमल गाउँपालिका–३ का प्रज्वल बाँनियालाई ३ ग्राम १३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । त्यसैगरी, सुनसरीको धरान–६ बाट प्रहरी चौकी पानबारीले सोही स्थानका रोशन राई र अभिषेक बिश्वकर्मालाई निषेधित औषधी ट्रामाडोल २६१ क्याप्सुल र २८४ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय दुहबीले बर्जु गाउँपालिका–३ का मुकेश कुमार चौधरीलाई १८ किलो ५९८ ग्राम गाँजा सहित पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुको…
मोरङ, २३ कत्तिक । मोरङ र सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारमा एक कैदीको मृत्यु भएको छ। कारागार प्रशासनका अनुसार आज बिहान करिब ५:३० बजे कारागारको ‘बी’ बन्दीगृहमा बन्दी सुधना सरदार (५३ वर्ष) अचेत अवस्थामा फेला परेकी थिइन् । उनी २०८० साल असोज २ गतेदेखि जिउ मास्ने बेच्ने मुद्दामा सजाय काटिरहेकी थिइन्। अचेत भएपछि तुरुन्तै झुम्का कारागारका सुरक्षा गार्ड प्रहरी हवलदार सन्तोष श्रेष्ठसहितको टोलीले उनलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएको थियो। तर अस्पताल पुगेपछि आज बिहान ६:१५ बजे उपचारको क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
झापा, २० कात्तिक । लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा मेचीनगर–६ स्थित मेचिपुलमा खैरो हेरोइनसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। आज साँझ ५:३० बजे भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेको भाडाको सिटी सफारीमा सवार झापा दमक नगरपालिका–५ निवासी ३१ वर्षीय राजु श्रेष्ठलाई शंका लागी चेकजाँच गर्दा लागुऔषध जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार श्रेष्ठको साथबाट प्लास्टिकसहित ५६ ग्राम ५२० मिलिग्राम र प्लास्टिकबाहेक ४५ ग्राम ९३० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ। बरामद लागुऔषधसहित श्रेष्ठलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।
झापा, १९ कात्तिक । नेपाली राजदूतावास, बैंककले म्यानमारको म्यावडीमा अलपत्र परेका १४ नेपालीलाई उद्धार गरी स्वदेश फर्काएको छ। उनीहरू विभिन्न प्रलोभनमा परी अवैध रूपमा सञ्चालन भएका अनलाइन स्क्याम केन्द्रहरूमा काम गर्न बाध्य भएका थिए। थाइल्यान्डको टाक प्रान्तको मेसोट अध्यागमन कार्यालय हुँदै नेपाल एयरलाइन्सको उडान आरए ४०२ मार्फत उनीहरूलाई आज नेपाल ल्याइएको हो। राजदूतावासले म्यानमारमा रहेका थप ११ नेपालीको पनि चाँडै उद्धारको तयारी भइरहेको जनाएको छ। साथै, भ्रमणको बहानामा वैदेशिक रोजगारीमा नजान र श्रम स्वीकृति लिएर मात्र विदेश जान आग्रह गरिएको छ।
झापा, १९ कात्तिक । झापा बिर्तामोड नगरपालिका–६ स्थित सुगम शान्ति टोलको तोरीवारी नजिक सिमल तरुलको झाडीमा वेवारिसे अवस्थामा इन्सास हतियार फेला परेको छ । आज साँझ इन्सास थान–१, म्याग्जिन थान–१, १९ राउण्ड सावुत र २ राउण्ड वेसावुत गोली फेला परेको हो । उक्त हतियार भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको थियो ।
पोखरा, १९ कात्तिक । पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ८८ करोड ७० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहित सात जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार बिहान उनीहरूलाई पोखराबाट नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा सहकारीका कोषाध्यक्ष हिरामणि दाहाल, सचिव दिलबहादुर केसी, सदस्य दोर्जे तामाङ, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, सुपरभाइजर मार्केट प्रमुख बेदी प्रसाद सुवेदी र सञ्चालक इन्द्रप्रसाद दुवा रहनु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले बताउनु भयो । प्रारम्भिक अनुसन्धानमा बिनाधितो ऋण, नक्कली खाता र अवैध लगानीमार्फत रकम दुरुपयोग भएको खुलेको छ। जिल्ला अदालत कास्कीबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।