
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १८ जेठ । झापाको भद्रपुरमा भारतबाट भन्सार छली गरी ल्याइएको करिब ७३ हजार ५ सय रुपैयाँ बराबरको रेडिमेड कपडा प्रहरीले बरामद गरेको छ। सोमबार दिउँसो १ः४० बजे भद्रपुर नगरपालिका–५ देवीबस्तीस्थित ९९ नम्बर सीमा स्तम्भ क्षेत्रबाट अवैध रूपमा नेपाल भित्र्याइएको लेडिज उलन रेडिमेड कोट बरामद गरिएको हो। सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी सहायक निरीक्षक युवराज श्रेष्ठको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेपछि सामान बोकेर आएका व्यक्तिहरू प्रहरीलाई देख्नासाथ कपडा छाडेर फरार भएका थिए। प्रहरीले घटनास्थलबाट अन्दाजी ७३ हजार ५ सय रुपैयाँ मूल्य बराबरको कपडा बरामद गरी वडा प्रहरी कार्यालय भद्रपुरमा ल्याएको जनाएको छ। बरामद सामान आवश्यक कारबाहीका लागि सम्बन्धित…
झापा, १८ जेठ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–११ बस्ने ४६ वर्षीय कृष्णकुमार खड्का, ललितपुर महालक्ष्मी नगरपालिका–२ बस्ने सिन्धुली घर भएका ४० वर्षीय भागिरथी (पराजुली) गौतम, काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–९ बस्ने सुनसरी घर भएका ३० वर्षीय प्रवेश पराजुली, काठमाडौँ महानगरपालिका–६ बस्ने ३९ वर्षीय प्रज्वल आचार्य र काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१० बस्ने झापा घर भएकी ४७ वर्षीया निशा सिवालाई पक्राउ गरिएको हो । अभियुक्तमध्ये कृष्णकुमार र भागिरथीले क्रोएशिया, ग्रीसलगायत देश पठाइदिने भन्दै १४ जना पीडितबाट रु ५८ लाख ६८…
झापा, १८ जेठ । झापाको भद्रपुरमा लागुऔषध ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी सहायक निरीक्षक युवराज श्रेष्ठको कमाण्डमा खटिएको टोलीले सोमबार अपराह्न ४ः३० बजे भद्रपुर नगरपालिका–४ डाँगीबारी क्षेत्रमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका एक युवकलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका–४ बनियानी घर भई हाल बिर्तामोड नगरपालिका–४ मेघाबारी बस्दै आएका २३ वर्षीय हेमन्त विश्वकर्मा रहेका छन् । प्रहरीका अनुसार विश्वकर्माले प्रहरीलाई देख्नेबित्तिकै दाहिने हातमा लुकाएर ल्याएको पोको झाडीमा फाल्न खोजेका थिए। शंका लागेर जाँच गर्दा प्लास्टिकसहित ५ ग्राम ६६० मिलिग्राम तथा प्लास्टिकबाहेक ५ ग्राम १२० मिलिग्राम तौल भएको ब्राउन सुगरजस्तो देखिने लिसाइलो…
झापा, १८ जेठ । शिवसताक्षी नगरपालिका–४ फुलचोकस्थित ‘झापा इनर्जी प्लान्ट’ मा आगलागी हुँदा करिब रु छ करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार आज दिउँसो २ः१० बजेको समयमा प्लान्टमा सल्किएको आगोका कारण त्यहाँ रहेका विभिन्न मेसिनरी सामानहरू जलेर नष्ट भएका छन् । सो इनर्जी प्लान्ट शिवसताक्षी नगरपालिका–९ दुधे बस्ने ५० वर्षीय लालप्रसाद साँवाको स्वामित्वमा रहेको छ । प्रहरी टोली, शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाको दमकल तथा स्थानीय बासिन्दाहरूको संयुक्त प्रयासमा आगो पूर्णरूपमा नियन्त्रणमा लिइसकेको उहाँले जानकारी दिनुभयो । आगलागी भएको स्थान इलाका प्रहरी कार्यालय शिवगञ्जबाट करिब पाँच किलोमिटर पश्चिम–दक्षिणमा पर्दछ ।…
झापा, १८ जेठ । गौतम समाज झापा केन्द्रीय समिति झापाले श्रीमद्भागवत महोत्सव २०८३ को आयव्यय सार्वजनिक गरेको छ । महोत्सव सुरु भएको ठिक एक महिनापछि समाजले आज बृहत भेला मार्फत आयव्यय अत्रि–अनुसुया भवन कोटीहवनमा सार्वजनिक गरेको हो । महोत्सवमा कुल २३ लाख ४३ हजार ९६३ आम्दानी भएको थियो। त्यसमध्ये महोत्सवमा १३ लाख १३ हजार ५१८ रुपैयाँ खर्च भएको समाजका कोषाध्यक्ष जयनारायण गौतमले महोत्सव समीक्षा भेलामा जानकारी दिए । यसबाहेक ९१ हजार १०२ रुपैयाँको स्थायी सम्पत्ति खरिद गरिएको छ । अत्रि ( अनुसुया आश्रम मर्मतमा २२ हजार एकसय खर्च भएको छ । त्यस्तै २२ हजार १५० रुपैयाँ बराबरको सामग्री मौज्दात रहेको…
झापा, १८ जेठ । झापाको मेचीनगर नगरपालिका–१५ निलकोठीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार राति करिब १० बजे स्थानीय ५५ वर्षीय रुद्र श्रेष्ठ र त्यही क्षेत्रमा ज्याला मजदुरी गर्दै आएका तनहुँको दमौली घर भएका ३५ वर्षीय रामबहादुर गौतमबीच सामान्य भनाभन तथा विवाद भएको थियो। विवादका क्रममा भएको कुटपिटबाट श्रेष्ठ गम्भीर घाइते भएका थिए। सो घटनाबारे सोमबार बिहान ७ः२० बजे प्रहरी चौकी ज्यामिरगढी झापामा जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक सरोज थापाको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। घाइते श्रेष्ठलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा बिहान ८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। घटनामा संलग्न रहेको आरोपमा रामबहादुर…
झापा, १८ जेठ । रोयल च्यालेन्जर्स ब्यांग्लोरले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल)–को उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै ब्यांग्लोरले उपाधि रक्षा गरेको हो । यसअघि पहिलो क्वालिफायरमा पनि ब्यांग्लोरले गुजरातलाई ९२ रनले हराएको थियो । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनलमा गुजरातले दिएको १५६ रनको लक्ष्य ब्यांग्लोरले १८ ओभरमै ५ विकेट गुमाएर पूरा गर्यो । ब्यांग्लोरको जितमा विराट कोहली ७५ रनमा अविजित रहे । उनले ४२ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। वेंकटेश अय्यरले ३२ रन, टिम डेभिडले २४ रन तथा कप्तान रजत पाटीदारले १५ रनको योगदान दिए ।…
काठमाडौं, १८ जेठ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको कक्षा-११ र १२ को छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन्। आइतबार बिहान ८ देखि १० बजेसम्म सञ्चालन भएको परीक्षामा २२ हजार २० जना विद्यार्थी सहभागी भएका थिए। महानगरले परीक्षा सम्पन्न भएको २४ घण्टाभित्रै नतिजा सार्वजनिक गरेको हो। छात्रवृत्ति परीक्षा समितिको निर्णयअनुसार न्यूनतम ४० अंक प्राप्त गर्ने परीक्षार्थीहरूको प्रारम्भिक योग्यताक्रमसहित नतिजा प्रकाशित गरिएको महानगरले जनाएको छ। विद्यार्थीहरूले अनलाइन पोर्टलमा आफ्नो रोल नम्बर, जन्ममिति र पासवर्ड प्रयोग गरी स्कोर कार्ड हेर्न, डाउनलोड गर्न तथा प्रिन्ट गर्न सक्ने व्यवस्था गरिएको छ। महानगरले संस्थागत विद्यालयमा कक्षा ११ र १२ अध्ययनका लागि…
झापा, १८ जेठ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज ९सोमबार० भारत भ्रमणमा जाँदै छन्। भारतको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछानेले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत भ्रमण गर्न लागेका हुन्। रास्वपाले आइतबार राति जारी गरेको विज्ञप्तिअनुसार सभापति लामिछाने जेठ १८ देखि २२ गतेसम्म भारतमा रहनेछन्। भ्रमण टोलीमा उनकी पत्नी निकिता लामिछाने, पार्टीका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा र प्रदीप आचार्य सहभागी रहने जनाइएको छ। रास्वपा प्रवक्ता मनीष झा का अनुसार लामिछानेले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम छ। यस क्रममा उनले भाजपाका शीर्ष नेतासँग छलफल…
झापा, १८ जेठ । आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ । यस्तै, कर्णाली र सुदूरपश्चिमलगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा कोशी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ । आज राति देशको हिमाली भू–भागमा साधारणतया, पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । यसैगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली र पहाडी…