झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, ३ साउन । प्रदेश नं १ को राजधानी मोरङको गोठगाउँ राख्नु उपयुक्त हुने झापाका नागरिक समाजका प्रतिनिधिले सुझाव दिएका छन् । पूर्वाञ्चल विश्वविद्यालयसहित गोठगाउँको ८०० बिगाहा सरकारी जमीनमा प्रदेशको राजधानी राख्नुपर्ने र त्यो ठाउँ सबैलाई पायक पर्ने आज बिर्तामोडमा संवाद समूहले आयोजना गरेको छलफल कार्यक्रममा ज्येष्ठ नागरिक, विभिन्न संघसंस्था तथा क्षेत्र र नागरिक समाजका प्रतिनिधिले सुझाव दिएका हुन् । “चौधवटा जिल्लालाई पायक पर्ने र हरेक दृष्टिले उपयुक्त ठाउँ गोठगाउँलाई प्रदेश १ को राजधानी बनाउनुपर्छ”, ज्येष्ठ नागरिक तथा वीरता जेसिजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतले भने, ‘दीगोरुपमा सोच्ने हो भने गोठगाउँमा राजधानी बनाउनुको विकल्प छैन ।’ प्रदेशको राजधानी मोरङ कि सुनसरी…

Read More

सन्तोष शर्मा बिर्तामोड, ३ साउन । विद्यालयले अत्याधिक शूल्क बृद्धि गरेको भन्दै झापाको बिर्तामोड–५ स्थित देवी माविमा विद्यार्थीले तालाबन्दी गरेका छन् । विद्यालयले २४ प्रतिशतभन्दा बढी शुल्क बृद्धि गरेपछि नेविसंघ २ नम्बर क्षेत्रीय समितिले तालाबन्दी गरेको हो । विद्यार्थी र अभिभावकको ढाँड भाँच्ने गरी शुल्क बृद्धि गरिएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको नेविसंघका नेता मिलन चापागाईंले बताउनुभयो । ‘अघिल्लो वर्ष भर्ना शुल्क ५ हजार थियो, यो वर्ष बढाएर ८ हजार बनाइएको छ’, तालाबन्दीको कारण खुलाउँदै उहाँले भन्नुभयो, ‘मासिक शुल्क पनि १२ सयबाट १५ सय बनाइएको छ ।’ सरसफाइ लगायत अन्य शीर्षक थप गरेर अत्याधिक शुल्क बृद्धि गरिएको जनाइएको छ । विद्यालयमा…

Read More

टेलिभिजन तथा चलचित्रमा प्रायः आमाको भूमिका निभाउने दिग्गज भारतीय कलाकार रीता भादुडीको मंगलबार निधन भएको छ । वरिष्ठ कलाकार शिशिर शर्माले ट्वीट गर्दै भादुडीको निधन भएको पुष्टि गरेका हुन् । शर्माले लेखेका छन्, ‘एकदमै दुःखका साथ म यो भन्दैछु कि रीता भादुडीजी अब हामीबीच हुनुहुन्न । उहाँ हामी सबैका लागि आमासरह हुनुहुन्थ्यो । हामी सबै उहाँलाई सम्झिरहनेछौँ ।’ मृगौलाको रोगबाट पीडित रीता पछिल्लो केही दिनदेखि बिरामी थिइन् । रीता पछिल्लो समय टेलिसिरियल ‘निमकी मुखिया’ मा इमरती देवीको भूमिका निर्वाह गरिरहेकी थिइन् । ६२ वर्षीया रीताले टेलिभिजन शोका अलावा कैयौँ चलचित्रमा प्रमुख भूमिका निर्वाह गरेकी थिइन् । रीताको आजै मुम्बईमा अन्तिम…

Read More

काठमाडौं, १ साउन । बिभिन्न जिल्लाका सरकारी कार्यालयहरु मंगलबारदेखि खारेज भएका छन् । सरकारले खारेज हुने जिल्ला कार्यालयको सूची यसअघि नै सार्वजनिक गरिसकेको छ । खारेज हुने कार्यालय – – जिल्ला शिक्षा कार्यालय – जिल्ला जनस्वास्थ्य कार्यालय – जिल्ला कृषि विकास कार्यालय – जिल्ला पशुसेवा कार्यालय –जिल्ला प्राविधिक कार्यालय – जिल्ला वन कार्यालय –जिल्ला बाल कल्याण समिति – शान्ति समिति –जिल्ला सहकारी कार्यालय –भू–संरक्षण कार्यालय – घरेलु तथा साना उद्योग – महिला तथा बालबालिका कार्यालय – जिल्ला वन कार्यालय – जिल्ला अस्पताल – जिल्ला सिँचाइ कार्यालय – जिल्ला खानेपानी कार्यालय – सहरी विकास डिभिजन कार्यालय – जिल्ला खेलकुद विकास समिति…

Read More

कृष्णराज गौतम काठमाडौँ, १ साउन । मुलुकमा धान, मकै, गहुँ, जौ, फापर र कोदोजस्ता अन्नबालीको आयात केही वर्षदेखि बढ्दै गएको पाइएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार आव २०७४÷०७५ को जेठ मसान्त ९११ महिना० भित्र रु ४१ अर्ब ३२ करोडको अन्न आयात भएको छ । सोही अवधिमा करीब रु एक करोड ६४ लाख बराबरको स्वदेशी अन्नबाली निर्यात भएको छ । आव २०७३÷०७४ मा रु ४० अर्ब १४ करोडको ती बाली आयात भएको अभिलेख मन्त्रालयसँग छ । यस अवधिमा ती बालीको निर्यात भने नगण्यरुपमा करीब रु तीन करोड बराबरको भएको वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले जानकारी…

Read More

सन्तोष पुर्कुटी ताप्लेजुङ, १ साउन । बस्तीमाथि रहेको भिरालो जमीनमा सडक खनेपछि आफूहरु पहिरोको जोखिममा परेको भन्दै सिरिजंघा गाउँपालिका–७ खेवाङका छ घर दलित परिवारले घर नै छाडेर अन्तै सरे । तीमध्ये कोही तराईतिर बसाइँ सरेर गए भने कोही नजिकैका बस्तीमा गएर बसे । जेठ लाग्दै घर छाडेकाहरु अहिले खेती कमाइका लागिमात्रै त्यहाँ जाने गरेका छन् । एक दुई परिवार भने घरमै फर्किएर डरैडरमा बस्न थालेका छन् । उनीहरुको घरमाथि खनिएको सडकबाट ठूलठूला ढुंगा झर्ने गरेकाले र वर्षा हुँदा पहिरो झर्ने डरले नै अन्तै सर्नुपरेको हो । ‘बस्ती नै जोखिममा पर्ने देखिएपछि शुरुमा यहाँबाट बाटो निर्माण नगर्नुहोस् भन्दा पनि कुनै जोखिम…

Read More

रमेश लम्साल काठमाडौँ, १ साउन । आर्थिक वर्ष २०७४/७५ मा साना ठूला गरी कूल १५ आयोजना निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा १०० मेगावाट विद्युत् थप भएको छ । विद्युत् विकास विभागका अनुसार नेपाल विद्युत् प्राधिकरणको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना नै सो आवमा सम्पन्न भएको सबैभन्दा ठूलो आयोजना हो । दार्चुलामा आयोजनास्थल रहेको सो आयोजना निर्माण शुरु भएको करीब ११ वर्षपछि सम्पन्न भएको हो । यस्तै ११ वटा मझौला प्रकृतिका आयोजनासमेत सो आवमा सम्पन्न भएका छन् । दुईवटा लघु जलविद्युत् आयोजनासमेत सोही अवधिमा सम्पन्न भएका छन् । विभागका अनुसार सोही अवधिमा पञ्चकन्या हाइड्रो पावरको माथिल्लो माई सी आयोजनासमेत…

Read More

बिर्तामोड, १ साउन । झापाको बिर्तामोड नगरपालिका क्षेत्रमा ब्रोइलर कुखुरापालक कृषकले नगर समिति गठन गरेका छन् । विराटज्योति स्कूलमा सम्पन्न नगर भेलाले समिति गठन गरी कृषकहरुले झेल्दै आएका समस्या समाधानका लागि नगरपालिकाले खेल्नुपर्ने भूमिकासहित किसानलाई निश्चित मूल्य निर्धारण गरिदिनु पर्ने लगायतका बारेमा वृहत छलफल भएको हो । गरामनीका कृषक सौरभ प्रसाईंको अध्यक्षमा गठित ११ सदस्यीय तदर्थ समितिले ब्रोइलर कुखुराको बजार व्यवस्थापनको लागि नगरपालिकाले उचित भूमिका खेल्नुपर्ने ठहर गरेको छ । किसानले कहिलै नाफा पाएका छैनन्, बजारीकरण राम्रो छैन अनि खोरमै कुखुरा मर्छन् छलफलमा सहभागी किसानको गुनासो थियो । अर्कोतर्फ कुखुराको चारो (दाना) र औषधीको मूल्य बढेर किसान सधैं मारमा परिरहेका…

Read More

अभिनेता अनुप विक्रम शाही स्टारर फिल्म ‘झमक बहादुर’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । पहिलो ट्रेलर सार्वजनिक हुँदा यो फिल्म दक्षिण भारतीय फिल्म मुम्बई एक्सप्रेसु को फोटोकपी भन्दै चर्को आलोचना भएको थियो । दोस्रो ट्रेलरले फिल्म कमेडी जनरामा निर्माण भएको प्रष्ट हुन्छ । पैसा र सुनका लागि पात्रहरुको बीचको तनाव र द्वन्द्वलाई ट्रेलरमा देखाइएको छ । यो फिल्ममा अभिनेता शाहीले कान नसुन्ने युवकको भूमिका निर्वाह गरेका छन् । निर्देशक भोमन कटुवालले ‘झमक बहादुर’, ‘मुम्बई एक्सप्रेस’ को फोटोकपी नरहेको बताउँदै नितान्त नेपाली परिवेश सुहाउँदो फिल्म रहेको बताएका छन् । सुन तस्करी, लुटपाट र अपहरणलाई फिल्मको मुख्य विषय बनाइएको छ ।…

Read More

काठमाडौं, ३२ असार। भुटानमा नेपाली भाषी माथि गरिएको अत्याचारमा केन्द्रित रहेर नेपाली भाषी भुटानी साहित्यकार तुम्बेहाङ लिम्बूले तयार गरेको ‘किनाराको प्रश्न’ कविता संग्रह सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा साहित्य परिषद् भुटानको आयोजना र घनश्याम सांस्कृतिक प्रतिष्ठानको सहआयोजनामा भएको कार्यक्रममा संग्रहको समालोचक तथा सौन्दर्य चिन्तक निनु चापागाईं, समालोचक प्रा। डा। गोपीन्द्र पौडेल, प्राज्ञ तथा कवि श्रवण मुकारुङ, र साहित्यकार सीता शर्माले संयुक्त रुपमा सार्वजनिक गरे । उक्त संग्रहसँगै नेपाली भाषी भुटानी कथाकारको संयुक्त कृति ‘समकालीन भुटानी नेपाली कथा’ को समेत विमोचन गरियो । भुटानमा नेपालीे साहित्यको अवस्था निकै नै कमजोर रहेको समालोचक तथा सौन्दर्यचिन्तक निनु चापागाईंले बताए । भुटानबाट…

Read More