
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ३१ असार । नेपाल आयल निगमले आज (बुधबार)देखि साविककै १४.२ किलोग्राम एलपी ग्यास भरिएका सिलिन्डर बजारमा पठाउन उद्योगीलाई निर्देशन दिएको छ। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार इन्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट एलपी ग्यास लोडिङको अवस्थामा सुधार आएपछि पूर्ण तौलका सिलिन्डर वितरण गर्ने निर्णय गरिएको हो। निगमले १४.२ किलोग्राम ग्यास भएको सिलिन्डरको उपभोक्ता मूल्य प्रतिगोटा रु दुई हजार ६० कायम रहेको जनाएको छ। यसअघि ग्यासको आपूर्ति तथा वितरण प्रणाली सहज बनाउन निगमले गत फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म ७.१ किलोग्राम (आधा तौल) ग्यास भरिएका सिलिन्डर मात्रै बिक्री गर्न निर्देशन दिएको थियो। अब भने उक्त व्यवस्था हटाएर पुनः…
झापा, ३१ असार । देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि विभागका अनुसार यस वर्ष १३ लाख ७० हजार हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकामा हालसम्म ६ लाख ८२ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ। विभागका महानिर्देशक राजेन्द्र कोइरालाले गत वर्ष यही अवधिसम्म करिब ६० प्रतिशत रोपाइँ सम्पन्न भएको भए पनि यस वर्ष हालसम्म ५० प्रतिशत मात्रै रोपाइँ भएको जानकारी दिनुभयो। प्रदेशगत रूपमा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ८७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। त्यसपछि गण्डकीमा ६५.९ प्रतिशत, कर्णालीमा ६० प्रतिशत, लुम्बिनीमा ५९ प्रतिशत र बागमतीमा ५७.१ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ। यता, कोशी प्रदेशमा ३२…
झापा, ३१ असार । स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० गोलअन्तरले पराजित गर्दै स्पेनले उपाधिनजिकको यात्रा तय गरेको हो । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा स्पेनका लागि मिकेल ओयारजाबाल र पेड्रो पोरोले एक–एक गोल गरे । स्पेनले २२औँ मिनेटमा अग्रता लिएको थियो । फ्रान्सका लुकास डिग्नेले लामिन यमालमाथि फाउल गरेपछि प्राप्त पेनाल्टीलाई मिकेल ओयारजाबालले गोलमा परिणत गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए । दोस्रो हाफको ५८औँ मिनेटमा पेड्रो पोरोले अर्को गोल थपेपछि स्पेन २–० ले अघि बढ्यो । त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन ।…
झापा, ३१ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा तथा कर्णाली प्रदेशको एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । पहाडी…
झापा, ३० असार । सरकारले मिटरब्याज तथा अनुचित लेनदेन पीडितका समस्या समाधानका लागि विगतमा गठन भएका आयोग र समितिका प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मेवारी गृह मन्त्रालयलाई दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले विपद् खोज तथा उद्धार कार्यमा खटिने सशस्त्र प्रहरी बलका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय पनि गरेको छ। विपद्को समयमा नागरिकको जिउधनको सुरक्षामा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले उक्त निर्णय गरिएको मन्त्री पोखरेलले बताउनुभयो। यस्तै, मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका तर्फबाट पदक जित्ने खेलाडी, प्रशिक्षक, सहायक…
झापा, ३० असार । सर्वोच्च अदालतले निजी सञ्चारमाध्यमहरूलाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र खारेज हुने ठहर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले २०८२ चैत १८ गते सरकारले निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णयविरुद्ध परेको रिट निवेदन खारेज हुने फैसला गर्दै सरकारले जारी गरेको उक्त परिपत्र खारेज हुने ठहर गरेको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार फैसलाको पूर्णपाठ भने आउन बाँकी छ । मिडिया सोसाइटीका अख्तियार प्राप्त निवेदक अधिवक्ता अनन्तराज लुइँटेलले सरकारले निजी सञ्चारमाध्यमलाई मात्र सरकारी विज्ञापन दिने निर्णय गैरकानुनी भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । सरकारले…
बालकलाई फकाएर सुनको कुण्डल लुट्ने दुई जना पक्राउ झापा, ३० असार । झापाको कनकाई नगरपालिका–३ मा एक बालकलाई फकाएर कानमा लगाएको सुनको कुण्डल लुट्ने घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुरुङ्गाका अनुसार असार २४ गते साँझ करिब ६ बजे कनकाई–३ निवासी जय राम श्रेष्ठका ९ वर्षीय छोरा प्रजन श्रेष्ठ घर नजिकै खेलिरहेका बेला दुई जना अपरिचित व्यक्तिले फकाएर उनले लगाएको करिब दुई आनी बराबरको सुनको कुण्डल दुई थान लुटेर फरार भएका थिए । घटनापछि बालकका बुवा जय राम श्रेष्ठले असार २५ गते दिउँसो इलाका प्रहरी कार्यालय सुरुङ्गामा लिखित उजुरी दिएका थिए । उजुरी प्राप्त…
झापा, ३० असार । चालु आर्थिक वर्ष २०८२–८३ को ११ महिनामा विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आवको जेठ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत जेठ मसान्तसम्म विप्रेषण आप्रवाह ३८ दशमलव दुई प्रतिशतले वृद्धि भई रु २१ खर्ब २० अर्ब ८० करोड पुगेको छ । गत जेठमा मात्र विप्रेषण आप्रवाह रु दुई खर्ब तीन अर्ब ८९ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु एक खर्ब ७६ अर्ब ३२ करोड थियो । प्रतिवेदनअनुसार यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु २३ दशमलव २१…
भद्रपुर, ३० असार । झापा जिल्ला खेलकुद विकास समितिले राष्ट्रिय १६ औँ राष्ट्रपति रनिङशील्ड प्रतियोगितामा पदक विजेता झापाली खेलाडीहरुलाई नगदसहित सम्मान गरेको छ । समितिले पदक ल्याउने खेलाडीका प्रशिक्षकहरुलाई पनि सम्मान गरेको छ । सोमबार भद्रपुरस्थित जिल्ला समन्वय समिति झापाको सभाहलमा आयोजित समारोहका बीच पदकधारी खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको हो । सोही समारोहमा झापा जिल्ला खेलकुद विकास समितिको निवर्तमान कार्यसमितिलाई पनि सम्मानसहित विदाइ गरिएको थियो । झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शेखर कँडेलको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा राष्ट्रिय १६ औँ राष्ट्रपति रनिङशील्ड प्रतियोगितामा झापाको प्रतिनिधित्व गर्दै करातेतर्फ स्वर्ण पदक विजेता प्रतिशा…
झापा, ३० असार । झापाको दमकबाट चोरी भएका विभिन्न कम्पनीका सात थान मोबाइलसहित चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार असार २७ गते साँझ करिब ६ बजे दमक नगरपालिका–६ स्थित सब्जी बजारमा रहेको एक मोबाइल पसलमा चार्जमा राखिएको सामसुङ एफ०७ मोडेलको मोबाइल चोरी भएको थियो । घटनापछि प्रहरीले अनुसन्धान तीव्र बनाउँदै चोरीमा संलग्न व्यक्तिको खोजतलास गरेको थियो । अनुसन्धानका क्रममा दमक नगरपालिका–२ का ३५ वर्षीय पुष्कर पोखरेललाई असार २८ गते आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका पोखरेलको घरमा खानतलासी गर्दा विभिन्न मितिमा चोरी गरी लुकाइराखिएका सात थान मोबाइल बरामद…