
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २२ चैत । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ–असिना–हुरीबताससहित मध्यम वर्षा र हिमपात तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा बाँकी तराई भूभागका एकदुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्का…
उर्लाबारी, २१ चैत । मोरङको उर्लाबारीबाट ठुलो परिमाणमा प्रतिबन्धित औषधि, ब्राउन सुगर र गाँजासहित दुई जनालाई पक्राउ गरिएको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका–३ स्थितबाट सोही स्थानका ४३ वर्षीय योगेन्द्र तुङहाङ र ४४ वर्षिय कमल दाहाललाई विभिन्न प्रकारका प्रतिबन्धित औषधीहरु २६ हजार ६५ पिस , ७ ग्राम ८९० मिलिग्राम ब्राउन सुगर, २ किलो २३० ग्राम गाँजा, २२ हजार २ सय ७० नगद, ३ थान मोबाइल र प्र.१–०२–५९ प १८५९ नम्बरको स्कुटरसहित पक्राउ गरेको छ ।
झापा, २१ चैत । झापाको भद्रपुर नगरपालिका–३ आँपगाछी स्थितबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । झापाको भद्रपुर नगरपालिका–३, आँपगाछी स्थितमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–४ का मनराज राई र खगेन्द्र गौतमलाई २ ग्राम ४१० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरी थप अनुसन्धान गरी रहेको छ ।
अर्जुनधारा, २१ चैत । साहित्यकार कृष्ण धराबासीलाई दीर्घ साहित्य सेवा सम्मान प्रदान गरिएको छ । झापाको अर्जुनधारा नगरपालिकाको भाषा, कला, साहित्य तथा संस्कृति प्रवद्र्धन समितिले साहित्यकार धराबासीलाई उक्त सम्मान प्रदान गरेको हो । शुक्रबार नगरपालिकाको सभाहलमा आयोजित ‘साहित्य विमर्श तथा दीर्घ साहित्य सेवा सम्मान समारोह’मा साहित्यकार धराबासीलाई रू एक लाख एक हजारसहित दीर्घ सेवा सम्मान प्रदान गरेको छ । कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ साहित्कार प्रकाश बुढाथोकी, नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ, उपप्रमुख खड्गमाया पराजुली लगायतले सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो । नगरप्रमुख गोम्देनको अध्यक्षतामा भएको कार्यक्रमको उद्देश्य एवम् औचित्यमाथि उपप्रमुख खड्गमाया पराजुलीले प्रकाश पार्नुभएको थियो भने कार्यक्रममा स्वागत भाषा, कला, साहित्य…
झापा, २१ चैत । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशलगायत देशको हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशको हिमाली भू–भागलगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित मध्यम वर्षारहिमपात तथा सुदूरपश्चिम प्रदेशका तराईलगायत बाँकी हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।…
भद्रपुर, २० चैत । भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने क्रममा छतबाट लडेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार मृत्यु हुनेमा भद्रपुर नगरपालिका–५ राजनचोक बस्ने ३४ वर्षीय ओपेन राजवंशी रहेका छन् । सङ्गम चोक बस्ने भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको दुईतले पक्की घर भत्काउने क्रममा घरको बिम लड्दा छतबाट खसेर राजवंशी र सोही वडाका ३५ वर्षका धर्मेन्द्र यादव घाइते भएका थिए । दुवै घाइतेलाई उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले राजवंशीलाई मृत घोषणा गरेको प्रवक्ता खड्काले बताए । यादवको सोही अस्पतालमा…
झापा, २० चैत । झापामा ६९ औं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । झापा जिल्ला सहकारी संघको आयोजनामा आज बिर्तामोडमा विविध कार्यक्रमका साथ सहकारी दिवस मनाइएको हो । दिवसको अवसरमा सहकारी स्मारिका विमोचन, संघमा आबद्ध उत्कृष्ट सदस्य, पत्रकारलाई सम्मान गर्नुका साथै सदस्यहरूलाई उत्प्रेरणा प्रदान गरिएको छ । संघका अध्यक्ष प्रेमप्रसाद कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि बिष्टले प्रदेश सरकारले सहकारी क्षेत्रको प्रवद्र्धनका लागि आवश्यक कामहरू गर्ने बताउनुभयो । आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको काम भइरहेको बताउँदै प्रमुख अतिथि बिष्टले बजेटमा सहकारीलाई समेट्न आवश्यक पहल…
झापा, २० चैत । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ १३ पैसा र बिक्रीदर १९६ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८६ रुपैयाँ ५३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर…
झापा, २० चैत । झापाको दमकबाट प्रहरीले लागुऔषध सेवन गरी होहल्ला गर्ने पाँच जना प्रयोगकर्तालाई पक्राउ गरेको छ । बिहीबार राति दमक नगरपालिका–६ बाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । दमक प्रहरीको स्विप अप्रेसन टोलीले अनावश्यक भेला जम्मा हुने, होहल्ला गर्ने, लागुऔषध सेवनकर्ता ५ जनालाई फेला पारी पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको छ ।
झापा, २० चैत । अब सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान पठाउने र विदेशबाट आयात भएको सामान छुटाउन सकिने भएको छ । गोश्वारा हुलाक कार्यालय डिल्लीबजारले यसअघि पनि सार्वजनिक बिदाका दिन सेवा दिँदै आएको भए पनि त्यहाँस्थित भन्सार कार्यालय र बैंक नखुल्दा भन्सार जाँचपासमा समस्या हुने गरेको थियो । अन्तरनिकाय समन्वय अभावमा सेवा प्रभावित भइरहेकोबारे गुनासो आउन थालेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समेत चासो देखाएको थियो । सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले भन्सार विभागसँग समन्वय गरेर सार्वजनिक बिदाको दिन पनि सजिलै सेवा दिन सकिने व्यवस्था मिलाउन प्रक्रिया थालेको हो । “मालसामान हुलाक गर्न वा…