
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ७ फागुन । आज फागुन ७ का दिन राष्ट्रिय प्रजातन्त्र दिवस झापासहित देशभर विविध कार्यक्रमका साथ मनाइँदै छ । शहीदहरू दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसीहँसी जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ । प्रजातन्त्र स्थापना भएसँगै नेपाली नागरिकले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामार्फत आफ्ना अधिकारको अभ्यास गर्दै आएका छन् । संवैधानिक रूपमा प्रजातान्त्रिक मूल्य र व्यवहारलाई संस्थागत गर्ने बलियो आधार २००७ सालको जनक्रान्तिले तयार पारेको मानिन्छ । मूल समारोह आज काठमाडौँको सैनिक मञ्च, टुँडिखेलमा विशेष कार्यक्रमका साथ आयोजना हुँदैछ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा गठन गरिएको मूल…
झापा, ७ फागुन । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको छ । आज दिउँसो तराईका केही स्थानमा हुस्सु रहनेछ भने हिमाली भागमा साधारणतया बादल लाग्नेछ, पहाडी भागमा आंशिक बादल रहनेछ र बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका केही स्थानमा तथा बाँकी पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज…
झापा, ६ फागुन । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । जनकपुरधाममा आज आयोजित चुनावीसभाबाट सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् । १० बुँदे प्रतिज्ञापत्रमा सम्मानित भएर बाँच्न पाउने नेपाल, सपना देख्न सक्ने नेपाल, सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल, पेटभरी खुवाउने नेपाल, देशलाई चिनाउने नेपाल र ओखती र ओत दिने नेपाल जस्ता विषय समेटिएको छ । यस्तै, छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल, बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल, मौलिकतामा गर्व गर्ने आधुनिक नेपाल, विश्वले सम्मान गर्ने स्वभिमानी नेपाल र समुन्नतिमा लम्कने नेपाल जस्ता बूँदा पनि प्रतिज्ञापत्रमा…
झापा, ६ फागुन । काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह (बालेन) विरुद्ध सरकारी कागजात कीर्ते गरेको गम्भीर आरोप लागेको छ । उनले आफ्नो नागरिकता कीर्ते गरेको भन्दै जिल्ला प्रहरी परिसर भद्रकालीमा जाहेरीसमेत दर्ता भएको छ । जाहेरीकर्ताले बालेनले आफ्नो वास्तविक थर र पहिचान लुकाउन नागरिकताको विवरणमा अनधिकृत फेरबदल गरेको दाबी गर्दै उक्त जाहेरी दिएका हुन्। उक्त जाहेरीमा बालेनले आफ्नो पुर्ख्यौली मधेशी पहिचान लुकाएर उच्च जातीय लाभ लिने उद्देश्यले ‘साह’ थरको सट्टा ‘शाह’ कायम गरी सरकारी कागजात कीर्ते गरेको आरोप लगाएका छन् । उनले बुबा र दाइको पुरानो नागरिकता, अनि बसाईं–सराई गर्दाको कागजात र पछि लिएको नागरिकताको प्रतिलिपीमा थरमा परिवर्तन गरेको जाहेरीमा…
इलाम, ६ फागुन । अवरुद्ध बनेको मेची राजमार्गको कोल्बुङ सडक खण्ड सञ्चालनमा आएको छ । पहिरो खसेर मङ्गलवार बेलुकादेखि अवरुद्ध बनेको सडकमा यातायात सुचारु भएको हो । मेची राजमार्ग चौडा बनाउने क्रममा खनिएको स्थानमा माथिबाट ढुङ्गासहितको सुख्खा पहिरो खसेर हिजो राति ९ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो । आज बिहान पहिरो पन्छाइएपछि एकतर्फी रूपमा राजमार्ग खुलाइएको सडक डिभिजन कार्यालय इलामले जनाएको छ । सडक अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र भएका थिए । यातायात सुचारु भएपछि हिजोदेखि राजमार्गमा रोकिएर सवारी सञ्चालनमा आएका हुन । पूर्ण रूपमा सवारी सञ्चालनमा आउन अझै केही समय लाग्ने जनाइएको छ । मेची राजमार्ग अन्तर्गत इलाम र…
झापा, ६ फागुन । कानूनी ज्ञान केन्द्र झापाले आज भद्रपुरमा नवोदित कानून व्यवसायीका लागि आयोजना गरेको एक दिवसीय तालिम सम्पन्न भएको छ । तालिममा झापा जिल्ला अदालतका मुख्य न्यायधीश उमेशप्रसाद लुईटेल र अर्का जिल्ला न्यायधीश पारसमणि पोखरेल सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । न्यायधीश लुईटेलले ‘बाल ईजलास र बालमैत्री न्याय’ विषयमा र न्यायधीश पोखरेलले ‘फौजदारी न्याय र सजाय निर्धारण’ विषयमा तालिम दिएका थिए । झापा जिल्ला अदालतमा अभ्यास गरिरहेका नवोदित कानून व्यवसायीले तालिम उपलब्धिमूलक भएको प्रतिक्रिया दिए । तालिमका सहभागी अधिवक्ता हेमनारायण राजवंशी, अधिवक्ता निशा तामाङ र अधिवक्ता राधा रिमालले तालिम उपलब्धिमूलक भएकाले आयोजकलाई धन्यवाद दिए । कानूनी ज्ञान केन्द्रका…
दमक, ६ फागुन । झापाको दमक–३ कोपिला टोलस्थित भित्री सडक खण्डमा सिटी सफारी आफैँ अनियन्त्री भएर दुर्घना हुँदा सिटीमा सवार चार जना घाइते भएका छन् । कोपिला टोलबाट ताराबारीतर्फ जाँदै गरेको प्र. १–०१–००२ ह ७८२१ नम्बरको सिटी सफारी मंगलबार साँझ ७ः४५ बजे दुर्घना भएको थियो । दुर्घटनामा सिटीमा सिटी चालक दमक–३ का ५५ वर्षीय शान्तबहादुर पौडेल, सिटीमा सवार सोही स्थानकी ३२ वर्षीया अनिता भण्डारी, ३३ वर्षीया कविता भण्डारी उनकै छोरा १७ महिनाको अवियान भण्डारीलाई (केही नभएको) र १९ बर्षीया अस्मिता लुइँटेलले सामान्य घाइते भएका थिए । घाइतेहरुलाई दमक अस्पताल दमकमा उपचारका लागि लगेको र सामान्य उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको…
झापा, ६ फागुन । झापाको मेचीनगर नगरपालिका–२ भृकुटी चौकस्थित दिपक बरालको खाली जग्गामा करिब ३ महिने नवजात शिशु मृत अवस्थामा फेला परेको छ । कानुनी प्रक्रिया र मुचुल्का कार्य गरी शिशुको शव भद्रपुरस्थित प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको छ । प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ ।
झापा, ६ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७२ रुपैयाँ १९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ १८ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०२ रुपैयाँ ७६ पैसा, क्यानेडियन…
झापा, ६ फागुन । सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ । विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि सार्वजनिक बिदा भएपनि राहदानी वितरणलगायतका कामका लागि विभाग खुला रहने जनाएको छ । सरकारले आज ग्याल्पो ल्होछार र भोलि बिहीबार प्रजातन्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको छ । दुवै दिन विहान १० बजेदेखि दिउँसो १ बजेसम्म विभाग खुला रहनेछ । विभागले आज राहदानी वितरण सेवा प्रदान गर्ने जनाएको छ । यस्तै बिहीबार भने राहदानीका लागि आवेदन फारम सङ्कलन हुने जनाएको छ । अत्यावश्यक सेवा भएकाले सार्वजनिक बिदाको दिन पनि कार्यालय खुला रहने विभागले स्पष्ट पारेको छ ।