
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ९ कात्तिक । देशभर आगलागीका घटनामा तीव्र वृद्धि देखिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ७ गते एकैदिन १४ स्थानमा आगलागीका घटना घटेका छन्। सावधानीको कमी र चेतनाको अभावले आगलागीको जोखिम बढेको प्राधिकरणले जनाएको छ। पाँचथर, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, रौतहट, दोलखा, ललितपुर, नवलपुरपूर्व, रोल्पा, गुल्मी, रुकुमपश्चिम, कञ्चनपुर र दार्चुलामा आगलागीका घटना भएको प्राधिकरणले जानकारी दिएको छ। अधिकांश घटना असावधानीका कारण भएको देखिएको छ। प्राधिकरणका अनुसार कात्तिक ६ गते पनि देशभर १३ स्थानमा आगलागीका घटना भएका थिए। सो दिन झापा, इलाम, सुनसरी, सङ्खुवासभा, धनुषा, महोत्तरी, सर्लाही, कैलाली, कालिकोट र पर्सामा दुई–दुई तथा पाल्पामा तीन आगलागीका…
झापा, ९ कात्तिक । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा मेची भन्सार कार्यालयबाट अलैँचीको निर्यात ३३ प्रतिशतले वृद्धि भएको छ। कार्यालयका अनुसार तीन महिनामा रु १ अर्ब ६७ करोड ९१ लाख ७५ हजार बराबरको अलैँची निर्यात भएको हो। सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार, सो अवधिमा १,०७२ मेट्रिक टन अलैँची निर्यात गरिएको छ। अघिल्लो वर्षको सोही अवधिमा रु १ अर्ब ७ करोड २२ लाख बराबरको अलैँची निर्यात भएको थियो। त्यसै अवधिमा चियाको निर्यात भने ४०.९० प्रतिशतले घटेको छ। चालु आवमा रु १ अर्ब १ करोड २१ लाख ८६ हजार मूल्य बराबरको चिया निर्यात भएको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा…
झापा, ९ कात्तिक । मधेससहित मिथिला क्षेत्रका विभिन्न जिल्लामा श्रद्धा, निष्ठा र आत्मशुद्धिको प्रतीक छठ पर्वको दोस्रो दिन आज ‘खरना’ विधि मनाइँदैछ। शनिबार कात्तिक शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ विधिबाट पर्वको आरम्भ गरेका बर्तालुहरू आज पञ्चमी तिथिमा ‘खरना’को तयारीमा जुटेका छन्। बिहान सूर्योदयपूर्व पवित्र स्नान गरी दिनभरि निराहार व्रत बस्ने परम्परा अनुसार, साँझ चन्द्रदर्शनपछि सक्खर, दूध र चामलको खिर माटाको नयाँ चुल्हो र भाँडामा पकाइन्छ। उक्त खिर केराको पातमा राखी कूलदेवता र छठी देवीलाई चढाइन्छ, अनि प्रसादस्वरूप बर्तालु र परिवारजनले ग्रहण गर्छन्। मिथिलामा यस विधिलाई ‘खरना’ भनिन्छ। ‘नहाय–खाय’ र ‘अर्बा–अर्बाइन’ विधिछठ पर्वको पहिलो दिन बर्तालुहरूले आत्मशुद्धिका लागि उसिना चामल, लसुन–प्याज, कोदो,…
झापा, ९ कात्तिक । आज आइतबार दिनमा कतै कतै वर्षा तथा हिमपात हुने सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भेगमा आंशिक बदली (थोरै घाम देखिने अवस्था) तथा देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा (लगभग पूरै घाम देखिने अवस्था) रहने छ। यस क्रममा दिउँसो कोसी प्रदेश र गण्डकी प्रदेशका पहाड तथा हिमाल भूभागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ । मौसमविद्का अनुसार एक–दुई स्थानमा वर्षा–हिमपातको सम्भावना देखिनु सम्भावना न्यून हुनु हो । मौसम महाशाखाका अनुसार आज रातिचाहिँ कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भेगमा आंशिक बदली (आकाशमा पातलो…
राजेश ढुंगाना मलाईयुगौँदेखि उसको हैकमलेमान्छे बन्नबाट रोकेको छउसले मलाईमात्र एक थाल भातमाथन्क्याएको छपिंजडाको सुगा पनिबोल्नस्वतन्त्र होला बरुमेरो भनेजिब्रोबाट आवाज थुतेरबोलीबन्द गराइएको छहोअहिलेसम्मनिरन्तर सदैवम बाटमेरो म खोसिएको छमलाईएक अंगुल बचाएरएक हात मारिएको छ् !
झापा, ८ कात्तिक । झापाको मेचीनगर नगरपालिका–६ मेचीपुल स्थितबाट लागू औषध ब्राउनसुगरसहित २ जनालाई र नियन्त्रित औषधीसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक ७ गते साँझ इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ का २१ बर्षीय अशोल राजवंशी र २२ बर्षीय रिचार्ड श्रेष्ठको साथबाट २ ग्राम ६ सय ८० मिलिग्राम ब्राउन सुगर बरामद गरी दुबै जनालाई नियन्त्रणमा लिएको थियो । त्यसैगरी, मोरङको प्रहरी चौकी अमरदहले चेकजाँचको क्रममा कार्तिक ७ गते दिउँसो १ बजे को २१ प २८३३ नम्बरको मोटरसाइकलमा जेब्रा झोला भित्र ३० वटा प्याकेटमा प्याक गरेर ल्याउँदै गरेको १५ हजार नियन्त्रित ट्याब्लेट सहित मोटरसाइकल चालक मोरङको…
झापा, ८ कात्तिक । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ७० पैसा र बिक्रीदर १८७ रुपैयाँ ५० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १२ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५१ पैसा, क्यानेडियन…
भद्रपुर, ८ कात्तिक । क्लब बांग्ला भद्रपुरद्वारा आयोजित ९ औं श्री सार्वजनिक काली पूजा स्थलमा शुक्रबार भएको निःशुल्क आँखा शिविरमा २८२ जनाले सेवा लिएका छन्। शिविर मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियो । जाँचका क्रममा २८ जनामा मोतीबिन्दु देखिएको अस्पतालले जनाएको छ। ती बिरामीहरूको निःशुल्क शल्यक्रिया मेची आँखा उपचार केन्द्र भद्रपुरमा गरिने अस्पतालका मेडिकल डाइरेक्टर डा. पुरुषोत्तम जोशीले जानकारी दिए। शिविरमा नेत्र अधिकृत तथा ओपिडी इन्चार्ज सन्तोष कर्ण, नेत्र सहायक चन्द्रराज साह, दुर्गा राजवंशी लगायतले बिरामीहरूको आँखा परीक्षण गर्दै निःशुल्क औषधि वितरण गरेका थिए। पूजा समितिका संयोजक विजय साहका अनुसार क्लबले धार्मिक कार्यक्रमसँगै सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै…
झापा, ८ कात्तिक । शुक्रबार साँझ ७ बजे झापाको मेचीनगर नगरपालिका वडा नं. ६ स्थित मेचीपुल क्षेत्रमा लागुऔषधसहित दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका स्थानीय अशोक राजवंशी (२१ वर्ष) र रिचार्ड श्रेष्ठ (२२ वर्ष) लाई संकास्पद अवस्थामा देखेपछि चेकजाँच गरेको थियो । जाँचका क्रममा अशोक राजवंशीको साथबाट खैरो हेरोइन जस्तो देखिने लागुऔषध २ ग्राम ३०० मिलिग्राम र रिचार्ड श्रेष्ठको साथबाट ३८० मिलिग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुवैको साथबाट कूल २ ग्राम ६८० मिलिग्राम लागुऔषध (प्लास्टिक बाहेक) बरामद भएपछि उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका…
झापा, ८ कात्तिक । आजदेखि औपचारिक रूपमा छठ पर्व सुरु भएको छ । मिथिलाको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठका लागि झापासहित देशभ नदी तथा तलाउहरुमा घाट यतिबेला सिँगार्ने काम भइरहेको छ । झापाको भद्रपुर–५ स्थित मेची नदीमा पूर्वको सबैभन्दा ठूलो छर्व हुने गर्दछ भने बिर्तामोडको अदुवा खोला, कनकाईको बिरीङ, कन्काई माई, मेचीनगरको टाङटिङ निन्दा लगायतका दर्जनौं खोला–नदीहरुमा समेत छठ पूजा गर्ने गरिएको छ । मिथिलाञ्चल क्षेत्रमा मनाइने पर्वहरू पूर्ण रूपले घरेलु उत्पादनमा निर्भर छन्। आफ्नै खेतबारीमा उत्पादन भएको गहुँ, चामललगायतको पिठोबाट छठको सामग्री बनाउने गरिन्छ। त्यस्तै, छठ पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्नेको बजारमा अहिले भीड लागेको छ ।…