
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १७ कात्तिक । ठेक्का प्रक्रियामा ढिलाइ भएपछि राहदानी पुस्तिका अभाव हुने स्थिति सिर्जना भएको छ। राहदानी विभागले आइतबार सूचना जारी गर्दै अर्को सूचना नआएसम्म दैनिक ९सार्वजनिक बिदा बाहेक० अधिकतम १,००० राहदानी मात्र वितरण गर्ने जनाएको छ। विभागका अनुसार नयाँ आपूर्तिकर्तासँग गत साउनमा सम्झौता भइसकेको छ र आगामी फागुन ११ देखि नयाँ प्रणालीमार्फत सेवा सुरु हुने तयारी भइरहेको छ। तर हालको आपूर्तिकर्तासँग ह्यान्डओभर–टेकओभर प्रक्रिया, सीमित पुस्तिका र बढी मागका कारण वितरणमा समस्या आएको विभागले स्पष्ट गरेको छ। विभागले अत्यावश्यक सेवाग्राही मात्र राहदानीका लागि आवेदन दिन अनुरोध गर्दै अनधिकृत व्यक्तिको भर नपर्न तथा ठगीबाट सावधान रहन आग्रह गरेको छ।
झापा, १७ कात्तिक । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा आजदेखि ‘एलभिडी झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’को हुँदैछ । हिजै बेलुका आयोजक समितिले पत्रकार सम्मेलनको आयोजना गरी सम्पूर्ण तयारी पूरा भएको जनाएको थियो । प्रतियोगिताको प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्रा (रोशन)ले उद्घाटन गर्नुहुने आयोजक समितिले जनाएको छ । आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले प्रतियोगितामा फरक क्षमता भएका व्यक्ति र १० वर्षभन्दा मुनिका बालबालिकाका लागि प्रवेश निःशुल्क गरिएको बताउनुभयो । प्रतियोगिता निर्धारित समयमै शुरु हुने भएकाले समयमै खेलको मजा लिन आउन उहाँले सम्पूर्ण फुटबल प्रेमीहरुलाई आग्रहसमेत गर्नुभयो । प्रतियोगितालाई महिला खेलाडीमा प्रेरणा जगाउने र ग्रासरुट स्तरमै महिला फुटबललाई…
झापा, १७ कात्तिक । ११ वर्षदेखि अमेरिकामा बस्दै आएका झापा दमक–८ निवासी धनबहादुर ठकुरी (प्रशान्त) को शव १० महिनापछि फेला परेको छ। गत फेब्रुअरीदेखि बेपत्ता रहेका ४१ वर्षीय ठकुरीको शव न्यूयोर्कको क्विन्सस्थित चिकित्सा शव परीक्षण केन्द्रमा भेटिएको नेपाली महावाणिज्य दूतावासले जनाएको छ। ठकुरीलाई न्यूयोर्कको रेल स्टेसनमा बेहोस अवस्थामा देखेपछि एक यात्रुले ९११ मा सम्पर्क गरेका थिए। अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरी फेब्रुअरी ८ मा शव परीक्षणका लागि पठाइएको थियो। मृत्युको कारण अझै खुल्न सकेको छैन। पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले अन्तिम संस्कारमा समस्या भएपछि एनआरएनए न्यूयोर्क च्याप्टर, दर्शन ठकुरी समाज अमेरिका र झापाली समाज अमेरिकाले संयुक्त रूपमा आर्थिक…
झापा, १७ कात्तिक । नेकपा एमालेको एघारौँ महाधिवेशन मंसिर २७–२९ मा काठमाडौँमा हुने तय भएको छ। अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले टक्कर दिने भएका छन्। पोखरेलले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन्। सचिवालयका बहुमत सदस्य—युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्ट—उनको पक्षमा छन्। यद्यपि केन्द्रीय कमिटीमा भने ओलीको पक्षमा बहुमत देखिएको छ। ओलीले तेस्रो कार्यकालका लागि विधान संशोधन गर्दै उमेर हद र कार्यकाल सीमा हटाएका छन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता निलम्बनमा राखिएको विषयले पनि विवाद चर्किएको छ। पोखरेल पक्षले भण्डारीसँग परामर्श गरेर उम्मेदवारी दिने निर्णय गरेको बताइएको छ। महाधिवेशनमा दुई प्यानल बन्ने सम्भावना…
झापा, १७ कात्तिक । नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार देशका पहाडी भू–भागमा आशिंक बदली रहनेछ । यसैगरी धेरै जसो स्थानमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । बङ्गालको खाडीमा विकसित ‘मोन्था चक्रवातका’ का कारण वर्षा हुँदा केही दिन जनजीवन प्रभावित भएको थियो । हिमाली क्षेत्रमा वर्षासँगै हिमपातसमेत भएको थियो । हिमपातका कारण मनाङ्को डिस्याङ गाउँपालिका–९ स्थित तिलिचो तालको आधार शिविरमा आन्तरिक तथा बाह्य गरी १३ जना पर्यटक फसेका…
इलाम, १६ कात्तिक । निरन्तर वर्षाका कारण अवरुद्ध भएको मेची राजमार्ग अन्तर्गतको राजदुवाली सडक खण्ड आजदेखि साना सवारी साधनका लागि सञ्चालनयोग्य बनेको छ। जिल्ला प्रशासन कार्यालय इलामले आइतबार सूचना जारी गर्दै सडकको अवस्था अझै जोखिमपूर्ण भएकाले हाललाई साना सवारी साधन मात्रै सञ्चालन गर्न मिल्ने व्यवस्था गरिएको जनाएको छ। ठूला सवारी साधन ९२ (फुट माथि वा ४ चक्के ठूला) का लागि भने तिल्केनी–सिमलगोलाई–सिलपुर मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ। सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार, राजदुवाली क्षेत्रमा सडकको केही भागमा मर्मत र सुधार कार्य जारी रहेको र यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
झापा, १६ कात्तिक । बिर्तामोडस्थित कृषि थोक बजारबाट एक महिनाको अवधिमा रु एक करोड पाँच लाख ९० हजार ८०० को केरा बिक्री भएको छ । इलामको दानाबारी, महमाई र झापाको खुदुनाबारी, शनिश्चरे, मेचीनगर, भद्रपुरलगायत स्थानबाट केरा बिक्रीका लागि किसान यहाँ आउँछन् । दसैँ, तिहार र छठ पर्वको अवसरमा १९ हजार २५६ घरी केरा औसतमा प्रतिघरी रु ५५० का दरले बिक्री भएको कृषि बजार व्यवस्थापन समितिकी तथ्याङ्क सहायक अधिकृत माया राजवंशीले जानकारी दिनुभयो । उहाँले गत असोज १० गतेदेखि कात्तिक १२ गतेसम्ममा सो मात्रामा केरा बिक्री भएको बताउनुभयो । उहाँका अनुसार यहाँबाट विराटनगर, जनकपुर, काठमाडौँलगायत स्थानमा न्यूनतम रु ३०० देखि अधिकतम…
झापा, १६ कात्तिक । झापाको अर्जुनधारा नगरपालिका–४ स्थित सामुदायिक वनमा अपहरणपछि हत्या गरिएको घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ । ३३ वर्षीय सरोज शर्माको हत्या उनका आफ्नै साथी सुनिल साह र साहका भान्जा राहुल साहले मिलेर गरेका हुन् । घटना अपहरण, शरीर बन्धक, आपराधिक प्रवेश, उपद्रव तथा कर्तव्य ज्यानसम्बन्धी कसूरमा परेको प्रहरीले जनाएको छ । हत्या योजना र घटनाको क्रमप्रारम्भिक अनुसन्धानबाट सरोज शर्माले सस्तोमा सुन पाए केही आफूले किन्ने र काठमाण्डौमा चिनाजान रहेको मानिसलाई पनि किनाइदिने भनि सुनिल साहलाई सुन खोज्न भनेकोमा सुनिल साहले बिगत १ महिना अगाडि देखि नै सरोज शर्मासँग भएको पैसा लुट्ने र निजलाई अपहरण गरी छिमेकी…
द्रोण अधिकारी गुहेलीझापालाई सिर्जनाको केन्द्र बनाएर पाच दशकदेखि क्रान्तिकारी कविको छवि निर्माण गरेका विहरी अधिकारीको बाह्रौं कृतिका रूपमा मान्छे बेच्ने देश लघु कविता संग्रह प्रकाशनमा आएको छ । २०८२ असारमा प्रकाशनमा आएको यस संग्रहमा १०५ वटा कविता संग्रहित गरिएको छ । यस कविता संग्रहभित्र हाइकु, तान्का, मुक्तक र गजल शैलीमा छन्द समेत जोडेर उत्कृष्ट कविता संग्रहित गरिएको देखिन्छ । हरेक कविताले कुनै न कुनै रूपमा क्रान्तिकारी भाव जोडेर देशको माटो खोजेको आभाष पाठकले गर्ने छन् । थोरै शब्द तर चोटिलो भाव र वर्तमानको सत्य चित्र हरेक कविताका साझा विशेषता हुन् । द्रोण अधिकारी गुहेली वि सं २०१२ साल साउन २८…
झापा, १६ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ र बिक्रीदर १६४ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९३ रुपैयाँ १४ पैसा, क्यानेडियन डलर एकको…