jhapaonline add

झापा, ३ कात्तिक । तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराई नरक चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउनुहुन्छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने…

Read More

झापा, २ कात्तिक । झापाको कचनकवल गाउँपालिका–२ मा माछा मार्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । स्थानीय ४९ वर्षीय लोकबहादुर गाइनेको अमलखुट्टा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा मृत्यु भएको हो । आज दिउँसो करिब १ः१० बजे भएको हो । मृतक गाइने कचनकवल गाउँपालिका–२ निवासी सन्ताने गाइनेका छोरा हुन् । घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको छ । प्रहरीका अनुसार गाइनेले खोलामा करेन्ट प्रवाह गरी माछा मार्ने प्रयास गर्दा आफैँ करेन्टको चपेटामा परेका थिए । घटनास्थलमा नै उनको मृत्यु भएको पुष्टि गरिएको छ । हाल घटनाबारे थप अनुसन्धान तथा कानूनी…

Read More

पोर्चुगल, २ कात्तिक । वैदेशिक रोजगारीका लागि पोर्चुगल पुगेका तनहुँका एक नेपाली युवा बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु नगरपालिका–९ पिपलपानी निवासी ३४ वर्षीय जितेन्द्र पाण्डे गत साता सोमबारदेखि राजधानी लिस्बन नजिकको सिन्ट्रा क्षेत्रबाट सम्पर्कविहीन भएका हुन्। पाण्डे विगत दुई वर्षदेखि पोर्चुगलमा बस्दै आएका थिए। उनका साथी विदुर तामाङका अनुसार आइतबार राति साथीको फोन आएको भन्दै घरबाट निस्किएका पाण्डे त्यसपछि सम्पर्कमा नरहेको बताए। सोमबार काममा नआएपछि खोजी सुरु गरिएको थियो। “पाण्डे सम्पर्कविहीन भएपछि नेपालस्थित परिवारलाई सम्पर्क गर्दा उनले बिहान आफन्तलाई केही दिन सम्पर्कमा नहुने बताएका थिए,” तामाङले जानकारी दिए। पाण्डेको रेसिडेन्सी कार्ड, बैंक कार्ड, राहदानीसहित सबै सामान उनी बस्ने कोठामै…

Read More

झापा, २ कार्तिक । आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको सम्झनामा आज देशभर विविध कार्यक्रमसहित धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने यो दिवस यस वर्ष पनि आयुर्वेदिक संस्थाहरू, अस्पतालहरू र विभिन्न संघसंस्थाहरूको आयोजनामा भव्य रूपमा मनाइएको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार त्रयोदशी तिथिमा धन्वन्तरी जयन्ती मनाउनुपर्ने भएकाले आजको दिन विशेष मानिन्छ। वैदिक ग्रन्थअनुसार समुद्र मन्थनका क्रममा अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको विश्वास गरिन्छ। काठमाडौँको नरदेवीस्थित आयुर्वेद क्याम्पसको स्थापना पश्चात नेपालमा औपचारिक रूपमा धन्वन्तरी जयन्ती मनाउन थालिएको हो। हाल कीर्तिपुरमा रहेको उक्त क्याम्पस त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालनमा छ। सन् २०५६ सालदेखि यो दिनलाई…

Read More

झापा, १ कात्तिक । झापाको काँकडभिट्टादेखि केरखासम्म निर्माणाधीन एसियन हाइवेको पूर्वी खण्डमा कालोपत्रे कार्य सुरु भएको छ। काँकडभिट्टा–लौकही सडक आयोजना कार्यालय (पूर्वी खण्ड) का अनुसार ४५ किलोमिटर लम्बाइको सडकखण्डमध्ये हाल दुई दशमलव पाँच किलोमिटर क्षेत्रमा कालोपत्रे सुरु गरिएको हो। बिर्तामोड, मेचीनगर, शिवसताक्षी र कमलका केही स्थानमा तीव्र गतिमा काम भइरहेको छ। आयोजनाका प्रमुख इन्जिनियर सुनिलबाबु पन्तका अनुसार सडकको एक लेनमा पहिलो सतहको कालोपत्रे सम्पन्न भइसकेको छ। “काम तीव्र गतिमा भइरहेको छ,” उनले भने, “वर्षा सकिएको र चाडपर्व पनि सकिएकोले अब कामको गति अझै बढ्नेछ।” उनका अनुसार पहिलो सतहपछि थप पाँच सेन्टिमिटरको माथिल्लो सतह कालोपत्रे गरिनेछ। एसियाली विकास बैंकको सहयोगमा करिब…

Read More

झापा, २ कात्तिक । झापाको बुद्धशान्ती गाउँपालिका–७ सुनमाईस्थित एक घरको वरन्डामा नवजात शिशु फेला परेको छ । कात्तिक १ गते राति करिब ९ बजे सीमा आचार्यको घरको अगाडि रहेको वरन्डामा करिब ४–५ दिनको जस्तो देखिने एक नवजात छोरी शिशु फेला परेको हो । शिशुलाई सोही घरमा भाडामा बस्दै आएका ताप्लेजुङ जिल्ला श्रीजगा गाउँपालिका–७ निवासी ओम प्रकाश तुमीहाङ लिम्बुले देखेका थिए । उनले राति ९ः१५ बजे इलाका प्रहरी कार्यालय बुधबारेमा खबर गरेपछि प्रहरीको टोली तत्काल घटनास्थलमा पुगेको थियो । प्रहरी टोलीले स्थानीय बासिन्दा, भद्भलादमी तथा जनप्रतिनिधिको समन्वयमा शिशुलाई उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ । अस्पताल स्रोतका अनुसार शिशुको स्वास्थ्य…

Read More

झापा, २ कात्तिक । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिनुभयो । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठोमीठो खान दिई खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल,…

Read More

झापा, २ कात्तिक । नेपालीको दोस्रो ठूलो पर्व तिहारमा मौसम सामान्य रहने छ । पश्चिमी वायुको प्रभावका कारण देशका केही पहाडी भूभागमा आंशिकदेखि साधारण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले उल्लेखनीय रूपमा मौसम प्रणालीको प्रभाव नपरे पनि पश्चिमी वायुका कारण पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीसम्म हुने जनाएको छ । तिहारको समयमा पहाडी भूभागका एकदुई स्थानमा फाटफुट वर्षा हुने र उच्च हिमाली भूभागमा हलुका वर्षा र हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले प्रकाशन गरेको यही कात्तिक ३ देखि ६ गतेसम्मको मौसम विवरणमा लक्ष्मीपूजाका दिन ९कात्तिक ३ गते० देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा…

Read More

सुनसरी, १ कात्तिक । कोशी प्रदेश सरकारले नागरिकको स्वास्थ्य सेवा पहुँच विस्तार गर्न मोबाइल अस्पताल सञ्चालनको तयारी अन्तिम चरणमा पुर्‍याएको छ। प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मनमोहन प्राविधिक विश्वविद्यालयको पाँचौँ सभा सम्बोधन गर्दै कोशी मोबाइल अस्पताल सञ्चालनका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसँग समझदारी भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार, चिकित्सा उपकरण र दक्ष जनशक्तिसहितको घुम्ती गाडी प्रदेशका विभिन्न जिल्लामा पुगेर नागरिकको स्वास्थ्य परीक्षण गर्नेछ। आवश्यक परेमा बिरामीलाई अस्पतालमा रेफर गरिने व्यवस्था हुनेछ। चिकित्सा उपकरणसहितको सवारी साधन खरिद प्रक्रिया अन्तिम चरणमा रहेको पनि उहाँले उल्लेख गर्नुभयो। मुख्यमन्त्री कार्कीले प्रारम्भिक चरणमा तराईका जिल्लामा सेवा सञ्चालन गरिने र आवश्यकता अनुसार पहाडी जिल्लामा…

Read More

झापा, १ कात्तिक । झापाको झापा गाउँपालिकाका बाढीपीडितहरूलाई ‘एकका लागि एक अभियान’को समन्वयमा अन्तर्राष्ट्रिय झापाली समाजले राहत वितरण गरेको छ । अभियानले गरेको राहत आव्हानपछि समाजले ३ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो । सो सहयोगबाट झापा गाउँपालिकाका मुख्य प्रभावित क्षेत्र सुगाबथान, सेतुमारीलगायतका बाढीपीडितहरूलाई करुणा र सहानुभूतिपूर्वक राहत सामग्री हस्तान्तरण गरिएको हो । बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै पीडितहरूलाई प्रत्यक्ष रूपमा ‘सेवाको भावना, मानवीय जिम्मेवारी र एकताको सन्देश’सहित अभियानका संयोजक महेन्द्रकुमार गिरी, अभियन्ता एकराज गिरी, अन्तर्राष्ट्रिय झापाली समाजका संस्थापक अध्यक्ष दिनेश पोखरेल, वर्तमान महासचिव चिरन खवास लगायतले राहत वितरण गर्नुभयो । राहत वितरण कार्य जिल्ला विपद्…

Read More