
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
भद्रपुर, ३१ असोज । झापाको भद्रपुर–७ स्थित सरस्वती टोलमा रहेको सेमिन बप्तिस मण्डलीले शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। मण्डलीको २५औं वर्षगाँठको पूर्वसन्ध्यामा आयोजित उक्त कार्यक्रम नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा चर्च परिसरमा सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय ६ जना महिला र १० जना पुरुष गरी कुल १६ जनाले रक्तदान गरेका छन्। मण्डलीका पास्चर ओमप्रसाद पौडेल ९डेविड०ले कार्यक्रमको शुभारम्भ गर्दै मानवीय सेवामा योगदान पुर्याउने उद्देश्यले रजत महोत्सवको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। पास्चर पौडेलका अनुसार मण्डलीले यही कात्तिक १४, १५ र १६ गते बृहत रूपमा रजत महोत्सव मनाउने तयारी गरिरहेको छ। कात्तिक १४ गते भारतबाट आमन्त्रित अतिथिहरुको…
झापा, ३१ असोज । झापाको कनकाई नगरपालिका–१ र २ मा अवस्थित जामुनवारी सामुदायिक वन उपभोक्ता समूह तथा जामुनखाडी सिमसार एवं पर्यटकीय क्षेत्रको ३०औं वार्षिक साधारण सभा शुक्रबार वनको सभाहलमा सम्पन्न भएको छ। सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि रु. १,६४,४२,२८७.७० को अनुमानित बजेट सार्वजनिक गरिएको छ। समूहका अध्यक्ष पर्शुराम गिरीले प्रस्तुत गरेको प्रतिवेदनअनुसार, गत आर्थिक वर्ष २०८१/०८२ मा समूहले रु. १,५२,४३,२२१ आम्दानी गरेको थियो। अध्यक्ष गिरीले पछिल्लो समय जामुनखाडीमा पर्यटक आगमन घट्दै गएकाले आम्दानीमा कमी आएको उल्लेख गर्नुभयो। आम्दानी वृद्धि र वन क्षेत्रको समुचित व्यवस्थापनका लागि उहाँले चरिचरण नियन्त्रण, श्रमदान अभियान, सिमसार सौन्दर्यकरण, सरसफाइ, बदेल र चित्तल प्रजनन केन्द्र…
झापा, ३१ असोज । संयुक्त अरब इमिरेट्स (यूएई)ले सन् २०२६ को पुरुष टी–२० विश्वकपमा स्थान बनाएसँगै प्रतियोगितामा सहभागी हुने सबै २० टोलीको टुंगो लागेको छ। आगामी वर्ष भारत र श्रीलंकाको संयुक्त आयोजनामा विश्वकप सम्पन्न हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले जनाएको छ। बिहीबार ओमानको अल अमरातमा सम्पन्न एसिया–पूर्वी एसिया प्रशान्त (ईएपी) क्वालिफायर प्रतियोगितामा यूएईले जापानलाई ८ विकेटले पराजित गर्दै अन्तिम टोलीको रूपमा विश्वकपमा स्थान सुरक्षित गरेको हो। यसअघि नेपाल र ओमानले पनि यही प्रतियोगिताबाट छनोट भएका थिए। स्वतः योग्य र वरीयता प्राप्त टोलीहरूआयोजक भारत र श्रीलंकासहित सन् २०२४ को टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका सात टोली — अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड,…
झापा, ३१ असोज । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली)का लागि विभिन्न देशहरूमा भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिका सभापति प्रा डा माधव भट्टराई र सदस्यसचिव आचार्य लक्ष्मण पन्थीद्वारा जारी विज्ञप्तिअनुसार काठमाडौँमा भाइटीकाको शुभ साइत कात्तिक ६ गते बिहान ११ः३९ बजे रहेको जनाइएको छ । भारत, अमेरिका, युरोप, अष्ट्रेलिया, जापान, कोरिया, मलेसिया, युएई, कतारलगायत देशमा स्थानीय समयअनुसार ११ः०० देखि १२ः०० बजेसम्म टीका लगाउने शुभ समय निर्धारण गरिएको सभापति भट्टराईले जानकारी दिनुभयो । समितिले उक्त साइतलाई सबैभन्दा उपयुक्त समय मानेर सो समयमा टीका लगाउन सिफारिस गर्दै आफ्नो स्थानअनुसार अनुकूल समयमा पनि टीका लगाउन सकिने सदस्यसचिव पन्थीले…
झापा, ३१ असोज । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो, अमेरिकी डलर, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ । अमेरिकी डलर, युरो र बहराइन दिनारको मूल्य हिजो पनि घटेको थियो । तर, पाउन्ड कुवेती दिनारसहित केही मुद्रा भने महँगिएका नेपाल राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ २२ पैसा र बिक्रीदर १४० रुपैयाँ ८२ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ ६३ पैसा र बिक्रीदर १४१ रुपैयाँ २३ पैसा थियो। त्यसैगरि आज युरो १ को खरिदर १६३ रुपैयाँ ३१ पैसा…
झापा, ३१ असोज । चालु आर्थिक वर्षको तीन महिना बित्न लाग्दासमेत ४३ वटा स्थानीय तहले बजेट प्रस्तुत गरेका छैनन् । देशभरका कुल सात सय ५३ स्थानीय तहले हरेक वर्षको असार १० गते नै वार्षिक बजेट सार्वजनिक गर्ने गरेका छन् । संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको दिन सङ्घीय सरकारको बजेट प्रस्तुत गर्ने व्यवस्था गरेको छ । नेपालको संविधान जारी भएपछि सोहीअनुसार नै बजेट प्रस्तुत हुँदै आएको छ । यस्तै, प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गर्ने गरेका छन् । तोकिएको समयभन्दा धेरै ढिला भइसक्दा पनि बजेट प्रस्तुत नगरेर स्थानीय तहले जिम्मेवारी पूरा नगरेको भन्दै आलोचना…
झापा, ३१ असोज । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ । त्यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
कनकाई, ३० असोज । झापाको कनकाई नगरपालिका–२ स्थित सुकेडाँगी सामुदायिक वन उपभोक्ता समूहको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । जेष्ठ नागरिक सम्मान, उत्कृष्ट विद्यार्थी पुरस्कृत, उत्कृष्ट कर्मचारी र उत्कृष्ट उपभोक्तालाई सम्मान गर्दै आज समूहको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । वन समूह अन्तरगत रहेको ३० वटा टोलका एक÷एक जना गरी ३० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ भने तीन जना विद्यार्थीलाई नगदसहित सम्मान गरिएको छ । कक्षा–७ की विद्यार्थी समीक्षा हेमरम, कक्षा–५ की जानकी पराजुली र रोस्नु हेमरमलाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको छ । त्यस्तै, कनकाई सब डिभिजन कार्यालय सुरुंगाका कर्मचारी खगेन्द्र…
झापा, ३० असोज । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधारमा रहेको श्रीलक्ष्मीनारायण मन्दिर तथा जगद्गुरु योगीराज श्रीकमलनयनाचार्य आश्रममा निर्माणाधीन श्रीलक्ष्मीनारायण दिव्यदेश अन्तिम चरणमा पुगेको छ। प्रतिष्ठा समारोह (महासम्प्रोक्षण) आगामी २०८३ वैशाख ११ देखि १८ गतेसम्म भव्य रूपमा आयोजना गरिने भएको छ। आज बिहीबार मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा निर्माण समितिका सचिव हरिनारायण वास्कोटाले समारोहको विस्तृत जानकारी दिएका हुन्। समारोहमा नेपाल, भारत, भूटान, अमेरिका, अष्ट्रेलिया, क्यानडा लगायतका देशबाट विशिष्ट धर्माचार्य, सन्त, महन्त, विद्वान् तथा हजारौं भक्तजनको सहभागिता रहनेछ। दक्षिण भारतको तामिलनाडु, काञ्चीपुरम् स्थित श्रीकाञ्चीप्रतिवादी भयकर सिंहासनाधीश्वर जगद्गुरु अनन्तश्रीविभूतिषत श्रीश्रीनिवासाचार्य स्वामीजी महाराज प्रमुख आतिथ्यका रूपमा उपस्थित हुनेछन्। वि।सं। २०२८ मा स्थापना भएको आश्रम…
झापा, ३० असोज । झापाको मेचीनगर नगरपालिका–१५ निलकोठिमा माछा मार्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ। स्थानीय ४२ वर्षीय सन्तोष लिम्बु टिमाई नहरमा करेन्ट प्रयोग गरी माछा मार्ने प्रयास गर्दै गर्दा अचानक करेन्ट लागेर बेहोस भएका थिए । घटना आज दिउँसो २ः३० बजेको हो । बेहोस अवस्थामा रहेका लिम्बुलाई तत्काल उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी लगिएको थियो । तर अस्पतालमा ३ः०० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।