
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ११ असोज । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन्। जेनजी आन्दोलनको मर्मअनुसार काम गर्न नसकेको आरोप लगाउँदै उनले कार्कीले पद त्याग गर्नुपर्ने बताएका हुन्। साम्पाङले सामाजिक सञ्जालमार्फत भनेका छन्, “सुशीला जी, तपाईंले जेनजीको मर्मअनुसारको काम गर्न सक्नुभएन। राजीनामा दिनुहोस्। म गर्छु उनीहरूको माग पूरा—एक एक गरेर।” उनले जेनजी आन्दोलनका मागहरू आफूले पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
झापा, ११ असोज । बुधबार साँझ झापाको बुद्धशान्ति गाउँपालिका–३ बुधबारेका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । स्थानीय कृष्णमाया संग्रौलाको घरमा डेरा गरी बस्ने ५२ वर्षीय टुनु साह खुला चौरमा घोप्टो परेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक पाण्डव कुमार राजवंशीको नेतृत्वमा टोली खटिएको छ। प्रारम्भिक जानकारी अनुसार मृतक टुनु साह विगतदेखि अत्यधिक मदिरा सेवन गर्ने गरेको स्थानीयहरूले बताएका छन्। मृत शरीरलाई पोष्टमार्टमका लागि मेचीअस्पताल भद्रपुर पठाइएको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झापा, ११ असोज । नेपालले आज आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत पहिलो खेल खेल्न लागेको हो। खेल यूएईस्थित सारजाह क्रिकेट रङ्गशालामा नेपाली समयअनुसार राति सवा ८ बजेपछि सुरु हुनेछ। तीन खेलको यो सिरिज अन्तर्गत दोस्रो खेल सोमबार र तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ। वेस्ट इन्डिजसँगको सिरिज सकिएपछि नेपाली टोली सोही स्थानबाट ओमान प्रस्थान गर्नेछ। ओमानमा अर्को सातादेखि सुरु हुने आईसीसी टी–२० एसिया कप क्षेत्रीय छनोट प्रतियोगिताको तयारीस्वरूप नेपालले यो सिरिजलाई महत्वपूर्ण अभ्यासको रूपमा लिएको छ।
झापा, ११ असोज । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ २६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८२ पैसा, क्यानेडियन…
झापा, ११ असोज । आज आश्विन शुक्ल पञ्चमीका दिन पहाडमा वास गर्ने, संसारभरिका जीवहरूमा नवचेतना प्रदान गर्ने देवी स्कन्दमाताको पूजा तथा आराधना गरिन्छ। सेतो वर्णकी, कमलको फूलमा आसन ग्रहण गरेकी र स्कन्दकुमारकी माता भएकाले उनलाई स्कन्दमाता भनिएको हो। कमल ओछ्याएर बस्ने भएकाले पद्मासना देवी पनि भनिन्छ। स्कन्दमाताको काखमा सुपुत्र स्कन्दकुमार आनन्दपूर्वक विराजमान छन्। स्कन्दमाताको सेवा गरेमा स्वामी कार्तिकेयको उपासना गरे सरह फल प्राप्त हुने शास्त्रीय मान्यता छ। यस्तो विशेषता केवल स्कन्दमातालाई मात्र प्राप्त छ। देवी भागवत पुराण अनुसार, स्कन्दमाता सूर्य मण्डलकी अधिष्ठात्री देवी हुन्। उनको पूजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सुसम्पन्न हुने विश्वास गरिन्छ। स्कन्दमाताका चार हातहरू छन्—दाहिने माथिल्लो…
झापा, ११ असोज । हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । आज दिउँसो मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कोशी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने र कोशी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
झापा, १० असोज । नेकपा (माओवादी केन्द्र) का नेताहरूले पार्टीको रुपान्तरण अपरिहार्य भएको बताएका छन्। बिहीबारदेखि काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय कमिटी बैठकको क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेताहरूले भ्रष्टीकरणका कारण जनताले राजनीतिक दलप्रति विश्वास गुमाउँदै गएको उल्लेख गर्दै पार्टीलाई रुपान्तरण गर्नुको विकल्प नरहेको बताएका हुन्। नेता सुदन किराँतीले अब यथास्थितिमा पार्टी चल्न नसक्ने स्पष्ट गर्दै भने, “जेनजी आन्दोलनले सबै पार्टीलाई विघटन गरिसकेको छ। अब समाप्त हुने कि रुपान्तरण गर्ने भन्ने बाहेक अर्को मार्ग छैन।” उनले जनतालाई अनुभूति हुने गरी परिवर्तन गर्नुपर्ने र भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्नेमा जोड दिए। नेता माधव सापकोटाले बहुसंख्यक सदस्यहरूले…
झापा, १० असोज । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थितबाट ३ सय ४० किलोग्राम लागुऔषध गाँजा बोकेको कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । असोज १० गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट गस्तीमा खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका–५ स्थित सडक साइडमा वेवासिसे अवस्थामा रहेको BR11BR 7102 नम्बरको कारलाई शंका लागेर चेकजाँच गर्दा उक्त कारभित्र प्लास्टिकमा पोको पारी राखेको ३ सय ४० किलोग्राम गाँजा बरामद गरेको हो । गाँजा बरामद भएसँगै ओसार पसारमा संलग्न व्यक्तिहरुको खोज भइरहेको छ ।
झापा, १० असोज । गृहमन्त्री ओमप्रकाश अर्यालले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा दमनमा संलग्न व्यक्तिहरू पक्राउ पर्न सक्ने संकेत गरेका छन्। सिंहदरबारमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले राज्यका अनुसन्धान निकायहरू सक्रिय भइसकेको जानकारी दिए। “अनुसन्धान गर्ने निकायले के के रोक्नुपर्छ, त्यतिमात्र (राहदानी मात्र) किन होला? बयान पनि लिनुपर्ला, पक्राउ पनि गर्नुपर्ला,” मन्त्री अर्यालले भने, “जे हुन्छ, त्यो अनुसन्धान गर्ने निकायले गर्ने कुरा हो। आयोग गठन भएको छ, आयोगले काम गर्छ।” केही शीर्ष नेताको राहदानी रोक्का गर्ने विषयमा उठेको जिज्ञासामा उनले आयोगको सल्लाह र सिफारिसअनुसार काम अघि बढ्ने स्पष्ट पारे। गृहमन्त्री अर्यालले शुसासनको मामलामा सरकार दृढ रहेको उल्लेख…
झापा, १० असोज । नेपाल प्रहरीले प्रहरी जवान र कार्यालय सहयोगी पदका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग अन्तर्गत भर्ना छनोट शाखाले आज सूचना जारी गर्दै झण्डै १६ सय पद पूर्तिका लागि आवेदन माग गरेको हो । सूचना अनुसार जनपद प्रहरी जवानतर्फ १,५५३ पद, कार्यालय सहयोगी हजामतर्फ ११ पद, कुचीकारतर्फ १५ पद र खेलाडीतर्फ १५ पद खुला प्रतियोगिताबाट समावेशी प्रावधानअनुसार भर्ना गरिनेछ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म आवेदन दिन सक्नेछन् । खेलाडीतर्फ आवेदन दिन चाहनेले फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, जुडो, कराँते र तेक्वान्दो विधामध्ये कुनै…