jhapaonline add

झापा, २८ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भाग साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली रहेको छ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। शनिबार देशभर साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरू तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम…

Read More

बिर्तामोड , २७ असार । गुरुङ जातिको प्रमुख थातथलो रूपमा रहको गण्डकी प्रदेशमा गुरुङ भाषालाई सरकारी कामकाजी भाषाको रूपमा प्रयोग गर्न संवैधानिक व्यवस्थाले कानुनी मान्यता पाएपछि यति बेला देश तथा विदेशमा छरिएर रहेका गुरुङ समुदायमा हर्ष छाएको छ । शुक्रबार झापाको वितामोडको मुक्तिचोकमा पनि एक कार्यक्रमका बीच आज साँझ दिप प्रज्वलन गरि खुशीयाली मनाएका छन् । तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद झापा जिल्ला कार्यसमिति , तमुस्यो महिला झापा जिल्ला कार्यसमिति , तमु विद्यार्थी झापा जिल्ला कार्यसमिति, ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद विर्तामोड नगर कार्य समिति , अर्जुनधारा नगर कार्य समिति लगाएतको संयुक्त आयोजनामा दिप प्रज्वलन गरिएको हो…

Read More

काठमाडौँ, २७ असार । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी० केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवङ्गत पत्नी सीता दाहालको दोस्रो स्मृति दिवसका अवसरमा मानवसेवा आश्रम, रानीवन सेवा केन्द्र काठमाडौँमा पुगेर उहाँलाई स्मरण गरेका छन्। उनले पत्नीको स्मृतिलाई दिगो राख्न तथा सबैलाई प्रेरणा मिलोस् भन्ने उद्देश्यले स्मृति दिवसलाई आश्रममा आश्रित मानवहरूसँग मनाएका हुन्। सो अवसरमा २५० सहयोगापेक्षी सडक आश्रित व्यक्तिहरूका लागि खाद्यान्न सामग्री र रु एक लाख नगद सहयोग प्रदान गरिएको थियो। साथै, अध्यक्ष दाहालले आफ्नै हातले भोजन वितरण गरे। कार्यक्रममा दाहालले प्रधानमन्त्री रहेका बेला हेटौँडास्थित मानवसेवा आश्रमको मुख्यालय उद्घाटन गरेका अनुभव स्मरण गर्दै, सरकारको जिम्मेवारी मानवसेवा आश्रमले निर्वाह गरिरहेको…

Read More

झापा, २७ असार । रसुवाको माथिल्लो जलाधार क्षेत्रस्थित हिमताल विस्फोटपछि मङ्गलबार आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ। त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा थप दुई शव फेला परेसँगै यो सङ्ख्या पुगेको हो। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार बाढीबाट प्रभावित भई अलपत्र परेका तथा सडक अवरुद्ध हुँदा रोकिएका ८६२ जनाको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। हालसम्म एक जनाको शव सनाखत भएको छ भने अन्यको सनाखत हुन सकेको छैन। कतिपयको अवस्थाले चिन्न गाह्रो भएको र कतिपय शवमा केवल मानव अङ्गहरू मात्र फेला परेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार १९ जना अझै बेपत्ता छन्।…

Read More

झापा, २७ असार । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच पार्टी एकता हुने भएको छ। अध्यक्ष माधवकुमार नेपाल र वामदेव गौतमले आज पार्टी एकताको सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो। सहमति पत्रमा राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरूपता रहेको उल्लेख गरिएको छ। साथै नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै दुबै पक्ष एकताबद्ध हुने सहमति भएको बताइएको छ। एकीकृत समाजवादीका केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालका अनुसार आगामी साउन २ गते राष्ट्रियसभा गृहमा विशेष कार्यक्रम गरी पार्टी एकताको औपचारिक घोषणा गरिनेछ। उहाँका अनुसार लामो समयदेखि दुवै पक्षबीच औपचारिक तथा अनौपचारिक…

Read More

बिर्तामोड, २७ असार । झापाको बिर्तामोड–४ मा रहेका गोमेन्द्र बहुमुखी महाविद्यालयमा आज रक्तदान कार्यक्रम भएको छ । क्याम्पसमा विज्ञान तथा प्रविधि संकाय बीबीए दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा क्याम्पस प्रमुख डा. रुपकप्रसाद खनालको प्रमुख आतिथ्य रहेको थियो भने बिबिए कार्यक्रमका को–अडिनेटर शेखर पाण्डे, बिसिए÷एमबिएका को–अडिनेटर बिमल राजवंशी, रिसर्च डिपार्टमेन्ट हेड निलम संग्रौलाको विशेष आतिथ्य रहेको थियो । बिसिए दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी युनिक श्रेष्ठ, दीपक खनाल, इच्छा केरुङ, आविस्कार दुलाल लगायतका विद्यार्थीले रक्तदान कार्यक्रमको सहजीकरण गरेका थिए । रक्तदान कार्यक्रममा ६ प्राध्यापक, एक जना कर्मचारी र ४६ जना विद्यार्थीले रक्तदान…

Read More

भद्रपुर, २७ असार । निर्माण ब्यवसायी झापाले  भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेललाई ज्ञापन पत्र बुझाएको  छ  | संघका झापा जिल्ला अध्यक्ष रमेश अधिकारी नेतृत्वको टोलीले नगर प्रमुख पोखरेललाई कार्यकक्षमा भेटेर निर्माण ब्यवसायीका समस्याहरू बुँदागत रूपमा संघका सचिव पुष्पराज निरौलाले राख्नुभएको थियो। ज्ञापन पत्र बुझ्दै नगर प्रमुख पोखरेलले समस्या समाधानका लागि जिम्मेवार ढंगले लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भद्रपुरमा रहेका निर्माण व्यवसायीहरू नगरपालिकाबाट पीडित रहेको दुखेसो अग्रज निर्माण व्यवसायी बद्री आचार्यले बताउनुभयो । उहाँले नवीकरण शुल्क बापत ‘घ’ वर्गका निर्माण सेवा कम्पनीहरूले प्रतिबर्ष रू १० हजार तिर्नुपर्ने शुल्क देशैभरि कही नभएको रहेकाले उक्त शुल्क घटाउनुपर्ने जोड दिनुभयो।

Read More

अहिले पनि कतिपयले कालो चियालाई दोस्रो दर्जाको चियाको रुपमा लिने गर्दछन् । कतिपयले यो तौल घटाउने माध्यमको रुपमा लिने गर्दछन् । तर कालो चिया न दोस्रो दर्जाको चिया हो न त तौल घटाउने माध्यम मात्रै हो यो त मुटुलाई स्वास्थ्य राख्ने एक दमै लाभदायी औषधि समेत हो । यूनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियाको स्कूल अफ मेडिसियनमा गरिएको सो अध्ययनमा कालोचियामा पाइने एक विशेष तत्वको उपयोगिताको बारेमा बयान गरिएको छ । कालो चियामा प्रचुर मात्रामा पाइने फ्लेवनाइड र क्वार्सटीन रक्तधमनीलाई स्वस्थ राख्न मद्दत गर्छ । यसका साथै यी तत्वहरुले धमनीसम्बन्धी रोगहरुको सम्भावना पनि कम गर्छ । कालो चियामा पाइने फ्लेवनायड एन्टिअक्सिडेन्टको रुपमा…

Read More

पपस्टार जस्टिन बिबरले मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर २० गीत समावेश गरेको ‘स्वाग’ नामक नयाँ एल्बम सार्वजनिक गरेका छन्।एल्बममा सेक्सी रेड, क्यास कोबेन र गुन्ना लगायत र्‍यापरसँग सहकार्य गरिएको छ र शीर्षक सन् २०१२ को एल्बम ‘ब्वाइफ्रेन्ड’को हुकलाइनबाट राखिएको हो। बिबरले सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत जीवन र पापाराजीको घुसपैठबारे पोस्ट गरेका छन् र विवाहसम्बन्धी विवाद पनि चर्चामा आएको छ।पपस्टार जस्टिन बिबरले ‘स्वाग’ नामक नयाँ एल्बम सार्वजनिक गरेर प्रशंसकलाई चकित तुल्याएका छन् । उनको मानसिक स्वाथ्यलाई लिएर चौतर्फी चासो व्यक्त भैरहँदा एल्बम ल्याएका हुन् । २० गीत समावेश उनको एल्बममा ड्याड्ज लभ, डिभोसन र थेरापी सेसनजस्ता ट्रयाक समावेश छन् । बुवाको मुख…

Read More

काठमाडौं, २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन शीर्ष नेतालाई अपशब्द बोलेर गाली गरेपछि पक्राउ परेका युट्युबर रेशमराज पौडेलविरूद्ध मुद्दा दायर भएको छ। शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्यामविहारी मौर्यको इजलासमा पुर्पक्षको लागि सुनुवाइ भइरहेको छ। पौडेलले युट्युबमा आफ्नो नाम ड्राइभर रेशम राखेका छन्। उनीविरूद्ध सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कारबाही गर्न माग गरी मुद्दा दायर गरेको थियो। बागलुङ निसिखोलाका उनलाई प्रहरीले असार २ गते पक्राउ गरेको थियो। उनलाई सिआइबीको सहयोगमा साइबर ब्युरोको टोलीले नेपालगञ्जबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो। उनीले युट्युबमा अपशब्द प्रयोग गरी प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,…

Read More