jhapaonline add

झापा, ५ जेठ । झापा र सुनसरीबाट प्रतिबन्धित लागुऔषधसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान पौने १० बजे इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका–५ शनिश्चरे रोड पाथीभरा टोलस्थितबाट बिर्तामोड नगरपालिका–१ का १९ वर्षीय अभिषेक राईलाई ब्राउन सुगर ११० मिलिग्राम, प्रतिबन्धित औषधी ४ ट्याब्लेटसहित पक्राउ गरेको थियो । त्यस्तै, सोमबार राति साँढे ९ बजे बिर्तामोड नगरपालिका–५ इन्द्रेणी टोलस्थितबाट ब्राउनसुगर १९० मिलिग्रामसहित कारोबारमा संलग्न सोही स्थानका ३५ वर्षीय हरसिंह राजवंशी, २१ वर्षीय राजु राजवंशी, बिर्तामोड नगरपालिका–६ का ४४ वर्षीय सन्तोष कुमार पराजुली र बिर्तामोड नगरपालिका–९ का २२ वर्षीय प्रशान्त खड्कालाई पक्राउ गरेको छ । त्यसैगरी,…

Read More

झापा, ५ जेठ । झापाको काँकरभिट्टाबाट डेढ करोडको सुन र २० हजार अमेरिकी डलरसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । सोमवार साँझ ५ः१० बजे मेचीनगर –६ काँकरभिट्टास्थित भन्सार ढाँटमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर काँकरभिट्टावाट सशस्त्र प्रहरी सहायक निरीक्षक सन्तोषकुमार तामाङको कमाण्ड तथा मेची भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेका भारत पश्चिम बंगाल कोलकात्ता बस्ने वर्ष ३९ का परम पाठकलाई पक्राउ गरेको हो । उनलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट सुन ,अमेरिकी डलर,भारतीय रुपैयाँलगायत बरामद भएको हो । उनको साथबाट १ करोड ४४ लाख ३० हजार ८१५ रुपैयाँ बराबरको ५७०…

Read More

भद्रपुर, ५ जेठ । झापा जिल्ला अदालत मा ‘मिट द जज’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अदालतका माननीय प्रमुख न्यायाधीश उमेशप्रसाद लुईटेलसँग अदालतका सेवाग्राही तथा सरोकारवालाले प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेका थिए । कार्यक्रममा प्रमुख न्यायाधीश लुईटेलले अदालतबाट प्रवाह हुने सेवा कस्तो पाइएको छ भन्ने विषयमा सेवाग्राहीसँग जिज्ञासा राखेका थिए । सो क्रममा सहभागी सेवाग्राहीले अदालतको सेवा प्रवाह, कर्मचारीको व्यवहार, उपलब्ध सेवा सुविधा तथा कार्यसम्पादनका विषयमा आफ्ना धारणा र प्रतिक्रिया व्यक्त गरेका थिए । अदालतका श्रेस्तेदार डिल्लीराम प्रसाईले अदालतबाट प्रदान गरिने सेवा, कर्मचारीको व्यवहार, सेवा प्रवाहमा पक्षपात वा अनियमितता भए–नभएको विषयमा सेवाग्राहीसँग न्यायाधीशको प्रत्यक्ष संवाद गराइएको जानकारी दिए ।…

Read More

झापा, ५ जेठ । बजारमा आयोडिनयुक्त नुनको प्रयोगबारे फैलाइएका भ्रम र गुणस्तरहीन नुनको बिक्रीवितरणप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले आयोडिनयुक्त नुनको नियमित प्रयोग गर्न र अखाद्य नुनको कारोबार रोक्न कडाइका साथ अनुगमन गर्नुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय उपभोक्ता मञ्च झापा जिल्ला कार्यसमितिको आयोजनामा बिर्तामोडमा सम्पन्न ‘बजारमा उपलब्ध नुनको गुणस्तर तथा यसको उपभोगबाट हुनसक्ने जोखिम’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले आयोडिनयुक्त नुनबारे सामाजिक सञ्जाल र बजारमा फैलाइएका भ्रामक प्रचारले उपभोक्तामा अन्योल सिर्जना गरेको बताएका हुन् । कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईं प्रमुख अतिथिका रूपमा सहभागी थिइन् । राष्ट्रिय उपभोक्ता मञ्च…

Read More

झापा, ५ जेठ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका तराई तथा बाकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ। बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी र बागमती प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल…

Read More

झापा, ४ जेठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । आज पर्साको वीरगञ्जस्थित दियालो होटलबाट प्रसाईं पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनलाई कुन कसुरमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले खुलाएको छैन । प्रसाईंसँग केही विषयमा बुझ्नुपर्ने भएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतले बताएका छन् । ‘उहाँसँग केही विषयमा बुझ्नुपर्ने भएकाले नियन्त्रणमा लिएका हौँ’, उनले भने । प्रसाईं आजै वीरगञ्ज पुगेका थिए ।

Read More

झापा, ४ जेठ । झापा, सुनसरी र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट जेठ ०३ गते लागूऔषध सहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापाको इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका-२ का २३ वर्षीय विशेष लिम्बुलाई ६२० मिलिग्राम ब्राउन सुगर, दमक-९ का १९ वर्षीय सनम लिम्बुलाई प्रतिबन्धित लागू औषध ७५ क्याप्सुल र ७५ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरी मातहत प्रहरी कार्यालयहरुले इटहरी-२ हलगडाका २३ वर्षीय कृष्ण राईलाई ९२ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित, धरान-१५ का २५ वर्षीय सनम राईलाई ट्रामाडोल १४० क्याप्सुल र डिकोलिक १४० ट्याब्लेट सहित, रामधुनी नगरपालिका-९ का २२ वर्षीय रोहन चौधरी…

Read More

कनकाई, ४ जेठ । झापा कनकाई नगरपालिका–३ का जेन्जी अगुवा युवा अभियान्ता दिवश कार्कीको नेतृत्वमा वृहत साताव्यापी सरसफाई महाअभियानको आज समापन गरिएको छ । आज सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गरी सरसफाई सचेतना अभियानको समापन गरिएको जानकारी दिइयो । कार्कीको संयोजकत्वमा एक सातासम्म भएको सरसफाईमा अभियानका २० बढी युवा, इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोली र युवा नेता रमेशचन्द्रबाबु मैनाली सहितको टोलीको सहभागिता रहेको थियो । पत्रकार सम्मेलनमा सरसफाई अभियानका क्रममा भोग्नुपरेका तिता मिठाअनुभव समेत सुनाइएको थियो । ‘यो अभियान हामीले सुरु गरिदिएका हौ । सुरुङ्गा र कनकाई नगरपालिकामा रहेका अन्य संघ संस्थाले समेत यस अभियानलाई निरन्तता दिनुपर्यो’, अभियानकर्मी दिवश कार्कीले…

Read More

भद्रपुर, ४ जेठ । झापाको भद्रपुरमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान तथा प्रस्फुटन कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेशन नेपाल तथा भद्रपुर नगरपालिकाको त्रिपक्षीय साझेदारीमा सञ्चालन भइरहेको “अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम” अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम भद्रपुर नगरपालिका समाजिक विकास शाखाको आयोजना र भद्रपुर सहयात्री संस्थाको समन्वयमा भएको हो । स्थानीय अपाङ्गता समन्वय समितिकी संयोजक तथा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । नगर प्रमुख गणेश पोखरेलले ब्यानर वाचन गरी कार्यक्रम उद्घाटन गर्नुभएको थियो भने सामाजिक विकास शाखा प्रमुख जीवनकला…

Read More

झापा, ४ जेठ । झापाबाट अवैध रूपमा भारततर्फ लैजान लागिएको स्याउ बरामद गरिएको छ । आइतबार दिउँसो करिब २ः५० बजे झापा गाउँपालिका–१ बिलाईतिबारीस्थित बारुद्धिन शेखको घरमा नेपालबाट भारततर्फ लैजानका लागि स्याउ लुकाईछिपाई राखिएको भन्ने विशेष सूचनाको आधारमा सुरक्षा निकायले छापा मारेको थियो । सशस्त्र प्रहरी बल नेपाल को बीओपी टाघनडुब्बाबाट खटिएको टोली र इलाका प्रहरी कार्यालय कुमरखोद बाट खटिएको संयुक्त टोलीले घरमा लुकाईछिपाई राखिएको बिलबिजकविहीन ५४ कार्टुन स्याउ बरामद गरेको हो । बरामद गरिएको स्याउको तौल १ हजार ८० किलोग्राम रहेको छ भने यसको अनुमानित मूल्य ३ लाख २४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

Read More