jhapaonline add

झापा, १८ साउन । प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । भक्तपुर प्रहरीले शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा उनलाई निवासबाटै पक्राउ गरेको हो । आइतबार दिउँसो पत्रकार सम्मेलन गरी उनले हिन्दु राज्य र राजसंस्था पुनर्स्थापना गर्न आन्दोलनको घोषणा गरेका थिए ।

Read More

झापा, १७ साउन । नागरिकको जीउधनको सुरक्षाका लागि खटिएको प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गर्ने एक युवकलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेल क्षेत्रमा सिक्री लुटपाट गरी फरार रहेका कर्मा तामाङलाई गएराति पक्राउ गर्ने क्रममा उनले प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेका थिए। प्रहरीमाथि आक्रमणको प्रयास भएपछि आत्मरक्षाका लागि प्रहरीले तीन राउण्ड गोली प्रहार गरेको जनाएको छ। गोली लागेर घाइते भएका तामाङको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा तामाङ विभिन्न आपराधिक घटनामा समेत संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

Read More

धनकुटा, १७ साउन । धनकुटाको चौबिसे गाउँपालिका–४ स्थितबाट जिल्ला प्रहरी कार्यालय धनकुटाले प्लास्टिकका ४८ वटा बोरामा लुकाई राखिएको ८०४ किलो गाँजा बरामद गरेसंगै छथरजोरपाटी गाउँपालिका–४ घर भई चौबिसे गाउँपालिका–४ मा होटल सञ्चालन गर्दै आएका ४० वर्षीय हरि प्रसाद ओझा र चौबिसे गाउँपालिका–४ का ३४ वर्षीय आशिष विश्वकर्मालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।

Read More

इलाम, १७ साउन l इलाम–झापा फास्ट ट्र्याकअन्तर्गत बेलासे–मूलघाट सडकखण्डमा आइतबार यात्रुबाहक बोलेरो दुर्घटनामा परेको छ। सोयाकबाट बिर्तामोडतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ज ३७०४ नम्बरको बोलेरो सडकमा पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनाका बेला गाडीमा सवार सबै यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको छ। प्रारम्भिक रूपमा वर्षायामका कारण सडक चिप्लो र जोखिमपूर्ण भएकाले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। प्रहरीले वर्षाको समयमा इलाम–झापा फास्ट ट्र्याकको बेलासे–मूलघाट सडकखण्ड विशेष जोखिमपूर्ण रहने भएकाले चालकलाई सवारी साधनको गति नियन्त्रणमा राख्न, सावधानीपूर्वक यात्रा गर्न तथा यात्रुहरूलाई समेत आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

Read More

झापा, १७ साउन । संखुवासभा र मोरङका दुई फरक स्थानबाट प्रहरीले लुकाइछिपाइ राखिएको अवस्थामा ४ थान भरुवा बन्दुक तथा बन्दुकमा प्रयोग हुने सामग्री बरामद गरेको छ। संखुवासभाको चैनपुर नगरपालिका–११ स्थित मलाटे सामुदायिक वनको भिरमा रहेको ओडारबाट प्रहरीले ३ थान भरुवा बन्दुक, १ थान सलाईको बट्टा र ५० ग्राम सलाईको बारुद बरामद गरेको हो। साउन १६ गते गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोस्ट सभाखोलाबाट खटिएको टोलीले ओडारभित्र प्लास्टिकले बेरेर लुकाइछिपाइ राखिएको अवस्थामा उक्त सामग्री फेला पारेको प्रहरीले जनाएको छ। यस्तै, मोरङको उर्लाबारी नगरपालिका–१ कट्लेस्थित श्री जनज्योति सामुदायिक वनबाट इलाका प्रहरी कार्यालय उर्लाबारीको गस्ती टोलीले १ थान भरुवा बन्दुक, उक्त बन्दुकमा प्रयोग…

Read More

झापा, १७ साउन l कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र धनकुटा जिल्लाका विभिन्न स्थानबाट लागू औषधसहित ७ जना पक्राउ परेका छन्। झापाको कनकाई नगरपालिका–२ मा इलाका प्रहरी कार्यालय सुरुङ्गा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको संयुक्त टोलीले भारतको बिहार राज्य, अररियाका २८ वर्षीय मो. एजवाल र २७ वर्षीय अझर अन्सारीलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट १०२ ग्राम ३१ मिलिग्राम ब्राउन सुगर, निटाजिन वर्गका ७ हजार ४५० ट्याब्लेट तथा ट्रामाडोल ७ हजार २०० क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ। यस्तै, मोरङको पथरीशनिश्चरे नगरपालिका–१० आदर्श टोलबाट इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे–१ निवासी २७ वर्षीय मिका खत्री र २७ वर्षीया बन्दना माखिमलाई ट्रामाडोल…

Read More

देवेन्द्र किशोर ढुङ्गाना देवानगञ्जमा गोली चल्योतर एउटा शरीर ढल्यो ,घाइते भए विश्वास,रगताम्य भए मनहरू,आँसुलेभिज्यो अनुहारहरु। पर्खालमा लेखिएका नाराहरूलेसोधिरहेका थिए—”किन भाइले भाइलाई चिन्न छाड्यो?”किन एउटा अफवाहलेदशकौँको छिमेकलाईएकै साँझ अपरिचित बनाइ दियो? हिजोसम्म एउटै इनारको पानी पिउनेहरू,एउटै खेतकोडिलमा हाँस्नेहरू,दिवालीको मिठाई र इदको सेवई साट्नेहरू,आज किनएकअर्काको नाममैडर खोज्न थाले? गोलीको आवाजभन्दा ठूलो थियोएउटी आमाको चिच्याहट,एउटा बालकको प्रश्न—”बुबा, अबहाम्रो घर पनि जल्छ?” उत्तर थिएन।थियो केवल धुवाँ,र खरानीमाथि उभिएको लोकतन्त्र। हे देवानगञ्ज!तिम्रो पीडाकुनै धर्मको होइन,यो हाम्रो साझा असफलताको ऐना हो।हिन्दूको आँसुकोरङ्ग पनि रातै हो,मुस्लिमको रगतकोरङ्ग पनि रातै हो।मानिसको मृत्युमाधर्मले शोककोसीमा कोर्दैन। जसले अफवाहकोआगो बाल्यो,उसले देशको मुटु जलायो।जसले राजनीति गर्नसमुदायलाई विभाजनको बारुद बनायो,उसले नेपालको भविष्यमाघाउ कोर्यो।…

Read More

झापा, १७ साउन । आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको छ। त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ४२ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ। शुक्रबार प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेको हो। त्यसदिन १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार ३ सय ४० रुपैयाँ रहेको थियो। यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ३ सय १५…

Read More

झापा, १७ साउन । झापाको दमक नगरपालिका–८ स्थित पूर्व–पश्चिम राजमार्गको दक्षिणतर्फ रहेको गल्लीबाट प्रहरीले अवैध रूपमा ल्याइएका कपडासहित अटो बरामद गरेको छ। इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी सहायक निरीक्षक ९प्रसनि० राजकुमार श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले शनिबार साँझ करिब ५ः४५ बजे मे १ ह ७४०१ नम्बरको रातो अटोलाई शंकाको आधारमा रोक्न खोज्दा चालक अटो छाडेर फरार भएका थिए। प्रहरीले अटोको खानतलासी गर्दा अवैध रूपमा लुकाइछिपाइ ल्याइएका विभिन्न प्रकारका कपडा र साडी बरामद गरेको जनाएको छ। बरामद कपडाको अनुमानित मूल्य १ लाख ५० हजार रुपैयाँ रहेको छ भने अटोको मूल्य २ लाख ५० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद सामान र…

Read More

झापा, १७ साउन । झापाको कनकाई नगरपालिकाबाट प्रहरीले ठूलो परिमाणमा खैरो हेरोइन र नियन्त्रित लागुऔषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिबार कन्काई नगरपालिका–२ मा लागुऔषध खरिद–बिक्री भइरहेको सूचनाका आधारमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला, कुरसाकट्टा निवासी २७ वर्षीय अझर अन्सारी र २८ वर्षीय महमद अहवाल रहेका छन्। प्रहरीले उनीहरूको साथबाट १०२ ग्राम खैरो हेरोइन, ७ हजार २०० क्याप्सुल नियन्त्रित लागुऔषध ट्रामाडोल, ७ हजार ४५० ट्याब्लेट नाइट्राभेट तथा २ थान मोबाइल फोन बरामद गरेको जनाएको छ। पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान…

Read More