jhapaonline add

झापा, २४ जेठ । देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा ९ट्रफ० तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले विभिन्न क्षेत्रमा बदली तथा वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने तराईमा आंशिक बदली भएको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली भागमा साधारणतया बदली रहने तथा मधेस प्रदेशसहित बाँकी पहाडी भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । बाँकी तराईका भागमा भने…

Read More

झापा, २२ जेठ । कानून व्यवसायी र कानूनका विद्यार्थीबीच ‘कानूनको अभ्यासमा एआईको प्रयोग’ विषयक अन्तरक्रिया आज झापाको भद्रपुरमा सम्पन्न भएको छ । कानूनी ज्ञान केन्द्र भद्रपुरको आयोजना र मनमोहन इष्टिच्युट अफ ल विराटनगरको सहकार्यमा अन्तरक्रिया आयोजना गरिएको थियो । अन्तरक्रियामा ईन्जिनिर प्रकाश कोइरालाले कानूनको अभ्यासमा कसरी एआई उपयोगी सक्छ भन्ने प्रस्तुति दिएका थिए । आईटी विज्ञ कोइरालाले एआई परिचय, यसले गर्ने काम, उपयोगिता, सकारात्मक तथा नकारात्मक प्रभावलगायतका विषयमा जानकारी दिएका थिए । उनले कानून व्यवसायी तथा विद्यार्थीले एआईको प्रयोगबाट अधिकतम् फाइदा लिन सक्ने बताए । विज्ञ कोइरालाले कसरी सिर्जनशील कार्यमा उपयोगी हुन सक्छ भन्ने विषयमा प्रस्ट पारेका थिए । कोइरालाले…

Read More

चारपाने, २२ जेठ । नेपाल दशनामी समाज बिर्तामोडको आयोजनामा तीन दिने उद्घोषण तालिम शुरु भएको छ । नगरका दशनामीहरुमा क्षमता अभिबृद्धिसहित नेतृत्व विकास गर्ने उदेश्यले आजदेखि तीन दिने उद्घोषण तालिम आयोजना गरिएको हो । जेठ २२, २३ र २४ गतेसम्म सञ्तालन हुने तालिमको उद्घाटन नेपाल दशनामी समाज कोशी प्रदेश अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि पदमबहादुर पुरी (प्रकाश( र विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले संयुक्त रुपमा गरेका छन् । तालिममा प्रशिक्षक नेपाल दशनामी समाज महिला समितिकी केन्द्रिय सचिव तारा गिरी रहेकी छिन् । नेपाल दशनामी समाज बिर्तामोडका अध्यक्ष खड्गराज गिरीको अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि…

Read More

अर्जुनधारा, २२ जेठ । झापाको अर्जुनधारा नगरपालिका–४ मा निःशुल्क आँखा शिविर आयोजना गरिएको छ । ‘सबैका लागि आँखा स्वास्थ्य र दृष्टि’ भन्ने नाराका साथ आज निःशुल्क आँखा शिविर आयोजना गरिएको हो । अर्जुनधारा–४ का वडाध्यक्ष अम्बरबहादुर कटुवालको अध्यक्षता एवम् अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव सिंह गोम्देनको प्रमुख आतिथ्यमा आयोजित शिविरमा २२४ जनाले सेवा लिएका छन् । बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा र अर्जुनधारा नगरपालिका, अर्जुनधारा वडा नम्बर ४ को कार्यालय र दहीझोडा सामुदायिक वनको संयुक्त आयोजनामा भएको आँखा शिविरमा ५८ जनालाई निःशुल्क चस्मा समेत वितरण गरिएको थियो । शिविरमा आँखा प्राविधिक बिनोद दाहालले आँखा परीक्षण गर्नुभएको थियो । परीक्षणका क्रममा दुई…

Read More

बिर्तामोड, २२ जेठ । झापाको बिर्तामोड नगरपालिका–७ स्थित सहिद नेत्रपार्क खेल मैदानमा वडास्तरीय टि–१० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । खेलकुद विकास समिति बिर्तामोड नगरपालिका–७ को आयोजनामा यही जेठ २४ र २५ गते वडास्तरीय टि–१० क्रिकेट प्रतियोगिता हुने भएको हो । खेलकुद विकास समिति बिर्तामोड–७ का अध्यक्ष दीपक कार्कीको अध्यक्षता एवम् वडाध्यक्ष अविरलकृष्ण खरेलको प्रमुख आतिथ्यमा आज शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिनुहुँदै आयोजक समितिका विपिन कार्कीले क्रिकेट खेलको प्रवद्र्धनका साथै नगर क्षेत्रमा सम्भावना बोकेका खेलाडीहरूको पहिचान र प्रवर्धनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो । प्रतियोगितामा विजेता टिमले नगद ३० हजार र उपविजेताले नगद २० हजार…

Read More

झापा, २२ जेठ । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित काली मन्दिर नजिक हिले खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो करिब २ः१० बजे स्थानीय ४४ वर्षीय सागर भनिने डम्बर हस्दाले आफ्नै घरबाट बिजुलीको तार लगेर खोलामा करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा करेन्ट लाग्दा पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी बुट्टाबारी तथा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक प्रवीण श्रेष्ठको कमाण्डमा टोली घटनास्थल पुगेको थियो । प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको…

Read More

झापा, २२ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले कार्यसम्पादनमा कमजोर देखिएका तीन मन्त्रीलाई हटाउने तयारी थालेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको मूल्यांकनका आधारमा बजेट पारित भएपछि मन्त्रिपरिषद् हेरफेर हुन सक्ने स्रोतले जनाएको छ। प्रधानमन्त्री सचिवालयका अनुसार स्वास्थ्यमन्त्री निशा मेहता, कृषिमन्त्री गीता चौधरी र उद्योगमन्त्री गौरीकुमारी यादव को कार्यसम्पादन सन्तोषजनक नरहेको निष्कर्ष निकालिएको छ। यस्तै, सरकारको सयबुँदे कार्यसूचीका आधारमा सचिवहरूको पनि मूल्यांकन भइरहेको र पाँच सचिवको जिम्मेवारी हेरफेर गर्नुपर्ने अवस्था देखिएको प्रधानमन्त्री कार्यालयका एक सहसचिवले बताएका छन्। प्रधानमन्त्री कार्यालयले १७ मन्त्रालयसहित विभिन्न सरकारी निकायको कार्यसम्पादन, माइलस्टोन र सार्वजनिक गुनासाको अध्ययन गरी अन्तिम प्रतिवेदन तयार पारिरहेको जनाएको छ। प्रतिवेदन बुझिएपछि कार्यान्वयन प्रक्रिया…

Read More

झापा, २२ जेठ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ८५ पैसा र बिक्रीदर २०६ रुपैयाँ ६५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९४ रुपैयाँ २० पैसा र बिक्रीदर १९४ रुपैयाँ ९६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६९ पैसा,…

Read More

झापा, २२ जेठ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि अन्तिम पटकका लागि आगामी जेठ २८ गते राति १२ बजेसम्म कायम गरेको छ । पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठक पार्टीका महामन्त्री तथा समितिका संयोजक प्रदीप पौडेल को अध्यक्षतामा शुक्रबार पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको थियो । बैठकले पछिल्ला दिनहरूमा देशभर क्रियाशील सदस्यता अद्यावधिकको कार्य उत्साहजनक रूपमा अगाडि बढिरहेको निष्कर्ष निकाल्दै विभिन्न तहबाट समय अपुग भएको जानकारी प्राप्त भएकाले म्याद थप गर्ने निर्णय गरिएको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो । समितिका अनुसार सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयबमोजिम क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि जेठ २८…

Read More

झापा, २२ जेठ । मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा ९ट्रफ० तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा बदली र वर्षा हुनसक्ने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा सुदूरपश्चिम प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाले आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भेगमा साधारणतया बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली…

Read More