
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १४ साउन । झापाको भद्रपुर नगरपालिका–४, मायालु वन क्षेत्रमा हात्तीबाट बाली जोगाउन लगाइएको विद्युतीय तारबार फेरि एक जनाको ज्यान लिने मुख्य कारण बनेको छ । हात्तीको त्रासबाट खेतबारी जोगाउने उद्देश्यले लगाइएका अवैध विद्युतीय तारहरू अहिले मानिसकै लागि घातक बन्दै गएका छन् । बुधबार बिहान करिब ९ बजे भद्रपुर–४ मायालु वन क्षेत्रमा ६५ वर्षीया ज्योती लिम्बू आफ्नै बारीमा हात्ती धपाउन जडान गरिएको नाङ्गो विद्युतीय तारमा छोएपछि करेन्ट लागेर ढल्नु भएको थियो। केही समयपछि बुहारी सविता खड्काले उनलाई लडिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रन्जन अवाका अनुसार घटनाको विषयमा आवश्यक अनुसन्धान सुरु गरिएको…
झापा, १४ साउन । स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ भने चाँदीको भाउ घटेको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा रु ८०० ले बढेको छ भने चाँदी रु १० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३१० कायम भएको छ । हिजो छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार दुई सय र त्यति नै परिमाणको चाँदी रु चार हजार ३२० कायम भएको थियो । गत मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार २००…
मोरङ र झापाबाट ब्राउन सुगर, गाँजा र भरुवा बन्दुकसहित ६ जना पक्राउ झापा, १४ साउन । मोरङ र झापाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध, गाँजा र अवैध भरुवा बन्दुकसहित ६ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मोरङको रतुवामाई नगरपालिका–२ हरुचोकबाट इलाका प्रहरी कार्यालय डोरियाको टोलीले रतुवामाई–८ निवासी २३ वर्षीय समिर कट्वाल र २३ वर्षीय समिर भुजेललाई ६५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो। यस्तै विराटनगर महानगरपालिका–४ स्थित विराटनगर विमानस्थलमा कार्गो सामानको जाँचका क्रममा Expoxpress कुरियर मार्फत विराटनगरका राघव झाले काठमाडौंको तारकेश्वर–मनमैजु निवासी अशोक विश्वकर्माका नाममा पठाएको जुत्ताभित्र लुकाइएको १८ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। सोही…
विराटनगर, १४ साउन । मोरङको विराटनगर विमानस्थलबाट ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–५ निवासी २४ वर्षीय सुशान्त खड्का रहेका छन्। प्रहरीका अनुसार साउन १३ गते बेलुका करिब ७ बजे विमानस्थल सुरक्षार्थ खटिएको टोलीले प्रस्थान केन्द्रको एक्स–रे (X-Ray) मेसिन मार्फत कार्गो सामान जाँच गर्ने क्रममा शंकास्पद वस्तु फेला पारेको थियो। एक्स्पो एक्सप्रेस (Expo Xpress) कुरियर मार्फत विराटनगर–९ महेन्द्रचोकका राघव झाको नामबाट काठमाडौं पठाउन लागिएको स्पोर्ट्स जुत्ताभित्रको सोलमा प्लास्टिकमा पोको पारेर लुकाइएको अवस्थामा १८ ग्राम ४८ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ। लागूऔषध बरामद भएसँगै ओसारपसारमा संलग्न रहेको आरोपमा कुरियरकर्ता सुशान्त खड्कालाई विमानस्थलबाटै पक्राउ गरिएको…
झापा, १४ साउन । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल संरचनालाई समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढाएको छ। बुधबार बसेको सञ्चालक समिति बैठकले १५ दिनभित्र नयाँ महसुल प्रस्ताव तयार गर्ने जिम्मेवारीसहित समिति गठन गरेको हो। सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित समितिले हालको महसुल संरचनाको समीक्षा गर्दै गार्हस्थ्य उपभोक्तालाई थप सहुलियत र उत्पादनमूलक उद्योगलाई सहज दरमा विद्युत् उपलब्ध गराउने विषयमा सुझाव दिनेछ। समितिको प्रतिवेदनका आधारमा नयाँ महसुल निर्धारणका लागि विद्युत् नियमन आयोगसमक्ष प्रस्ताव पठाइने प्राधिकरणले जनाएको छ। यस्तै, बैठकले विगतका खरिद प्रक्रिया, सञ्चालनमा रहेका परियोजना तथा उजुरीहरूको अध्ययन गर्न सञ्चालक समिति सदस्य शम्भु केसीको संयोजकत्वमा अर्को छानबिन समिति पनि गठन…
झापा, १४ साउन । झापाको बिर्तामोड नगरपालिका–५ पुरानो भद्रपुर रोडमा आज बिहान भएको आगलागीमा तीनवटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने अन्य तीन घरमा आंशिक क्षति पुगेको छ। इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार बिहान करिब ४ः१५ बजे गणेश पोखरेलको काठको दुईतले घरबाट आगलागी सुरु भएको जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक लोकबहादुर दियालीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । शनिश्चरे बेस क्याम्पबाट समेत सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो । बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाका दमकल तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बिहान ५ः४० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । प्रारम्भिक अनुसन्धानका…
झापा, १३ साउन । राष्ट्रिय युवा संघ नेपाल झापाको अध्यक्षमा बिशन लिम्बू चयन भएका छन्। मंगलबार बिर्तामोडमा सम्पन्न संघको पाँचौं विस्तारित बैठकले लिम्बूको अध्यक्षतामा ८४ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो। निर्माण तथा कपडा व्यवसायमा संलग्न लिम्बू सामाजिक र खेलकुद क्षेत्रमा समेत सक्रिय छन्। उनी हाल नगर खेलकुद विकास समिति बिर्तामोडका सचिव तथा झापा गोल्डकपका कार्यसमिति सदस्यका रूपमा कार्यरत छन्। नवनिर्वाचित जिल्ला कमिटीको उपाध्यक्षमा उमेश मिश्र, सचिवमा सुलभ भण्डारी तथा सहसचिवमा सङ्गीता खतिवडा र एसके लिम्बू चयन भएका छन्। कोषाध्यक्ष पद भने पछि चयन गरिने जनाइएको छ। कार्यक्रम राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज खगेन्द्रराज आङदम्बेको प्रमुख…
झापा, १४ साउन । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी आठौँ त्रिकोणात्मक शृङ्खलामा नेपाल जितविहीन बनेको छ। बुधबार युट्रेच्टमा सम्पन्न आफ्नो अन्तिम खेलमा नेपाल घरेलु टोली नेदरल्यान्डसँग ५७ रनले पराजित भएको हो। नेदरल्यान्डले दिएको २२६ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभरमा सबै विकेट गुमाउँदै १६८ रनमा समेटियो। नेपालको ब्याटिङ फेरि एकपटक अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा टोली लगातार चौथो हार बेहोर्न बाध्य भयो। नेपालका लागि आसिफ शेखले सर्वाधिक ३८ रन बनाए। कप्तान रोहित पौडेलले २६ तथा करण केसीले २३ रनको योगदान दिए। तर अन्य ब्याट्सम्यानले ठूलो इनिङ्स खेल्न नसक्दा नेपाल लक्ष्यभन्दा धेरै पछाडि रह्यो। नेदरल्यान्डका काइल क्लाइनले तीन विकेट…
झापा, १४ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ । मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भू–भागका थोरै स्थानमा मध्यमसम्मको…
बिर्तामोड, १३ साउन । बिर्तामोड नगरपालिकाले ‘लागुऔषधविरुद्ध झापा अभियान’ अन्तर्गत नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयलाई सचेतनामूलक पोस्टर वितरण गर्दै विद्यालय केन्द्रित अभियानलाई तीव्र बनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाको सहकार्य तथा बिर्तामोड नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) वसुन्धरा खड्काले नगर प्रमुख पवित्रा महतारा प्रसाईलाई पोस्टर हस्तान्तरण गर्नुभयो। त्यसपछि ती पोस्टर विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूलाई वितरण गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख प्रसाईले लागुऔषधमुक्त समाज निर्माणका लागि जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा सामाजिक संघसंस्थाबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले जिल्लाका १५ वटै स्थानीय तहले यस्ता अभियानलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने उल्लेख गर्दै लागुऔषध नियन्त्रणमा नेपाल प्रहरीले…