jhapaonline add

बिर्तामोड, ७ मंसीर । झापाको बिर्तामोड–२ चारपानेमा मूल कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९ औं वार्षिक साधारण सभामा आगामी पुस २१ गते हुने भएको छ । संस्थाको गत कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले २९ औं साधारणसभा अन्तरगत पुस १ गतेदेखि इकाइगत सभा शुरु गरी पुस २१ गते अन्तिम माइन्युट प्रमाणिकरण भेला गर्ने निर्णय गरेको छ । यस्तो छ साधारण सभा सम्बन्धी सूचना सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमूल कार्यालय, बिर्तामोड – २, चारपाने, झापा२९औं वार्षिक साधारण सभा सम्बन्धी सूचना उपरोक्त सम्बन्धमायस संस्थाको मिति २०८२÷०७÷२५ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकको निर्णय…

Read More

बिर्तामोड, ७ मंसीर । झापाको बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको रामजानकी बचत तथा ऋण सहकारी संस्थाको १७ औं साधारण सभा मङ्सिर २७ गते हुने भएको छ । संस्थाको कार्तिक १५ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार १७औं वार्षिक साधारणसभा अन्तरगत सबै सेवा केन्द्रमा मङ्सिर २५ गते इकाइगत सभा हुने संस्थाका व्यवस्थापक शुक्र राज भण्डारीले जानकारी दिनुभयो । मङ्सिर २७ गते अन्तिम माइन्युट प्रमाणीकरण हुने संस्थाका उहाँले बताउनुभयो ।

Read More

झापा, ७ मंसीर । देशको मौसममा पश्चिमी वायुको प्रभाव हटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसअघि गत शुक्रबार बिहानदेखि हिजो शनिबार बिहानसम्म नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव थियो। अहिले भने मुलुकमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ८ बजे दिएको जानकारीअनुसार आज दिउँसो कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। यस्तै आज राति कोसी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। आज काठमाडौँ उपत्यकामा पनि मौसम आंशिक बदलीदेखि मुख्यतया सफा…

Read More

झापा, ७ मंसीर । झापाको मेचीनगर नगरपालिका–१५ हेल्दुबारीस्थित भित्रि सडक खण्डमा शनिबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । भद्रपुरबाट इटाभट्टा तर्फ जाँदै गरेको प्र.१–०१–०१३ प. ३३३६ नम्बरको मोटरसाइकलले सडक किनारमा रोकिराखिएको प्र. १–०१–००१ त. ९९७७ नम्बरको ट्र्याक्टरलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक सोही स्थानका ३८ वर्षीय बिनोद राउत र पछाडि सवार २१ वर्षीय निश्चल भुजेल दुबै जना गम्भीर घाइते भएका थिए । उनीहरूलाई प्रारम्भिक उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा लगिएको थियो । त्यहाँ उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा रेफर गरिएकोमा साँझ ७ः४५ बजे…

Read More

गौरीगञ्ज, ६ मंसीर । झापाको गौरीगञ्ज गाउँपालिका–१ कुञ्जिबारी बजारमा आज दिउँसो बिउबिजनको व्यापार गरिरहेका ७२ वर्षीय सम्पतलाल राजवंशी अचानक चक्कर आएर बेहोस भएका थिए । उनीलाई तत्काल उपचारका लागि दमक अस्पताल पुर्‍याइएको थियो । तर, साँझ ४ः३५ बजे उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका छन् । घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा खटिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, ६ मंसीर । आज दिउँसो वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले मेचीपुल क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्रीलाई चेकजाँच गर्ने क्रममा लागुऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। मेचीनगर–१२ नयाँ बस्तीका २७ वर्षीय सुनिल विश्वकर्माले मलद्वारभित्र प्लास्टिकका ७ पोका लुकाएर ल्याएको ब्राउन सुगर जस्तो देखिने पदार्थ ६ ग्राम ७७० मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका विश्वकर्मालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ।

Read More

झापा, ६ मंसीर । नेपाली कांग्रेस केन्द्रीय समितिको आज बसेको बैठकले वर्तमान राजनीतिको उचित निकास निर्वाचन नै भएको ठहर गर्दै आउँदो निर्वाचनमा भाग लिने निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्नुहुँदै पार्टी प्रवक्ता प्रकासशरण महतले आउँदो माग ११ गते हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ गतेलाई तय भएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय भएको बताउनुभयो । प्रवक्ता महतले निर्वाचनमार्फत नै संविधानको रक्षा तथा जेन्जी आन्दोलनका क्रममा उठाइएका आवाजलाई संस्थागत रूपमा अगाडि बढाउन सकिन्छ भन्ने दृढ विश्वास रहेको पनि बताउनुभयो । यस्तै बैठकले निर्वाचनका लागि भयरहित वातावरण अपरिहार्य रहेको भन्दै तत्काल शान्ति सुरक्षामा सुधार ल्याउन,…

Read More

झापा, ६ मंसीर । करेन्ट लगाएर माछा मार्ने क्रममा झापाको गौरादहमा एक जनाको मृत्यु भएको छ । आज दिउँसो १२ः२० बजे गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकाको सिमानामा पर्ने रामचन्द्रे खोलामा करेन्ट लगाएर माछा मार्दा गौरादह ६ आरतीनगर बस्ने ५० वर्षीय रामकुमार ताजपुरियाको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नो घरदेखि २०० मिटर उत्तर–पश्चिम रामचन्द्रे खोलामा घरको २२० भोल्ट लाइनको तार जोडी माछा मार्ने क्रममा तार सर्ट भई करेन्ट लाग्दा उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । खोलामा मृत अवस्थामा उनकी श्रीमती फूलकुमारी ताजपुरियाले देखेर प्रहरीलाई खबर गरेकी थिइन् ।

Read More

झापा, ६ मंसीर । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ २२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३८ पैसा, क्यानेडियन…

Read More

सुनसरी, ६ मंसीर । जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रतिबन्धित लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । मंसिर ५ गते गस्तिमा खटिएको प्रहरी टोलीले इनरुवा–४ स्थित भित्री सडक खण्डबाट प्र १–०२–००४ ह १७७६ नम्बरको सिटी सफारीमा लुकाई छिपाई लैजाँदै गरेको १० किलोग्राम ५४० ग्राम गाँजासहित सिटी चालक हरिनगर–४ का अजमल अंसारी र सिटीमा सवार अमिर अंसारीलाई नियन्त्रणमा लिएको हो । यता, प्रहरी चौकी घुस्किहाटले हरिनगर–७ बाट बोरामा बेबारीसे अवस्थामा राखेको १२ किलोग्राम १३० ग्राम लागू औषध गाँजा फेला पारेको छ । लागुऔषधसहित पक्राउ परेका दुबै जनामाथि कानूनी कारबाही भइरहेको छ भने बेबारीसे गाँजा सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ…

Read More