
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
कनकाई, २३ जना । झापाको कनकाई नगरपालिका वडा नम्बर १ ले वडावासीलाई विद्युतीय चुलो वितरण गरेको छ । कनकाई नगरपालिकाको कार्यालय परिसरमा आज आयोजित एक संक्षिप्त कार्यक्रममा वडाले यहाँका ८६ जनालाई विद्युतीय चुलो वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि आशा शर्मा शिवाकोटीले लाभग्राहीलाई चुलो हस्तान्तरण गर्नुभयो । उपप्रमुख शिवाकोटीले प्राथमिकताका आधारमा चुलो वितरण गरिएको बताउनुभयो । अर्को पटक समेत चुलो आउने र नपाउने नगरवासीलाई वितरण गरिने उपप्रमुख शिवाकोटीले बताउनुभयो । सरकारले एलपी ग्यास आयातको प्रतिस्थापन गरी स्वदेशमै उत्पादित विद्युतको खपत बढाउन विद्युतीय चुलो वितरण कार्यलाई प्राथमिकतामा राखेको उपप्रमुख सुवाकोटीले बताउनुभयो । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुहुँदै कनकाई नगरपालिका वडा नम्बर…
झापा, २३ असार । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट घोषित भएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था बबरमहल काठमाडौँले हाम्रो नेपाल साकोसलाई उत्कृष्ट घोषणा गर्दै आइतबार प्रसंशापत्र प्रदान गरेको छ । देशभरका एक हजार सात सय साझेदार संस्थामध्ये हाम्रो नेपाल उत्कृष्ट भएको घोषणासहित २४ औँ साधारणसभामा सो वित्तीय संस्थाले प्रसंशापत्र प्रदान गरेको हो । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, सो वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पाठक, प्रमुख कार्यकारी शिवरामप्रसाद कोइराला लगायतले हाम्रो नेपालका अध्यक्ष भवानीप्रसाद दङ्गाललाई संयुक्त रूपमा फूलमाला, खदा, अविरसहित प्रशंसापत्र हस्तान्तरण गर्नुभएको हो । कारोबारको आधारमा उत्कृष्ट घोषणा भएको हाम्रो…
लमजुङ, २३ असार । लमजुङको बेँसीसहर नगरपालिका–९ बिम्दाबेँसीका सेवा निवृत्त भारतीय सेनाका सुवेदार गोपीप्रसाद गुरुङलाई अझै पनि २१ वर्षे उमेरमा पहिलो छुट्टीमा घर फर्किएको दिन झल्झली सम्झना आउँछ। त्यतिबेला उनका बुवा, छरछिमेकी र गाउँलेहरू नाल्माको सित्तलेस्वाँरामा विमानस्थल खन्न जुटेका थिए। विसं २०२१/२२ मा सुरु भएको यो सपना ६ दशक बितिसक्दा पनि अधुरै छ। स्थानीयको श्रमदान, उत्साह र सरकारी आश्वासनबीच विमानस्थलको निर्माण कहिले बजेटको अभावमा, कहिले राजनीतिक प्राथमिकताको अभावमा रोकिएको छ। स्थानीयले श्रमदानमार्फत मैदान खनेका थिए। तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य श्रीकान्त अधिकारीले रु ३,३०० मा मौखिक ठेक्का दिएका थिए। त्यसपछि विभिन्न गाउँबाट सामल, गल, गैंती, कोदालो बोकेर गाउँलेहरू जुटेका थिए। विसं…
झापा, २३ असार । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले चार वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कार्यालयले कालो सूचीमा राखेको हो । एक वर्षको लागि कालो सूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने पनि कार्यालयले जनाएको छ। यी हुन् कालोसूचीमा परेका कम्पनीहरु
झापा, २३ असार । एक २३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पाल्पाबाट ६२ वर्षीय बृद्ध पक्राउ परेका छन् । बलात्कार आरोपमा तानसेन नगरपालिका–१० तेल्घाका ६२ वर्षीय ताराबहादुर कार्कीलाई प्रहरीले पक्रा गरेको हो । जिप्रका पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लका अनुसार कार्कीले पाल्पाकै २३ वर्षीया युवतीलाई असार २० गते शुक्रबार जबरजस्ती करणी गरेको पीडित युवतीको आमाले दिएको जाहेरीका आधारमा उनलाई आइतबार पक्राउ गरिएको छ । तानसेन नगरपालिका–४ लहरेपीपलबाट प्रहरीले कार्कीलाई नियन्त्रणमा लिइएको र जिल्ला अदालत पाल्पाबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कञ्चनपुर, २३ असार । वर्षायामको सुरुवातसँगै कञ्चनपुरका थारु समुदायको भान्सामा विशेष स्थान ओगट्ने फुटकी च्याउ अब स्वादभन्दा पनि सम्झनामा सीमित बन्न थालेको छ। सालका वन क्षेत्रमा डढेलो लागेको वर्ष प्रशस्तै पाइने यो मौसमी च्याउ अहिले दुर्लभ बन्दै गएको छ। स्थानीय हवलदार चौधरीका अनुसार, “वर्षात सुरु भएपछि महिला र बालबालिकाको हुल वनतिर लाग्थ्यो, तर अहिले त्यो दृश्य विरलै देखिन्छ।” वन प्रवेशमा कडाइ, जलवायु परिवर्तन र मानवीय चापका कारण फुटकी लोपोन्मुख अवस्थामा पुगेको छ। सामुदायिक वनमा अनुमति आवश्यक र निकुञ्ज क्षेत्रमा प्रवेश निषेध हुँदा लुकीचोरी जानेले समेत च्याउ भेट्न छाडेका छन्। स्थानीय भाषामा ‘पटपुरा’ भनिने फुटकी थारु समुदायमा झोलयुक्त तरकारीदेखि अचार, सेकुवा,…
झापा, २३ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै, भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार पनि देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशको धेरै स्थानहरूमा तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी…
बिर्तामोड, २२ असार । पत्रकार अम्बिका भण्डारी एक लाख राशिको ‘नारी सञ्चार साधना पत्रकारिता पुरस्कार’बाट सम्मानित भएकी छन् । नारी सञ्चार गृह झापाले आज आयाजना गरेको पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रममा पत्रकार भण्डारीलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी एक लाख १ हजार रहेको छ । प्रमुख अतिथि बिर्तामोडकी नगरप्रमुख पवित्रा महतरा प्रसाईले भण्डारीलाई पुरस्कार प्रदान गरेकी थिइन् । पत्रकारिताको माध्यमबाट समाजमा पुर्याएको योगदानको कदरस्वरुप पत्रकार भण्डारीलाई सम्मान गरिएको हो । राष्ट्रिय समाचार समिति झापाकी विशेष समाचारदाता, लोकतन्त्र पोस्ट अनलाइनकी सम्पादक भण्डारी नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिकी उपाध्यक्ष, प्रेस चौतारी नेपालकी पूर्व केन्द्रीय सदस्य समेत हुन् ।…
बिर्तामोड, २२ असार । कोचिला राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा ममता ताजपुरिया राजबंशी चयन भएकी छन् । शनिबार दमकमा सम्पन्न अधिवेशनबाट ममता अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् । समितिको बरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र राजबंशी, उपाध्यक्षमा क्रमश: सुलोचना राजबंशी, तारा ओझा राजबंशी, आसिराम राजबंशी, महासचिवमा पुकारचन्द्र सिंह राजबंशी, उपमहासचिवमा क्रमश: मनोज कुमार राजबंशी, अत्यानन्द राजबंशी, प्रल्हाद चन्द्रबंशी र कोषाध्यक्षमा हिरा राजबंशी सहित ६५ सदस्यीय समिति चयन भएको हो | त्यसैगरी ईन्चार्जमा पुर्ण प्रसाद राजबंशी, सह-ईन्चार्जमा क्रमश: कृति कुमार राजबंशी, रणकुमार राजबंशीलाई जिम्मेवारी तोकिएको निर्वाचन समितिका संयोजक बिश्वनाथ राजबंशीले जानकारी दिए | नयाँ समिति लाई प्रमुख अथिति तथा पार्टीका केन्द्रिय सदस्य साबित्री कुमार काफ्ले…
बिर्तामोड, २२ असार । नेपाली कांग्रेसले पटक–पटकको धोखा र एमालेको बेइमानीका कारण झापामा सत्ता साझेदार दलबीचको सहकार्य हुन नसक्ने चेतावनी दिएको छ । नेपाली काँग्रेस अर्जुनधारा नगरसमितिको आज बसेको आकस्मिक बैठकले नेकपा एमालेसंगको राजनीतिक संयन्त्रमा अबउप्रान्त कुनै सहकार्य नगर्ने निर्णय गरेको हो । सरकार संयुक्त भएपनि एमालेले एकलौटी शासन चलाई नेपाली कांग्रेसका नेता कार्यकर्तामाथि दमन गरिरहेको भन्दै नेपाली कांग्रेस अर्जुनधारा नगर समितिले यस्तो निर्णय गरेको नगर सभापति हेमराज खरेलले जानकारी दिए । नेकपा एमालेका नेताहरुले बोलीमा एउटा कुरा र ब्यवहारमा अर्कै काम गर्दै आएपछि दुईदलको जिल्लास्तरीय राजनैतिक संयन्त्रको बैठक समेत लामो समयदेखि बस्न सकेको छैन । पछिल्लो समय अर्जुनधारा ५…