
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ७ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा कायम गरिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८० रुपैयाँ ०१ पैसा रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०७ रुपैयाँ १४ पैसा र बिक्रीदर २०७ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर १९५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ १६ पैसा तथा…
झापा, ७ जेठ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बुधबार केही जिल्लामा भारी वर्षा समेत भएको थियो । आज दिउँसो कोशीलगायत, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । साथै मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको तराई भू–भाग र बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र बाँकी…
शिवसताक्षी, ६ जेठ । झापाको शिवसताक्षी–११ स्थित दुधे रंगशालामा जारी चौथो स्वर्गीय कर्णबहादुर नेम्वाङ स्मृति भेट्रान फुटबल प्रतियोगिता २०८३ अन्तर्गत बुधबार भएको खेलमा बिर्तामोड भेट्रानले पथरी शनिश्चरे भेट्रानलाई ट्राइब्रेकरमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय ट्राइब्रेकरमार्फत गरिएको थियो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा बिर्तामोड भेट्रान भाग्यमानी सावित भयो । ट्राइब्रेकरमा बिर्तामोडका गोलकिपर मीन बस्नेत नायक बने । उनले विपक्षी टोलीका दुई महत्वपूर्ण प्रहार बचाउँदै टोलीलाई जित दिलाए । उत्कृष्ट प्रदर्शन गरेका बस्नेत खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए । यता दोस्रो खेल दुधे भेट्रान रातो र कनकाई…
भद्रपुर, ६ जेठ । झापाको भद्रपुर नगरपालिका–३ भाङबारी फलामेपुल क्षेत्रमा प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । आज दिउँसो करिब २ः२० बजे प्रहरी चौकी मेचीपारीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुई जनामाथि शंका लागेर चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा भद्रपुर नगरपालिका–२ का २९ वर्षीय दिपेन्द्र ठटाल र गौरीगञ्ज गाउँपालिका–२ का ३५ वर्षीय असन राईले लगाएको जिन्स पाइन्टको खल्तीमा लुकाइछिपाइ ल्याउँदै गरेको लागुऔषध ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उक्त पदार्थ प्लास्टिकसहित तौल गर्दा ६ ग्राम १४० मिलिग्राम तथा प्लास्टिक बाहेक ६ ग्राम ०७० मिलिग्राम रहेको बताइएको छ…
झापा, ६ जेठ । झापाको कचनकवल गाउँपालिका–५ डागाँबारीमा आगलागी हुँदा दुईवटा घर तथा भान्सा पूर्ण रूपमा जलेर नष्ट भएको छ । आज दिउँसो स्थानीय मैरदिन मियाँको घरमा विद्युत् तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीबाट टिनको छाना र प्लास्टिकले बनाइएको भान्सा घर पूर्ण रूपमा जलेको छ । भान्सा घरमा रहेको अन्नपात, भाडाकुँडा, दाउरा लगायतका सामग्री जलेर करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगो फैलिँदा मैरदिन मियाँका दाजु मैनुदिन मियाँको मूल घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । उक्त घरभित्र रहेको अन्नपात, चामल, लत्ताकपडा, नगद, जिन्सी सामान, सुनचाँदी, भाडाकुँडा तथा काठसमेत…
झापा, ६ जेठ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेबाट गर्न/गराउन निर्देशन दिएको छ । मन्त्रालयले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा ९एसइई०को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा ११ को पठनपाठन सञ्चालनका लागि समय निर्धारण गरेको हो । मन्त्रालयको सो निर्णयबारे शिक्षा, तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्राचार गरी आज जानकारी गराएको छ ।
झापा, ६ जेठ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको छ । न्यायाधीश महेश शर्मा पौडेलको इजलासले आज हाल जिल्ला प्रहरी परिसर भक्तपुरमा रहेका प्रसाईँको हकमा अधिवक्ता आशिष लुइँटेलले दायर गर्नुभएको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमा सो आदेश दिएको हो । आदेशमा भनिएको छ, “आधार र कारणसहित बाटोको म्यादबाहेक सूचना म्याद पाएको मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु ।”
सुनसरी, ६ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धार्मिक पर्यटनको हिसाबले सुनसरी क्षेत्र महत्त्वपूर्ण एवं ऐतिहासिक भएको बताएका छन्। सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित सिटीहल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले धार्मिक तथा पर्यटकीय दृष्टिले सुनसरी पूर्वी नेपालको महत्वपूर्ण स्थान रहेको बताए । धार्मिक पर्यटन प्रवर्द्धन कार्यक्रमलाई कोशी प्रदेश सरकारले प्राथमिकता दिएको स्पष्ट गर्दै उनले सङ्घीय सरकारको मातहतमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षण व्यवस्थापनको जिम्मवारी प्रदेश सरकारलाई दिनुपर्ने धारणा व्यक्त गरे । सोही क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने सङ्घीय सांसद इन्जिनियर दीपककुमार साहले जुन उद्देश्यका साथ सिटीहल निर्माण भएको हो सोहीअनुसार प्रयोग हुनुपर्नेमा जोड दिए । कोशी गाउँपालिकाका प्रमुख ऐयुव अन्सारीको अध्यक्षतामा…
मेचीनगर, ६ जेठ । झापाको मेचीनगर नगरपालिका–६ भट्टराईचोकस्थित नेहा बेकरी अगाडि घाइते अवस्थामा फेला परेको जंगली गौर प्रजातिको साँढे गोरुको मृत्यु भएको छ। स्थानीय बासिन्दाले बुधबार बिहान करिब ७ः३० बजे घाइते अवस्थामा सडक छेउमा सुतिरहेको गोरु देखेपछि इलाका प्रहरी कार्यालय काँकरभिट्टा मार्फत डिभिजन वन कार्यालय झापा लाई जानकारी गराएका थिए। जानकारीपछि वन कार्यालयको टोली पुग्नुअघि बिहान करिब ८ः३० बजे उक्त गोरुको मृत्यु भएको प्रहरीले जनाएको छ। पछि डिभिजन वन कार्यालय धाइजनको टोली घटनास्थलमा पुगेर मृत गोरुलाई व्यवस्थापन तथा सतगतका लागि लगेको बताइएको छ।
झापा, ६ जेठ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छलि गरी नेपाल ल्याइएको करिब रु। २ लाख ६१ हजार ६ सय बराबरको लेडिज कपडा बरामद गरेको छ। मंगलबार साँझ मेचीनगर नगरपालिका–६ हनुमान मन्दिर अगाडि प्रहरीले चेकजाँचका क्रममा ८१ हजार ६ सय बराबरको कपडा बरामद गरेको थियो । त्यसैगरी सोही राति मेचीनगर–४ प्रसाद गौडाँगी क्षेत्रमा प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको टोलीले थप १ लाख ८० हजार बराबरको लेडिज कपडा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ । बरामद गरिएको सम्पूर्ण सामान आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टा पठाइएको प्रहरीले जनाएको छ।