
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ३० असोज । नेपाल राष्ट्र बैंकले आज लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। तर, अस्ट्रेलियन डलरसहित केही मुद्रा भने महँगिएका नेपाल राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ ६३ पैसा र बिक्रीदर १४१ रुपैयाँ २३ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा थियो। आज युरो १ को खरिदर १६३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६४ रुपैयाँ २३ पैसा छ। हिजो युरो १ को खरिदर १६३ रुपैयाँ ८५…
झापा, ३० असोज । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २५ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । एक वर्षदेखि दुई वर्षको लागि कालो सूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैन्। कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो। जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।
झापा, ३० असोज । स्वच्छ, पोषणयुक्त र सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउने उद्देश्यसहित आज ४५औँ विश्व खाद्य दिवस नेपालमा विविध कार्यक्रमसहित मनाइँदैछ। कृषि विभागको आयोजनामा संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन ९एफएओ० तथा अन्य संस्थाहरूको समन्वयमा दिवस मनाइँदैछ। यस वर्षको नारालाई ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने तय गरिएको छ। समारोह व्यवस्थापनका लागि कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ। महानिर्देशक सञ्जेलका अनुसार खाद्य वस्तुको प्रदर्शनी, जानकारीमूलक कार्यक्रम, पोस्टर तथा सन्देश प्रकाशन र प्रसारणमार्फत दिवस मनाउने तयारी गरिएको छ। भोकमरीपीडित वर्गको उत्थानका लागि गरिने प्रयासमा दिवसले सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।…
झापा, ३० असोज । नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टि–२० आइसिसी विश्वकप, २०२६ का लागि छनोट भएको छ । ओमानमा जारी एसिया एण्ड इएपी छनोटमा शीर्ष तीनमा परेसँगै नेपाल विश्वकपका लागि छनोट भएको हो । जारी प्रतियोगिताको ‘सुपर सिक्स’मा आज युएईले सोमाओलाई ७७ रनले पराजित गरेसँगै नेपालले विश्वकपमा स्थान सुरक्षित गरेको हो । यससँगै नेपालले लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक विश्वकपमा पुग्न सफल भएको हो । यसअघि नेपालले सन् २०१४ र २०२४ को विश्वकप खेलेको थियो । गणितीय समीकरण अनुसार यदि सामोआले युएईलाई हराएको भए विश्वकपमा पुग्न नेपाललाई थप दुई अङ्कको आवश्यक पर्दथ्यो । तर खेल…
झापा, ३० असोज । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने छ महाशाखाले जनाएको छ ।
– राजेश ढुंगानावि.स.२०३७ मा भद्रपुरको चन्द्रगढीमा स्थापित लेखनाथ पुस्तकालयको नयाँ कार्यसमिति चयनक्रममा ‘संयोगले’ म उपाध्यक्ष बनेको छु । प्रारम्भदेखि नै यो पुस्तकालय एउटा निश्चित राजनीतिक विचार र दलसँग नजानिंदो पाराले अघोषित रुपमा आबद्ध भएजस्तो देखिंदै आएको हो । जब यसपटक अग्रजहरू नवराज घिमिरे र होम सुवेदी सरले ‘तपाईंले पुस्तकालयको एउटा कुनै महत्वपूर्ण पदमा बसेर सहयोग गर्नु प¥यो’ भन्नु भयो; तब मलाई लाग्यो… यो पुस्तकालयले एउटा निश्चित राजनीतिक घेराको अघोषित घेरा तोड्ने प्रस्थान बिन्दु हो, शायद । म कम्युनिष्ट नभएको जगजाहेर हुँदाहुँदै आएको यो प्रस्ताव सोचविचार गरेरै आएको हुनु पर्दछ भन्ने लागेर म यो निष्कर्षमा पुग्नु परेको हो । नवराज दाइले…
झापा, २९ असोज । नेपाल प्रहरीका ६६५ जना प्रहरी निरीक्षक ९इन्सपेक्टर०को एकसाथ सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले आगामी महिनाको तलव भत्ता समेत सरुवा भएकै कार्यालयबाट खानेगरी सरुवा गरेका हो । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले मंगलबार गरेको सरुवाको निर्णय बुधबार सार्वजनिक गरिएको छ। सरुवाको यो निर्णयले विभिन्न इलाका प्रहरी कार्यालयका इन्चार्जहरु हेरफेर भएका छन् ।
झापा, २९ असोज । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँगको सम्भावित एकता केपी शर्मा ओलीको नेतृत्वमा असम्भव रहेको बताएका छन्। धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै उनले ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्ने संकेत गरेका हुन्। कार्यक्रममा युवा तथा पार्टी नेताकार्यकर्तासँग संवाद गर्दै प्रचण्डले आगामी निर्वाचनलाई माओवादी केन्द्रको प्रमुख एजेन्डा बनाउँदै अघि बढ्ने बताए। “अबको माओवादीको लाइन भनेको चुनाव हो,” उनले स्पष्ट पारे। उनले तिहारपछि समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने जानकारी पनि दिए। कार्यक्रममा सहभागी युवाहरूसँगको छलफलमा प्रचण्डले नयाँ पुस्ताले माओवादी विचारप्रति चासो देखाउन थालेको उल्लेख गरे। “अहिले मेरो जेनेरेसनका युवाहरूसँग पनि…
झापा, २९ असोज । ७० औं प्रहरी दिवस २०८२ को अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले रक्तदान तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। विराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रम कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले पहिलो रक्तदाता प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा प्रहरी अधिकृत, कर्मचारी तथा आधारभूत तालिमका प्रशिक्षार्थीहरूसहित २४ जनाले रक्तदान गरेका थिए। कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानीका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र…
काठमाडौँ, असोज २७ — बिराटनगर किंग्स र कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा जारी ‘ड्रिम टू प्ले’ टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको चौथो दिन ईलाम र मोरङले आ–आफ्ना खेलमा विजयी भएका छन्। मेची बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न दुई खेलमा ईलामले उदयपुरलाई र मोरङले झापालाई पराजित गरेका हुन्। दिनको पहिलो खेलमा ईलामले उदयपुरलाई ७ रनले हरायो। पहिले ब्याटिङ गर्दै ईलामले ९ विकेट गुमाएर ९७ रन बनायो। जवाफमा उदयपुरले ९० रन मात्र बनाउन सक्यो। ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिएका श्याम नारायण यादव ‘प्लेयर अफ द म्याच’ घोषित भए। दोस्रो खेलमा मोरङले झापालाई ८ विकेटले पराजित गर्यो। झापाले १८.३ ओभरमा सबै विकेट…