
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ११ जेठ । झापाको दमक नगरपालिका–५ मा लागुऔषध ब्राउनसुगर कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । आइतबार राति करिब १० बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतको कमाण्डमा खटिएको प्रहरी टोलीले दमक–५ स्थित डेरा कोठामा छापा मार्दा २३ वर्षीय तुलसी माझीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनको कोठाबाट प्लाष्टिकमा स–साना पोका बनाई राखिएको अवस्थामा प्लाष्टिक बाहेक ८ ग्राम ४१० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ । साथै, नगद नेपाली रुपैयाँ ५६ हजार ६ सय, भारतीय रुपैयाँ १ हजार १ सय र दुई थान मोबाइल सेट समेत प्रहरीले बरामद…
उदयपुर, ११ जेठ । उदयपुरको कटारी नगरपालिका–२ गिद्धबारमा सोमबार बिहान गुडिरहेको स्कुल बसबाट खस्दा एक सह–चालकको मृत्यु भएको छ । दुर्घटनापछि मृतकको शव व्यवस्थापनको विषयलाई लिएर प्रादेशिक अस्पताल कटारीमा केहीबेर तनावपूर्ण अवस्था समेत सिर्जना भएको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्स्पेक्टर विष्णुबहादुर खड्काका अनुसार सौगात एकेडेमी बोर्डिङ स्कुलको लु।प्र।०१–००१ ख ०९८५ नम्बरको बस विद्यार्थी लिन कटारी नगरपालिका–१ बेलसोततर्फ जाँदै गरेको अवस्थामा सह–चालक कटारी नगरपालिका–२ निवासी अन्दाजी ३१ वर्षीय उत्तम थापा बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका थिए । स्थानीय र प्रहरीको सहयोगमा उनलाई तत्काल प्रादेशिक अस्पताल कटारी पुर्याइए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनालगत्तै प्रहरीले…
झापा, ११ जेठ । धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप अन्तरगत आज भएको खेलमा साविक विजेता बिर्तामोड युनाइटेड क्लब विजयी भएको छ । धनकुटाको तल्लो टुँडिखेलमा सम्पन्न प्रतियोगिताको दोस्रो खेलमा गाईघाट फुटबल क्लब उदयपुरलाई ३–१ गोल अन्तरले पराजित गर्दै बिर्तामोड युनाइटेड क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको ३३ औँ मिनेटमा बिर्तामोडका प्रदीप बुढाथोकीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै, खेलको ६७ औँ मिनेटमा आशिष चापागाईंले गोल गर्दै खेल २–० को अवस्था पुर्याए । खेलको ७४ औँ मिनेटमा गाईघाट सुनिल खड्काले गोल गर्दै गोल अन्तर २–१ को अवस्था झारेका थिए । खेलको ७५ औँ मिनेटमा बिर्तामोडमा आशिष चापागाईँले पुन…
झापा, ११ जेठ । सरकारले आर्थिक वर्ष २०८३–०८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै मोटो धानको ३ हजार ६ सय ६० रुपैयाँ प्रति क्विन्टल र मध्यम धानको ३ हजार ८ सय ६० रुपैयाँ प्रतिक्विन्टल तोक्ने निर्णय गरेको हो । त्यसैगरी, बैठकले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । बैठकले नेपाल चिन जोड्ने विद्युत् प्रसारण लाइन आयोजना चिलिमे केरुङ कार्यान्वयनका लागि चिन सरकारलाई पठाउने प्रतिउत्तर पत्र स्वीकृत गरेको छ…
झापा, ११ जेठ । झापामा लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो इकाई कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका काठमाडौं महानगरपालिका–२५ का ४० वर्षीय अजय चित्रकार र ३७ वर्षीय सुशील मानन्धरलाई १२ ग्राम ४७० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय दमकले ८ ग्राम ४१० मिलिग्राम ब्राउनसुगर सहित दमक नगरपालिका–५ का २३ वर्षीय तुलसी माझीलाई पक्राउ गरेको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्यूरो इकाई कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले धरान–१७ का २४ वर्षीय ज्ञानेश खड्कालाई ५ ग्राम ब्राउनसुगरसहित विराटनगर महानगरपालिका–१५ बाट…
शिवसताक्षी, १० जेठ । चौथो कर्ण बहादुर नेम्वाङ स्मृति भेट्रान फुटबल प्रतियोगिताको आइतबार भएको क्वाटरफाइनल खेलमा दमक लखनपुर भेट्रानले बिर्तामोड भेट्रानलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ। प्रतिस्पर्धात्मक खेलमा दमक लखनपुर सुरुदेखि नै दबाबमा देखिएको थियो। खेलको २८औँ मिनेटमा तुला मगरले शानदार गोल गर्दै टोलीलाई अग्रता दिलाए। खेलको ३६औँ मिनेटमा सुभाष आङ्थोपो लिम्बुले अर्को गोल थपेपछि दमक लखनपुरले २–० को सहज अवस्था बनाएको थियो। दोस्रो हाफमा पनि दमकको खेल लयदार रह्यो । खेलको ६४औँ मिनेटमा सुभाष आङ्थोपो लिम्बुले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे। त्यसपछि बिर्तामोडले फर्कने प्रयास गरे पनि दमकको रक्षापंक्ति मजबुत बनेपछि खेल ३–० को…
झापा, १० जेठ । रुखबाट लडेर घाइते भएका झापाको बुद्धशान्ति गाउँपालिका–१ मझुवाका ५५ वर्षीय मैतबहादुर लिम्बुको उपचारका क्रममा मृत्यु भएको छ । गत जेठ ७ गते दिउँसो कुटमिरोको रुखमा चढेर घाँस झार्ने क्रममा लिम्बु अचानक लडेर गम्भीर घाइते भएका थिए । उनको टाउको तथा छातीमा गम्भीर चोट लागेको थियो। घाइते लिम्बुको उपचार बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा भइरहेको थियो । उपचारकै क्रममा आज साँझ ४ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, १० जेठ । बिर्तामोडका युवा व्यवसायी निर्मल भट्टराईले आफ्नो जन्मदिनको अवसर पारेर क्यान्सरपीडित एक महिलालाई आर्थिक तथा खाद्यान्न सहयोग गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेश सदस्य तथा बिर्तामोड उद्योग वाणिज्य संघका विशिष्ट सदस्यसमेत रहेका भट्टराईले पत्नी सुमित्रासहित आइतबार मेचीनगर–५ निवासी २७ वर्षीया विष्णुमाया राईको घरमै पुगेर सहयोग हस्तान्तरण गरेका हुन्। भट्टराई दम्पतीले नगद २५ हजार रुपैयाँसहित चामल, दाल, खाने तेललगायत खाद्यान्न सामग्री उपलब्ध गराएका छन्। नेपाल अलैंची व्यवसायी महासंघका निवर्तमान अध्यक्षसमेत रहेका भट्टराईले जन्मदिनलाई औपचारिक उत्सवभन्दा फरक ढंगले मनाउँदै पीडितको दुःखमा साथ दिन सहयोग गरिएको बताए। उनले आफूले विगतदेखि नै जन्मदिन तथा विशेष अवसरहरू सामाजिक सेवामार्फत मनाउँदै…
झापा, १० जेठ । व्यवसायीलाई समस्या पर्दा सहकार्य, सहअस्तित्व र आपसी सहयोगको भावना बलियो बनाउने उद्देश्यले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको “व्यवसायी सदस्य राहत कोष” मा विशिष्ट सदस्य निर्मल भट्टराईले २१ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् । आफ्नो जन्मदिनको अवसर पारेर भट्टराईले उक्त रकम संघका अध्यक्ष राजु न्यौपाने लाई हस्तान्तरण गरेका हुन् । सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै व्यवसायीहरूको हितका लागि स्थापना गरिएको कोषमा सहयोग गर्न पाउँदा खुशी लागेको भट्टराईले बताए । नेपाल अलैँची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका सदस्य समेत रहेका युवा व्यवसायी भट्टराईले यसअघि पनि आफ्नो जन्मदिनकै अवसरमा राहत कोषका लागि…
झापा, १० जेठ । झापाका अधिकांश सहकारीले सरकारले दिएको बिदा मान्न अटेर गर्दै आएका छन् । सरकारले गत २०८२ चैत्र २२ गते निर्णय गर्दै शनिवार रआइतबार सरकारी बिदा दिइने र सोमबार देखि शुक्रबार सम्म ९ बजेदेखि ५ बजेसम्म कार्यालय सञ्चालन गर्न परिपत्र गरेतापनि सहकारीहरुले अटेर गरी कार्यालय सञ्चालन गरिरहेको पाइएको छ । यस बिषयमा सहकारीको नियमनकारी निकाय सहकारी नियमन प्राधिकरणले देशभरका सहकारी संस्थाहरूलाई आइतवार सार्वजनिक विदा कायम गर्न निर्देशन दिएता पनि झापाका अधिकांश सहकारी संस्थाहरूले पुरानै समयअनुसार कार्यालय सञ्चालन गरिरहेको पाइएको छ । प्राधिकरणका अनुसार सरकारी निर्णय कार्यान्वयन नगरेको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत गुनासो पुगेको छ। त्यसपछि राष्ट्रिय…