jhapaonline add

झापा,  १३ कात्तिक । भारतको बिहारमा हुने विधानसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल र भारतका सुरक्षाकर्मीहरूले झापा–बिहार सीमामा संयुक्त गस्ती सुरु गरेका छन्। निर्वाचनको सन्दर्भमा सीमामा असुरक्षा, लागूऔषध ओसारपसार, चोरी–तस्करी र आपराधिक गतिविधि बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै दुवै देशका सुरक्षा संयन्त्रले संयुक्त गस्ती थालेको हो। झापाको सदरमुकाम भद्रपुर र भारतको गलगलिया सीमा नाकामा पर्ने पिलरहरू आसपासमा संयुक्त टोलीले गस्ती गरेको छ। टोलीमा नेपालतर्फबाट वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक मोतीलाल योन्जन तामाङ, सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरका डिएसपी दयाराम पौडेल तथा भारततर्फबाट बिहार पुलिसका सब–इन्स्पेक्टर राकेश कुमार र सीमा सुरक्षा बल (एसएसबी) निमिगुडी बिहारका केतन सालुङ्गे सहभागी…

Read More

झापा, १३ कात्तिक । नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरूले पार्टीको आगामी महाधिवेशन नियमित प्रक्रिया अनुसार गर्नुपर्ने धारणा राखेका छन्। पार्टीभित्र विशेष महाधिवेशनको प्रस्तावबारे रस्साकस्सी भइरहेका बेला जारी केन्द्रीय समिति बैठकमा अधिकांश सदस्यहरूले नियमित महाधिवेशन नै उपयुक्त हुने मत व्यक्त गरेका हुन्। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता प्रकाशशरण महतले देशको राजनीतिक संकट, आगामी निर्वाचनको सुरक्षा अवस्था र महाधिवेशनको विषयमा सदस्यहरूले धारणा राखेको जानकारी दिए। उनका अनुसार, “अधिकांश साथीहरूले नियमित महाधिवेशनमा जानुपर्ने र त्यसका लागि राष्ट्रिय निर्वाचनलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभएको छ। केहीले चुनाव अगावै अधिवेशन गर्नुपर्ने मत पनि राख्नुभएको छ।” प्रवक्ता महतले आगामी २१ फागुनमा तोकिएको निर्वाचनका लागि सरकारले सुरक्षाको…

Read More

झापा, १३ कात्तिक । भारतका विभिन्न स्थानबाट १६ बालबालिकाको उद्धार गरिएको छ। उनीहरुलाई उद्धार गरी आज जनकपुरधाममा परिवारको जिम्मा लगाइएको छ। मधेस प्रदेशका विभिन्न जिल्लाबाट भारतको मुम्बई, दिल्ली र बिहार राज्यका विभिन्न ठाउँ पुर्याइएका ती बालबालिकालाई भारतीय प्रहरीको सहयोगमा ‘कीन इन्डिया’ संस्थाले उद्धार गरेर मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित यादवको रोहवरमा उनीहरुका अभिभावकको जिम्मा लगाएको हो। उद्धार गरिएकामा महोत्तरी, धनुषा, सिरहा, रौतहट र सप्तरी जिल्लाका रहेका छन्। उनीहरूको उमेर ९ देखि २२ वर्षसम्मको रहेको राष्ट्रिय बालअधिकार परिषद् मधेस प्रदेश समन्वय अधिकृत सञ्जीव महतोले जानकारी दिए। यस्तै दुई बालिकालाई पनि ‘किन इन्डिया’ले भारतीय प्रहरीको सहयोगमा उद्धार…

Read More

झापा, १३ कात्तिक । दिनभरी मध्यम वर्षा भएपछि आज रातिदेखि भारी वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार २४ घण्टा अवधिभर ४० मिलिमिटर वर्षा भएको छ । “यसलाई मध्यम वर्षा भनिन्छ, ५० मिलिमिटर वर्षा पुगेपछि मात्रै भारी वर्षा भन्न मिल्छ”, मौसमविद् अधिकारीले भन्नुभयो, “आज रातिबाट भने भारी वर्षा हुने सम्भावना छ ।” उहाँले आज दिनभरी बाग्मती, कोशी, मधेस प्रदेशलगायत क्षेत्रमा मध्यम वर्षा भइरहेको बताउनुभयो । जसमा गण्डकी र लुम्बिनीमा स्थान विशेष फाटफुट पानी परेको उहाँले जानकारी दिनुभयो । त्यसैगरी गण्डकी, बागमती प्रदेशका उच्च हिमाली भेगमा हिमपातसहितको बर्सात भएको छ । बुधबारदेखि परेको…

Read More

निशान निराेैलाइलाम, १३ कात्तिक । इलामको देउमाई नगरपालिका–१, कुखुरेस्थित मेची राजमार्गमा बोलेरो र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार, मिति २०८२ साल कात्तिक १३ गते बिहान करिब १०:३० बजे, तेह्रथुमबाट झापा तर्फ जाँदै गरेको मे १ ज ३१३७ नम्बरको बोलेरो र इलामबाट पाँचथर तर्फ जाँदै गरेको प्रदेश १–०१–०१६प १३६७ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी चौकी रक्सेबाट प्रहरी निरीक्षक रोजन नेम्बाङको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घाइते १० जनालाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल इलाम पठाइएको इलाम प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक र…

Read More

झापा, १३ कात्तिक । झापा र सुनसरीको विभिन्न स्थानहरुबाट बुधबार प्रतिबन्धित लागुऔषधसहित ७ जनालाई पक्राउ गरिएको छ । झापाको इलाका प्रहरी कार्यालय दमकबाट गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कमल गाउँपालिका–५ का विष्णु राजवंशीलाई आफ्नै घरमा लागू औषधको बिक्री–वितरण गरिरहेको अवस्थामा ट्रामाडोल–८ सय क्याप्सुल, स्पास्पेन ३ सय ट्याब्लेट र डाइक्लोमाइन ५ सय ट्याब्लेटसहित संलग्न सोही स्थानका मौसम तामाङ, सावन जगेबु, रुस्तम बर्देवा र रुचल मगरलाई नियन्त्रणमा लिएको हो । त्यसैगरी, जिल्ला प्रहरी कार्यालय सुनसरीले संखुवासभाको धर्मदेव नगरपालिका–४ का ओमनाथ घिमरेलाई ब्राउनसुगर २ ग्राम ३ सय ६० मिलिग्रामसहित र इलाका प्रहरी कार्यालय धरानले विभिन्न किसिमका लागुऔषध ३ सय १७ ट्याव्लेट सहित…

Read More

कपिलवस्तु, १३ कात्तिक । जिल्लाको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा गएराति यात्रुबाहक बस दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ भने पाँच जना यात्रु घाइते भएका छन्। वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार, बुधबार राति करिब २ बजे काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नम्बरको बसले बाटो क्रस गर्दै गरेका एक पैदलयात्रीलाई ठक्कर दिँदा अनियन्त्रित भई सडकमा पल्टिएको थियो। करिब ५०–५५ वर्ष उमेरका ती पैदलयात्रीको घटनास्थलनजिकै मृत्यु भएको हो। उपचारका लागि आधारभूत अस्पताल चन्द्रौटा पुर्‍याइए पनि चिकित्सकले बिहान ३ बजे मृत घोषित गरेका थिए। बसमा सवार पाँच जना यात्रु घाइते भएका छन्। उनीहरूको चन्द्रौटास्थित सञ्जिवनी सामुदायिक…

Read More

झापा, १३ कात्तिक । देशका विभिन्न भागमा आज ‘मोन्था’ चक्रवातको प्रभाव पर्ने भएकाले बाढीको जोखिम उच्च रहेको बाढी पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ। कोशी, मधेस र बागमती प्रदेशका अधिकांश नदीहरूमा आगामी तीन दिनसम्म पानीको बहाव बढ्ने अनुमान गरिएको छ। महाशाखाका अनुसार, ती प्रदेशका केही नदीहरूमा आकस्मिक बाढीको सम्भावना पनि रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ। विशेषगरी ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, सिन्धुली, रामेछाप, काभ्रेपलान्चोक, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, नवलपरासी पूर्व–पश्चिम, रुपन्देही, कपिलवस्तु लगायतका जिल्लामा बग्ने ससाना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने देखिएको…

Read More

महोत्तरी, १३ कात्तिक । मधेस प्रदेशको महोत्तरीसहित मिथिला क्षेत्रका विभिन्न जिल्लामा आज कुष्माण्ड नवमी पर्व परम्परागत उत्साहका साथ मनाइँदैछ। कात्तिक शुक्ल नवमी तिथिमा मनाइने यो पर्वलाई अक्षय नवमी, धातृ नवमी र इच्छा नवमी पनि भनिन्छ। मैथिल परम्पराअनुसार, यस दिन अमला (धातृ) को रूखको फेदमा सपरिवार भोजन गर्ने चलन छ। पर्वको तयारी एक दिनअगावै सुरु हुन्छ—घर नजिकैको बगैँचा वा वनक्षेत्रमा रहेको अमलाको रूखमुनि साकाहारी परिकार पकाएर राति सामूहिक रूपमा खाने गरिन्छ। जनविश्वासअनुसार, अमलाका पातले खानेकुरा स्वादिष्ट र स्वास्थ्यवर्द्धक बनाउँछ। मटिहानीस्थित लक्ष्मीनारायण मठका महन्थ डा. रवीन्द्र दास वैष्णवका अनुसार, अमला अत्यन्त गुणकारी फल हो, जसको सेवनले जाडोयाममा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। यही…

Read More

झापा, १३ कात्तिक । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागविदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। तर, अस्ट्रेलियन डलरसतिका केही मुद्रा भने महँगिएका छन्। आज अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा थियो। त्यसैगरि आज युरो १ को खरिदर १६३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५३ पैसा छ। हिजो युरो १ को खरिदर १६४ रुपैयाँ २७ पैसा र बिक्रीदर…

Read More