jhapaonline add

झापा, ११ असोज । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ २६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८२ पैसा, क्यानेडियन…

Read More

झापा, ११ असोज । आज आश्विन शुक्ल पञ्चमीका दिन पहाडमा वास गर्ने, संसारभरिका जीवहरूमा नवचेतना प्रदान गर्ने देवी स्कन्दमाताको पूजा तथा आराधना गरिन्छ। सेतो वर्णकी, कमलको फूलमा आसन ग्रहण गरेकी र स्कन्दकुमारकी माता भएकाले उनलाई स्कन्दमाता भनिएको हो। कमल ओछ्याएर बस्ने भएकाले पद्मासना देवी पनि भनिन्छ। स्कन्दमाताको काखमा सुपुत्र स्कन्दकुमार आनन्दपूर्वक विराजमान छन्। स्कन्दमाताको सेवा गरेमा स्वामी कार्तिकेयको उपासना गरे सरह फल प्राप्त हुने शास्त्रीय मान्यता छ। यस्तो विशेषता केवल स्कन्दमातालाई मात्र प्राप्त छ। देवी भागवत पुराण अनुसार, स्कन्दमाता सूर्य मण्डलकी अधिष्ठात्री देवी हुन्। उनको पूजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सुसम्पन्न हुने विश्वास गरिन्छ। स्कन्दमाताका चार हातहरू छन्—दाहिने माथिल्लो…

Read More

झापा, ११ असोज । हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । आज दिउँसो मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कोशी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने र कोशी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

Read More

झापा, १० असोज । नेकपा (माओवादी केन्द्र) का नेताहरूले पार्टीको रुपान्तरण अपरिहार्य भएको बताएका छन्। बिहीबारदेखि काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय कमिटी बैठकको क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेताहरूले भ्रष्टीकरणका कारण जनताले राजनीतिक दलप्रति विश्वास गुमाउँदै गएको उल्लेख गर्दै पार्टीलाई रुपान्तरण गर्नुको विकल्प नरहेको बताएका हुन्। नेता सुदन किराँतीले अब यथास्थितिमा पार्टी चल्न नसक्ने स्पष्ट गर्दै भने, “जेनजी आन्दोलनले सबै पार्टीलाई विघटन गरिसकेको छ। अब समाप्त हुने कि रुपान्तरण गर्ने भन्ने बाहेक अर्को मार्ग छैन।” उनले जनतालाई अनुभूति हुने गरी परिवर्तन गर्नुपर्ने र भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्नेमा जोड दिए। नेता माधव सापकोटाले बहुसंख्यक सदस्यहरूले…

Read More

झापा, १० असोज । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थितबाट ३ सय ४० किलोग्राम लागुऔषध गाँजा बोकेको कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । असोज १० गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट गस्तीमा खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका–५ स्थित सडक साइडमा वेवासिसे अवस्थामा रहेको BR11BR 7102 नम्बरको कारलाई शंका लागेर चेकजाँच गर्दा उक्त कारभित्र प्लास्टिकमा पोको पारी राखेको ३ सय ४० किलोग्राम गाँजा बरामद गरेको हो । गाँजा बरामद भएसँगै ओसार पसारमा संलग्न व्यक्तिहरुको खोज भइरहेको छ ।

Read More

झापा, १० असोज । गृहमन्त्री ओमप्रकाश अर्यालले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा दमनमा संलग्न व्यक्तिहरू पक्राउ पर्न सक्ने संकेत गरेका छन्। सिंहदरबारमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले राज्यका अनुसन्धान निकायहरू सक्रिय भइसकेको जानकारी दिए। “अनुसन्धान गर्ने निकायले के के रोक्नुपर्छ, त्यतिमात्र (राहदानी मात्र) किन होला? बयान पनि लिनुपर्ला, पक्राउ पनि गर्नुपर्ला,” मन्त्री अर्यालले भने, “जे हुन्छ, त्यो अनुसन्धान गर्ने निकायले गर्ने कुरा हो। आयोग गठन भएको छ, आयोगले काम गर्छ।” केही शीर्ष नेताको राहदानी रोक्का गर्ने विषयमा उठेको जिज्ञासामा उनले आयोगको सल्लाह र सिफारिसअनुसार काम अघि बढ्ने स्पष्ट पारे। गृहमन्त्री अर्यालले शुसासनको मामलामा सरकार दृढ रहेको उल्लेख…

Read More

झापा, १० असोज । नेपाल प्रहरीले प्रहरी जवान र कार्यालय सहयोगी पदका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग अन्तर्गत भर्ना छनोट शाखाले आज सूचना जारी गर्दै झण्डै १६ सय पद पूर्तिका लागि आवेदन माग गरेको हो । सूचना अनुसार जनपद प्रहरी जवानतर्फ १,५५३ पद, कार्यालय सहयोगी हजामतर्फ ११ पद, कुचीकारतर्फ १५ पद र खेलाडीतर्फ १५ पद खुला प्रतियोगिताबाट समावेशी प्रावधानअनुसार भर्ना गरिनेछ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म आवेदन दिन सक्नेछन् । खेलाडीतर्फ आवेदन दिन चाहनेले फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, जुडो, कराँते र तेक्वान्दो विधामध्ये कुनै…

Read More

झापा, १० असोज । दैलेखमा मोटरसाइकल दुर्घटना हुँदा एक १८ वर्षीय किशोरको मृत्यु भएको छ। कर्णाली राजमार्ग हुँदै सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ३–०२–००६ प ८५६६ नम्बरको मोटरसाइकल दुर्घटनामा परी पछाडि सवार किशोरको ज्यान गएको हो । मृतकको पहिचान कालिकोटको खाडाचक्र नगरपालिका–११ निवासी एडमन शाहीका रूपमा गरिएको छ । प्रहरीका अनुसार कर्णाली प्रदेश ०२–००१ ख ०२७५ नम्बरको ट्रकलाई ओभरट्याक गर्ने क्रममा मोटरसाइकल ट्रकमा ठोक्किएको थियो । सो क्रममा शाही सडकमा बजारिएर गम्भीर घाइते भएका थिए । टाउकोमा चोट लागेका उनलाई उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ। दुर्घटनापछि प्रहरीले ट्रक चालक बालाराम खड्का (४८ वर्ष, तुल्सीपुर…

Read More

झापा, १० असोज । एक सय एसियाली वैज्ञानिकको सूचीमा नेपालका पाँच जना छनोट भएका छन् । ‘एसियाली साइन्टिष्ट म्यागजिन’ले हालै प्रकाशन गरेको सो सूचीमा काठमाडौँ विश्वविद्यालयका फ्रेनशन प्रधान, फ्रेन्स अफ नेचरका राजु आचार्य, इन्डिपेन्डेन्ट कन्जरभेसन बायोलोजिष्टका रिन्जिन फुनजोक लामा, राप्ती इञ्जिनियरिङ कलेजका डा शैलेन्द्र गिरी र नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका टिष्टा प्रसाईँ जोशी छनोट हुनुभएको छ । उत्कृष्ट वैज्ञानिकको सूचीमा छनोट भएपछि रासससँग प्रतिक्रिया दिँदै डा गिरीले देशका लागि थप योगदान गर्न हौसला मिलेको बताउनुभयो । सूचना प्रविधिका क्षेत्रमा काम गर्दै आउनुभएका उहाँ स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र कर्मचारी प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक पनि हुनुहुन्छ । उहाँले सूचना…

Read More

झापा, १० असोज । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर भएको छ भने स्थानीय वायुको आंशिक प्रभाव परेको छ । साथै देशका अधिकांश भागको मौसम सफा रहने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ भने बाँकी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशलगायत देशको पहाडी…

Read More