
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
कञ्चनपुर, ३२ असार । कञ्चनपुरमा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख टेकबहादुर रावतका अनुसार ४२ वर्षीया पारु सुनारको आफ्नै श्रीमान् ४५ वर्षीय रणबहादुर सुनारको कुटपिटबाट बिहीबार मृत्यु भएको हो। प्रहरीका अनुसार कुटपिटबाट घाइते भएकी पारु र रणबहादुर दुवैलाई बुधबार उपचारका लागि दोधाराचाँदनीस्थित नगर अस्पताल लगिएको थियो। उपचारकै क्रममा पारुको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न रणबहादुरलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
भैरहवा, ३२ असार । सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । भैरहवाबाट बुटवलतर्फ गइरहेको माइक्रोबस दुर्घटना भएको रुपन्देही प्रहरीले जनाएको छ । दुर्घटनामा माइक्रोबसका सहचालक बुटवल उपमहानगरपालिका–३ का ३० वर्षीय सन्दीप बरालको मृत्यु भएको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताउनुभयो । दुर्घटनामा सिद्धार्थनगर नगरपालिका–८ निवासी ५० वर्षीया कृष्णकुमारी बेलबासे, सोही स्थानकी ३४ वर्षीया श्रद्धा जोशी, कपिलवस्तुको शिवराज नगरपालिका–२ का १९ वर्षीय प्रकाश गाहा, पाल्पाको रिब्दीकोट गाउँपालिका–६ का ३८ वर्षीय सुनिल थापा, सिद्धार्थनगर नगरपालिका–३ दरखसवाका २६ वर्षीय कुलदीप गुप्ता, रुपन्देहीको मर्चवारी गाउँपालिका–७ वडवलियाका ५५ वर्षीया शाहाबुन निसा तथा नवलपरासीको…
इलाम, ३२ असार । दुई वर्षअघि भीषण आगलागीबाट करोडौँ रुपैयाँको क्षति बेहोरेको इलामको जस्बिरे चिया प्रशोधन उद्योग अहिले पुनः लयमा फर्किएको छ। उद्योगले उत्पादन क्षमता तीन गुणाले विस्तार गर्दै वार्षिक एक लाख केजी अर्गानिक अर्थोडक्स चिया उत्पादन गर्ने तयारी गरेको छ। इलाम नगरपालिका–४ जस्बिरेस्थित उद्योगका सञ्चालक गृष्म सुब्बाका अनुसार हाल उद्योगले स्थानीय १८५ घरपरिवारले उत्पादन गरेको हरियोपत्तीका साथै आफ्नै ६० रोपनी र भाडामा लिएको ४०० रोपनी जमिनमा उत्पादन हुने चियापत्ती प्रशोधन गर्दै आएको छ। उद्योगले उत्पादन गर्ने अर्गानिक अर्थोडक्स ‘स्पेशल टी’ अमेरिका, जापान, जर्मनी, फ्रान्स, चीन, नेदरल्याण्ड र डेनमार्कसम्म निर्यात हुँदै आएको छ। सञ्चालक सुब्बाका अनुसार यसअघि वार्षिक ३० हजार…
झापा, ३२ असार । जारी फिफा विश्वकपमा अर्जेन्टिनालाई फाइनलमा पुर्याएका कप्तान लियोनल मेसी ‘गोल्डेन बुट’को दौडमा फ्रान्सका कप्तान किलियन एम्बाप्पेलाई पछि पार्दै शीर्ष स्थानमा पुगेका छन्। गएराति इंग्ल्यान्डविरुद्धको सेमिफाइनलमा मेसीले दुई असिस्ट गर्दै अर्जेन्टिनालाई रोमाञ्चक जित दिलाए। यससँगै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको छ। अर्जेन्टिना सन् २०२२ को विश्वविजेता टोली पनि हो। मेसीले जारी विश्वकपमा हालसम्म ८ गोलसँगै ४ असिस्ट गरेका छन्। समान ८ गोल गरेका एम्बाप्पेको असिस्ट संख्या भने ३ मात्रै भएकाले ‘गोल्डेन बुट’को दौडमा मेसी अगाडि रहेका छन्। विश्वकप करियरमा मेसीले सर्वाधिक ३३ खेल खेल्दै २१ गोल र ११ असिस्ट गरेका छन्। यता २६ वर्षीय एम्बाप्पेले…
खोटाङ, ३२ असार । जिल्ला कारागार खोटाङमा कैद भुक्तान गरिरहेका एक कैदी मृत भेटिएका छन् । कारागार प्रशासनका अनुसार खोटाङको साकेला गाउँपालिका–४ मात्तिम पारुङ निवासी निशान राई बुधबार मध्यराति आफ्नै सुत्ने स्थानमा अचेत अवस्थामा फेला परेका थिए । उनलाई तत्काल जिल्ला अस्पताल दिक्तेल लगिए पनि अस्पताल पुग्नुअघि नै मृत्यु भइसकेको चिकित्सकले पुष्टि गरेका छन् । जिल्ला कारागारका सूचना अधिकारी कपिन्द्र कठायतका अनुसार राई असार ३० गते बेलुकाको खाना खाएर सुतेका थिए । मध्यराति अचेत अवस्थामा भेटिएपछि उपचारका लागि अस्पताल लगिएको थियो । जिल्ला अस्पताल दिक्तेलका डा पुष्कल राईका अनुसार अस्पताल ल्याउँदा नै निशान राईको मृत्यु भइसकेको थियो । सवारी ज्यान…
झापा, ३२ असार । लगातारको वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव बढ्ने क्रम जारी रहेको छ। बुधबार अबेरसम्म कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए। पूर्वी नेपालमा वर्षा जारी रहेकाले आगामी दिनमा नदीको बहाव अझै बढ्न सक्ने अनुमान गरिएको छ। बढ्दो बहावलाई मध्यनजर गर्दै कोशी ब्यारेजका ५६ वटा ढोकामध्ये २१ वटा ढोका खोलिएको छ। ब्यारेजमा ५२ वटा मुख्य ढोका र चार वटा नहरका ढोका गरी कुल ५६ वटा ढोका रहेका छन्। कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार नदीमा पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि जोखिमको संकेतस्वरूप ब्यारेज क्षेत्रमा…
झापा, ३२ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक र पूर्वमा सरदर स्थान आसपास रहेको छ। जसको प्रभावले देशभरमा साधरणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थान र मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशको पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान…
झापा, ३१ असार । झापाको मेचीनगर–६ स्थित पुरानो मेची पुल क्षेत्रमा खैरो हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । आज दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिहरूमाथि जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–१ का ३० वर्षीय मो. सदाम हुसेन, भारतको बिहार राज्य किशनगञ्जस्थित दोहाबारी पनासिहाटका स्थायी बासिन्दा भई हाल बिर्तामोड–५ बस्दै आएका १९ वर्षीय मुबारक अली तथा इलामको फाकफोकथुम गाउँपालिका–३ का ४१ वर्षीय रमेश थेगिम रहेका छन् । प्रहरीका अनुसार मो. सदाम हुसेन र मुबारक अलीको साथबाट प्लास्टिकसहित ४ ग्राम ४७०…
झापा, ३१ असार । मौसमविद्ले आगामी केही दिन मध्य र पश्चिम नेपालमा वर्षाको क्रम क्रमशः बढ्दै जाने पूर्वानुमान गरेका छन् । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले सोमबार र मङ्गलवारको तुलनामा बुधवार वर्षामा केही कमी आए पनि बिहीबारदेखि भने मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्ने पूर्वानुमान रहेको बताउनुभयो । विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ । मनसुनको न्यूनचापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फको तराई नजिक तथा पूर्वी क्षेत्रमा सरदर स्थानकै आसपास रहेकाले मध्य र पश्चिम क्षेत्रमा वर्षाको गतिविधि बढ्ने सङ्केत देखिएको विभागको भनाइ छ । अधिकारीका अनुसार हिमाली र तराई भूभागमा अहिले…
झापा, ३१ असार । स्थानीय बजारमा आज सुन तोलामा रु आठ सय र चाँदी रु ५५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४१५ कायम भएको छ । मङ्गलवार छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार र चाँदीको मूल्य रु चार हजार ३६० प्रतितोला कायम भएको थियो ।