jhapaonline add

काठमाडौँ, ९ चैत । काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन तथा नियम उल्लङ्घनलाई नियन्त्रण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष ‘चेकिङ’ अभियानअन्तर्गत ‘राइड सेयरिङ’ सेवामा संलग्न १७५ जना चालक कारबाहीमा परेका छन् । उपत्यकाका विभिन्न व्यस्त क्षेत्रमा गरिएको अनुगमनका क्रममा ती चालकले प्रचलित कानुन विपरीत सवारी सञ्चालन गरेको पाइएपछि कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरीले कार्यालयले जनाएको छ । पछिल्लो समय उपत्यकामा राइड सेयरिङ सेवाको प्रयोग तीव्र रूपमा बढ्दै गएको र यससँगै अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने, मापदण्ड पूरा नगरी यात्रु ओसारपसार गर्ने तथा ट्राफिक नियमको बेवास्ता गर्ने प्रवृत्ति पनि बढेको देखिएकाले उक्त अवस्थालाई नियन्त्रण गर्न लक्षित गर्दै…

Read More

झापा, ८ चैत । यू २० वर्षमुनिको साफ च्याम्पियनशिप आजदेखि माल्दिभ्समा शुरू हुँदैछ । उद्घाटन खेलमा नेपालले दिउँसो साढे ४ बजे मालेमा रहेको नेशनल स्टेडियममा भूटानसँग खेल्दैछ । आजै राति सवा ९ बजे माल्दिभ्स र श्रीलङ्का खेल्दैछन् । प्रतियोगिताको समूह ‘ए’ मा आयोजक माल्दिभ्ससहित, नेपाल, भूटान र श्रीलङ्का रहेका छन् । यस्तै समूह ‘बी’ मा भारत, पाकिस्तान र बङ्गलादेश रहेका छन् । दक्षिण एशियाका ७ वटा टोली सहभागी प्रतियोगितामा समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । २० वर्षमुनिको साफ च्याम्पियनशिपको फाइनल आउँदो अप्रिल ३ मा हुनेछ ।

Read More

झापा, ८ चैत । सुनको भाउ आज पनि घटेको छ । सुनको भाउ ६ हजार ५०० ले घटेर तोलाको २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ११५ रुपैयाँले घटेर तोलाको ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Read More

सन्तोष शर्माबनियानी, ९ चैत । झापामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा १७ हजारभन्दा बढी विद्यार्थी सहभागी हुँदैछन् । आगामी चैत १९ गतेदेखि २९ गतेसम्म हुने परीक्षामा नियमित र ग्रेड वृद्धि गरी १७ हजार छ सय ६३ जना विद्यार्थी सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय इकाई झापाका सूचना अधिकारी किरण अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा नियमिततर्फ १५ हजार चार सय एक जना र ग्रेड वृद्धितर्फ दुई हजार दुई सय ६२ जनाले एसईई परीक्षा दिनेछन् । जिल्लाभरिका ५७ वटा परीक्षा केन्द्रबाट सञ्चालन हुने परीक्षामा आठ हजार नौ सय ३२ जना छात्र र आठ हजार सात सय १३…

Read More

झापा, ९ चैत । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९९ रुपैयाँ ६६ पैसा र बिक्रीदर २०० रुपैयाँ ४६ पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ९० पैसा र बिक्रीदर १९० रुपैयाँ ६६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ १० पैसा र बिक्रीदर १०५ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर…

Read More

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल लागेको छ । कोशी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम सम्मको वर्षा र हिमपात भइरहेको छ। सोमबार देशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्नेछ। सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागका केही स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भू(भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। महाशाखाले पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन र…

Read More

झापा, ८ चैत । झापाको गौरीगञ्ज गाउँपालिका–६ नम्बर वडा सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले वडाका सदस्य ३२ वर्षीय नितेश कुमार साहलाई पक्राउ गरेको हो । गत चैत ६ गते उनले मादक पदार्थ सेवन गरी वडाध्यक्ष बद्री नारायण यादवसहित कार्यालयमा कार्यरत कर्मचारीलाई गाली–बेइज्जत गर्दै धाकधम्की दिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कर्यालय झापाले जनाएको छ । पीडित पक्षले चैत ७ गते इलाका प्रहरी कार्यालय गौरीगञ्जमा लिखित जाहेरी दिएपछि साहलाई प्रहरीले पक्राउ गरेको हो । मुलुकी अपराध संहिता २०७४ अन्तर्गत अभद्र व्यवहार कसुरमा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय झापाबाट पाँच दिनको म्याद लिइएको छ । हाल अनुसन्धान जारी रहेको प्रहरीले जनाएको…

Read More

झापा, ८ चैत । झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका–४ टिमाईमा चितुवाको आक्रमणमा परी चार जना घाइते भएका छन् । बुद्धशान्ति–४ टिमाइका कमल खड्काको मकैबारीमा आज दिउँसो करिब १ बजे घाइते अवस्थामा भेटिएको चितुवालाई नियन्त्रणमा लिन प्रहरी टोलीले डिभिजन वन कार्यालय झापासँग समन्वय गरी कोशी टप्पु वन्यजन्तु आरक्षण सुनसरीबाट विशेषज्ञ टोलीलाई बोलाएको थियो । विशेषज्ञ टोली साँझ करिब ६ बजे घटनास्थल पुगेपछि चितुवालाई नियन्त्रणमा लिने प्रयास गर्दा चितुवा आक्रामक बनेर सुरक्षामा खटिएका सशस्त्र प्रहरी नायब निरीक्षक केदार श्रेष्ठलाई आक्रमण गर्‍यो । चितुवाको आक्रमणमा श्रेष्ठको अनुहार, हात–खुट्टा, कान तथा बायाँ पाखुरासहित शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको जिल्ला…

Read More

सन्तोष शर्माबिर्तामोड, ८ चैत । झापामा सवारी दुर्घटनामा परी आठ महिनामा ५० जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्ष २०८२÷०८३ को साउनदेखि फागुन मसान्तसम्ममा सवारी दुर्घटनामा परी ३९ जना पुरुष, १० जना महिला र एक जना बालक गरी ५० जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो । उक्त अवधिमा भएको ८ सय ८२ वटा दुर्घटनामा ८२ जना गम्भीर घाइते समेत भएका छन् भने १ हजार ४ सय ६६ जना सामान्य घाइते भएका छन् । त्यस्तै, दुर्घटनामा परी २ वटा चौपायाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । झापामा…

Read More

शिवसताक्षी, ८ चैत । झापाको शिवसताक्षी नगरपालिकामा सञ्चालन गरिएको दुई दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमार्फत नगरका विभिन्न वडाका गरी कुल ३३९ जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन्। नगरपालिकाका अनुसार वडा नं. ४ स्थित आधारभूत स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरबाट २०५ जना र वडा नं. ११ मा रहेको सतासीधाम स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरबाट १३४ जनाले सेवा लिएका हुन्। शिविरमा फिजिसियन, स्त्रीरोग विशेषज्ञ, नाक–कान–घाँटी रोग विशेषज्ञ, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ, आँखा रोग विशेषज्ञद्वारा परीक्षण सेवा प्रदान गरिएको थियो। साथै, इसीजी सेवा, आवश्यक प्रयोगशाला परीक्षण तथा निःशुल्क औषधि वितरणसमेत गरिएको नगरपालिकाले जनाएको छ। शिविर सञ्चालनमा भद्रपुरस्थित ओम शाही…

Read More