jhapaonline add

झापा, ११ बैशाख । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशभर अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ। साथै कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर तापक्रम बढ्ने क्रममा रहेको तथा मध्य र पश्चिमी तराईका भू–भागहरूमा अत्यधिक गर्मीको पनि सम्भावना देखिएको छ । त्यसैले, गर्मीका कारण दैनिक जनजीवन, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा प्रभाव पर्न सक्ने देखिन्छ । साथै कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङको पनि सम्भावना रहेकोले त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता…

Read More

शिवसताक्षी, १० बैशाख । झापा शिवसताक्षीका ५ वटा वडाका किसानलाई प्रतिव्यक्ति ५० हजार बराबरको पशु तथा सामाग्री वितरण गरिएको छ । मिसियो जर्मनीको आर्थिक सहयोग तथा शिवसताक्षी नगरपालिकासँगको सहकार्यमा कारितास नेपाल द्वारा गाई, सुगुरका पाठा, राँगा, पाडा लगायतका पशु वितरण गरिएको हो । कारितास नेपालले शिवसताक्षी–११ का ४ जनालाई सुगुरका पाठा, वडा नं. ८ मा एक जनालाई गाई र पाडा, वडा नं. १ का एक जनालाई पाडी वितरण गरिएको कारितास नेपालले जनाएको छ । त्यस्तै वडा नं. ७ का नागरिकलाई २ वटा गाई र सुगुरका पाठा वितरण गरिएको कारितास नेपाल शिवसताक्षीका सामाजिक परिचालक चिरन्जिवी लुईटेलले जानकारी दिए । उनले जनही…

Read More

झापा, १० बैशाख । शर्मिला वाइबालाई आक्रमण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शर्मिला श्रेष्ठ र कुबेर सिलवाल ‘बाबु’ छन् । आफूलाई अभियन्ता दाबी गर्ने वाइबामाथि वैशाख ३ मा काँडाघारीमा आक्रमण भएको थियो । वाइबाकै सहकर्मी शर्मिला श्रेष्ठले काँडाघारीमा उनलाई रेञ्चु प्रहार गरेकी हुन् । आक्रमणमा संलग्न श्रेष्ठ र सिलवालालाई भक्तपुरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए । उनीहरूको बीचमा लेनदेनको विवादमा आक्रमण भएको पाइएको छ । आरोपीहरूलाई कानुनी कारबाही गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरी वृत्त बानेश्वरमा पठाएको छ ।

Read More

झापा, ११ बैशाख । शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि नेकपा एमालेका सांसद रघुजी पन्त शिक्षामन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका सञ्चार विज्ञ रामशरण बजगाईंले पन्त शिक्षामन्त्री बन्ने पक्का भएको जानकारी दिएका छन् । उनका अनुसार पन्तले शपथ भने बिहीबार लिनेछन् । पन्त समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका एमाले सांसद हुन् ।

Read More

झापा, १० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरेका छन्। उनको कार्यशैलीमा प्रश्न उठेपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिन सुझाएका थिए । उनले राजीनामा नदिने अडान लिएपछि प्रधानमन्त्री ओलीले बर्खास्त गरेका हुन् । कांग्रेसबाट ऊर्जा राज्यमन्त्री बनेका उनी नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्न नहुने भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए। पछिल्लो समय आफ्नै मन्त्रालयका‍ सचिव सुरेश आचार्यसँग स्पष्टीकरण मागेर पनि चर्चामा आएका थिए।

Read More

झापा, १० बैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को नयाँ परीक्षा तालिका सार्वजनिक भएको छ । यसअघि बैशाख ११ गतेका लागि तय भएको परीक्षा शिक्षकहरूले बहिष्कार गरेपछि सरकारले परीक्षा सार्ने निर्णय गरेको थियो। आज सरकारले नयाँ परीक्षा तालिका सार्वजनिक गरेको हो । शिक्षकहरूले शिक्षा ऐन जारी गर्नुपर्नेसहितका माग राखेर काठमाडौँ केन्द्रित आन्दोलन जारी राखेपछि सरकारले निजामती कर्मचारीलाई खटाएर परीक्षा गर्ने निर्णय पनि गरेको थियो। तर निजामती कर्मचारी ट्रेड युनियनले सरकारलाई उल्टै आन्दोलनको चेतावनी दिएपछि सरकार परीक्षा सार्न बाध्य भएको थियो।

Read More

बुधबारे, १० बैशाख । झापाको बुद्धशान्तिबाट प्रहरीले मंगलबार राति पाँच लाख रुपैयाँ भन्दा बढीको सामान बरामद गरेको छ । बुद्धशान्ति गाँउपालिका–४ बर्ने चिया बगानस्थित मेची राजमार्ग सडकखण्डमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिगएको प्रहरी टोलि र शसस्त्र प्रहरी बेस क्याम्प टिमाईबाट सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले विभिन्न सवारी साधनहरु चेकजाँच गर्ने क्रममा ताप्लेजुङबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र. १–०१–००१ ज. ३४४९ नम्बरको यात्रु बाहक बुलेरो गाडी चेकजाँच गर्दा बिल बिना अबैध रुपमा करिब ५ लाख ३४ हजार ७४५ बराबरको कस्मेटिक सामान बरामद गरेको हो । सामान आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टा पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, १० बैशाख । हाल देशमा मुख्यतया स्थानीय तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ। कोशी प्रदेशको तराई क्षेत्र र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई…

Read More

झापा, १० बैशाख । राष्ट्रिय परीक्षा बोर्डले बुधबार कक्षा १२ को परिवर्तित तालिका प्रकाशन गर्ने जानकारी दिएको छ । परीक्षाको समयतालिका आज बोर्डको वेबसाइटमार्फत र त्यसपछि गोरखापत्र दैनिकमा समेत प्रकाशन गरिने बोर्डका अध्यक्ष डा। महाश्रम शर्मा जानकारी दिएका हुन् । बोर्डले यसअघि वैशाख ११ गतेदेखि २४ गतेसम्म माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा ९कक्षा १२० सञ्चालन हुने गरी परीक्षा समयतालिका सार्वजनिक गरेको थियो । तर, मंगलबार बोर्डले परीक्षाको समय परिवर्तन गर्दै वैशाख २१ गते बिहान ८ बजेदेखि सञ्चलन गर्ने बताएको थियो । हाल सिर्जित विशेष परिस्थितिका कारण परीक्षार्थीले गरेको अनुरोध, अभिभावकको चिन्ता तथा परीक्षा केन्द्रको व्यवस्था र सञ्चालनमा आउन सक्ने प्राविधिक कठिनाइसमेतलाई…

Read More

झापा, १० बैशाख । भारतको जम्मु–कश्मिरको पहलगाममा आतंकवादी हमला हुँदा एक नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु भएको छ। उक्त हमलामा १७ जना घाइते भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार मंगलबार दिउँसो पहलगमको बाइसरन उपत्यकामा बन्दुकधारी आतंकवादी समूहले आक्रमण गर्दा एक नेपालीको पनि मृत्यु भएको छ । नेपाली नागरिक सन्दीप न्यौपानेको मृत्यु भएको बताइए पनि उनको थप विवरण उपलब्ध गराइएको छैन । मृतकमध्ये अहिलेसम्म दुई जना विदेशी नागरिक, एक नौसेना जवान र दुई जना स्थानीयको पहिचान खुलेको बताइएको छ ।

Read More