jhapaonline add

झापा, ६ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत बाँकी हिमाली भूभागमा साधरणतया बादल लागेको छ । मधेस र कोशीको तराई भूभागमा आंशिक बादल लागेको छ । आज दिउँसो कोशी प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागको थोरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेस प्रदेशलगायत…

Read More

झापा, ६ बैशाख । झापामा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उक्त दुघटनामा दमक नगरपालिका–९ का २७ वर्षीय पदमबहादुर मगरको मृत्यु भएको हो । शनिबार साँझ गौरादह–१ सितापुरीचोकस्थित पाडाजुगी–गौरीगञ्ज सड्क खण्डमा दमकबाट गौरादहतर्फ जाँदै गरेको प्र न.१–०१–०१५प.७५ नम्बरको मोटर साइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक दमक–९ का ३३ को दिपबहादुर मगरलाई केही नभए पनि सोही मोटरसाइकल पछाडि सवार पदमबहादुर घाइते भएका थिए । मगरलाई नगर अस्पताल गौरादहमा सामान्य उपचार पश्चात थप उपचारको लागि निम्स अस्पताल दमक पठाएको थियो । थप उपचारका लागि विराटनगर नोबेल अस्पताल रेफर गरिएकोमा आज बिहान ३ः४० बजे उपचारको…

Read More

झापा, ५ बैशाख । झापाको शिवसताक्षीबाट प्रहरीले आज एक जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । शिवसताक्षी–७ चन्द्रडाँगीका ३२ वर्षीय गंगा बहादुर मगरले आफ्नै घरमा लागू औषध सेवन तथा बिक्री वितरण गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीले उनको घरकोठामा खानतलासी गर्दा सुत्ने कोठाभित्र बिक्री बितरणको लागि प्लाष्टिकमा पोको पार्दै गरेको अवस्थामा लागुऔषध ब्राउनसुगर जस्तो देखिने लिसाईलको पदार्थ १३ ग्राम ३२० मिलिग्राम फेला पारेको थियो । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जनाइएको छ ।

Read More

झापा, ५ बैशाख । झापामा दुई भिन्न दुई वटा दुर्घटनामा दुई जना घाइते भएका छन् । झापा कमल गाउँपालिका–५ पाडाजुङगी चोकस्थित पूर्व–पश्चिम लोकमार्गमा काँकरभिट्टाबाट दमकतर्फ गइरहेको मे १ ख ३०६८ नम्बरको यात्रु बाहक बसमा दमक–८ का ३५ वर्षीय निर्मल कार्की चड्न खोज्दा बस अगाडि बढेपछि सोही बसको चक्काले बाँया खुट्टामा किचेर घाइते भएका छन् । उनको निम्स अस्पताल दमकमा उपचार भइरहेको छ । घाइते बोल्न नसक्ने अवस्थामा रहेको बस चालक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उता, झापाको अर्जुनधारा–७ गडीस्थित शनिश्चरे खुदनाबारी सडक खण्डमा शनिश्चरेबाट खुदनाबारी तर्फ जाँदै गरेको मे४प ३८२९ नम्बरको मोसा आफैँ अनियन्त्रित भएर दुर्घटना…

Read More

बिर्तामोड, ५ बैशाख । नेपाली कांग्रेसले क्रियाशील सदस्यको अद्यावधिक गर्दै राष्ट्र–राष्ट्रियता, लोकतन्त्र, संघीयता सबल बनाउने उद्देश्यले सञ्चालन गर्न लागेको जरा अभियान झापामा पनि शुरु भएको छ । अभियानका लागि केन्द्रिय प्रतिनिधिद्वय बसन्त भट्टराई र रुद्रबहादुर कन्दङ्वाको उपस्थितिमा बृहद बैठक सम्पन्न गर्दै अभियान शुरु गरिएको हो । जरा अभियानमा झापाका लागि केन्द्रीय प्रतिनिधि एवं वृहद बैठकका प्रमुख अतिथि बसन्त भट्टराईले कृयाशिल सदस्यता बितरणमा देखिएका अनियमितता नियन्त्रण गरेर पार्टीको नीति, विचार, सिद्धान्त, कार्यक्रमलाई पालना गर्र्दै अनुशासन पालना गर्ने वास्तविक क्रियाशिल सदस्य अध्यावधिक गर्न अभियान थालिएको बताउनुभयो । विशेष महाधिवेशनको बन्दशत्रले समेत यो विषय पारित गरेको जानकारी दिदै उहाँले कांग्रेसलाई नयाँ र प्रविधियुक्त…

Read More

भद्रपुर, ५ बैशाख । झापाको भद्रपुरमा जंगल हात्तीले मकैबाली नष्ट पारेको छ । गए राति भद्रपुर–३ रंगेडाडास्थित कालिका मन्दिर सामुदायिक वनबाट आएको जंगली हात्तीले भद्रपुर–४ का हिरालाल राईले १० कठ्ठा खेतमा लगाएको मकैबाली खाएर नष्ट गरेको हो । घटनास्थलमा प्रहरी चौकी महेशपुरबाट प्रहरी टोली खटि गई बुझ्दा हात्तीले एक लाख रुपैयाँ बराबर क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, ५ बैशाख । गृहमन्त्री सुधन गुरुङ र मधेस र लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने सांसदबीच सीमापार अपराध नियन्त्रण तथा तस्करी नियन्त्रणसम्बन्धी विषयमा छलफल भएको छ । शुक्रबार गृह मन्त्रालयमा भएको छलफलका क्रममा सांसदले सीमा क्षेत्रमा हुने तस्करीलाई प्रभावकारी रूपमा नियन्त्रण गर्नुपर्ने माग गर्नुभएको थियो । यसक्रममा विद्यमान भन्सार प्रणालीमा सुधार गर्ने, भन्सार दर पुनरावलोकन गर्ने, सीमामा प्रभावकारी निगरानी तथा अनुगमन संयन्त्र विकास गर्ने, कृषि सामग्री तथा मलखादको भन्सार प्रक्रिया सरलीकृत गर्ने, सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई दैनिक उपभोग्य सामग्रीको आयातमा निश्चित हदसम्म भन्सार छुट दिन मापदण्ड निर्धारण गर्ने लगायतका विषयमा सांसदले सुझाव दिनुभयो । छलफलका क्रममा उठेका गृह मन्त्रालयसँग…

Read More

झापा, ५ बैशाख । आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने, मधेश प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरुमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईलगायत अन्य केही भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ । त्यसैगरी आज राती देशका हिमाली र पहाडी…

Read More

भद्रपुर, ५ चैत । झापाको कनकाई नगरपालिका–५ स्थित तल्लो चप्रामारीबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा गाउँपालिका–६ का २२ वर्षीय साफिक उलमिया र भारत डिगलबैंक थाना–१ का २२ वर्षीय निसार आलमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शुक्रबार कनकाई–५ तल्लो चाप्रामारीस्थितमा लागुऔषध व्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय सुरुङ्गाको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाको आधारमा झापा गाउँपालिकाबाट सुरुङ्गातर्फ आउँदै गरेको भारतीय नम्बरको बीआर ३७ आर १८६६ को मोटरसाइकललाई रोकेर चेकजाच गर्दा उनीहरुले बोकेको हाते झोला भित्र रहेको खानाको बट्टामा लुकाई छिपाई ल्याएको छ पोका ब्राउनसुगर जस्तो देखिने खैरोपदार्थ ५६३ ग्राम ६२० मिग्रा, भिभो…

Read More

झापा, ५ बैशाख । झापाको भद्रपुर नगरपालिका–८ स्थित संगमचोकमा गएराति आगलागि भएको छ । भद्रपुर–८ संगमचोकका गणेश गौतमको तीन तल्ले पक्की घरको पहिलो तल्लामा अचानक बिजुली तार सर्ट भइ आगलागी भएको हो । आगो वडा प्रहरी कार्यालय भद्रपुर, भद्रपुर नगरपालिकाको दमकल र स्थानीयसहरुको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । क्षति विवरण आउन बाँकी रहेको छ ।

Read More