jhapaonline add

बाजुरा, २३ जेठ । बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा आज दिउँसो ग्यासको सिलिन्डर पड्किँदा भएको आगलागी नियन्त्रणमा आएको छ । बजारमा रहेको एक होटलबाट खाना पकाउने ग्यासको सिलिन्डर पड्किएर भएको आगलागीमा परी १४ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको र १७ घर आगो नियन्त्रणका लागि भत्काइएको बाजुराका प्रहरी प्रमुख डिएसपी इकवाल हवारीले जानकारी दिनुभयो । आगलागीबाट ठूलो क्षति भए पनि क्षतिको पूर्ण विवरण आउन नसकेको प्रहरी प्रमुख हवारीले बताउनुभयो । सुरक्षाकर्मी र स्थानीयहरूको प्रयासमा आज साँझ आगलागी नियन्त्रणमा आएको हो । आगलागीका कारण जिल्लाभर इन्टरनेट र विद्युत् सेवा अवरुद्ध भएको छ ।

Read More

शिवसताक्षी, २३ जेठ । अखिल नेपाल महिला संघ क्षेत्र नं. ४ को अध्यक्षमा मेरिना कार्की सर्वसम्मत चयन भएकी छिन् । आज शिवसताक्षीको दूधेमा भएको दोस्रो क्षेत्रीय सम्मेलनबाट दुई वर्षे कार्यकालका लागि कार्की सर्वसम्मत चयन भएकी हुन् । कमिटीको उपाध्यक्षद्वयमा विन्दा पौडेल, मन्दिरा पाठक, सचिवमा मञ्जु सापकोटा, सहसचिवमा उमा माझी, कोषाध्यक्षमा अम्बिका शिवाकोटी सर्वसम्मत चयन भएको अखिल नेपाल महिला संघ जिल्ला कमिटी सचिव कोपिला चम्लागाईँले जानकारी दिनुभयो । त्यस्तै, सदस्यहरुमा विखमाया कार्की, विमला लुईटेल, सन्तकुमारी मुखिया, धनकुमारी कार्की, प्रिती भारती, तारादेवी विश्वकर्मा, उमा रिजाल रहेका छन् । त्यस्तै मुस्लिम सदस्यमा रजिया खातुन, दलित सदस्यमा रिना दर्नाल, जानजातिमा मनमाया तामाङ्ग, युवामा खुस्वु…

Read More

बिर्तामोड, २३ जेठ । बिर्तामोड नगरपालिकामा सडक कालोपत्रेको काम तिब्रगतिमा अघि बढिरहेको छ । नगरपालिकाले संघ, प्रदेश र पालिकाकै बजेट मार्फत विभिन्न ठुला साना सडक कालोपत्रे गर्दै आएको हो । वडा नम्बर ९ र १० मा आज र भोलि १ हजार ३ सय ६० मिटर सडक कालो पत्रे हुँदैछ । आज वडा नम्बर ९ कोलाटोली स्थित नेत्र मार्गमा ४ सय मिटर क्षेत्रमा कालो पत्रे सम्पन्न भयो । ५ मिटर चौडाईको यस सडकमा ९ नम्बर वडा कार्यालयको २५ लाख र बिर्तामोड नगरपालिकाको २५ लाख गरी कुल ५० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । यस्तै आज नै वडा नम्बर १० स्थित…

Read More

झापा, २३ जेठ । झापाको कनकाई नगरपालिका–८ स्थित दुर्गापुरबाट प्रहरीले नक्कली नोट बनाउन प्रयोग हुने विभिन्न सामग्री बरामद गरेको छ । नक्कली नोटसहित मेचीनगर नगरपालिका–६ स्थित काँकरभिट्टाबाट गत जेठ १८ गते पक्राउ परेका तेह्रथुमको फेदाप गाउँपालिका घर भई हाल कनकाई–८ लक्ष्मीपुरमा डेरा गरी बस्दै आएका २८ वर्षीय गणेश भारतीको कोठाबाट नक्कली नोट बनाउन प्रयोग गरिने सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । आफैँले घरमा नक्कली नोट बनाउने गरेको बयान दिएपछि प्रहरीले भारती बस्दै आएको डेराकोठाबाट नक्कली नोट छाप्ने गरेको मेसिन एक थान, नोटमा प्रयोग हुने विभिन्न प्रकारका चार बट्टा रंग, कागज…

Read More

झापा, २३ जेठ । झापाको कमल गाउँपालिकामा बाथरुमबाट चिप्लिएर एक जनाको मृत्यु भएको छ । गत जेठ १० गते कमल गाउँपालिका–२ तोपगाछीका ९३ वर्षीय नन्दप्रसाद पौडेल आफ्नै घरको बाथरुमबाट निस्किने क्रममा अचानक चिप्लिएर लड्दा घाइते भएका थिए । बिर्तासिटी अस्पताल बिर्तामोडमा सामान्य उपचार पश्चात थप उपचारका लागि बिराट टिचिङ अस्पताल बिराटनगर लगिएको थियो । उपचारकै क्रममा आज दिउँसो उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

बिर्तामोड, २३ जेठ । झापाको बिर्तामोडस्थित धौलागिरी पारिजात बहुउद्धेश्यीय सहकारी संस्थाका कर्मचारीलाई सोही संस्थाका ऋण सदस्यले ज्यान मार्ने धम्की दिएका छन् । बिर्तामोड नगरपालिका–४ मा मुख्य कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडेललाई सदस्यले ज्यान मार्ने धम्की दिएपछि सहकारीले आपत्ति जनाएको छ । साविक बुधबारे–६ घर भई हाल बिर्तामोड नगरपालिका–१ मा बस्दै आएका खगेन्द्र क्षेत्रीले बिहीबार बिहान फोन गरी घरमै आएर ज्यान मार्ने धम्की दिएको भन्दै शुक्रबार संस्थाले पत्रकार सम्मेलन गरी घटनाको जानकारी गराउँदै दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको छ । क्षेत्रीले संस्थाबाट २०७७ साल चैत्र २ गते २५ लाख ऋण लगेको र…

Read More

सन्तोष शर्माझापा, २३ जेठ । झापाको सदरमुकाम भद्रपुर नगरपालिका–८ चन्द्रगढीस्थित निर्माण कार्य अलपत्र अवस्थामा रहेको गिरिजाप्रसाद कोइराला स्मृति सभागृह (जीपी भवन) को निर्माण कार्य शुरु हुने भएको छ । करिब सात वर्षदेखि निर्माण कार्य रोकिएको जीपी भवनको निर्माण कार्य शुरु हुने भएको हो । भवन निर्माण कार्य अघि बढाउन सहरी विकास मन्त्रालय मार्फत रू तीन करोड बजेट विनियोजन भएको भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले जानकारी दिनुभयो । “निर्माण कार्य अघि बढाउन सहरी विकास मन्त्रालयबाट बजेट प्राप्त भएको छ”, रासससँग नगरप्रमुख पोखरेलले भन्नुभयो, “भवन निर्माणमा रकम अभाव नहोस् भनेर बजेट आएको हो ।” बजेट प्राप्त भएसँगै आगामी आर्थिक वर्षदेखि काम शुरु…

Read More

झापा, २३ जेठ । अन्तराष्ट्रिय झापाली समाजले पाँचौ अधिवेशनको आगामी असोज २३ र २४ गते हुने भएको छ । समाजको कार्यसमितिको पूर्ण बैठकले यही असोज २३ र २४ गते (अक्टोवर ९ र १० तारिख) का दिन झापाको बिर्तामोडमा अधिवेशन गर्ने निर्णय गरेको समाजका अध्यक्ष मुकुन्द ढुंगानाले जानकारी दिनुभयो । अधिवेशन अन्तरगत असोज २३ गते बन्द सत्र हुनेछ भने २४ गते अधिवेशन हुनेछ । बैठकले अधिवेशन तयारीका लागि आवश्यक विभिन्न समितिहरु पनि गठन गरेको समाजका महासचिव नवीन पोखरेलले बताउनुभयो । अधिवेशनले सन् २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्ने उहाँले बताउनुभयो । २०१७ मा स्थापित अन्तराष्ट्रिय झापाली समाजले विभिन्न सामाजिक कार्यहरु…

Read More

मोरङ, २३ जेठ । मोरङको केराबारी गाँउपालिका–६ तामाङ टोलका २६ वर्षीय गणेश श्रेष्ठ र ३२ वर्षीय सन्तबिर तामाङलाई भरुवा बन्दुक सहित नियन्त्रणमा लिइएको छ । हिजो राती साँढे १० बजे इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले गणेश श्रेष्ठको घर कोठा भित्र लुकाई छिपाई राखेको एक नाल भरुवा बन्दुक फेला परेसँगै सोही कोठामा रहेका उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

Read More

झापा, २३ जेठ । झापाको भद्रपुर नगरपालिका–५ स्थित मेचीपुलबाट एक जना युवा पक्राउ परेका छन् भने दुई जना फरार भएका छन् । बिहीबार भद्रपुर–५ मेचीपुलस्थित जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बिर्तामोड–२ का २९ वर्षीय संजय चौधरीलाई पक्राउ गरेको हो । चौधरीसहित तीन युवालाई सोधपुछ गर्नका लागि रोक्न खोज्दा बिर्तामोड–२ का करिब ४० को लोकराज राजवंशी र करिब २८ वर्षीय गणेश राजवंशी भारततर्फ भागेर फरार भएका छन् । प्रहरीले संजय चौधरीलेको साथबाट ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ प्लाष्टिकसहित ३ ग्राम २२० र प्लाष्टिक बाहेक ३ ग्राम ०४ मिलिग्राम फेला परेको छ ।…

Read More