jhapaonline add

झापा, ९ जेठ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हिरासतमा राख्न म्याद थप नगर्न परमादेश जारी गरेको छ । न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज प्रसाईँले दायरले गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन खारेज गर्दै सरकारका नाममा उक्त परमादेश गरेको हो । जिल्ला अदालत पर्साले पछिल्लोपटक बिहीबार मेडिकल व्यवसायी प्रसाईँलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

Read More

राजेश ढुंगानानेपालका धेरै राजनीतिक दलहरूले आन्दोलन, जनयुद्ध, जनआन्दोलन वा विभिन्न राजनीतिक संघर्षका समयमा अग्रपंक्तिमा रहेका नेता–कार्यकर्ताहरूलाई ‘संघर्षका बेला प्रयोग गर्ने, पछि बिर्सने’ प्रवृत्ति देखाएका छन् । विशेषगरी दीर्घरोग, अशक्तता, मानसिक आघात, आर्थिक संकट वा वृद्धावस्थामा पुगेका पूर्वकार्यकर्ताहरूको उपचार, पुनस्र्थापना र जीविकोपार्जनमा पर्याप्त ध्यान नदिनु नैतिक र मानवीय संवेदना दुबै दृष्टिले आलोच्य हो । कुनै पनि आन्दोलन केवल शीर्ष नेताबाट होइन, हजारौं सामान्य नेता–कार्यकर्ताको त्याग, यातना, विस्थापन, जेल र स्वास्थ्य-जीवन क्षतिको मूल्यमा बनेको हुन्छ । नेपालमा विशेषगरी २०४६ र २०६२–’६३ सालका आन्दोलन, मधेश आन्दोलन र विभिन्न क्षेत्रीय पहिचानवादी आन्दोलनपछि धेरै पूर्वकार्यकर्ता आर्थिक र स्वास्थ्य संकटमा परेको चर्चा सार्वजनिक रूपमा हुँदै आएको…

Read More

झापा, ९ जेठ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो हावाको लहर (लु) सम्बन्धी विशेष बुलेटिन जारी गर्दै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा आगामी तीन दिन अत्यधिक गर्मी रहने चेतावनी दिएको छ । विभागका अनुसार केही स्थानमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना रहेको छ । मौसमविद् सञ्जिव अधिकारीका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू–भागमा मध्यम तातो लहरको असर देखिन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । प्रभावित जिल्लामा कञ्चनपुर, कैलाली, डोटी, बाँके, बर्दिया र दाङ रहेका छन् । विभागले चर्को घाममा बाहिर ननिस्किन, प्रशस्त पानी तथा झोल पदार्थ सेवन गर्न,…

Read More

झापा, ९ जेठ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशलगायत बाँकी हिमाली र पहाडी भू(भागमा साधार णतया बादल, मधेश प्रदेशमा आंशिक बादल र बाँकी तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । गणडकी प्रदेशका थोरै स्थानहरूमा र सुदूरपश्चिम प्रदेशको एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा भैरहेको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी…

Read More

राजबाबु शंकरकुनै पनि लोकतान्त्रिक मुलुकमा नागरिकको अन्तिम भरोसाको केन्द्र न्यायालय हो । जब कार्यपालिका स्वेच्छाचारी बन्छ र व्यवस्थापिका अंकगणितको खेलमा रुमल्लिन्छ, तब जनता अदालततिर आशावादी नजरले हेर्छन् । तर, नेपालमा २०४७ सालपछिको साढे ३ दशकलाई हेर्दा न्यायालय निष्पक्ष अभिभावक भन्दा पनि राजनीतिक र कर्पोरेट दाउपेचको क्रीडास्थल बन्दै गएको भान हुन्छ । विधिको शासनको रक्षक हुनु पर्ने न्यायालय नै आज ‘शक्ति, सम्पत्ति र पहुँच’को दास बनेको आरोपले घेरिएको छ । दलीय ऐंजेरू र राजनीतिक भागबण्डाको विषवृक्षन्यायालय कमजोर हुनुको सबैभन्दा ठूलो कारण न्यायाधीश नियुक्तिमा हुने ‘दलीय भागबण्डा’ नै हो, जसलाई ‘दलीय ऐंजेरू’ पनि भन्न सकिन्छ । न्याय परिषद् मार्फत हुने नियुक्तिहरूमा राजनीतिक…

Read More

झापा, ८ जेठ । झापाको अर्जुनधारा नगरपालिका–७ स्थित अर्जुनधारा नगरस्तरीय खेल मैदानमा प्यारापिट निर्माण कार्य शुरु भएको छ । अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव सिंह गोम्देन तामाङले प्यारापिटको शिलान्यास गर्नुभएसँगै निर्माण कार्य शुरु भएको हो । खेलकुदले मानिसलाई अनुशासित र स्वास्थ्य बनाउने भएकाले असल र सफल नागरिक निर्माणमा खेलकुद महत्व धेरै रहेकाले नगरले समेत खेल क्षेत्रलाई विशेष प्राथमिकतामा उहाँले बताउनुभयो । प्यारापिट निर्माणको काम सम्पन्न भएसँगै राष्ट्रियस्तरको महिला र पुरुष गोल्डकप फुटबल प्रतियोगिता आयोजनाको लक्ष्य राखिएकाले सात महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेक्का आह्वान गरिएको नगरप्रमुख गोम्देनले बताउनुभयो । समयमै गुणस्तरीय काम गरेर हस्तान्तरण गर्न उहाँले निर्माण कम्पनीलाई आग्रह समेत गर्नुभयो…

Read More

भद्रपुर, ८ जेठ । भद्रपुरस्थित ऐतिहासिक मेची रङ्गशालामा रात्रिकालीन खेलकुद सञ्चालनका लागि फ्लडलाइट जडान प्रक्रिया अघि बढाइएको छ । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३ करोड ५० लाख बजेट विनियोजन गरेपछि परियोजनाले गति लिएको हो । फ्लडलाइट जडानका लागि कोशी प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, भद्रपुर नगरपालिका र झापा जिल्ला खेलकुद विकास समितिबीच त्रिपक्षीय सम्झौता भएको छ । परियोजना सम्पन्न भएपछि मेची रङ्गशालामा रात्रिकालीन फुटबल तथा अन्य खेलकुद प्रतियोगिता सञ्चालन गर्न सहज हुने बताइएको छ । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले मेची रङ्गशालालाई आधुनिक र प्रविधियुक्त बनाउने लक्ष्यअनुरूप फ्लडलाइट जडान सुरु गरिएको बताए । पछिल्लो समय भद्रपुरमा…

Read More

झापा, ८ जेठ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज केही जिल्लामा भारी वर्षा समेत भएको छ । आज दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ । कोसी, बागमती र गण्डकी…

Read More

झापा, ८ जेठ । पूर्वी नेपालको मुख्य प्रवेशद्वार काँकडभिट्टास्थित देवकोटा पार्कमा पर्यटकीय आकर्षण थप्न ‘रोटरी क्लब टावर’ नामक घण्टाघर निर्माण सुरु गरिएको छ । रोटरी क्लब अफ काँकडभिट्टा, कोशी प्रदेश सरकार र भारतको सिलिगुडी उत्तरायण रोटरी क्लबको साझेदारीमा निर्माण हुन लागेको घण्टाघर एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । करिब ३५ लाख रुपैयाँ लागत अनुमान गरिएको ४० फिट अग्लो घण्टाघरमा पर्यटकले दृश्यावलोकन, सेल्फी तथा भिडियो खिच्न सक्ने सुविधा रहने निर्माण उपभोक्ता समितिका अध्यक्ष उदय श्रेष्ठले बताए । परियोजनाका लागि कोशी प्रदेश सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ भने बाँकी रकम रोटरी क्लबहरूले व्यहोर्नेछन् । मेचीनगर नगरपालिकाकी उपप्रमुख…

Read More

झापा, ७ जेठ । झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मेचीपारी झापाबाट गस्तीमा खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका-३ स्थितबाट भद्रपुर-२ का २९ वर्षीय दिपेन्द्र ठटाल र ३५ वर्षीय असन राईलाई ६ ग्राम ७० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी मोरङको इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे-४ का ३० वर्षीय इन्द्र भुजेललाई ६४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । साथै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले मोरङको सुन्दर हरैचा नगरपालिका-१० का २६ वर्षीय रमेश उरावलाई ६ ग्राम २३ मिलिग्राम ब्राउन सुगर…

Read More