
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
What's Hot
jhapaonline add
झापा, १९ असार । फिफा विश्वकप २०२६ अन्तर्गत आज भएको खेलमा क्रोएसियालाई पराजित गर्दै पोर्चुगल विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । क्यानडाको टोरन्टो स्टेडियममा आज भएको खेलमा पोर्चुगलले क्रोएसियालाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो र गोन्कालो रामोसले समान एक एक गोल गरे । खेलमा पहिलो अग्रता भने क्रोएसियाले लियो । खेलको ५३ औँ मिनेटमा इभान पेरिसिसचले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको ६८ औँ मिनेटमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याए । खेलको दोस्रो हाफको अतिरिक्त समयमा रामोसले गोल…
झापा, १९ असार । नेपाल आयल निगम लिमिटेडले उचित कारणबिना पेट्रोल पम्प बन्द गरी इन्धन अभावको अवस्था सिर्जना गर्ने व्यवसायीमाथि कडा कारबाही गर्ने व्यवस्था लागू गरेको छ। निगमले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ संशोधन गर्दै पेट्रोल पम्पले ‘नोजल ड्राई’ गरी पेट्रोलियम पदार्थ नपाउने अवस्था सिर्जना गर्न नहुने व्यवस्था थपेको हो । नयाँ व्यवस्थाअनुसार यस्तो कसुर गर्ने पेट्रोल पम्प सञ्चालकलाई ३ लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्नुका साथै ५ दिनदेखि १५ दिनसम्म निगमको डिपोबाट इन्धन आपूर्ति रोक्का गर्न सकिनेछ । यो निर्णय पेट्रोलियम व्यवसायीले मूल्य घट्ने अनुमान गर्दै मंगलबार निगमका डिपोबाट इन्धन नउठाउँदा देशभर इन्धन आपूर्ति असहज बनेपछि गरिएको हो ।…
तोमनाथ उप्रेतीसामाजिक सञ्जाल मानव इतिहासको सबैभन्दा ठूलो सञ्चार क्रान्ति हो। यसले ज्ञान, सूचना र विचारलाई केही सेकेन्डमै विश्वभर पुर्याउने क्षमता दिएको छ। यसले लोकतन्त्रलाई नयाँ आवाज दिएको छ। सामान्य नागरिकलाई पनि आफ्ना विचार सार्वजनिक गर्ने अवसर दिएको छ। तर कुनै पनि शक्तिशाली साधनजस्तै यसको दुरुपयोगले समाजमा गम्भीर संकट पनि जन्माएको छ। आज नेपालको सामाजिक वास्तविकतामा सामाजिक सञ्जाल केवल सूचना आदानप्रदानको माध्यम रहेन। यो भ्रम, घृणा, अश्लीलता, साइबर दुर्व्यवहार, पारिवारिक तनाव, मानसिक अशान्ति र सामाजिक विभाजनको एउटा शक्तिशाली माध्यम पनि बन्दै गएको छ। डिजिटल युगले प्रविधिको सुविधा त दियो, तर त्यही गतिमा डिजिटल नैतिकता विकास हुन सकेन। परिणामस्वरूप, सामाजिक सञ्जालले समाजका…
झापा, १९ असार । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ २६ पैसा र बिक्रीदर २०४ रुपैयाँ ०६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ १८ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ १६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५७ पैसा,…
झापा, १९ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शुक्रबार देशका विभिन्न भू(भागमा मेघगर्जन र चट्याङ्गसहित मध्यमदेखि भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। जसअनुसार शुक्रबार बिहान देशभर साधारणतया बादल लागेको छ भने बागमती प्रदेशका केही स्थानमा, कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षा समेत भएको छ । यस्तै, दिउँसो देशभर साधारणतया बादल लाग्ने र हिमाली तथा पहाडी भू–भागका केही स्थानमा वर्षा वा हिमपात हुनसक्ने बताएको छ। तराईका थोरै स्थानमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना छ। यस्तै, शुक्रबार राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई…
झापा, १८ असार । करिब दुई महिनादेखि विभिन्न प्रशासनिक तथा प्राविधिक अवरोधका कारण ठप्पप्रायः बनेको नेपाली चियाको भारततर्फको निर्यात पुनः सुचारु भएको छ। काँकडभिट्टा नाका हुँदै नेपाली चिया बोकेका ट्रकहरू भारतीय बजारतर्फ जान थालेपछि चिया उद्योगी, किसान र व्यवसायीमा राहतको वातावरण बनेको छ। मेची भन्सार कार्यालयका अनुसार मंगलबार इलाम टी र समर भ्यालीका चिया बोकेका दुई ट्रक भारततर्फ प्रस्थान गरेका थिए। त्यसयता थप तीन ट्रक गरी पछिल्लो दुई दिनमा पाँच ट्रक चिया भारत निर्यात भइसकेको छ। मेची भन्सार कार्यालय काँकडभिट्टाका भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार हाल नाकाबाट चिया निर्यात पूर्ण रूपमा सहज भएको छ। भारतको नयाँ नीतिपछि सहज बन्यो निर्यातनिर्यात…
पाँचथर, १८ असार । पाँचथरको मिक्लाजुङ गाउँपालिका(६ स्थितबाट १ नाल भरुवा बन्दुकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार १७ गते इलाका प्रहरी कार्याल खान्द्रुङ पाचँथरबाट गस्तिमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा प्र।१(०१(१४ प ६०४५ नम्बरको मोटरसाईकल चालक मिक्लाजुङ गाउँपालिका(५ का दिलबिर माखिम र पछाडी सवार मन कुमार माखिमलाई १ नाल खाली भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको आवश्यक थप अनुसन्धान भईरहेको छ ।
झापा, १८ असार । गते कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषधमा संलग्न १३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट २ सय ५७ ग्राम ४३० मिलिग्राम ब्राउन सुगर, ३७ किलोग्राम गाँजा, लागू औषध ट्याब्लेट ४६०, क्याप्सुल २० र १ थान मोटरसाइकल बरामद गरेको छ । मोरङको सुन्दरहरैचा नगरपालिका- ६ स्थितमा लागू औषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी गछियाबाट प्रहरी टोली खटिगई चेकचाँच गर्दा सोही स्थानका २१ बर्षीय सुमन लिम्बु र २३ बर्षीय युराज मगरलाई ३६ ग्राम ११ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय…
झापा, १८ असार । नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच विदेशी महिलालाई पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलील काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलमा अश्लील क्रियाकलापमा संलग्न भएको र प्रहरीमाथि दुव्र्यवहार गरेको आरोपमा पाँच जना विदेशी महिलालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा चार युगान्डा र एक इण्डोनेसियाका नागरिक रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले काठमाडौँ महानगरपालिका–२६ ठमेलस्थित सडकमा बाटो हिँड्ने स्वदेशी तथा विदेशी पुरुष पर्यटकलाई अनावश्यक रूपमा बाटो छेकेर अश्लील क्रियाकलापका लागि मोलमोलाई गरी दुःख हैरानी दिइरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिनुभयो । कार्यक्षेत्रमा खटिएका प्रहरी…
झापा, १७ असार । झापाको झापा गाउँपालिका–४ चौधरीटोलबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार साँझ करिब ६ः३० बजे प्रहरी चौकी टाघनडुब्बा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुई जनामाथि शंका लागेपछि चेकजाँच गरेको थियो । जाँचका क्रममा दमक नगरपालिका–८ का ३७ वर्षीय चन्द्रबहादुर तामाङ र भारतको बिहार राज्य किशनगञ्ज जिल्ला दिघलबैंक थाना अन्तर्गत कुतुवाभिट्टा का १९ वर्षीय अब्दुल रहमानको साथबाट कालो प्लास्टिकमा लुकाइछिपाइ ल्याइएको लागूऔषध ब्राउन सुगरजस्तो देखिने खैरो लिसाइलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । बरामद पदार्थको तौल प्लास्टिकसहित २८ ग्राम ५३ मिलिग्राम र प्लास्टिकबाहेक २५ ग्राम…