
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
बिर्तामोड, २ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्र आएपछि केही भएन भनेर नकारात्मक टिप्पणी मात्रै नगर्न आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस झापाको विस्तारित बैठकलाई आज सम्बोधन गर्नुहुँदै महामन्त्री शर्माले नकारात्मक टिप्पणी मात्रै नगर्न आग्रह गर्दै लोकतन्त्र आएपछि उल्लेख्य प्रगति भएको बताउनुभयो । “शिक्षा, स्वास्थ्य, सूचना–सञ्चार, सडक सञ्जाल, विद्युत विस्तार लगायत कार्यमा उल्लेख्य प्रगति भएको छ”, महामन्त्री शर्माले भन्नुभयो, “लोकतन्त्रको स्थापनापछि कांग्रेसको नेतृत्वमा भएका विकास निर्माण र समृद्धिको प्रचार गर्न पार्टीले सकेको छैन ।” अन्य दलले साना उपलब्धिलाई समेत ठूलो आवाजमा प्रस्तुत गर्ने गरेको उहाँले उल्लेख गर्नुभयो । महामन्त्री शर्माले २०८२ फागुनदेखि पार्टीका तहगत समितिहरुको अधिवेशन शुरु भई…
शिवसताक्षी, २ असार । शिवसताक्षी नगरपालिकाको आयोजनामा तीन दिवसीय महिलाका लागि कानूनी परामर्श तालिम सम्पन्न भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ११ दूधेमा सञ्चालन भएको तालिमको समापनसँगै सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । सहभागीहरुलाई शवसताक्षी नगरपालिका वडा नं. ११ का वडाध्यक्ष बहादुर आङ्गबो र नगरका कार्यक्रम अधिकृत महेश लामिछानेले प्रमाण पत्र वितरण गरेका थिए । तालिममा नगरपालिकाका सबै ११ वडाबाट २र२ जना महिला तथा तीन जना नगरपालिका कर्मचारीसहित कुल २५ जनाको सहभागिता रहेको थियो । सहभागी सबै घरेलु हिंसा, महिला हिंसा लगायत विभिन्न प्रकारका सामाजिक अन्यायमा परेका महिलाहरु थिए । तालिममा हिंसामा परेका महिलालाई कानुनी सहारा कसरी लिने, उजुरी…
झापा, २ असार । झापाको मेचीनगरमा आज एक पुरुष अचेत अवस्थामा फेला परेका छन् । आज बेलुका ४ बजे मेचीनगर–१० हिमालाय टोलस्थित भित्री बाटोको छेउमा नाम थर, वतन नखुलेको पहाडे मुलको जस्तो देखिने करिब ३५–३६ को पुरुष अचेत अवस्थामा फेला परेका हुन् । अचेत अवस्थामा पुरुष मानिस देखेपछि स्थानीयबासीले इलाका प्रहरी कार्यालय धुलाबारीमा जानकारी गराएका थिए । उनलाई तत्काल मेची आम्दा अस्पताल धुलाबारीमा ल्याएर उपचार भइरहेको छ । उनको अवस्था बोल्न नसक्ने अबस्था गम्भीर रहेको छ ।
झापा, २ असार । झापाको मेचीनगरमा हात्ती लखेट्ने क्रममा एक जना गम्भीर घाइते भएका छन् । आज बिहान मेचीनगर–१ दुर्जन चोकका ६८ वर्षीय पूर्णबहादुर श्रेष्ठ गम्भीर घाइते भएका हुन् ।८ सय मिटर टाढा रहेको आफ्नै बारीमा एक वटा जंगली हात्ति देखेर लखेटने क्रममा उक्त हात्तीले श्रेष्ठलाई आक्रमण गरेको थियो । उनलाई उपचारका लागि बीण्डसी अस्पताल बिर्तामोडमा राखिएको छ । बाहिरी चोट नदेखिए पनि उनी बोल्न नसक्नेगरी गम्भीर घाइते भएका छन् ।
नारायणगढ, २ असार । गैँडाको आक्रमणमा परी चितवनको भरतपुर महानगरपालिका–२८ का ६० वर्षीय जङ्गे कुमालको मृत्यु भएको छ । कुमाललाई आइतबार राति मेघौली सेराइ होटल पछाडि रहेको राप्ती खोलामा माछा मार्न गएको बेला गैँडाले आक्रमण गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । कुमालको उपचारका क्रममा भरतपुरको सरकारी अस्पतालमा मृत्यु भएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कोकिला ढकालइलाम, २ असार । नेपालबाट भारततर्फ लैजाँदै गरेको ३२ लाख मूल्य बराबरको चाँदी र सुन जस्तो पहेँलो देखिने साढे पाँच किलो पहेँलो धातु प्रहरीले इलामको पशुुपतिनगर चारमाईलबाट बरामद गरेको छ । आइतबार राति करिब १२ः३० बजे गस्तीमा खटिएको प्रहरी टोलीले सूूर्योदय नगरपालिका–२ चारमाइलबाट भारत हिमाचल प्रदेशको कुल्लुु परगानुका २८ वर्षीय अभिनाश बोध, सोही स्थानमा ३५ वर्षीय रवि कुुमारको झोला चेकजाँच गर्दा चाँदी २८ किलो र पहेँलो धातुु समेत बरामद गरिएको इलामस्थित सशस्त्र प्रहरीले जनाएको छ । सेतो धातुपरिक्षण गर्दा १७ हजार चार सय ग्राम चाँदीसहित अन्य गरगहना गरेर ३२ लाख ६९ हजार ५५७ रुपियाँ कायम भएको र पशुुपतिनगरस्थित भन्सार…
विराटनगर, २ असार । इलाम र मोरङ जिल्लाको दुई स्थानहरुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । असार १ गते साँझ इलामको इलाम नगरपालिका–११ स्थितमा बिर्तामोडबाट मंगलबारे तर्फ किराना सामान बोकेर जादै गरेको प्र १.०१.००१ प ९७७८ नम्बरको पिकअप गाडी आफै अनियन्त्रित भई सडकबाट करीब १ सय ५० मिटर तल खस्दा गाडीमा सवार झापाको खुदुनाबारी घर भई हाल इलामको देउमाई नगरपालिका–९ नवमी बजारमा व्यवसाय गरी बस्ने ३८ बर्षीय बिष्णु पराजुलीको उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुर झापामा मृत्यु भएको थियो भने निजकै ८ बर्षीया छोरी प्रेयन्सा पराजुली र गाडी चालक इलामको देउमाई–९ जितपुर का २२ बर्षीय आइत बहादुर लिम्बुको…
बनियानी, २ असार । कचनकवल गाउँपालिका–२ का दृष्टिविहीन गंगाबहादुर राई यतिबेला मेलमिलापकर्ताको तालीम लिइरहनुभएको छ । उहाँले झापाको कचनकवल गाउँपालिकाको न्यायिक समितिद्वारा सञ्चालित आठ दिने सामुदायिक मेलमिलापसम्बन्धी आधारभूत तालीममा लिइरहनुभएको हो । तालीममा उहाँले देखाउनु भएको उत्साह, आत्मविश्वास र सक्रियताका कारण यतिबेला आकर्षण बन्नु भएको छ । उहाँ तालीमको सबैभन्दा बढी जिज्ञासु प्रशिक्षार्थी हुनुहुन्छ । “म सायद झापाको पहिलो दृष्टिविहीन मेलमिलापकर्ता बन्ने यात्रामा छु”, उहाँले भन्नुभयो, “यो मेरो लागि जिम्मेवारी हो अनि समाजप्रति योगदान गर्ने सुनौलो अवसर पनि ।” पूर्ण दृष्टिविहीन गंगाबहादुर तालीममा सहभागी भएका एकमात्र अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । मेची बहुमुखी क्याम्पस भद्रपुरबाट स्नातक तहको अध्ययन पूरा गर्नुभएको…
झापा, २ असार । झापामा जेठ महिनामा ५१ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोली र मातहत प्रहरी युनिटबाट विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका ४३ जना पुरुष, सात जना महिला र एक जना तेस्रो लिङ्गीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । विभिन्न मुद्दा शीर्षकमा फरार रही दोषी प्रमाणित भएका फरार प्रतिवादीहरु पक्राउ गरी आवश्यक कारबाहीका लागि झापा जिल्ला अदालतमा उपस्थित गराई कैद असुल गर्न बाँकी रहेका प्रतिवादीलाई कैद भुक्तानका लागि झापा कारागार कार्यालय झापा पठाइएको उहाँले बताउनुभयो । जरिवाना…
झापा, २ असार । झापाको हल्दिबारी गाउँपालिका–४ स्थित जलथलको चारकोशे वन क्षेत्रमा दुर्लभ कछुवा फेला परेको छ । जलथलको चारकोशे जंगल क्षेत्रमा आइतबार पहेंलो रंगको कछुवा फेला परेको हो । जलथल जंगल अन्तरगत हल्दिबारी–४ स्थित पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता विवेक बाँस्तोलाले सामुदायिक वन नजिकै रहेको चिसो पानी रसाइरहने क्षेत्रमा उक्त कछुवा फेला पार्नुभएको थियो । उक्त कछुवा स्पटेड नर्थर्न इन्डियन फ्ल्यापशेल टर्टल प्रजातिको रहेको नेपालका चराचुरुङ्गी तथा जीवजन्तु खोजअध्ययन अनुसन्धानकर्ता अस्मित सुब्बाले जानकारी दिनुभयो । पाकिस्तानदेखि म्यानमारसम्म फैलिएको यो सौफ्टशेल कछुवा नेपालमा तराईका केही क्षेत्रमा करिब चार सय मिटर उचाइसम्म पाइने उहाँले बताउनुभयो । “यो कछुवाको ‘क्रोमेटिक…